समीक्षा : किराँत राई मिथक लेम्लेम्मा

~चन्द्रकुमार हतुवाली~

‘लेम्लेम्मा’ बान्तावा भाषाको शब्द हो । लेमलेम भनेको गुलियो, मिठास र माको अर्थ हुन्छ महिला । अर्थात् मीठो बोलेर आकर्षण गर्ने र प्रभावमा पार्ने मानव रूप महिला नै हो । लेम्लेम्मा मानवका थरीथरी रूप धारण गर्न सक्ने दैविक जीव हो । किराँत राई जाति मिथकका लागि सम्पन्न छ । यो जातिमा अनेकौँ मिथक पुस्ता दरपुस्ता प्रचलनमा रहँदै आएका छन् । यस्ता मिथक जीवजन्तु, रुखबिरुवा, ढुङ्गा, खोलानाला, वनजङ्गल आदिसँग सम्बन्धित छन् । अन्य विषयमा आत्मगत, भूतप्रेत, राक्षस आदिका बारेमा छन् । Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : रातो छाता

~राजेन्द्र पराजुली~

पार्टी हेडक्वार्टरको छानामा ढलपलढलपल गरिरहेको थियो फुस्रो छाता।हेडक्वार्टरले शुरूमा त्यो छाता छतमा राख्न ल्याउँदा गाढा रातो थियो। रातो छाता कसरी फुस्रो भयो, एउटा गम्भीर शोधको विषय हुँदाहुँदै पनि कसैको ध्यान गएको थिएन।

पार्टीको पोलिटब्यूरो बैठकमा सहभागी केही नेताहरूले छातामा रातो दल्न वा त्यसको कपडा फेर्न अब विलम्ब गर्न नहुने राय दिइरहेका थिए। छाताको पहिचान गुम्ने खतराबारे तिनले सचेत गराएका थिए। तर, छाता जस्तो छ त्यस्तै रहन दिनुपर्ने मत व्यक्त गर्ने नेताहरूको त्यहाँ बहुमत थियो। त्यसैले छाता फुस्रो रंगमै पार्टीको हेडक्वार्टरमा हल्लिरहेको थियो। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : असल मान्छे

~प्रह्लाद पोख्रेल~

‘ठूलो मान्छे बन्ने रहर नरहोस् कत्ति मनमा
सबै बन्दै जाऊन् तर असल मान्छे भुवनमा
बनोस् राम्रो छाप्रो गरिब जन बस्ने सुखसित’
सधैँ भन्थ्यौ सच्चा सरल सपना हुन् सुरभित । Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : म जस्तै अरू

~भक्तराज न्यौपाने~

म जस्तै आलाकाँचा रहेछन्
खारिन बाँकी रहेछन् अनुभवहरू
मेरा कर्तव्यहरू
मसँगै जन्मिएछन् दुःखहरू
मसँग अभावमा हुर्किछन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : अाशा जति मरेपछि

~राजुराम मुनंकर्मी~

दुखियाकाे मनै निराश,अाशा जति मरेपछि
नयनले गराेस् खै के ?,अांशु सब‌ै झरेपछि !

घाउ भने अालै रह्याे,पीडा फेरि बल्झेपछि
जिन्दगी भाे उजाड उजाड,सुख चयन हरेपछि ! Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : जादू

~शोभा शर्मा~

उज्यालो थियो दिन त्यो शारदी मौसम थियो
अध्याँरो मुहारमा मेरो मनको छाँया थियो।

शहर थियो हतारमा कति, मै थिइन गतिमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

एकाङ्की : बरफ र पानीको वार्तालाप

~मञ्जु काँचुली~

बरफ : म आफ्नो अस्तित्वमा, आफ्नो स्थानमा विश्वको सर्वोच्च शिखर हिमालमा बसिरहेकी श्रतादेवीलाई तिमीले कि सागरको   खाडलमा पुर्र्यायौ ?

पानी : तिमीले कहिले समुद्र देखेकी थिइनौ । समुद्रमा कसरी सूर्य उदाउँछ र अस्ताउने गर्छ, त्यसको रसास्वादन गर्ने अवसर नै पाएकी थिइनौ । कमसेकम त्यो अवसर त पायौ । त्यसमा त कृतज्ञ पो हुनुपर्ने । किन ममाथि रोष प्रकट गर्दैछ्यौ ?

