कविता : मेरो धरती बाँचिरहोस्

~कुन्ता शर्मा~

उर्लिरहेको विशाल सृष्टिसिन्धुको
एउटा सुक्ष्म विन्दु म
सुन्दर फोका भएर हराऊँ लहर तरङ्गहरूमा
या बिलाउँ बालुवाका विराट व्यूहहरूमा
म नरहे पनि
युगले मेरो कथा कहे पनि नकहे पनि
मानव सभ्यता हाँसिरहोस्
मेरो धरती बाँचिरहोस् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कवि मोहन कोइराला र घाइते युग

~तिलक अधिकारी~

नेपाली कविताको आधुनिक काल वि. सं १९७५ सालबाट शुरु भई परिस्कारवादी धारा, स्वच्छन्दतावादी धारा, प्रयोगवादी धारा हँुदै समसामयिक धाराको निरन्तरतामा अघि बढिरहेको छ । नेपाली साहित्यलाई आजको अवस्थासम्म आइपुग्न तथा नेपाली साहित्यलाई निश्चित उचाइमा पुर्‍याउन विभिन्न भाषिक आन्दोलनहरुले अतुलनीय भूमिका खेलेको देखिन्छ। जसमा मकै पर्व -१९७७), पुस्तकालयपर्व -१९८७), झर्र्रोवादी Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

थारू भाषी लोक कथा : म्वार ठिउन् जाई बाजी रहल् ठाऊ मन्जोरी !

~सोम डेमनडौरा~

“अरी, सिंगहान छोट्की बेढ्ढक पैसा पठैठिन् जे हो ।”

“कहाँ से हो?”

“अइ हो जन्ल नि हुइटो नी? नेपालगंज से ट काहुँ । सारिसा ट उहँ रठिन् जे । लर्का व ठर्वा यिहँ रठिन् । कबुकाल केल ट अइठिन् घर ।” Continue reading →

Posted in थारू कथा, लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कथा : माइली

~राजेन्द्र ज्ञवाली~

नेपालको कुनै गाउँ घरतीर भएको भए उसको वोलाउने नाम माइली हुन सक्थ्यो । यो जरुरी त थिएन, तर उसको घरमा पुगेपछि मेरो मनमा यही विचार आएको थियो ।

थ्याङ्क्स गिभिङ डेमा उसैको निमन्त्रणामा गएपछि उसको परिवारको वारेमा केही जानकारी पाएको थिए । तीन दिदी वहिनी र एक भाइमा उ माहिली थिइ । मैले उसलाई यो कुरा भनेको पनि थिए । जवाफमा कियानाले हास्दै भनेकी थिइ–मेरो घरमा र साथीभाइले वोलाउने नाम त किकी हो । यो उसको नाम र थरको पहिलो दुई अक्षरको समिश्रण थियो ।

तर उसको वानी, स्वभाव भने मेरो अनुमानभन्दा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : बेलायती नेपाली साहित्य : नोष्टाल्जियादेखि चिन्तनसम्म

~मिजास तेम्ब~

परदेश रहँदाको नियास्रोपन, आफन्त र परिवारजनसँगको विछोडमा उर्लिएको अतीतमोह आदिको लेखनबाट शुरु भएको डायस्पोरिक साहित्य लेखन हाल आएर साहित्यमा नविन चिन्तन र प्रयोगसम्म पुगेको देखिन्छ । देशभन्दा बाहिर बसेर लेखिएको साहित्यलाई डायस्पोरिक साहित्य मान्यो भने बेलायत पनि नेपाली साहित्यको लागि उर्वरशील डायस्पोरिक साहित्य क्षेत्र हुन आउँछ । यद्यपि डायस्पोरिक साहित्य सिद्धान्तको स्पस्ट अवधारणा आइसकेको अवस्था भने छैन र नेपाली साहित्यमा यसको जति चर्चा परिचर्चा हुनु पर्ने हो त्यो पनि Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : रेल र देश

~हेमबहादुर गन्धर्व~

एउटा क्षितिजबाट
अर्को क्षितिज छुने
इन्द्रेणी जस्तै लामो रेल
कोठैकोठा
र, बेडै–बेडहरूले भरिएको
विशाल हस्पिटल जस्तै रेल
तब,
त्यो लामो र विशाल
रेल चल्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कुर्सी, कुर्सी, कुर्सी

~शिशिर शर्मा~

कुर्सी, कुर्सी, कुर्सी
किन चाहियो सबलाई कुर्सी ?
के छ आखिर कुर्सीमा ?
कुर्सीमा धेरै चीज छ,
कुर्सी छ त धन छ,
कुर्सी छ त आलिशान महल छ,
कुुर्सी छ त “पावर” छ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सालिक

~हरिप्रसाद भण्डारी~

पुरानो सामन्ती सत्ता ढालेपछि आन्दोलनकारी जनताले चौबाटोको बीचमा रहेका पुराना शासकका सालिकहरू पनि ढाल्न सुरु गरे ।

नायकले आफूसँग भएका सबै हतियारहरू सालिकमाथि प्रहार गर्न आदेश जारी ग¥यो । सालिकहरू ढालिए । सडकमा लम्पसार परेका सालिकहरूलाई टुक्राटुक्रा पार्ने काम पनि सँगसँगै भयो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीति कविता : विदेशबाट ल्याएको संघीयताले

~नारायण शर्मा~

संविधान बनाउने मेसै पाएनन नेताले
विदेशबाट ल्याएको संघीयताले

चार–चार वर्ष बेकारमा फाले हाम्रा नेताले
विदेशबाट ल्याएको संघीयताले Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

गजल : नेताहरू

~कल्पना पौडेल ‘जिज्ञास’~

जुलुस जम्मा पार्दै भाषण छाँट्छन् नेताहरू
चिप्ला कुरा गर्दै दिमाख चाट्छन् नेताहरू

नौलो क्रान्ति ल्याउँछौं देशमा अब भनेर Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : लोग्ने को हो?

~मनु ब्राजाकी~Manu Brajaki

स्वास्नीलाई बेश्या भन्ने लोग्ने को हो?
जन्म दिने तिम्रो आमा भोग्ने को हो?

लोग्नेमान्छे, स्वास्नीमान्छे दुवै मान्छे,
स्वास्नीलाई मान्छे हुन रोक्ने को हो? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : कविता लेख्न देऊ

~पवन भन्डारी “किरण”~

बेपत्ता र मृत्युका होइन
मलाई जीवन्त कविता लेख्न देऊ ।

सुन्दर सूर्र्योदयको मुस्कान
हरियो आँगनसरी
सिंगारिएको शान्त धर्ती Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : माछाको अनुरोध

~गोविन्दप्रसाद आचार्य~

यो नदीमा पानी सुक्यो मरिसक्या छु
थोरै थोरै पाउँ भनी विन्ति ग¥या छु
तड्पिएर सानो सानो रह खोज्या छु
विन्ति हजुर हात जोडेर पानी माग्या छु
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : जंगबहादुरको पैसा

~विमल पोखरेल~

यो ती जंगबहादुरको कथा होइन, जसले नेपालमा राणाशासनको सुरूआत गरे र करिब ३० वर्षसम्म आफैंले श्री तीन महाराजको रूपमा शासन गरे, उनले सुरू गरेको शासन १ सय ४ वर्षसम्म निरन्तर कायम रह्यो । राणाशासनको अन्त्यतिर पश्चिम पहाडी क्षेत्रको ग्रामिण भेगमा अर्का जंगबहादुरको जन्म भयो । उनी गाउँमै हुर्के पनि गाउँका अरू भन्दा टाठै थिए । पढाइको चलन उति थिएन । गाउँका साथीसंगीले जे पढ्थे, उनले पनि त्यही पढे । अलिअलि हिसावकिताब, चिठ्ठी तमसुक त्यति भए पुगिहाल्थ्यो । त्यति ठूलो खान्दानीमा नजन्मे पनि आफ्नो मध्य उमेर र उत्तरार्ध पूरापूर खानदानीमै विताए । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नेपाल आमाको आह्वान

~सानु शर्मा~Sanu Sharma

हेर, तिमीहरूको लागि
म चट्टान भएर उभिएकी छु।
आऊ, त्यो अग्लो पर्वतमा चढेर हेर,
तिमीहरूका आँखाले देखेजति
त्यो सबै तिमीहरूकै हो।
मलाई तिमीहरूको खाँचो छ, तिमीहरूको लागि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वीर खुमप्रकाश वाग्ले जिन्दावाद !

