~पूर्णिमा प्रतिबिम्ब~
असाध्यै मनपर्छ नेपाली खाना मनपर्छ
रोइला गीत र दोहोरी भाका मनपर्छ
पिउनुपर्छ दूध भनी उसले पढेको छ
तर पनि मेरो भाइलाई चिया मनपर्छ Continue reading
~पूर्णिमा प्रतिबिम्ब~
असाध्यै मनपर्छ नेपाली खाना मनपर्छ
रोइला गीत र दोहोरी भाका मनपर्छ
पिउनुपर्छ दूध भनी उसले पढेको छ
तर पनि मेरो भाइलाई चिया मनपर्छ Continue reading
~रितु खनाल~
आएर प्रेमको पोको थमाएर गयौ
तिम्रै हुँ भनी ल्याप्चे लगाएर गयौ ।।
जब आउँछ याद तिम्रो यो मन अतालिन्छ
फर्की आउने प्रेम आभास दिलाएर गयौ ।। Continue reading
~शालिकराम मुसाफिर~
भात किन चाहियो, साथ मिले पछि
रात किन चाहियो, वात मिले पछि ।
दिनमै रमाउने, वानि परि सक्यो अब
किन पर्यो छल्न, हात मिले पछि ।। Continue reading
~तिलकप्रसाद सापकोटा~
म बसेको घरमा एकजना राम छन् । उनीसँग नजिक भएदेखि एक महिनासम्म मैले उनका सबै क्रियाकलाप नियालें । यतिन्जेलमा उनले अठारभन्दा बढी रामावतार लिएछन् । तिनले त्रेतायुगका अयोध्याका राजा रामचन्द्रदेखि हाम्रा गाउँका तल्लो टोलदेखि माथ्लो टोलसम्म र बजारका विशाल भवनदेखि कोठासम्मका रामावतार लिन्छन् । अयोध्याका रामका बारेमा वर्णन गर्न आदिकवि भानुभक्त आचार्यले त सकेनन् भने म कहाँ सक्छु र ? म त उनलाई कोटिकोटि नमस्कार मात्र गर्न सक्छु । तिनका बारेमा लेख्ने त कुरै नगरौं । अहिले आँट गरें भने अर्को जुनीमा चाहिँ लेखिएला कि ? आधुनिक कालका रामहरूको पनि वर्णन गर्न सक्दिन । एकजना राम छन्, जो म बसेकै घरमा बस्छन्, मैले तिनका बारेमा मात्र लेख्न खोजेको हुँ ।
Continue reading
~गोपाल पराजुली~
मेरो नाममा बनेको ऊ
अर्थात् गुणदत्त
केही पनि आफ्नो भनेर लिने छैन
उसको सार्वभौम हिमालबाहेक
नदीबाहेक
पहाडबाहेक
तराई मधेशबाहेक समुद्र
उसको यहाँ केही पनि छँदा पनि छैन
दर्द उसको हो
अज्ञात समुद्रमा
दुःखको सिमाना क्रस गर्दा Continue reading
~आश्रय रवि~
तिम्रो दिलको कुनामा लुक्ने धेरै हुन्छन
पर्खाईमा तिम्रो बाटो ढुक्ने धेरै हुन्छन
चलन पुरानै हो जुनतारा दिन्छु भनी
तिम्रोसामु घुडाँटेकि झुक्ने धेरै हुन्छन Continue reading
~शकुन्तला जोशी~
उहिल्यै एकदिन
तिमीले खनेको बेनाम गोरेटो पहिल्याउँदै
पछ्याउँदै फिता चुँडिएको चप्पल र पाइतालाको डोब
सुनेर छिनो, झम्पल र खञ्जरको अविराम संगीत
तिम्रो हराएको कथा खोज्दै
आइपुगेको हुँ म तिम्रो गाउँसम्म। Continue reading
~चन्द्र रानोहोंछा~
ठीक लयमा घुम्छ पृथ्वी
घडीको काँटा
ठीक लयमा चल्छ मुटुको धड्कन
श्वास–प्रश्वास
तर, बेठीक लयमा आइदिन्छ सम्झना
चलिदिन्छ बतास, विरह, बाँडुली … Continue reading
~भक्तराज न्यौपाने~
गाउँ त एकदम निस्तब्ध छ
रित्तो घरमा भोटेताल्जा झुन्ड्याएर
कहाँ हराए पचासी नाघेका घरमूलीहरू ?
