संस्मरण : अफगान अनुभव

~भूमि भण्डारी~

अफगानस्तान । देशको नाम सुन्दै आङ सिरिङ्ग हुन्छ । युद्धका कारण यो देशको नाम यस्तो डरलाग्दो सुनिएको हो । यो देशको नाम लिने बित्तिकै मानिसहरुको दिमागमा एक किसिमको तस्वीर आउंछ । अमेरीकी सेनाका ट्याङ्क, निलो बुर्काले पुरै शरीर छोपेका महिला वा फेटा गुथेका, दारी पालेका, बन्दुक बोकेका र कुनै पहाडको फेदमा वा मरुभूमिमा क्यामेराको अगाडी पोज दिइरहेकाहरु कल्पनामा आउने गर्छन् । अहिलेसम्म समाचारमा देखाइएका तस्वीर यिनै मात्र हुन् । तर, मानिसहरुले कल्पना गरेजस्तो मात्र रहेनछ अफगानस्तान । हामी नेपालीले अफगानस्तानसँग क्रिकेट र फुटबलमा अहिलेसम्म जित्न नसकेर पनि यो देशका ’boutमा अलि अलि अनुमान पक्कै लगाएका हौंला ।

काठमाण्डौंबाट उडेपछि म ३ रात दिल्ली बिमानस्थलमा थन्किएको थिएं । काबुलमा हिंउ परेर जहाज दिल्लीबाट उड्न नसकेको जानकारी हामीलाई दिइएको थियो । काबुलस्थित अमेरिकी दुताबासमा सुरक्षागार्डको काम गर्ने एक नेपाली जहाजमा भेटिएका थिए । जहाज भित्र यात्राका क्रममा यो देशको ’boutमा भएसम्मको जानकारी उनले दिएका थिए । काबुल विमानस्थलमा जहाज अवतरण गर्नेबेलामा जता हेर्‍यो त्यतै हिंउ देखेर खुशीले झण्डै म चिच्याएको थिएं । पहाडै पहाडले घेरिएको काबुलका डााडाभरी हिंउ, बिमानस्थल ढपक्कै ढाकेको । जहाजको रन वेको हिंउ भने  पन्छाइएको । पार्किङ गरिएका गाडीहरु पनि हिंउले छोपिएका । जीवनमा पहिलो पटक यति धेरै हिंउ देखेको थिएं मैले ।

झण्डै साढे दुई महिना देखि म यसै देशमा छु । नेपाल भन्दा, फरक भाषा, संस्कृति, धर्म र सम्प्रदाय भएको यो देश बाहिर जति भयावह सुनिन्छ, यो देश भित्र यस्तो छैन । बिदेशका मानिसहरुमा निश्चय नै कौतुहलता होला, आखिर अफगानस्तान कस्तो होला भनेर । हरेक देशको राम्रो र नराम्रो दुबै पक्ष हुन्छन् । समाचारमा नराम्रा कुराहरु धेरै बिक्छन् । यो देशबाट धेरै बिक्ने समाचार भनेकै तालिवान लगायतका सरकार बिरोधी तत्वको आक्रमण र क्षति, महिला हिंसा, मानवअधिकारको हनन लगायत हुन् । गरिब, तथा बिकासोन्मुख हरेक देशमा यी समस्या छन् र यस्ता समाचारले ती देशमा राम्रा पक्षहरु ओझेलमा पार्ने गर्दछन् । मलाई पनि यस्तै भएको थियो पहिले । यो देशमा आएपछि स्थानीयता, अवस्थिति र संस्कृति’bout जानकारी लिने, तालीममा भाग लिने, स्थानीयसाग कुराकानी गर्ने अवसर पाएा, जसले यो देशका ’boutमा थप जानकारी प्राप्त भयो ।

करिब नेपालका पृथ्वी नारायण शाहकै पालातिर अहमद शाह दुरानीले अफगानस्तान एकीकरण गरेका थिए । त्यसपछि युद्धको भुमारीमा होमिएको यो देश अहिलेसम्म युद्धको चक्रव्युहबाट बाहिरिएको छैन । सबैभन्दा बढि यो देश बेलायतीहरुबाट पीडित भयो । हिन्दुस्तान कब्जा गरेपछि अफगानस्तान कब्जा गर्ने बेलायती प्रयासको अफगानीले ३ पटकसम्म दशौं बर्ष युद्ध गरेर सामना गरेका थिए । बिसौ सताब्दीको सुरुतिर गृहयुद्धमा पFmसेको देशलाई तत्कालीन सोभियत संघले १० बर्ष कब्जा गर्‍यो र पुनः गृहयुद्धमै धकेलेर बिदा भयो । युद्धले थिलथिलो भएको देशलाई तालीवानले कब्जा गर्‍यो र आधा दशक युगकै सबैभन्दा अाध्यारो शासन गर्‍यो । कार्यालयको मेरो इकाईमा काम गर्ने ५ जना स्थानीय कर्मचारी मध्ये ३ जनाको परिवार तालिवान शासनकालमा पाकिस्तान पलायन भएको थियो । ती मध्ये २ जनाको परिवार अझै उतै छ । यसले देशमा तालिवान शासनकालमा बिस्थापनको भयावह अवस्था उजागार गर्छ । बिदेशी चलखेल र स्वार्थका कारण अफगानस्तान ध्वस्त भएको जगजाहेर छ । तर, यी युद्धहरु अफगानी जनताले चाहेर भएका थिएनन् । जनता कहिल्यै युद्ध चाहदैनन् । फरक परिवेशबाट आएका तालिवान, हक्कानी लगायतका दर्जन बढि समुहका आत्मघाती लडाकुहरु बमसागै आफूलाई उडाउछन् । रगत र खरानी पोतेर अफगानी जनतालाई कलङ्कीत पार्ने गर्छन् ।

