गजल : बेहोश भै म लडदै थिएँ

~भुपेन्द्र महत~Bhupendra Mahat_1

भरियो सिउंदो तिम्रो जब, बेहोश भै म लडदै थिएँ
तिमी छल्कियौ आँखाभरी म छाती भित्रै डढ्दै थिएँ

थरथराएको हातले फुटेको मुटु निम्तामा दियौ
आँसुले रुझेका रछन थोपा थोपा म पढ्दै थिएँ

तिम्रो बाटो नदुखोस् कहिले शुभ कामना भन्नै पर्‍यो
एक्लो बाँच्नुमा दुखेको हाँसो तिमी सामु जडदै थिएँ

वरमाला तिम्रो हातमा, मेरो गलामा भार थियो
तिमी चढ्यौ डोली म जिउँदै चितामा चढ्दै थिएँ

गाँठो मुटुमा हाँसो ओठमा कस्तो समायोजन त्यो
बाहिर सग्लो देखिए पनि भित्र भित्रै सडदै थिएँ

भुपेन्द्र महत
कोलोराडो ,अमेरिका

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.