कविता : बिचरो चरो

~भागवत खनाल~

बिचरो वृद्ध चरो खुला आकाश हेर्दै
सुदूर क्षितिजतर्फ आफ्नो गन्तव्य निहार्दै छ
अवको भेट को संग कस्तासंग होला
त्यहाँ कस्ता होलान पात्रहरु ?
अवको बास कहाँ होला ?
अज्ञात त्यो तिलस्मी दुनियामा के के होला
नियतिले कस्तो कर्तव्य सुम्पने होला ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : भन्न पनि पाइँदैन

~मनु ब्राजाकी~Manu Brajaki

बिर्सिएछु भन्न पनि पाइँदैन ।
यस्तो जाबो माया अब लाइँदैन ।

भोकसित साटिएको जुठोपुरा,
अबदेखि मीठो मानी खाइँदैन । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : मनका धुन छान्नेलाई

~भुपेन्द्र महत~Bhupendra Mahat_1

आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई
आफ्नै मान्छे भनुँ कसरी बिरानो हुन जान्नेलाई

सम्झँदा पोल्छ, मुटुनै घोच्छ, बिर्सन सक्तिन
हाँसि हाँसि आँफैले रचेको मायाको खुन तान्नेलाई Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छेस्का : आजकालका छोराछोरी

~रमेश पल्लव~

स्कूल जाने झोला बोकी भित्र किताब छैन
कहिले यता कहिले उता होमवर्क गर्ने हैन

निद्रा लाग्छ पढाउँदा कस्तो बोरिङ्ग भाको
फिलिमका र मीठा-मीठा कुरा कत्ति आको Continue reading →

Posted in छेस्का | Tagged | Leave a comment

नियात्रा : आरोहणको तयारीमा

~प्रतीक ढकाल~

“माथि एउटा मान्छे मरेछ हिजो” साहु पेम्बाले सुनाए— “उतापट्टिबाट आएको रै’छ, माथि ‘पास’मा आइपुग्ने बित्तिकै ढलेछ । अलि तल ल्याउँदा ल्याउँदै बिति पो गै’छ बाटैमा ।”

“को रहेछ नि ?” हामीमध्ये नै कसैले सोध्यो ।

“तिब्बती हो रै’छ एउटा…..” Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

समीक्षा : पूजा नाटकमा नारी शक्तिको महत्ता

~रामप्रकाश पुरी~

१. अदम्य नारी शक्ति :

स्त्रीवादबाट मुक्त रही नारी र पुरुष दुवैको समान गरिमा, काम–पेशा र दायित्वहरूप्रतिको समान मूल्याङ्कन र दृष्टिकोण, केही प्राकृतिक रूपमा भएका व्यवस्थाहरू वाहेक मानवीय विवेक र तजबीजका आधारमा हुने विभिन्न क्षेत्रका व्यवहारहरूमा समान अधिकार, समान हैसियत, समान दायित्वको उद्देश्य राखी असङ्गत– विसङ्गतका विरुद्ध पुरुष वर्गसित हातेमालो गर्दै नेतृत्व र सहभागिता दिन सक्ने÷हुन सक्ने नारी क्षमता अदम्य नारी शक्ति हो । वर्गीय समानता, सामाजिक, राजनैतिक, आर्थिक आदि समानताहरू, लैङ्गिक समानता आदि मूल्य र मान्यताहरूले ओतप्रोत भएर जीवनको बाटोमा मुक्तिको सङ्गीत गाउने दार्शनिक, चिन्तक, योद्धा, लेखक वा कलाकारको उचाइमा उठेका नारीहरूको शक्ति र महत्वले विशेष अर्थ र महत्व राख्दछ । शक्ति Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

कविता : आक्रिशित शहिदगेट

~सबिना सिन्धु~

आँगन भत्काएर चिहान खन्नू
कसैको विरोध गरेर
उप्काउनू रक्तरन्जित ज्वारभाटा
बलि चढाएर कुनै मन्दिरमा
घाँटी रगेड्नू उसको
फुटाउनू उसको खप्पर
च्यात्नू मस्तिष्क
र गाड्नू उसका आँखाहरू
सुकिला घामहरूका अगाडि
कोदालो बोक्नू र खन्नू खाडल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वदेश नै फर्कन मन लाग्यो

~बिनोद खड्का~Binod Khadka

बन्दुक बोकेर
रगतको होली खेल्ने हातहरुमा
शान्तिका दूत
सुन्दर परेवाहरु देख्दा
दूई शव्द कोर्न मन लाग्यो ।