रौनकको रौरव हराएर
एकलास चकमन्नताले छोपेको छ घुप्लुक्क
उत्तानो लडेको छ मतान Continue reading
“मम्मी, यी…म भोलि चक्लेट किन्छु ल?” चार वर्षको अंकित दौड्दै आयो। उसको हातमा पाँच रुपैयाँको नोट थियो। मैले त्यो नोट लिएँ। पाँच रुपैयाँको नोटको रङमा मैले मेरी आमाको रगत देखें। एकछिन छामिरहें। त्यसभित्र आमाको छटपटी महसूस गरें। अनि मुठी कसें। नोट कुच्चियो।
“मम्मी, मेरो पैसा…” अंकित रुन थाल्यो। मैले उसलाई जुरुक्क बोकेर गालामा म्वाईं खाएँ। उसलाई भुईंमा राख्नासाथ ऊ मेरो हातको नोट लिएर कोठातिर दौड्यो। Continue reading
~फुर्पा तामाङ~
दशैं मूलतः हिन्दूहरूको चाड भए पनि नेपालमा अन्य धर्मावलम्बी एवं जातजातिले पनि धुमधामसँग मनाउँछन्। रसुवाका तामाङ समुदाय पनि त्यसैमा पर्छन्। उनीहरूले कहिलेदेखि दशैं मनाउन थाले, थाहा छैन। यद्यपि पछिल्ला वर्षहरूमा भने दशैंको रौनक घटेको छ। २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाल तामाङ घेदुङ र आदिवासी जनजातिहरूका अन्य संगठनले गरेको आन्दोलनको प्रभावबाट दशैं मनाउने तामाङ परिवार घट्न थालेको मानिन्छ। यसमा इसाइकरणको असर पनि छ। चाड मनाउने कुरामा ‘हाम्रो’ र Continue reading
~कृष्ण सिंह पेला~
वर्षा विदा भै शरद हेर आयो ।
हिन्दुहरुको दशैं चाड आयो ।।
चिन्ता गरी त्याग सब चल्मलाए ।
आफू र घरलाई सिंगार्न लागे ।।
जौंका मुना, आँकुरा श्वेतपीत ।
गुच्छो लिई स्नेह, आशिषसित ।।
सिउरिन्छ त्यो कानमा प्रियजनका । Continue reading
~बिर्ख ‘क्रान्ति’~
क. तत्वलेखनः अनुभूतिको सार लेखन
जीवनयात्राका घटना, अनुभूति र विचारहरु विद्युतभन्दा तीब्र गतिमा बगिरहे । तर जीवनोपयोगी लोभलाग्दा अनेकौं तरङ्गहरू त्यत्तिकै खेर गए महाकालीको पानी, बिजुली र गरीबी जस्तै । ती तरङ्गहरू कागजको पर्खालमा थुनिहाल्न पाए, प्राकृतिक सम्वाद र दृश्यहरू माइक्रोचिप्समा ताजै ढकनी लगाइहाल्न पाए र सोचेका Continue reading
~डि आर पोखरेल~
१. विषय प्रवेश
नेपाली साहित्यमा पारिजातको नाम शीर्ष स्थानमा रहेको छ । उनी बहुमुखी प्रतिभाकी धनी व्यक्तित्व हुन् । उनले नेपाली साहित्यको चारवटै विधामा कलम चलाएकी छिन् । कविता विधाबाट सिर्जनायात्रा आरम्भ गरेकी उनले आख्यानमा ठूलो उचाइ प्राप्त गरेकी छिन् साथै नाटक र निबन्धसहित सबै विधाको शिखरमा उभिएर जीवन र जगतको यथार्थतालाई मापन गर्न समर्थ पारिजात एक अनुपम प्रतिभा हुन् । उनी सम्बन्धीको अध्ययनले नेपाली साहित्यमा ठूलो महङ्खव राख्दछ ।
२. पारिजात र उनका कृतिहरू Continue reading
~उत्तम भट्ट ‘विवेक’~
खोज्याकी कन्न्या का घर भात खानु गयो
सबले भातु खाया रैछ मुइत भोकोइ रयो
धर्को मिलयको रैछ अट्ठाइस गुण मिल्या
ब्यौलो होइ झानौ भुनी कोट पैन्ट सिल्या Continue reading
~विभूति भट्टराई~
क्रान्ति तिमी फेरि सजीव बनेर आऊ !
यद्यपि कैयाँै पत्थरलिा पहाडहरूले
असङ्ख्य ढुङ्गा माटो हुत्याएर
तिम्रो चातुर्यको परीक्षा लिनेछन् Continue reading
~राधा कार्की~
ए प्रिय मान्छे !
कहाँ जाँदैछौ तिमी
कता गइरहेछ तिम्रो सोच ?
भरोसा गर्न लायक
किन देखिदैन तिम्रो विवेक ?
उसले तिमीलाई पटक–पटक भनिरहँदा Continue reading
~भवानी पाण्डे~
बाटो मेरो नाम हो हिँड्छन् थरीथरीका
नबिराई यी आँखा हेर्छन् वरिपरिका
स्वभाव थरीथरीका धरतीका प्राणीका Continue reading
~विश्वराम खत्री~
जिन्दगीलाई लथालिङ्ग छोडेर कहाँ मजा हुन्छ
सबै त्यागी पैसा मात्र जोडेर कहाँ मजा हुन्छ
आफूलाई पर्दा सबै चाहिने, साथ चाहिने सहयोग चाहिने Continue reading
~रत्न प्रजापति~
ऊ सहरको एउटा नाउँ चलेको क्याबिन रेष्टुराँभित्र थियो । ऊसित उसको सेवाको लागि थिई एउटी सो¥हसत्र वर्षकी राम्री केटी । केटीको असाध्यै लोभलाग्दो छाती देखेर ऊ निकै लोभियो । त्यो असाध्यै लोभलाग्दो छाती देखेर उसले आफूलाई थाम्नै सकेन र थुक निल्दै भन्यो, ‘एकपटक चुस्न दिन्छ्यौ ?’ ‘के ?’ केटीले थाहा नपाएजस्तो गरी सोधी । ‘त्यो…. ’ उसले औंलाले सङ्केत गर्दै भन्यो । ‘नाईं ।’ केटीले लाज मानेजस्तो गरेर भनी । ‘एकपटक मात्र क्या ’ उसले फेरि भन्यो । ‘नाईं क्या, हुँदैन ।’ केटीले फेरि एकपटक मुख चोसो पारेर नखरा पारी । ‘पैसा दिन्छु नि ’ उसले खल्ती Continue reading
~दिल पौडेल~
कालीले पहिरेको मुण्डमाला
हिंसा, आतङ्क जिलेटिनले अडेको सत्ता
मूर्खता सिवाय केही होइन
डामिएका रहरहरु सपनाहरु
अतृप्तिका धारिला हतियारका
पुरस्कार हुन् आघात, पीडा आँसु Continue reading
~अज्ञात~
विष्णु शर्मा ब्राम्हणका चलाक कान्छा छोरा यज्ञ शर्माले बनारसबाट व्याकरण, साहित्य आदि ग्रन्थ पढेर घर फर्केछन्। विष्णु शर्माले छोरालाई सोधेछन्- “के के पढेर आइस्?” यज्ञ शर्माले आफूले पढेजति सबै बयान गरे। विष्णु शर्माले छोरालाई फेरि सोधेछन्- “चतुर विद्या पढिस् त?” विचरा छोराले अक्क न बक्क” परेर जवाफ दिएछन्- “त्यो त छैन।” विष्णु शर्माले- “उसो भए पढेर आइज।” भनेछन्।
त्यसपछि यज्ञ शर्माले चतुर विद्या पढ्न हिंडे। जाँदा जाँदा Continue reading
~शाक्य सुरेन~
थौं सुरेन
म्वाय् या निंम्तिं
तिंकथि थें जाःगु तुति दुम्ह बोहचां Continue reading
~प्रकाश सायमी~
बीपीसितका तीन भेट मेरानिम्ति जीवनको अत्यन्त यादगार क्षण हो, सम्झनामा लेखिए पनि नलेखिए पनि।
बीपीसितका हुन नसकेका तीन भेट पनि मेरो जीवनको लागि महत्त्वपूर्ण पाठ हो।
म यहीँबाट यसलाई जीवनको उपलब्धि ठान्छु। Continue reading
तिमीहरु
घामको
बदनाम गर्दछौ
यो आधारातमा तिमीहरु
पूर्बेली डांडाहरुमा अग्ला पर्खाल हालिरहेछौ
तिमीहरु
खण्डहरुबाट घाम निकाल्न
खण्डहरु भित्र पसिरहेका
साहसीहरुलाई जेलको चार पर्खालभित्र कैद गरिरहेछौ Continue reading
~Kamal Kumar~
I am happy
happier than I look
you see,
I am sad
Sadder than I look
I forgive more than I do
I forget Continue reading
~विपुल सिजापति~
शनिबार उसलाई पशुपतिको मूलढोकैमा टाढैबाट देख्नेबित्तिकै म आठौँ आश्चर्यमा परेँ। पवित्र पशुपतिनाथको मूलढोकामा उसको उपस्थिति दुई विपरीत ध्रुबको मिलाप थियो। एक पटक आफैँलाई चिमोटौँ चिमोटौँ जस्तो लाग्यो। भ्रम, अर्थात् मस्तिष्कले निर्क्यौल गर्दै आएको कुरालाई ज्ञानेन्द्रीयले तत्क्षण गरेको अनुभूतिले गलत साबित गरिदिएको अवस्था या मस्तिष्कको ठहर र ज्ञानेन्द्रियले अनुभूत गराएको सत्य बिचको द्वन्दात्मक अवस्था, जहाँ केही क्षणको लागि चेतना समेत शून्यमा पुग्दछ। यस्तो विषम अवस्थामा भ्रम निवारण गर्न आफैँलाई शासना दिँदैमा हुने त केही होइन, तै पनि तन्द्रामा पो छु कि भनेर आफैलाई जाँच्ने चाहना मनमा पलायो। तर मैले आफैँलाई चिमोटनु अगाडि नै ऊ म नजिकै आइपुगिसकेको थियो। उसलाई देखेर मनमा सदाझैँ ईर्ष्या, क्षोभ र रिसको मिलिजुली भाव पलायो र उसलाई मनमनै गाली गरेँ, “सा।। गिगोलो।”
श्रीवत्स, उसको नाम श्रीवत्स हो र ऊ नाम अनुसारकै सुन्दर व्यक्तित्व, आकर्षक शरीर Continue reading
~चूडामणि खनाल~
सन्चै हुनुहुन्छ बुवा ! सुरिलो र मधुरो स्वरको आवाज आयो । भावुक हृदय भएको म कुनै काल्पनिक संसारमा डुबिरहेको रहेछु, झसङ्ग भएँ । जताबाट त्यो आवाज आयो, मेरो मुन्टो उतै फर्कियो । अनि मेरो वैज्ञानिक मनले संझियो कानले पनि देख्तो रहेछ र आँखाले पनि सुन्दो रहेछ । को हौ ? मैले अपरिचित व्यक्तिसँग सोधेँ– चिन्नुभएन कि क्या हो ? म क्या परबिन् । उसका दाडिमका दानाजस्ता दन्तलहर देखिए । उसको शरीरको रङ्ग कालो पनि होइन, गहुँगोरो पनि होइन । कल्स्याउँदो कल्स्याउँदो अझ भनूँ हिसि परेकी काली काली समष्टिमा भन्दा ज्यादै राम्री । मैले बोल्ने बाटो खोजेँ र सोधेँ– के नाम भन्यौ रे– उसले अघिकै नाम दोहोर्याई परबिन् । मैले फेरि सोधेँ– आफ्नो जात त केही बताइनौ नि । उसले नचाही नचाहीकन भनी– परियार । ए त्यसो भए तिम्रो नाम परबिन् परियार हो, होइन त ? उसले पनि हाजीरी जवाफको शैलीमा भनी– ज्यू ss । Continue reading
~शोभा शर्मा~
तिमीसंगै रमाउनु थियो
बादलुको घुम्टो भित्र,
तिमीलाई देखाउनु थियो,
यो डाँडाको चौतारीमा बसेर
आकाशका इन्द्रेनी,जून र चराहरु Continue reading
~श्यामदास वैष्णव~
मुनामदन छापिएको चार-पाँच वर्ष भएको थियो होला, मैले लक्ष्मीप्रसाद देवकोटाजीलाई पहिलोपल्ट भेट्दा । उहाँ तीस वर्षको हुनुहुन्थ्यो, म भने १४-१५ वर्षको थिएँ । डिल्लीबजार नाटकमण्डलीले उहाँलाई नाटक लेख्न भनेको रहेछ । उहाँले भरत मिलन नाटकको एक अध्याय लेखेर दिनु पनि भएको रहेछ । त्यसलाई सफासँग सारेर म अरू अध्यायका लागि ताकेता गर्न धोबीधारा गएको थिएँ । नाटक सञ्चालकले देवकोटाजी नरम मान्छे छन् भनेका थिए । म पुग्दा उहाँ विद्यार्थीहरूलाई पढाइरहनुभएको थियो । उहाँले पढाउनसकेपछि आफूले सारेको उहाँको नाटक देखाएँ । यसो हेर्नुभयो, अक्षर त साह्रै राम्रो रहेछ । यस्तो अक्षर लेख्ने मान्छे म खोजिरहेको थिएँ, भन्नुभयो । अनि के खोज्छस् कानो आँखो भनेजस्तो भयो मलाई । म सारिहाल्छु नि भनेँ । मेरो अक्षरको नाताले उहाँसँग घनिष्ट Continue reading