Tag Archives: बसन्त विवश आचार्य – Basanta Biwash Acharya

कथा : मुटुको रङ

~बसन्त विवश आचार्य~ माघको बूढ्यौलीमा कठ्याङ्ग्रिएको काठमाडौंलाई रातले बिस्तारै च्याप्दै लगिरहेको छ । त्यसै त दिनमा सुत्ने अनि रातभर उठ्ने ‘बदनामी’ कमाएको काठमाडौंमा रातको कुनै शून्यता भेटिदैन । सबैतिर कोलाहल रबरजस्तै तन्किरहेको छ । ठमेलको व्यस्त बार अगाडि छु म । कुनै विशेष खोजमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : सम्झना कार्डको झापड

~बसन्त विवश आचार्य~     सबै गोजा टक्टकाए पाईन्ट र सर्टका अहँ खुसीको एक टुक्रो घाम पनि भेटिएन । राति देखिको मनको उकुसमुकुस अन्ततः निराशाको किनारा लागेर जुन सँगै कुलेलम ठोक्यो । जुन हराए पछि त साँझसम्म आनन्द भयो तर यो अत्यास फेरि … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : मैले चढ्नु छ एउटा अजङ्गको पहाड

~वसन्त विवश आचार्य~ विस्तारै विस्तारै अँध्यारो अत्याचारवाट उज्यालो न्यायतिर वामे सर्दै गरेको शरणार्थी समयलाई विषाक्त विचारको कोर्राले हिर्काउँदै बेईमान परिवेशको धुमिल छाँयामा किशोर उज्यालोको हत्या गर्नेहरुसंग म विजयको वाँसुरी वजाउन सक्तिन रित्तोपेट,स्वतन्त्रताका फुलहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : गीतको बन्दुक

~वसन्त विवश आचार्य~ सुस्ता र कालापानीको आँसुले कुलेखानी भरेर मलाई उज्यालो बनाउन नखोज जून पहेलिएर सुन बन्न सक्तैन समयले बुढ्यौली ओढाएको पल म अँध्यारो जिन्दगी बाच्नँ चाहन्छु बोकेर गीतको बन्दुक दौडिरहेका छन् सहस्र परेवाहरु बुद्ध खोज्नलाई

Posted in कविता | Tagged | Leave a comment

कथा : नयाँ लुगा

~बसन्त विवश आचार्य~ पारी बस्तीबाट फुत्त झर्दै गरेको लाहुरेको “अच्छा लेकिन”ले वारि गाउँसम्म ध्वनि प्रदूषण गरेको छ । कालापहाडबाट सपना र रहरमा थोरै खुसीको जलप लगाएर जुँगामा ताउ लगाउँदै फर्किनेहरु विश्वविजेता नेपोलियनको अनुहार चोरेर हिडिरहेका छन् । यो मौसम देख्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : चिमचिमे घडी

~वसन्त विवश आचार्य~ प्रशान्ते नेवारका बा (ड्याड) ले कोरियाबाट चिमचिमे घडी ल्याइदिएपछि टोलभरिको हिरो ‘ऊ’ नै भएको थियो। सर्टका बाहुला माथिसम्म सारेर प्रशान्तेले हातमा चिमचिमे घडी टिलिक्क टल्काउँदा सबैको मुखभरि पानीको ताल पथ्र्याे। अरुले के के सोच्थे कुन्नी? मैले भने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment