Tag Archives: लेखनाथ काफ्ले – Lekhnath Kafle

कथा : मुलाको अचार

~लेखनाथ काफ्ले~ मेरी आमा अरुहरु जस्तै सामान्य मान्छे हुन् । गाउँमै जन्मेकी, हुर्केकी र आफ्नो आजसम्मको जिन्दगि बिताएकी । उनको संसार सानो छ । उनका आफन्त, उनका सन्तान हामीहरु र त्यसैका हाँगाबिगा अनि आमाका छिमेकीहरु नै उनको ब्रह्माण्ड हो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पानी चोर

~लेखनाथ काफ्ले~ आज वडा प्रहरी अड्डामा अजीबको उजुरी पर्‍यो, हिरामान साहुको। त्यही उजुरीको छिनोफानो गर्न भनु वा सत्य तथ्य पत्ता लगाउन उसको छिमेकीको घरमा बस्ने सबैलाई उपस्थित गराइएको छ। उजुरी “मेरो घरको इनारको पानी छिमेकीको घरमा बस्ने डेरावालहरु द्वारा चोरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अलग उपाय

~लेखनाथ काफ्ले~ मध्य तराईको एक जिल्ला, गाउँ बेलाहा। २०५३ सालको आसपास। माघको अन्त्य तिर भएकोले होला, चिसो बिस्तारै घट्दै छ, सुर्य न्यानोबाट तातो बन्ने सुरमा छ। खेतमा अझै पनि बालीहरु छन, कतै रित्ता गराहरु पनि। तरकारी, दलहन, तोरी बालीले र … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : गुमनाम आप्रवासी

~लेखनाथ काफ्ले~ टोक्यो, जापान आगत खाटमा पल्टेर बाहिर हेरिराखेको छ, सानो झ्यालबाट। त्यो कोठाको झ्याल भन्नु नै त्यही एउटा सानो प्वाल हो, सालाखाला २ फीट चौडाई र ३ फीट लम्बाइको। खै के जस्तो डिजाइन हो, बाहिरबाट जाली लगाएको छ, दुइवटा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : मेरो बाल्यकालको कुरा

~लेखनाथ गौतम~ जताततै बाहुनले पेलेको, बाहुनले शोषण गरेको, बाहुनले शासन गरेको, बाहुनले अत्याचार गरेको अनि बाहुनले दलित, मधेसी, जनजाती र पिछडिएका जातजातिविरुद्ध अमानवीय व्यवहार गर्दै सँधै उनीहरुलाई पीडित बनाएको कुरा सुनिराखेको यो बेलामा म भने अलि भिन्नै प्रसंग, भिन्नै अवस्थाको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : प्रोजेक्ट अन्नपूर्ण

~लेखनाथ काफ्ले~ २६०० ई. सं. जनवरी १ विश्व सरकारको विविधता सम्बन्धी नयाँ परियोजनाले पृथ्वीबासी सबैको ध्यान खिचिरहेको थियो। आज पृथ्वीभरीका सबै सेक्टर र अन्य ग्रह, उप-ग्रहहरुबाट आगन्तुकको रुपमा वेब, डिजिटल र भौतिक रुपमा विषय विज्ञहरुको विशेष भेला बोलाइएको थियो। मन्चमा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मान्छे हराएको सूचना

~लेखनाथ काफ्ले~ घर पूर्व रामेछाप, पकरबास। म भर्खरै कलेजबाट स्नातक। म सँग उच्चतम अंक, उच्चतम आशा र उच्चतम हौशला र बेजोड कल्पना शक्ती छ। जब म कल्पनामा बेसरी डुब्छु, कल्पना भित्रै सपना देख्छु। म बेरोजगारहरुको लाममा एक जना पनि थपिएको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जसमीन

~लेखनाथ काफ्ले~ मध्य युरोपको कुनै एक देशको राजधानी। २०११ कै वरीपरी। मैले खोजेको मेट्रो पनि आइपुग्यो। मैले एउटा खाली सीट भेट्टाए त्यसैमा बसे र यसो पल्तिर पट्टी हेरे। मेरो सीटको सामुन्नेको सीट मै मैले उहिल्लै कफीसपमा भेटेको लेखक मान्छे देखे। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कब्जा

~लेखनाथ काफ्ले~ साधुराम चौधरी, वर्ष सन्ताउन्न, मध्यपश्चिमको एउटा गाउँ झिञ्झिनिया । साधुरामलार्ई आजकाल राम्ररी निद्रा पर्दैन, त्यस्तो हुनलागेको करिब एक वर्षजति भयो । आज फेरि निद्राले छिट्टै छोड्यो । निद्राले छोडे पनि उसलार्ई खटिया छोड्न मन लागेन । ज्यानमा पूmर्ति … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : यज्ञनिधि र पुरस्कार

~डा. लेखनाथ काफ्ले~ ‘जदौ’ भन्दै बिहान बिहानै ‘साहित्य संसार’ रेडियो साहित्यिक कार्यक्रम मार्फत आउने ‘यज्ञनिधि दाहाल’ ले आफ्नो मौलिक स्वर र रचनाहरु बाचन गर्ने जादुमय कला मार्फत सरल भाषामा नेपाली साहित्यलाई जनता समक्ष पुर्‍याए । साहित्य जस्तो गम्भीर र अफ्ठ्यारो … Continue reading →

Posted in लेख | Tagged , | Leave a comment

कथा : पुरस्कार

~डा. लेखनाथ काफ्ले~ कति रोमाञ्चक थिए ती दिनहरु। बाउको आम्दानीमा कलेज पढ्यो, पढ्नु पनि के नै भन्नु र यसो बरालियो। कलेजमा केटाहरुसँग हल्लियो, हल्ला गर्‍यो। दिन कटायो, मैना कटायो, बस। न त स्पष्ट विचार थियो, न निर्दिष्ट लक्ष्य। पढ्नु पर्छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निरन्तरता

~डा. लेखनाथ काफ्ले~ ठाउँ: स्याङजाको कुनै टाढाको गाँउ, समय: २०४० सालतिर ऊ पनि, ऊ भन्नाले उपल्लाघरे बुल्के माइलो, त्यही चौतारेको चिया पसलमा सदा झैँ पुषको जाडोमा उपरखुट्टी लगाएर ५-७ जना टोलका घरमुली लोग्नेमान्छेहरू संगै समय कटाउन बेतुकका गफमा चियाको तातो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बाउको इज्जत

~डा. लेखनाथ काफ्ले~ पश्चिम नेपालको कुनै एक गाउँको ५०–५५ धुरीको सानो टोल। पहिले पहिले घरहरु खरका छानोले छाईएका हुन्थे, त्यसपछि जस्ताका छाना आए। खरका हुन वा जस्ताका धुरी चाहिँ हुन्थे, अब त ढलानका घर बन्न थाले तैपनि घर गन्तिमा धुरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment