~मौसमजी भण्डारी~
कतै कम पिडा कतै बढी हुन्छ
आफ्नो भने नुनिलो जिन्दगी हुन्छ
दुखमा कसैले साथ् दिदैनन्
हेर्नुस मर्दा मलामी पछी हुन्छ Continue reading
~मौसमजी भण्डारी~
कतै कम पिडा कतै बढी हुन्छ
आफ्नो भने नुनिलो जिन्दगी हुन्छ
दुखमा कसैले साथ् दिदैनन्
हेर्नुस मर्दा मलामी पछी हुन्छ Continue reading
~सरल सहयात्री पौडेल~
गर्जिदैन वादलपनि आकाश नहुदा
सुखि हुन्न मन मेरो तिमी नहुदा
समरको यात्रा गर्दा तिमी साथ थियौ
रगतको भेलमा डुव्दा आशु वगाउथ्यौ Continue reading
~बद्री पलिखे~
जमिनभन्दा अग्लो
ढिस्कोहुन्छ ।
ढिस्कोले जतिसुकै फुइँ देखाए पनि
पहाडभन्दा अग्लो हुनै सक्दैन ।
पहाडभन्दा अग्लो
सगरमाथा हुन्छ । Continue reading
~राजेन्द्र शलभ~
मेरो झ्यालनिर आएर जून
मलाई सधैं माया गर्न सिकाउंछ
म भित्र उत्साह र प्रेम भरेर जान्छ ।
बिहानै मेरो देशका शासकहरू
म भित्र घ्रिणा भरेर जान्छ्न
बिस्तारै म भित्र पनि
स्वार्थको बिऊ रोप्न आतुर छ्न Continue reading
~कृष्णभुषण बल~
सिर्जनाको एउटा जून हामीबीच पाइला राखेर भर्खरै हिँड्यो
उत्साहको एउटा वातावरण भर्खरै घाटमा लगेर सेलाइयो
फगत एउटा न्याउरो सहर मुर्दाहरूको घुइँचो बोकेर विक्षिप्त छ
फगत रित्ता पाइलाहरूको फोस्रो पदचापमा सडकहरू मौन छन्
इतिहास त्यहीँ रह्रयो
हामी त्यहीँ रह्रयौँ Continue reading
~दिनेश अधिकारी~
कुन डालीमा बसूँ भन ? कहाँ फुलूँ भन ?
जताततै बसूँ भन्छ— ऋतुजस्तो मन
नहेरेझैँ मुहारमा हेरिरहूँ जस्तो
अल्झिएर केशभरि खेलिरहूँ जस्तो
अधरमा बसिदिऊँ कि ? भित्रै पसूँ भन Continue reading
~योगेन पौडेल~
हामीलाई हाम्रो मूर्खता प्यारो छ,
हामीलाई मुढता प्यारो छ।
अराजकता, अकर्मण्यता, बिग्रह र उथलपुथल
कोलाहल, अशान्ति र अन्धकार प्यारो छ,
हामीलाई जडता प्यारो छ।
धुँवा, धुलो र टायर प्यारो छ,
तोडफोड, हड्ताल र हुल-हुज्जत प्यारो छ।
केही झुण्डका भाडाका सिपाहीहरु हामी, Continue reading
~सोम खनाल~
यादले प्यारो गाऊंको
जन्मेर हुर्केको ठांऊको
दुख्या’छ छाती चर्केर
आउदैछु चांडै फर्केर । Continue reading
~मोहन बन्जाडे~
अरुलाई भोकभोकै राखी
भोकका कथा सुनाएर, वा
भोकका गीत गाउन लाएर
एक हूल मानिसलाई
भोक विरुद्ध उचाल्दै
तिमी
आफ्नो सकल भोगको निम्ति Continue reading
~बिनोद खड्का~
श्वायत्त प्रदेशको नारा दिनेहरु
मेरो देश भनेर उठन सिक
विखण्डनको वकालत गर्नेहरु
हाम्रो देश भनेर बाँच्न सिक ।
देश आत्मा हो Continue reading
~दीपक कथित~
काभ्रे जिल्लाकै साहित्यिक इतिहासमा पहिलोपटक यही पुष ८ गतेबाट सुरु भएको तीन दिने ‘वेथानचोक पर्यटकीय साहित्यिक यात्रा –२०६८’ पुष १० गते आइतबार सम्पन्न भएको छ । काभ्रे जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको तथा प्राकृतिक, धार्मिक र ऐतिहासिकरुपले पर्यटकीयस्थल बेथानचोकको पर्यटकीय महत्व उजागर गर्ने उद्देश्यसहित यो यात्राको आयोजना गरिएको हो ।