~हेमन्त श्रेष्ठ~Hemanta Shrestha

खुमप्रकाश वाग्ले
जसको पवित्र बाहुलीबाट
बडेबडे सामाजिक संस्था
र पाठशालाहरुको समुद्घाटन भएको छ
जसले गरेको उद्घाटन पछि मात्रै    Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्ता भित्रको अङ्कगणित

~गोबिन्दसिंह रावत~Gobinda Singh Rawat

सत्तामा भित्रिए पछि बाहिरिन कोही मान्दैनन्
सत्ता रोहण गर्नेले बाहिरका लाई मान्छे नै ठान्दैनन्
किनभने
ब्ाहिर चर्को घाम छ सडक जाम छ जताततै लामैलाम छ
भित्र मीठो माम छ नजराना र प्रत्येक बोलीमा दाम छ
बाहिर वर्षा बाढी धुलो र धुवा छ आक्रमण अपहरण हत्या र बलत्कार छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हाँस्न लाज भो

~भुपेन्द्र महत~Bhupendra Mahat_1

स्वाभिमानलाई बन्धकी राखी हाँस्न लाज भो
आत्मसम्मान यो उधारोमा टाँस्न लाज भो

बेसुरा लौ कती धेरै बिना गुदीका टाउका
हल्लाको यो खेती भित्र विश्वाश गाँस्न लाज भो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : निउरी

~हरिमाया भेटवाल~

रात सकिएको थिएन ,ताराहारु टुक्रिएर झरेको पनि थिएन् । कुनै नवदुलहीले पहिलो पटक माईती छोडे झै आकाशमा तुवाँलो पल्टिएर धुम्म परेको थियो । जब झिसमिसे बिहानी भयो जताततै आगो दन्कियो हल्लाको – पिपल डाँडामा मान्छे झुन्डिएर मरेको छ रे ।
चिस्यानको बिहानीमा आगो ताप्न सलहका बथानसरी धुईरिए त्यतैतिर गाँउलेहरु आलि र खेत नाग्दै । कुरामा खाप पर्यो अनि एक्कान ……दुईकान……मैदानमा त् झुन्डिरहेको निउरीको लास ।

ए बाब्बै ,,,,,जात्रै पो लाग्यो । अरुबेला जस्तो जात्रामा मादलु बजेन , दोहोरी चलेन ! फिरिक फिरिक कोहि नाचेन । डाँडा , थुम्का ,घरआँगन सबैतिर नाच्दै हिड्यो कुरो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैपर्व

~धनराज भट्टराई~

नेपाली साहित्यलाई समयानुकूल, गतिशील तथा जीवन्त बनाउनका लागि समयसमयमा नयाँनयाँ चिन्तन एवं विचारधाराहरूको प्रादुर्भाव हुँदैआएको पाइन्छ । समयको प्रवाहमा जब सामाजिक-सांस्कृतिक मूल्यमा परिवर्तन आउँछ अनि विश्वसाहित्यमा आएको परिवर्तनको प्रभाव अकाट्य बन्न पुग्दछ । परिणामस्वरूप विभिन्न साहित्यिक आन्दोलन र अभियानहरू जन्मन थाल्छन् । यस दृष्टिकोणबाट हेर्दा आधुनिककाल सुरु भएपूर्व तथा त्यसपश्चात् नयाँ परम्पराको स्थापनार्थ र राष्ट्रिय साहित्यको पहिचानार्थ विधि आन्दोलन र अभियानहरू सम्पन्न भएको पाइन्छ । जस्तो कि मोती मण्डली, हलन्त बहिष्कार, झर्रोवाद, आयामेली, राल्फा, अस्वीकृत जमात, Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