बलेका टाएरले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पश्चाताप

~कल्पना पौडेज “जिज्ञासु”~

जिन्दगी यस्तै हुँदो रहेछ । आफूले सोचे र चाहे जस्तो कहाँ हुन्थ्यो र ? आँशु, हाँसो, खुशी, दुःख, पीडा, वेदना, तनाव, अनि मिलन र विछोडको सँगालो भनौँ या भोगाइको दोस्रो नाम नै जिन्दगी रहेछ । यही जिन्दगीले रश्मीलाई कुनै पलमा अनगिन्ती खुशीका सौगात झोलीभरि हालिदिएको थियो । अतीतको त्यो पाटो पल्टाएर हेर्दा उनी कहिले खुशीले विभोर हुन्थिन् भने कहिले मुटुमा भक्कानो परेर आउथ्यो ।

“प्रेम” यो दुई वटा अक्षर जोडिएर बनेको एउटा शब्द । जति सानो र सरल देखिन्छ, वास्तवमा त्यस्तो नहँुदो रहेछ । यही एक शब्दले बनेको मायामा विश्व अडिएको छ । मायाको अर्काे नाम विश्वास पनि हो । मायाँ विनाको जीवन निरस र उदासिनताले घेरिएको हुन्छ । जीवन जिउनका लागि मायाको ठूलो भूमिका रहेको हुन्छ । जीवनलाई सञ्चालन गर्नका लागि भनौँ या जीवन चलाउन, धन–सम्पत्ति, पैसा प्रयोगमा आउँछ । तर यसबाट Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सत्यको लडाइँ

~मिथुन “विवश”~

आमा ! हाम्रो लडाइँ सकिएको छैन
किनकि अहिलेसम्म पनि
सामन्तवादको अवशेषहरू
अझै खतम भएको छैन
यो देशको नेताहरूले
जति भाषण गरे पनि
घुस, भ्रष्टाचार, अन्याय, अत्याचार Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू

~स्पन्दन राजा~

१. ‘समकालीन’ शब्दको अभिप्राय

‘समकालीन’ र ‘समसामयिक’ शब्द पर्यायवाचीका रूपमा देखापर्छन् । कतै समकालीनका ठाउँमा ‘उत्तरवर्ती’ शब्दको पनि प्रयोग पाइन्छ । समकालीनको तात्पर्य ‘समान, उही वा एकै समय, बेला वा बखतको’ भन्ने हुन्छ । सन्दर्भ र प्रसङ्गअनुसार ‘समसामयिक’ शब्दको प्रयोग अहिलेको, उहिलेको र एकै समयको भन्ने अर्थमा गरिए पनि खासमा यस शब्दले अहिलेको समय वा वर्तमानलाई बुझाउँछ । साहित्यिक इतिहास र समालोचनाका Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

गीत : डाँफेसरि नाँचुनाँचु लाग्छ मलाई

~ध्रुवरत्न तुलाधर~

डाँफेसरि नाँचुनाँचु लाग्छ मलाई
लालीगुराँस बनी फुलुँ लाग्छ मलाई

तर्राईको फाँटभरि तोरी फुलेझैं
असारको रोपाइमा दुःख भुलेझैं Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अपेक्षा तिमीसँग

~रीता खत्री~

आऊ जीवनको चिसो सिरेटो
बराबर बाँडौं हामी
र एउटा असमान अध्यायको
पटाक्षेप गरौं ।
जहाँ नदेखिउन् असमानताका
अप्ठयारा भीर
आँसुको धमिलो नदी
र परस्पर चिन्न नसकिने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी

~मायामितु न्यौपाने~

सिङ्गो जिन्दगी
उसले यसरी नै बिताएकी छे

चुल्हो र पँधेरोले चिन्छ उसलाई
घाँस र दाउराले डाक्छ उसलाई
घर आँगन प्रतीक्षा गर्छ उसैको
भत्किएको भित्तो
र मझेरीले पर्खिराख्छ उसैगरी
जसरी पर्खिराखेका हुन्छन्
परिवार र पाहुनाहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

यात्रा संस्मरण : एक फन्को कर्णालीको

~भक्तराज जोशी~

नेपालको सबभन्दा विकट मानिएको र विकासको दृष्टिकोणले सबैभन्दा पछाडि परेको कर्णाली अञ्चल हेर्न जाने इच्छा हुँदाहुँदै पनि जान पाइएको थिएन । 

सौभाग्यवश एउटा अति विशिष्ट भ्रमणमा सहभागी भई त्यहाँ घुम्न पाइने प्रस्ताव आउँदा सहर्षस्वीकार गरी भ्रमणमा जान तयार भएँ । एउटा स्विटर, एउटा हाफ जैकेटसमेत झोलामा राखी बिहान बुद्ध एयरमा नेपालगञ्ज जान एयरपोर्ट पुगियो । सरकारी गाडी र भि.आइ.पी टुरमा सामेल भए तापनि एक्लै एयरपोर्ट पुगेको हुँदा गाडी Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : घुम्तीमा छेलिँदै जाने दृश्यहरू

~प्रवीण राई जुमेली~

पढिने ऋचाहरू आफ्नै थिए कञ्चनजङ्घाका
त्यसको छहारीमा बित्ने समयभरि
इतिहासका बग्रेल्ती अलिखित घुम्तीहरूमा
दृश्यहरू छेलिँदै जान्थे
छेलिँदै जान्छन् दृश्यहरू अझै पनि ।
किन होला, कञ्चनजङ्घाका ऋचाहरू अब त
परिणत भए शोकगीतहरूमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समालोचना : नेपाली उपन्यासमा जनजाति सन्दर्भ

~डा. धनप्रसाद सुवेदी~

संस्कृतबाट अनूदित आख्यान–उपख्यानहरूबाट नेपाली आख्यानको सुरुवात भएको हो । त्यसपछि जासुसी, तिलस्मी प्रवृत्तिका केही उपन्यासहरू देखा परे । गिरीशवल्लभ जोशीको वीरचरित्र (१९६०) बाट नेपाली ठाउँ र नेपाली पात्रको सुरुआत भयो र जनजाति पात्रहरूको पनि उपस्थिति हुन थाल्यो । यसपछिका उपन्यास जनजातीय समाज र संस्कृतिका केही पक्षहरूको छिटपुट चित्रण हुन थालेको देखिन्छ । लैनसिंह बाङ्देलको मुलुकबाहिर (२००४) बाट नेपाली उपन्यासमा यथार्थवादी प्रवृत्तिको सुरुआत भएसँगै नेपाली समाज र संस्कृतिका विषयवस्तु उपन्यासमा समेटिन थाले । यसपछिका उपन्यासमा जनजातीय पात्रहरू र जनजातीय समाज र संस्कृति पनि समावेश हुन थालेको पाइन्छ । तर जनजातीय पहिचानकै विषयलाई आधार बनाएर लेखिएका उपन्यासहरू भने न्यून सङ्ख्यामा रहेका छन् । Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

अनुभूति : डल्लेखोलाको रचनागर्भ

~परशु प्रधान~

लगभग १६ वर्षपछि मैले यसपालि आफ्नो कथा ‘डल्ले खोला’ पढेँ । म एकैपटक विगतमा पुगेँ अर्थात् पूर्वाञ्चलको यौटा पहाडी जिल्ला खोटाङ पुगेँ । मैले खोटाङ्ग छाड्दा जन्मिएका बच्चाले यस वर्ष एस.एल.सी दिन लागे । पञ्चायती व्यवस्था समाप्त भई बहुदलीय व्यवस्था आएको पनि ८-१० वर्ष भइसक्यो । फेरि खोटाङ जिल्ला वा त्यसको सदरमुकाम दित्तेल जान पाएको छैन । जाने इच्छा भएर पनि सकेको छैन, तर कुनै दिन त्यस जिल्लाको फेरिएको, सुधारिएको र फुलेको अनुहार हेर्न फेरि कहिले पाउँछु कुन्नि । Continue reading →

Posted in अनुभूति | Tagged | Leave a comment

खोजपत्र : नेपालका प्रथम ज्ञात कवि अनुपरम

~कृष्णप्रकाश श्रेष्ठ~

नेपालमा लिखित साहित्यको रचना लिच्छविकालदेखि नै अस्तित्वमा रहेको प्रमाण काठमाडौं उपत्यका र त्यसको सेरोफेरोमा उपलव्ध भएका दशौं शिलापत्रहरुले दिइरहेका छन् । प्राचीन यस्ता शिलापत्रहरु तिथिमितिसहि लिच्छवि राजा मानदेवको शासनकालतिरका मानिन्छन् । नेपाली विद्वान् धनबज्र बज्राचार्यले चाबहिलमा प्राप्त बौद्धचैत्यको वर्णन गरिएको खण्डित एक शिलालेखलाई लिपिको आधारमा मानदेवभन्दा पहिलेका राजा वृषदेवको समयको हुन सक्ने संकेत दिएका छन् (बज्राचार्य, २०३०. पृ. ३) ।

प्राचीन शिलापत्रहरुको अध्ययनबाट नेपालमा लिच्छविकालमा नै संस्कृत भाषामा विभिन्न शास्त्रीय छन्दहरुमा देवदेवीहरुको स्तुतिका अतिरिक्त चैत्य र मन्दिर निर्माण, विभिन्न उत्सवपर्वहरुको व्यवस्था, गुठीको प्रबन्ध, दानदातव्य तथा राजाहरुको वर्णन र वंशावली आदि धार्मिक र सामाजिक विषयवस्तुबारे पनि पद्यरचना भएको पाइन्छ । यस्ता अभिलेखहरुमा प्रयुक्त अनुप्रास आदि मात्र नभई शव्दविन्यास, उपमा र अलंकारको प्रयोग Continue reading →

Posted in खोजपत्र, स्रष्टा परिचय | Tagged , | Leave a comment

समीक्षा : ऐतिहासिक उपन्यास र डायमनशमशेर राणा

~ज्ञानेन्द्र विवश~

नेपाली साहित्यमा ऐतिहासिक उपन्यास लेखनको प्रारम्भ राणाकालीन समयमै भएको पाइन्छ ।

इतिहाससँग सम्बन्धित अथवा ऐतिहासिक कालखण्डका सेरोफेरोलाई समेटेर लेखिने उपन्यासको आगमन डायमनशमशेर राणाबाटै भएको हो । यसअघि टुकराज-पद्मराज मिश्रकृत रजबन्धकी -१९९६) र रामकृष्ण कुँवर राणा -१९९९) का दर्ुइवटा कृति प्रकाशित भएको भेटिन्छ । समालोचक कृष्णचन्द्रसिंह प्रधानले ‘नेपाली उपन्यास र उपन्यासकार’ मा उल्लेख गर्नुभएअनुसार यी दुवै ऐतिहासिक उपन्यासभन्दा पनि इतिहास प्रतीत हुन्छन् । त्यसैले त्यसमा तत्कालीन सामाजिक पर्रि्रेक्ष्यको नितान्त अभाव रहेको प्रधानको विश्लेषण छ । ऐतिहासिक विषय, सामाजिक सर्न्दर्भ, जनजीवन र प्रकृतिको चखिलो वर्ण्र्ाातथा औपन्यासिक रोचकता डायमनशमशेरको उपन्यास लेखनबाट पाउन सकिन्छ । उहाँको आगमन नेपाली साहित्यको लागि एउटा Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : महा-भूकम्प जानै पर्छ

~कात्यायन~dhanwantari-mishra-katyayan

भूइंचालो ! हो फेरि एकपल्ट तिमी आउनै पर्छ !

फूलहरू नझर्ने गरी
फलफूलका चिचिंडाहरू नझार्ने गरी
हो यहि ऋतुमा, जति सक्यो चांडो तिमी आउनै पर्छ !

पैरोले वस्ती नखस्ने गरी
बाढीले बालीहरू नबिगार्ने गरी
कलिला मनहरू नकठाँग्रिने गरी
चरम उष्णता नहुने गरी …
हो अनिवार्य छ, आउनै पर्छ
तिम्रो आगमनको प्रतिक्षारत छन् सबै ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : डर

~यकिना अगाध~

सर्पले टोक्ने बित्तिकै उ बेहोस भएका कारण घरका मान्छेहरुले हतार हतार सर्पदंश उपचार केन्द्रमा पुर्यायो । केही समयको उपचारपछि निको भयो र घर फर्कियो ।

केही महिनापछि घरको पींडिमा बसेर सबैजना गफिरहेका थिए । त्यहीबेला अलिपर एउटा ठूलो सर्प देखा पर्यो Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : बन्धन

~शान्ति प्रियवन्दना~

अगाडि बड्छन
तर गन्तब्य नपुग्दै
रोकिन्छन् मेरा कदमहरू
जुट्दाजुट्दै तोडिन्छन्
रङ्गीन बन्दाबन्दै हराउँछन्
सधैजसो मेरा सपनाहरू
अन्तरसंवादमै रूमलिन्छन्
प्रत्येक पटक मेरा तन्द्राहरू । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

किराँती लोक कथा : हाङ्छा

~सङ्कलन : निराजन बतास~

सृष्टिको उत्पत्तिताका यो धर्ती पानी नै पानी भरिएको जलाम्य सिंगो महासागर थियो रे । आफ्नो सृष्टिलाई सुन्दर बनाउन यहाँ थुप्रै जीव जीवात्माहरुको कल्पना माङ-सृष्टिकर्ता परमेश्वर)ले गरे रे । त्यसको लागि सृष्टिमा जलमात्र होइन थल जमिनको आवश्यकता माङले महसशुस गरे । त्यसको लागि माङले सबैभन्दा पहिले ३ वटा पिपलको पातको उत्पत्ति गरे । माङले एउटा पातले जलाम्य धर्ती छोपे । एउटा पातले शिरमाथि पारे र आकाश बनाए एउटा पात घोप्टो पारेर धर्तीमा राखे । त्यै घोप्टिएको पातमाथि बोम्बोयोम्मा(धमिरा)ले पातले छोपिएर विस्तारै जमिन बन्दै गएको भगबाट माटो ओसार्दै थुपानै थाल्यो । माटो थुप्रिदै गएपछि धर्ती माटो र पानी -जलथल) बराबर भयो । माटो र पानी भएपछि विभिन्न जीवहरु बाँच्ने भए र मान्छेको उत्पति माङले गराउने परे र नेवाहाङ निनाम्मा र हितुहाङ निनाम्मा मानव सृष्टि मानव सृष्टि गरे र उनीहरुको कोखबाट सुम्निमा(चेली) र पारुहाङ(माइती)को जन्म भयो । Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

पौराणिक बाल कथा : वणिक्पुत्र

~उमाशङ्कर द्विवेदी~

कुनै नगरमा सागरदत्त नामको व्यापारी बस्दथ्यो । उसको छोराले बजारबाट एक सय रुपियाँ मोल पर्ने एउटा पुस्तक किनेर ल्यायो । त्यस पुस्तकमा लेखिएको थियो–

प्राप्तव्यमर्थ लभते मनुष्यो, देवोऽपि तं लङघयितुं न शक्त: ।
तस्मान्न शोचामि न विस्मयो मे,यदस्मदीयं न हि तत्परेषाम् ।।

अर्थात् जुन वस्तु जसलाई प्राप्त हुनेवाला छ त्यसलाई अवश्य नै प्राप्त हुन्छ । त्यस वस्तुको प्रा Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment

कविता : ग्रामीण कृषी सडक

~एम सि सुमित~

गांपरिषदपछी स्काइभेटरले
ग्रमीण कृषी सडक खन्दै
भिरालो पहाडी गांउ
छिया-छिया चिरेर सडक आयो।

निर्दोस गांउमा राक्षेस जस्तो स्काइभेटर
फुलिरहेको तोरी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : खप्पिस मानिन्छन

~मौसमजी भण्डारी~

कोहि उल्टो बोलेर खप्पिस मानिन्छन
रातदिन धोकेर खप्पिस मानिन्छन

हुलमुलमा सद्दे देखिने नारद हरु
कुरा बडा पोखेर खप्पिस मानिन्छन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो आफ्नै कथा

~विनय रावल~

जाडोमा—
आङमा— एक धरो लुगा नहुँदा
पेटमा— एक मुठी अन्न नहुँदा
बस्न— एउटा सानो ओढार नहुँदा
एउटी स्त्री
एउटा सानो बालकलाई काखमा गुटमुट्याएर
आँखाबाट सधैँ–सधैँ बलिन्द्र आँसु झारिरहन्थी
र, कहिलेकाहीँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : के यही हो जिन्दगी ?

~लक्ष्मण नेवटिया~

चपाउनु मज्जाले दुई छाक ढुक्कसँग,
कमाउनुमा लाग्नु नुन देखि सुन सम्म,
श्वांसको उकालीओरालीमा अल्मलाउने,
जीउलाई खाना पचाउने भाँडो बनाउने,
के यही हो जिन्दगी?

अल्झिने सांसारिक राप र तापमा,
कहिले सुखदुखको प्राप्त अप्राप्तमा, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भद्रपुर

~राजेन्द्र शलभ~

भद्रपुरमा
अलिकति कारिन्दाहरू छन्
त्यो भन्दा बढ्रता हाकिमहरू छन्
अलिकता उद्योगधन्दाहरू छन्
त्योभन्दा बढी नेताहरू छन्
केही स्कूल र कलेजहरू छन्
त्योभन्दा बढी भट्टी पसलहरू छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Stone Age

~Shubhalaxmi Lamsal~
Trans : Suman Pokharel

I live the Stone Age
and seek the fire for living
by striking the pair of palaeoliths.

I get cactus to bloom, by carving my existence
right on stone,
and, I die a multiple times. Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : चुप

~बद्री पलिखे~Badri Palikhe

पख ।
नानु सुतेको छ
हल्ला नगर— चुप ।
परीकथा, भूतप्रेत र दन्त्यकथा भन्दै
थपथपाउँदै/गीत गुनगुनाउँदै
लट्ठी र हाउगुजी देखाएर
बल्ल–बल्ल नानुलाई सुताएकी छु, Continue reading →

Posted in कविता | Tagged | Leave a comment