बरफ : बूढापाकाले भन्ने गर्थे । सङ्कत गुनाको फल पाइन्छ भनेको साँच्चीकै हो रहेछ । तिमी पानीको म अप्रत्याशित सङ्कतमा परेँ अनि भास्सिएर समुद्रको खाडलमा झर्न पुगेँ । मलाई यो समुद्रको पानी पटक्कै मन पर्दैन । योभन्दा त हिउँ नै राम्रो । Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

पौराणिक बाल कथा : ब्राह्मण र सर्प

~उमाशङ्कर द्विवेदी~

कुनै नगरमा हरिदत्त नाम गरेका एकजना ब्राह्मण बस्दथे । उनीसित खेती गर्न योग्य खेत पनि थियो तर खेतीमा उनी जति परिश्रम र दु:ख गरेर काम गर्दा पनि राम्रो आमदानी हुँदैनथ्यो । गर्मी महिनामा एक दिन उनी खेतमा धेरै परिश्रम गरेको हुनाले थकाइ मार्नका लागि खेतको आलीमा रहेको एउटा विशाल वृक्षको छायामा पल्टेर सुस्ताउँदै थिए । सुस्ताउँदा–सुस्ताउँदै उनले नजिकैको आलीमा रहेको एउटा दूलोबाट निस्केर भयड्ढर कालो सर्प आफ्नो विशाल फण फैलाएर बसिरहेको देखे । त्यस सर्पलाई देखेर उनी मनमनै सोच्न थाले–यही नागराज मेरो खेतको रक्षक रहेछन् र मैले आजसम्म यिनको कहिल्येै पनि पूजा गरेको छैन त्यसै कारणले खेतीको काममा मैले जति पनि दु:ख र परिश्रम गर्दा यथेष्ट आम्दनी भएन । यसै कारणले मेरो परिश्रम खेर जान्छ । अत: मैले यी नागराजको पूजा अवश्य नै गर्नुपर्दछ । मनमा यस्तो कुरा विचार गरेर उनी गाउँमा गई कतैबाट दूध, लावा, अगरबत्ती, अक्षता तथा फूल, अबीर ल्याएर सर्पको दुलोको मुखमा विधिवत् पूजा गरी एउटा कचौरामा दूध लावा Continue reading

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

कथा : प्रेम लुकेको हुन्छ

~आकाश जङ्ग कट्टेल~

उनी कक्षा ५ मा पढ्दा म ९ मा पढ्थे बिराटनगरको BKVM स्कुलमा। हामी दुबैको घर बिराटनगर-१३ तीनटोलिया बगलामुखी मन्दिर छेउ। वल्लो पल्लो घर थियो। उनीहरु बसाइ सरेर आएका थिए हाम्रो सँगै जोडीएको देब्रेतिरको घरको पहिलो तल्लाको फ्ल्याट भाडामा लिएका थिए। अंकल मालपोतको सामान्य कर्मचारी सरुवा भएकाले परिवारनै लिएर आएको छोरी पढाउन नि सजिलो भन्नु हुन्थ्यो बाबा ममिसँग। पहाड खोटाङ बताउथे। उनी ४ कक्षा सकेर ५ मा भर्ना हुनेवाला थीइन। मान्छे उमेर कम भएपनी जिउडाल हेर्दा पत्यार नलाग्ने खाल्की एकदम बाठी कसैसँग बोल्न नलजाउने। हामी पनि पहाड बाटै सरेर आएको थिम म १ मा हुँदा। दुबै परिवार पहाडीया भएकोले होला एकदम घुलमिल भएका थियौ। भर्ना गर्ने बेलामा उसको बाबाले मेरै स्कुलमा भर्ना गर्न रुची देखाउनु भयो तर त्यसका लागि प्रवेश परिक्षा पास गर्नु Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

कथा : मुटुको रङ

~बसन्त विवश आचार्य~

माघको बूढ्यौलीमा कठ्याङ्ग्रिएको काठमाडौंलाई रातले बिस्तारै च्याप्दै लगिरहेको छ । त्यसै त दिनमा सुत्ने अनि रातभर उठ्ने ‘बदनामी’ कमाएको काठमाडौंमा रातको कुनै शून्यता भेटिदैन । सबैतिर कोलाहल रबरजस्तै तन्किरहेको छ । ठमेलको व्यस्त बार अगाडि छु म । कुनै विशेष खोजमा मेरा पाइलाहरु त्यहाँ रोकिएका थिए । भ्यालेन्टाइन डेको सप्ताह भर्खर सुरु भएको छ । आज पहिलो दिन ‘रोज डे’ । केही थान निर्दोष गुलाबहरुको ज्यान लिएर जोडीहरु प्रेमको ‘नाटक’ लोकार्पण गर्दैछन् ।

‘म काठमाडौं आइपुगें कमरेड’ कवि संगीतश्रोताको कविता कृतिको नाम नक्कल गरेर काठमाडौं टेकिसकेको जानकारी कलंकी चोकबाटै फेसबुक स्टाटसमा पोखिएको थियो । काठमाडौं बैगुनी शहर हो । यहाँ पसेपछि जस्तोसुकै मान्छे पनि बैगुणी बन्छ । अरुका लागि के छ थाहा छैन ? मेरो लागि यो मिथकजस्तै बनेको छ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आँखा

~पुष्पा भण्डारी~

स्थान: तिलगंगा आखा अस्पताल
समय: बिहान ५ बजे देखि १ बजे सम्म

बिहान सबेरै उठेर गौसलाबाट बाटो तताए तिलगंगा तिर, आँखामा कुनै समस्या भएर, पड्दा अनि कम्प्युटर अगाडी बस्दा अविरल आसु झरेरेको कारण । ५ बजेमा लाइनमा पुगी सकेको थिए मसंगै थुप्रै थिए, म भन्दा पछाडी आयिन कुनै कन्या, नजर एकोहोरो भयो, मन खै कता गयो होसै भएन “भाइ अगाडी सर कि म जाउ?” कसैको पर्स्वाबाट आएको आवाजले म झसङ्ग भए अनि अगाडि बडे लाइन तिर फेरी फर्केर हेर्न सकिन, टिकट लिएर लागे घर तिर मनमा बेचैन लिएर ।

घर पुगेर फर्के अनेक कुरा मनमा लिएर, मेरो पालो ८ बजे तिर आउने थियो तेसैले खाना खाने निउले घर Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जिवान दर्शन

~सुनिता राइ ‘यशिन’~

आज तेस्रो हाप्ता भो ”जीवन दर्शन ” लेखको अन्तिम भाग पर्खेको ! निउज टाइम्स पत्रिकाको अफिस फोन गरि सोधदा, कृपय पर्खनुहोस आउने छ मात्र भन्छ | सोचाइका पानाहरु त्यो पातुलो पर्दा झैँ वोर-र -पर दिमागी झोलुंगे पुलमा हल्लिरह्यो…..| आखिर को होला ती साहशिक हिमायती ” जीवन दर्शन ” को लेखिका ?एक-पटक जसरि नि भेट्नेछु, यो मेरो अठोट नै हो भन्दा फरक नपर्ला…..!

भाइको लागि खाजा डाइनिंग टेबुलमा छोपेर राखिदिए र लम्ब्याए आफ्नो पाइलाहरु हस्पिटल तिर, बिचरा आमा मेरै बाटो हेरी बस्नु भएको होला ! घर बाहिर निस्कन साथ लाग्यो प्रकृति आज शोक Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आफैँलाई खुल्ला पत्र

~जयराज भट्टराई~Jayraj Bhattarai

अरुले आफूलाई विर्सन थालेपछि
आफैँले समेत आफूलाई विर्सन थालिँदो रैछ
त्यसैले
आज आफैँलाई चिठी लेख्दैछु
प्रिय म
मलाई मेरो धेरै धेरै सम्झना । Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : जुत्तामाला दिन्छ कली

~रमेश भट्टराई ‘सहृदयी’~

पुष्प माला दिनेलाई जुत्तामाला दिन्छ कली
आशीर्वाद अर्तीलाई उल्ट्याएर लिन्छ कली

रण्डीबाजी, जुवा, तास, मद्यपान मोज हो रे
कप्टी पाखण्डीलाई सम्मान दिँदै हिन्छ कली Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : मूल्यका लागि सपना

~घिमिरे युवराज ‘कर्जुना’~

घुम्न छोडेको साइकलको डाइनामो र मन
उस्तै उस्तै लाग्छन्
अध्यारोमा साइकल जस्तै गुडिरहेछ जीवन

क्रान्तिपछिको विहान्
अखवारमा छापिएछ
विजय जुलुसमा आफ्नो तस्विरसँगै Continue reading

Posted in कविता | Tagged | Leave a comment

 गीत  : मेरै हुने छ…

~सोम खनाल~som-khanal

रिसाईराख; बोलाई रहन्छु, आखिर त्यो जीत् तिम्रै हुने छ
जस्ले गाए नि जसले सुने नि आखिर-यो गीत् तिम्रै हुने छ । Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : गीति गजल गाए

~निर्मोही व्यास~Nirmohi Vyas

प्यार रोप्दा पीर पाए गीति गजल गाए
विश्वासको सगरमाथासँग प्रीत लाए ।

काँडा सँगै फुले पनि काँडा हुन्न फूलमा
मान्छे कस्तो हुन्थ्यो होला त्यस्तै हुन पाए । Continue reading

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : आलापोट !