स्रष्टा जीवनी : नेपालको इतिहासमा शिरोमणि बाबुराम आचार्य

~दीर्घराज प्रसाई~

नेपालको समग्र इतिहासको अध्ययन तथा खोजमा इतिहास शिरोमणि बाबुराम आचार्यको निकै ठूलो योगदान छ । यसैगरी नेपालका निर्माता पृथ्वीनारायण शाहको पूर्खा बारेमा सत्यतथ्य खोज अनुसन्धान गर्नमा बाबुराम आचार्यको परिश्रमलाई बिर्सिन सकिँदैन । नेपालको इतिहासमा पृथ्वीनारायण शाहको पूर्खाको बारेमा खाँछा खान र मिंचा खाँन भनेर उल्लेख गर्ने गरिएकोमा त्यसबारेमा सूर्यविक्रम ज्ञवालीले लेख्नुभयो–‘शाह वंशको पूर्वपुरुष हरिहरसिंह र अजयसिंहलाई क्रमशः खाँछा र मिचा भनेको रहेछ । मगर भाषामा यी दुई शब्दको लाक्षणिक अर्थ जेठा र कान्छा हुन्छ । शाहवंशका पूर्वपुरुष मगरातमा राजा भएका हुनाले यिनीलाई मगरले प्रेमपूर्वक खाँचा र मिचा भनी सम्बोधन गरेको बुझिन्छ । यिनीलाई पहाड–खण्डका अरू क्षत्रीय राजाले आफ्नैसरह क्षत्रीय ठानेको कुरा गोर्खाका राजाको उनीसित बिहेवारी भएको कुराबाट प्रमाणित हुन्छ । राम शाहले गल्कोटका प्रतापी नारायण मल्लकी दौहित्री बिहे गरेका थिए । पृथ्वीनारायण Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

संस्कृत भाषी समीक्षा : किमिदं काव्यसौन्दर्यम्

~गुरुप्रसाद कोइराला~

सामान्यतया लोके सौन्दर्यस्य चर्चा सर्वेषु विषयेषु दरीदृश्यते । परं साहित्यसंसारे काव्यस्य कमनीयत्वविस्तारकतत्त्वरूपेण शब्दोद्रयं प्रयुज्यते । सहृदयजनमनाह्लादजनकत्वं काव्यत्वमिति काव्यस्य प्रयोजनपरकार्थो बुध्यते । अर्थात् काव्यात् तत्सामीप्यजनमनोरञ्जनं भवतीति फलितोद्रर्थः । जनस्यान्तस्करणस्य रञ्जनार्थं तु सौन्दर्यमेव भवितुमर्हति । तस्मात् काव्ये सौन्दर्यमपरिहार्यम् । अतोद्रत्र काव्यप्रयोजनप्रवद्र्धकं कीदृशं सौन्दर्यमिति विषये किञ्चित् परिचर्चा क्रियते ।

प्रियत्वं मनोज्ञत्वं लावण्यत्वं लालित्यञ्चेमे शब्दाः नितरां सौन्दर्यापरपर्यायभूताः चमत्कारजनकत्वञ्चाभिव्यञ्जयन्ति । अद्यत्वे सौन्दर्यस्य चर्चा सर्वत्रैव श्रूयते । आलोचकैः सौन्दर्यशास्त्रमधिकृत्यानेके विचाराः प्रस्तुतीकृताः । अतोद्रस्य Continue reading →

Posted in संस्कृत समीक्षा | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : मलाई राउत नै चाहिन्छ

~लालकाजी श्रेष्ठ~

लय : मलाई नेपाली हैन भन्न कहाँ पाईन्छ ?

बाँझो खेतमा हलो जोत्न जान्या छैन भन्दैमा
दौरा सुरुवालमा ढाकाटोपी छैन भन्दैमा
मलाई नेपाली हैन भन्न कहाँ पाईन्छ ?

