कविता : मुगुकी आमा राराताल

~गोपिचन्द्र कार्की~

पहाडहरुको पछ्यौरी ओडी
देवदारको माझ जंगल
कान्जिरोवा हिमाल तल
काखमा तिमी राराताल
१

थकाइलागि थकाइमार्न
आकाश भुइमा बसेजस्तो
मुगुकी आमा राराताल
लमतन्न परी सुतेजस्तो
२

कतै पानी निर घोलेझै
कतै पानी घाम पोखिएझै
बिश्वकै सुन्दरी मुगुकी आमा
मेरो धर्तीको अनुपम झैं
३

छुकछुक चलिरहने रारा
लहर तरंगमा रमाइरहने रारा
उन्मत्त बैंशले छछल्की रहने
आफै साउती मारीरहने रारा
४

मुगेली भन्छन् आमा मुगुकी
म भन्छु नेपालकै आमा तिमी
सुन्दर, अतिसुन्दर, महासुन्दर
तालहरुको पनि आमा तिमी
५

प्रकृतिको सुन्दर उपहार
भूस्वर्गको टुक्रा तिमी
आखै पिच्छे फरक देखिने
तालहरुको पनि रानी तिमी ।
६

२०७३ कार्तिक ५
मुगु, रारा ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.