साहित्य सञ्जाल नेपाल र तेस्रो आँखा नेपालको संयोजनमा भएको यो कार्यक्रमको आयो Continue reading
~मीरा प्रसाईं~
‘बा !’ आमाले जस्तो गर्भमा बोकेनौ तिमीले
आमाले जस्तो प्रसव पीडा सहेनौ तिमिले
म दुख्दा, आमाले जस्तो बर्बरी आँसु झारेनौ तिमीले
मेरो अघि पछि लागेर `मेरि प्यारी गुडिया´
भन्दै छातीमा टासेनौ तिमीले,
`बा´
तिमीले गर्भाशयको गर्भमा बोक्न सकेनौ त के भो
मस्तिष्कको गर्भमा सधै बोकेर हिड्यौ
आँखाबाट आँसु झारेनौ त के भो
छातिमा टासेनौ त के भो ! Continue reading
~छविरमण सिलवाल~
नयाँ सडकको
पिढीमा बसेर
नयाँ नेपालको मेरो
शरीर निहाले
तिल चामल फूलेका मेरा
कपालमा कालो दलेर
मैले बुढ्यौली कम गरेको थिए
नयाँ सडकमा Continue reading
लाज मान्छ तिम्लाई देख्दा शयपत्री-थुङ्गा ।
राखिदिए नाम तिम्रो उसै काली गङ्गा ।।
हाँगालाई छलेपनि छाँगाबाट खस्छ्यौ ।
काली गङ्गा कहाँ पुगी बास तिमी बस्छ्यौ ?
लेकबाट बेंसी झर्ने तिम्रो केशराशि।
राखेको छु साँची मैले हिर्दयमा टाँसी ।। Continue reading
~रामेश्वर राउत ‘मातृदास’~
हल्लाउनु हल्लायो कम्पले–महाभूकम्पले
पूर्वजका यश कीर्ति गौरव वेमाख भै ढले
नेपालीपन नेपाली मन घाम जून चम्कने छन् सब
अविचलित आँट देखेर नेपालीको भूकम्पै छक्क पर्ने छ अब ।
विपतमा नरुने नआत्तिने हाम्रो बानी
धैर्य र साहसका हामी अदम्य खानी
निर्माणको लहर अब चल्छ धूमधाम
उप्रान्त कसैले रोकेर रोकिन्न हाम्रो बिहानी । Continue reading
~उमाशङ्कर द्विवेदी~
कान्यकुब्ज (कन्नौज) नामक नगरमा गाधि नामक एउटा बलवान राजा राज्य गर्दथे । कुनै कारणवश उनी वनमा गएर बस्न थालेका थिए । वनमा उनको एउटी कन्या उत्पन्न भइन् । ती कन्या स्वर्गकी अप्सराभैंm सुन्दरी थिइन् । उनको नाम थियो– सत्यवती । उनको लागि भृगुनन्दन ऋचीकले राजासित याचना गरे । राजा गाधिले ऋचीकसित आफ्नी कन्याको विवाह गरिदिए । वैवाहिक कार्य सम्पन्न भएपछि भृगुजी आएर आफ्ना पुत्रलाई सपत्निक भएको देखेर अत्यन्त प्रसन्न भए । उनले आफ्नी पुत्रवधूसित भने–“सौभाग्यवती वधू, तिमीले मसित वर माग । तिम्रो जे इच्छा छ, त्यो म दिन सक्छु ।” सत्यवतीले आफ्नो ससुरालाई प्रसन्न भएको देखेर उनीसित आफ्नो तथा आफ्नी आमाको लागि पुत्रको याचना गरिन् । पुत्रवधूको कामना पूर्तिको लागि भृगुजीले भने– “तिमी र तिम्री आमा ऋतुस्नान गरेपछि पुत्रोत्पत्तिको कामनाले बेग्लाबेग्लै दुईवटा रूखलाई अड्ढमाल गर्नु । आमाले पीपल Continue reading
~कृसु क्षेत्री~
विषालु सर्पको शयनमा बसेर
जिउनुको अर्थ हराएको छ शब्दकोषबाट
तर पनि एकाकी विषादपूर्ण भोगाइमा बाँच्नुको बाध्यतामा
मौन हुनुको अर्थ जिब्रो थुतिएको पक्कै हैन
स्थिर बस्नुको अर्थ खुट्टा काटिएको सत्य हैन
पखेँटा काटिएर कतै उड्न नसकेका चराका बथानझैं
धवलयात्राको नजरले हेर्दैछौँ हामी टाढा क्षितिजमा
कहिले देखिएला नीलो आकाशमा शारदीय प्रकाशहरु ? Continue reading
~निर्मोही व्यास~
मेरी कल्पू ! चिरसहचरी ! जिन्दगीकी जुहार !
प्यारी ! चारैतिर झलझली देख्छु तिम्रै मुहार
यौटा यौटा पल छिन गरी गैसक्यो एक मास
पर्खी पर्खी म त भइसकेँ प्रेयसी ! झन् उदास
आयो वर्षा ऋतु सरस यो प्रीतिको ली तरङ्ग
जोडाजोडीहरू मनमनै खूब छन् दङ्ग–दङ्ग
यस्तो बेला तर कति हरे ! चाल हाम्रो बिढङ्ग
प्यारी ! बस्छ्यौ पर,मन यहाँ हुन्छ मेरो भरङ्ग Continue reading
~डा. ईश्वरीप्रसाद गैरे~
नेपाली साहित्य जगत्मा एक कवि, एक खण्डकाव्यकार, एक गीतकार, एक गीति नाटककार र एक बालकवि तथा एक निबन्धकार हुँदै एक कथाकारजस्ता विधामा कलम चलाउने बहुमुखी साहित्यिक व्यक्तित्वका धनी प्रतिभा माधवप्रसाद घिमिरेले यी विभिन्न विधामा कलम चलाएका छन् । साहित्यका बहुआयामिक बहुविद् व्यक्तित्वमा सक्रियतासाथ संलग्न भएका घिमिरे मूल रूपमा एक कवि र एक खण्डकाव्यकारका रूपमा नेपाली कविताको इतिहासमा उन्नत एवं सर्वाेन्नत छन् भने यही विधामा घिमिरे अत्युन्नत सिर्जन कलाका कालीगढ प्रतिभा बन्न सफल भएको देख्न पाइन्छ । यस किसिमको घिमिरेको सिर्जना सन्दर्भलाई यहाँ निम्न रूपमा यसरी प्रस्तुत गर्न सकिन्छ : Continue reading
~तिर्थराज अधिकारी~
जुवाडेहरू-
मिलेर जुवा खेल्दाखेल्दै
सानै कुरामा सन्किन्छन्
अलिकति निहुँमै आपसमै
रन्किन्छन्
रिसको पारो तातेर
मन बुझाउन नसकी
कोही खालबाटै बाहिरिन्छन् Continue reading
~राकेश क्रान्तिकारी~
लय : पोखिएर घामको झुल्का
चोखाएर आफूलाई रक्सीको जलैमा
देउता छोडी कुर्सीलाई (पुजूँ पुँजू लाग्छ है)२
केटाहरू भेला पारी मेरो आँगनमा
सिधासादा जनतालाई (गोदूँ गोदूँ लाग्छ है)२ Continue reading
~लालकाजी श्रेष्ठ ”कमल”~
छन् गुनासा के सुनाऊँ वेदना औसत रहेन
मन मुटु सब हाक्न सक्ने हौसला हिक्मत रहेन
बैँसको मायाँ अचानक केश पाक्दा हात लाग्यो
बस् ! जवानी उम्केको हो प्रेममा मनखत रहेन Continue reading
~रजिन पनेरु~
रोजगार विकासको कुरा हुनुपर्छ
शहिदको इच्छा सबै पूरा हुनुपर्छ
यस्तो होस् मेरो देश प्रत्येक कुरामा
सामन्तीको घाँटी रेट्ने छुरा हुनुपर्छ । १
साँचो कुरा बोल्न खोज्यो ऊ झुट हुन्छ
गल्ति गर्नेकै सम्बन्ध अटुट हुन्छ Continue reading
~तुलसीराम पोखरेल ‘निर्दोषी’~
शकुनीहरू जाल बुन्दै छन्
घर जलाएर खरानी बेच्दै छन्
तानातान हानाहान
‘अग्रगमनकारी, क्रान्तिकारी
यथास्थितिवादी, प्रतिगमनकारी’
यसरी हाले मुलुकलाई भड्खालामा Continue reading
~अज्ञात~
कथाकार रमेश विकलले लाहुरी भैँसी कथामा गरीब लुखुरेको सोझोपन,गाउँका ठूलाठालुको शक्ति देखि डराउने दास मनोवृत्ति तथा उनीहरुको षड्यन्त्रकारी प्रवृत्तिलाई उतालेका छन् । गाउँमा शक्तिशालीहरुले सोझो गरीबहरुलाई कसरी शोषण गर्दछन् भन्ने कुरा देखाउँदै तिनै सोझा र निमुखा गरीबहरुमाथि सहनुभूति प्रकट गरेका छन् ।
गाउँघरका ठूलाबड़ाहरु गाउँले गरीबहरुले दु:खजिलो गरेर एकपेट पालेको आफ्नै पाखुराका भरमा बाँच्ने चाहना राखेका सफासुग्घर भएर हिड़ेकोमा ईष्या र डाहा गर्ने शोषण Continue reading
~इश्वर देवकोटा~
म रुँदा सँगै रुन्छ मात्र ऐना
मुहारमा मेरो अब हासो छैन !!
कसुर खै कहाँ छ अपराध भो किन
कति छन् सजाय देउ अब दिन
सहन्छु सब चोट अझ थप्छौ हैन Continue reading
~Eagam Khaling~
Who am I—
A matter or Energy?
Krishna!
Play your flute—
I want to travel through space and time Continue reading
~भेषराज रिजाल~
महिना दिन अघि
सानो भनाभनमा
उसले मन दुखायो
उसले पैसा माग्दा
मैले उपदेश दिएँ
मायाबिनाको उपदेश
गाली हो भन्दै
उसले आवेशमा अंश माग्यो
सम्झाउँदा झन् Continue reading
~अनुपम ‘नवोदित’~
घामले पोल्दा चौतारी र बरको याद आउँछ
शिरमाथि जहाज उड्दा घरको याद आउँछ
जिन्दगीको रथलाई किन किन, हाँक्न सकिन
बाल्यकालमा पढ भन्ने, सरको याद आउँछ Continue reading
~यकिना अगाध~
यो कथा नेपालको पूर्व दुई नम्बर अवस्थित सिन्धुली गडीडाडा अदालतको हो । वादी प्रतिवादीबीच मुद्धा चलिरहेको थियो । वादीले प्रतिवादीलाई बिना कारण दुःख दिने नियतले मात्र मुद्धा हालेको थियो । यसले गर्दा प्रतिवादीले वादीलाई राम्ररी नै न्यायको स्वाद चखाउने विचार गर्यो र न्यायधिसलाई भेट्न गयो । उसले न्यायधिसलाई सबै यथार्थ कुराको जानकारी दियो साथै आफूलाई न्याय दिनको लागि सम्झना भइराखुन भनेर छुट्टिने बेलामा न्यायधिसलाई राडी टक्र्याएर हिड्यो ।
वादीले सोच्यो– अहो मैले त त्यसलाई दुःख दिन मात्र मुद्धा हालेको हुँ । भोली त्यसलाई दोषी प्रमाणित गरेर Continue reading
~रमेश भट्टराई ‘सहृदयी’~
बस्ने गाउँमा बाआमा खेत अर्कैको बरा ! कुतै तिर्न गाह्रो
छिरेँ सहर, दुःख सम्झी त्यो घर यो मन वह चिर्न गाह्रो
थोत्रो घर छ, उता कटेरोका चित्रा फाटे, बला मक्काए रे
न छोडूँ सहर न तोडूँ रहर दोसाँधे नाम भिर्न गाह्रो Continue reading