म त नेपालकै माया गर्ने मोरो Continue reading →

Posted in नेपाली प्यारोडी गीत, हास्य - व्यङ्ग्य | Tagged , , | Leave a comment

कविता: डाँडामाथिको घाम

~समर चेम्जोंग “आभाष”~

सखारै मझेरीमा
चिरबिराउँछन् चराहरु
टिप्छन् धान, मकै कोदो र तोरिका दाना
झुत्तिखेल्छन् आँगन छेउ थांक्राहरुमा
गर्छन् होड्बाजी को भन्दा को कम।

चराहरुसँगै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी

~रश्मिला कवाङ ‘रश्मि’~Rasmila Kawan

तिमीलाई पहिलो पटक देख्दा खासै केही भेटिएन
र त तिम्रो अस्तित्व नि झल्कीएन
जब तिम्रो अनुपस्थितिम तिम्रा पहिलाका डोबहरु देखिन थाल्यो
तब लाग्यो तिमी एक, एकदमै साँगुरो युगको
केबल एक शब्द को भरमा संसार चकित पार्ने सुचना अनि प्रविधि
आधुनिक समाज परिवर्तनका लागि परेको एक युग साधक
सालिनता र मिलनसारिताको प्रतिमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : देश सम्झेर

~त्रिभुवनचन्द्र वाग्ले~

मैले भातखाने थालले
मलाई सम्झन्छ ?
जुवा हारेको खाल जस्तै
रित्तो र निराश उसलाई भनिदेऊ
म थालभरि भात भर्सन
पराई चुलोमा छड्किरहेछुु
पसिनाको खोले

सानो छोरोजस्तै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : रवीलाई फाँसी दिनै पर्छ

~हेम जङ्ग कार्की~

दिन दुःखीको सारथी बन्छ । रवीलाई फाँसी दिनै पर्छ ।
वेचियका चेलीको उद्दार गर्छ, रवीलाई फाँसी दिनै पर्छ ।

घरमा पनि छट्पट् छट्पट् गर्ने, सुत्ने खानेको टुङ्गो छैन,
तस्करीको अड्डा खोजी गर्‍यो, रवीलाई फाँसी दिनै पर्छ । Continue reading →

Posted in गजल | Tagged | 1 Comment

Poem : Unanswered

~Arjun Dahal~

Where are the answers?
Where are the tales to solve the mysteries?
Who is the captain here?
Which culprit has become detective? Continue reading →

Posted in Poem | Tagged | Leave a comment

गीत : के भनुँ तिमीलाई

~केशर देवकोटा~

के भनुँ तिमीलाई जीवनको मोडहरूमा
भुल्नै नसक्ने याद दियौ मलाई
के भनि बोलाउँ म तिमीलाई तिमी नै भनिदेउ न
भुल्नै नसक्ने क्षण दियौ मलाई ।

खै के गर्यौ नि तिमीले Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : एक दिन

~ऋतिक यादव~

हरेक क्षणहरु सदाका लागि यथावत् रहने छैन
एक फरक संसारको उदघोषले जन्म लिनेछ
एकदिन मानवको कर्मको अजिब फल देखिनेछ
मायारुपी संसारमा बर्वादीको अहंकार फैलिनेछ !

एकदिन ठुल्ठुला इमारतहरु मात्र खडा हुनेछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित लघुकथा : देवता

~यकिना अगाध~

यसपाली बर्खामा अरु बेलाभन्दा धेरै ठूलो पानी पर्यो । ठाउँ ठाउँमा पहिरो गएको र मान्छेहरु बगाएको समाचारहरु सुनिन थाले । यस गाउँका पूजारी बाजे यी खबरहरु सुनेर साह्रै डराए । यो बर्खा सकुशल टार्नका लागि उनी रातदिन भगवान गुहार्न थाले ।

अरु दिनभन्दा त्यसदिन झनै ठूलो पानी पर्ने संकेत देखापर्न थाल्यो । रिमरिमे उज्यालो हुँदा सिमसिमे रहेको पानी बढ्दै बढ्दै ठूलो ठूलो थोप्लामा परिणत भयो । ऊ हतार हतार हातमुख धोइ चोखिएर मन्दिर गए । Continue reading →

Posted in अनूदित लघुकथा, लघुकथा | Tagged | Leave a comment

गजल : मलाई बोलाई रहन्छ

~अमृत सिङ थिङ~

तिम्रो न्यानो अगाँलोले मलाई बोलाई रहन्छ
चञ्चल तिम्रो आखाँहरु सधै सताई रहन्छ

काउकुती पो लाग्न थाल्छ मेरो सामु तिमी हुँदा
त्यसैले त लाजहरु सधै शर्माइ रहन्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment