~उपप्रा. कृष्णप्रसाद कोइराला~
विषयप्रवेश र कथानक
प्रस्तुत मुनामदन खण्डकाव्य महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) द्वारा लेखिएको सानो र अत्यन्त प्रभावकारी तथा लोकप्रिय काव्यकृति हो । यो खण्डकाव्य जम्मा १९ वटा खण्डमा विभाजन गरी सिर्जना गरिएको छ । मुना, मदन, भोटे, आमा, नैनी, दिदी, साथीहरु, गुन्डा, लावा, फुचो र वैद्य आदि पात्रहरु रहेको यस खण्डकाव्यको प्रारम्भ धन कमाउन ल्हासा जान लागेको मदन र उसकी बैंसालु पत्नी मुनाका बीचमा भएको संवादबाट र प्रशस्त धन कमाएर भोटबाट फर्किएको मदनले मुना र आमाको मृत्यु सहन नसकी आफु पनि मरेको दृश्यका माध्यमबाट यसको कारुणिक अन्त्य भएको छ । खण्डकाव्यको Continue reading →