~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~ratnanidhi-regmi-shukracharya

छन्द : शार्दूलविक्रीडित

आलापोट म आउँदा अघि निकै लाग्थ्यो बडो सुन्दर
स्वर्गैतुल्य रमाइलो अझ थियो यो ठाउँ नै आखिर
बस्थे शङ्र पार्वसित घुमी बाग्द्वारका छेउमा
झर्थे साँखु भएर दक्षिण जहाँ नेपाल– कैलाशमा ।।१।।

छन् पूर्वोत्तरतर्पm गागल तथा फेदी पहाडी शिर
यस्कै पश्चिम सुन्दरीजल उँभो देखिन्छ तारेभिर Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : म यसरी हिडे

~थरेन्द्र बराल~

धेरैको अब्जस बोकेर हिडे
आॅखाको आॅशु रोकेर हिडे ।

मन थिएन गालि खान
आफ्नै जिब्रो टोकेर हिडे । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : धुनहरुको देश

~तारा पराजुली~

एक दिन
तिमी आयौ।
पार्श्वमा बज्न थाल्यो अनौठो संवाद ।

जसरी आदिम भक्तले छानी छानी टिप्छ फूल
जोगाइ जोगाइ चुटाउँछ पात
त्यसैगरी टिप्यौ शव्दहरु Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : चिन्हो

~कात्यायन~dhanwantari-mishra-katyayan

– फेरि पनि सुकसुकाउँदै भाइबरमा वेदना पोख्छिन् – “ कति द्रव्य-पिचास हुँदै कोमामा मात्र रमाईरहन्छौ ? सुकेर मर्न लागिसकें, शिघ्र आऊ ! फेरि कल्पिनु पर्ला !”

– लामो प्रवासी जीवन र ग्रीन-कार्डको मोहलाई परित्याग गरेर हप्ता दिन पनि बित्न नदिएर ऊ लस-भेगासको स्वर्गानुभूतिलाई पनि लत्त्यायर लस-एन्जेल्सको एअरपोर्ट हुँदै स्वदेशको एअरपोर्टमा उत्रन्छ र हत्तारिंदै उनको आँसु पुछ्न पुग्छ |

– चुम्बनको अविरल वर्षा पछि लामो निश्वास लिंदै ऊनी भन्छिन्, – “यो मेरो चिनो हो तिमीलाई ! ऐना हेर त !” Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : प्रश्न र कारणहरू

~प्रकाशमणि दहाल~

त्यस दिन ३ कक्षामा पढ्ने नातिनीको एसएमएस प्रश्नले एक वर्षअघि देवीबहादुर थापा (सुरभि स्रष्टा परचिय, पृ.१११)को एउटा टिप्पणीको याद दिलायो । उनले सोधेकी थिइन् ः ‘हजुरबा, मिडासलाई जे छोए पनि सुन भएपछि खानेकुरा पनि छुनासाथ सुनै हुने कुरा किन याद भएन ?’

सोध्न सजिलो हुन्छ, उसैले पनि बिर्सिन्थी होला त्यस्तो परेको भए । दैनिक जीवनमा सामान्य ज्ञानबाटै बोध हुनुपर्ने सामान्य वास्तविकतासमेत बिर्सिएर धेरै काम गरिन्छ, गरिअाइएको छ र परिणामस्वरूप सामान्य Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

समीक्षा : थारु लोकरामायणको मौलिक स्वरूप ‘रौँनक पैयाँ’

~डा. गोविन्द आचार्य~

थारू लोकजीवन आफ्नै भाषा र संस्कृतिले सम्पन्न छ । नेपालको तराई तथा भित्री मधेस र भारतको विशेषगरी उत्तरप्रदेशतिर बसोबास रहेको यस जातिको संस्कृतिमा स्थानअनुसार सामान्य पृथकता पनि पाइन्छ । थारू जातिको संस्कृतिमा छिमेकी भाषा-संस्कृतिको प्रभाव पनि भेटिन्छ । नेपालका थारू जातिमा विशेषगरी हिन्दी, अवधी, मैथिली, भोजपुरी, मगर, धिमाल, नेपाली आदि समुदायको सांस्कृतिक प्रभाव परेको देखिन्छ ।

‘रामायण’ हिन्दू लोकजीवनको प्रतिबिम्ब हो । हरेक समुदायले यसलाई आफ्नै प्रकारले बुझ्ने र तद्नुरूप Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : मेरो बाबा