क्षेत्रफलमा नेपाल भन्दा झण्डै साढे चार गुणा ठूलो यो देशमा ३५ बर्ष देखि जनगणना भएको छैन । मतलब, कति जनता यो देशमा छन् भन्ने आधिकारीक तथ्याङ्क सरकारसाग छैन । तैपनि, ४ करोड मानिसहरु यो देशमा बसोबास गरिरहेको अनुमान गरिन्छ । ८० प्रतिशत सुन्नी र १९ प्रतिशत सिया मुसलमान रहेको यो देशमा अन्य १ प्रतिशत भित्र हिन्दु, शिख, बुद्धिष्ट र इसाई छन् । मोहम्मद पैगम्बरको आगमन भन्दा १ सय बर्ष पहिले नै यो देशमा गौतम बुद्धका मूर्ति बनेका थिए । सन् २००१ मा बामियान प्रान्तमा तालिवानहरुले बमद्धारा ध्वस्त पारेका सन्सारकै सबै भन्दा अग्ला दुई बुद्ध मूर्ति थिए । अहिले यो देशको कानून कडा छ । इश्लाम, कुरान, अल्लाहका बिरुद्धमा कुरा गरे त्यो अपराध हुन्छ र सजाय तोकिएको छ । अझ इश्लाम बाहेक अन्य धर्मको कुरा -प्रचार) सार्वजनिक स्थानमा गरेमा यसको सजाय मृत्युदण्ड हुने संविधानमै व्यवस्था छ । ३४ प्रान्तमा बााडिएको यो देशमा जिल्लाहरुको संख्या बढ्ने क्रम जारी छ । बिभिन्न जातीय समुहहरुले आफूलाई छुट्टै जिल्ला घोषणा गरिनु पर्ने भन्दै माग राखेमा सरकारले बबाल धेरै नमच्चियोस् भनेर उनीहरुको माग सुन्ने गरेको पाइएको छ । जसका कारण पछिल्लो समय जिल्लाको संख्या ४ सय नजिक पुगेको छ । यो देशमा पछिल्लो समय हुने हिंसाको पछिल्लो कारण नै धर्म र जात रहेको छ । पस्तुन, उज्वेक, ताजिक, बलुच यहााका मुख्य जाति हुन् भने दारी र पास्तो सरकारी भाषा हुन् ।

अफगान जनताको केन्द्रबिन्दुमा सम्मान रहेको हुन्छ । उनीहरुको सम्मानमा चोट पुग्यो भने उनीहरु जस्तो सुकै बदला लिन परि तयार हुन्छन् । जस्तो अपमान गर्ने, कुटपीट गर्ने वा ज्यान लिने । यौटा परिवारकी महिलासाग परपुरुषले कुरा गरेमा त्यो पारिवारीक सम्मान बिरुद्ध हुन्छ । नचिनेको पुरुषले महिलासाग आाखा जुधाएर हेरेमा त्यो परिवारको अपमान गरेको ठहरिन्छ । यहाा महिलालाई परिवार बाहेकका मान्छेसाग आाखा जुधाउन, बोल्न, हिमचिम बढाउन अनुमति छैन । त्यसो गरेमा महिला पनि सजायकी भागिदार हुन्छिन् । यहाा दिइने सजाय शारिरीक हुन्छन् । अझ बलात्कारको अभियोग प्रमाणित भएमा त उसको टाउकोमा गोली हानेर मार्ने गरिन्छ ।

यहाा पुरुष पुरुष अभिवादन गर्दा हात मिलाउने, एकले अर्काको छातीको देब्रे कुनामा दाहिने हातले छुने, अंगालो मार्ने वा चुम्मन गर्ने गर्छन् । अभिवादन साटासाट गर्दा ‘यहाालाई कस्तो छ ? परिवारलाई कस्तो छ ?’ भनेर सोध्ने गरिन्छ । तर, तपाईकी श्रीमतिलाई कस्तो छ, आमा वा छोरीलाई कस्तो छ भनेर सोध्न बर्जित छ । यसो गरेमा अपमान गरेको ठहर्छ । अफगानीहरु छिमेकी र पाहुनालाई एकदमै आदर गर्छन् । पाहुनालाई पहिलो स्वागत चियाले गर्दछन् । जबसम्म पाहुनाले गिलास घोप्टो पार्दैन, वा हातले गिलास ढाकेर ‘बस्’ भन्दैन तबसम्म चिया थपेको थप्यै गर्छन् ।

अफगानस्तानमा सबैभन्दा सम्मान जेष्ठ नागरिकलाई गरिन्छ । सरकारी कानूनको सर्वत्र अनुपस्थितिले उनीहरुको निर्णय मजबुद बनाउन मलजल गरेको छ । स्थानीय स्तरमा गठित समितिले सबै बिवाद छिनोफानो गर्छ र मृत्युदण्डदिने सम्मका निर्णय सुनाउछ । त्यसबिरुद्ध कोही जान सक्दैन । आफू भन्दा अग्रजलाई अभिवादन नगर्नु, उनीहरुको अगाडी नाक कोट्याउनु, सिागान पुच्छ्नु, हाई गर्नु, ठूलो आवाजले बोल्नु वा रिस व्यक्त गर्नु अग्रजहरुको अपमान गरेको ठहरिन्छ । यस्तो अवस्थामा सजायको भागिदार समेत बन्ने सम्भावना रहन्छ । यो देशमा आएपछि म पुगेका सरकारी, गैह्र सरकारी कार्यालयमा महिला कर्मचारी मैले देखेको छैन ।

अप्रील 11, 2013

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.