~अमृत सिङ थिङ~

आफ्नो पसिना पराइ माटोमा
चुहाई रहदा
तिम्रो आँखाको सपना
मेरै भबिस्यमा
डुल्दै होला बाबा
मरुभूमिको फाँटहरुमा
तिम्रो आँखा घुमी रहदा
डाँडा पाखा हरियाली
मनको आँखामा डुल्दै होला बाबा Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : माया गर्दछु तिमीलाई

~केशर देवकोटा~

माया गर्दछु तिमीलाई मायालु
अँगालोमा बाँध्न देउ तिमीले ।

के भनु तिमीलाई अरु कुरा
हाँसी खुसी दिनु तिमी मलाई । Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : नाङ्गो सहर र नाङ्गा मान्छेहरू

~माधवप्रसाद उपाध्याय ‘सयपत्री’~

यो सहर नाङ्गो छ । मान्छेहरू नाङ्गा छन् । वातावरण नाङ्गो छ । परिस्थिति नाङ्गो छ । मान्छेहरू नाङ्गो हुनुमा र नाङ्गै हिँड्नुमा गर्व गर्छन् । आफ्नो घरमा नाङ्गिनु, कोठामा नाङ्गिनु, ट्वाइलेट र बाथरुममा नाङ्गिनु, सहवासमा श्रीमान्-श्रीमती नाङ्गिनु, अनकन्टार जलकुण्डमा पौडिखेल्दा नाङ्गिनु, सानासाना नानीहरू नाङ्गिनु कुनै नौलो विषय होइन श्रीमान् । यहाँ त दिनदहाडै सहर नाङ्गै उभिएको छ । के हामी नग्न सहरको गुप्त अङ्ग हेर्ने नानीहरूका आमा हौँ श्रीमान ?

श्रीमान् मैले साँचा कुरा भन्न पाइनँ । देखेको कुरा भन्न पाइनँ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : स्यालको कथा

~तीर्थराज अधिकारी~

रात चड्दा हुने जम्मा, स्वर खप्टी कराउने
प्रातः खुल्दा कुना पस्ने उज्यालामा हराउने
सिनो भेटे उतै रम्ने स्यालको हो पराक्रम
तड्पिने पेटका निम्ति कर्म यै वंशको क्रम !

माउका काखका पाठा, चल्ला छोपी कुदाउने
निर्धालाई उसै ङ्याँकी प्राण पन्छी उडाउने Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म कहाँ एक्लै छु र ?

~सरण राई~

के तिमी एक्लै हिँडिरहेका छौ ?
हो र, म एक्लै देखिन्छु
हिँड्दा हिँड्दै म एक्लै भएछु र हिँडिरहेछु
बेसुरा गतिशील बेग्लै भएछु र बगिरहेछु
भोकाभोका, दुब्लादुब्ला युवाहरू सँगसँगै हिँडेका थियौँ
खाना देख्दा झिना झपटीमा छुट्टियौँ कि…
खान पाउनेहरूले छाडेर गए Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : खुल्न सकिएन

~ललिजन रावल~

सँगै हुँदा तिमी सामु खुल्न सकिएन
वर्षौं बिते तर पनि भुल्न सकिएन

एकैछिनका खुसीहरू छुटे हातबाट
जोगाएर हृदयमा हुल्न सकिएन Continue reading

Posted in गजल | Tagged | Leave a comment

व्यङ्ग्य कविता : म वै-स्याल

~अज्ञात~

क्रान्तिकारी भने पनि वाइ स्याल मेरो नाम ।
कालो मोसो, पुत्ला दहन, लुट्पाट, हिम्सा मेरो काम ।।

नक्कली लाश जल्लाउँदै हिड्छु, पागल मेरो बुद्धी,
जनता मार्न न पाकोले हराइ सक्यो सुद्धी ।। Continue reading

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

Poem : The love Undefined

~Ismael Subba~

It’s not new thing for me to forget you,
To forget that promises made,
To forget those verses
which I liked the most,
To erase,
Not to remember
your love …
It’s been a habit for me… Continue reading

Posted in Poem | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : राष्ट्रिय गान

~प्रेम लिम्बु नुगो~

सयौँ खाले नेता हामी एउटै कुर्सी तानातान।
चक्काजाम नारा जुलुस ढुंगामुडा हानाहान।।

लोडसेडिङले गर्दानै त बडेको छ हाम्रो शान ।
कमाउ खाउ जीवन चलाउ किन चाहियो संबिधान ? Continue reading

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment