कविता : बाघ

~तीर्थ श्रेष्ठ~

एकदिन नातिले
बाजेसँग सोध्नेछ –
बाजे, बाघ भनेको कस्तो हुन्छ
मान्छे जस्तो हुन्छ कि
मान्छेभन्दा भयानकको हुन्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ऐना

~सोम खनाल~som-khanal

ऐनाले त ‘मुहार पुछ’ नभनेको हैन
तर मैले पुछिरहें सामुन्नेको ऐना
अनुहारको दाग त्यसै त्यसै रहिरह्यो
अाखिरमा सारा जीवन ‘दागी’ भइगयो ।

ऐना हो साथी, साथी हो ऐना Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवनको राजमार्गमा

~अमर गिरी ~amar-giri

दौडिएँ
जसरी दौडन्छन् गाडीहरू
बजेँ
जसरी बज्छन् हर्न
अझै पनि चलिरहेछ यो
जीवनको राजमार्गमा । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विचलित वर्तमान

~उषा शेरचन~

यो स्वर्गभन्दा सुन्दर नगरीमा
यो स्वच्छ र शान्त उपवनमा
कस्को आँखा लागेर हो रु
कस्को सराप परेर हो रु
अचेल जाई जूही र सुनाखरीहरू
-फुल्नै छाडेका छन्
अचेल लालुपाते र लालीगुराँसहरू
-झुल्नै बिर्सेका छन्

केही स-साना झुपडीहरू Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बवाल

~दिल साहनी~dil-sahani

रातिको दस बजेको थियो । म कम्प्युटरमा बसेर कथा कोर्दै थिएँ । मैले पहिले पनि दुई-तीन चोटि मेरै घरमा देखिसकेकी एक जना महिला हुत्तिँदै ढोका खोलेर सरासर मेरो अगाडि आएर खडा भई । मैले उसका अनुहारमा नजर लगाएँ । ऊ रोइरहेकी थिई । उसका आँखाबाट बर्खे झरीजस्तै आँसुका धारा बगेका थिए । बालाजुका बाइसे धाराजस्तै आँसु बगेका थिए । उसको ब्लाउज च्यातिएको अवस्थामा थियो । उसले मलाई रुँदै भनी – दिदी कहाँ हुनुहुन्छ ?

यहीँ छन् । मैले छोटो उत्तर दिएँ ।

म चाहन्थेँ त्यो महिला चुपचाप यहाँबाट जाओस् । उसको उपस्थितिले मेरो कथा लेखनमा निकै धेरै बिघ्न बाधा पुराइरहेको थियो । मेरो एकाग्रता भङ्ग गरेको थियो । मलाई भर्खर टुसाउन थालिरहेको बिरुवा वा पलाउन Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म त जिउँदो मानिस

~माया पाण्डे~

आँखाले ठम्याउने संसार मेरो
मुटुले भ्याउने भावना मेरो
सिमाहिन आशाका किरण मेरो
म त जिउँदो मानिस सम्पूर्ण मेरो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : पिडादायी विजय

~बिभोर बराल~

विभाष निसन्देह एक महान वैज्ञानिक हो। उसले अनगिन्ति आविष्कारहरू गरेको छ। हरेक क्षेत्रमा उसका खोजहरूले नविन आयाम कायमगरेका छन्। अझ भनौ देशको वर्तमान सुदृढ अवस्था उसैको देन हो। ऊ नेपालमा मात्र होइन सम्पूर्ण विश्वमै प्रसिद्ध छ। सारा संसारले नै उसलाई अत्यन्त श्रद्धा गर्छ। झन् अहिले त सबैको दृष्टिकेन्द्र ऊ नै बनेको छ। केही समय अघि उसले आफू अत्यन्त गहन अनुशन्धानमा ब्यस्त भएको र सो आफ्नो जीवनको सर्वोत्कृष्ट प्राप्ति हुने घोषणा गरेको थियो। तसर्थ सबैजना उसको नौलो प्राप्तिको बारेमा जान्न कौतुहलतापूर्वक प्रतिक्षारत छन्। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Story : He

~Kamal Manandhar~

He is little taller than an ‘average’. Muscular body, smart & alert. His eyes twinkling & keen enough as if too wise. Little rough & sometimes fierce too. Altogether totally masculine. He mostly wants to stay closer to me and doesn’t like most of my visitors. So most of my friends & relatives fear of his hostile countenance to enter my home. But he is obedient too and easily coaxes on my caress. Although little late, he usually mingles with Continue reading

Posted in Story | Tagged | Leave a comment

गजल : उसको काममा खटाउँछ

~गोवर्धन पूजा~Govardhan Pooja

समयले हामीलाई उसको काममा खटाउँछ
मन परेसम्म राख्छ नचाहदा हटाउँछ

गाउनु पर्छ जीवन गीत लाउनु पर्छ मायाप्रित
सधै सधै यही कुरा पढाउछ रटाउँछ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : तिम्रो याद

~राकेश कार्की~

तिम्रो यादले मात्र पनि साथ दिन्छ
सम्झी सम्झी मुस्काउने मात दिन्छ
मजा छ यहाँ एक्लै हराउनमा
आफ्नै ठानी मन पराउनमा

तिमीले साटेको मीठो स्मरण
लहर बन्दै मलाई तैर्याउँछ
बेरेर लगी फेरी समुन्द्रमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मैले दियो जलाइन – २

~बिमल गुरुङ~bimal-gurung

‘प्रजातन्त्र’ आयो
त्यसैले आज गोली चल्यो

साथिले टोक्यो –
तिमी दियो नजलाउने?
म सक्सकाएँ
म हिच्किचाहटले बांधिएँ ।

मलाई थाहा छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : झुटको खेती गर्नेहरु

~ललिता कार्की~

चोखो माया पिरतिमा झुटको खेती गर्नेहरु !
छाती चिरी घाइते बनाइ नुनचुक छर्नेहरु !!
अरुलाई रित्तो बनाइ आफ्नो जीबन भर्नेहरु !
खेल ठानी जुत्तासरी मनमुटु फेर्नेहरु !!

चोट दिंदै अरुको भावना सँग खेल्नेहरु ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समय र घडीहरू

~नवराज सुब्बा~Nawa Raj Subba

छाया सँगै बसेको छ कि
छाडेर अन्तै गएको छ हँ ॽ
दुनियाँ ब्यूँझिएको बेला
निदाएको स्वाङ गर्ने ए घडीहरू !
ब्यूँझ, हेर र भन
यो दिनको बाह्रबजे हो या रातको बाह्रबजे हो ॽ…
अहँ जवाफ आउँदैन कतैबाट
दुनियाँ ब्यूँझाउने अर्थात् हिंडाउने घडी
आज स्वयम् निदाएको छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

आधुनिक गीत : मैले बैगुनीलाई माया गरें

~उज्ज्वल ढुङ्गेल “दीप”~

(मैले बैगुनीलाई माया गरें
बैगुनीले मलाई छल गरी )X2
(नगरोस् कसैले कसैलाई माया नगरोस् )X2

मैले यो मन दिएँ त्यो मन लिई माया साटेको
मेरो लागि तिम्ले तिम्रो लागि मैले सपना बाँडेको Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : कुनैपनि पोलाइले

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

नदुख्ने भो अब मलाई कुनैपनि पोलाइले,
नथाम्ने भो कम्पन मेरो कुनैपनि छोपाइले ।

कल्पनाको संसारमा चन्द्रमा नै सम्झेपछि,
नबुझ्ने भो चित मेरो कुनैपनि सोचाइले ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : मनमाया

~रामकृष्ण पौडेल ‘अनायास’~Ram Krishna Poudel Anaayas

पुर्वको लाली र घामको क्षितिजले
धर्तीलाई नचुम्दै
रातभर नसुतेर
बिहानै उठ्छे मनमाया ,
कम्मरमा पाँच फेरो पटुकी कस्दै
दुई पसर मकै र भटमास
गुन्युको टुप्पोमा बाँधेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वर्गकी परीको कथा

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

स्वर्गकी परी हो मोदी
मोदी राक्षस पनि हो
रङ बदल्ने छेपारो हो मोदी
तहसनहस भएको स्वर्गकी परी ।

अस्ति
उ नै परी भएर आए
मिठो भाषण गरे
सुनौलो परेवा भएर आए
भ्रम बाँडे र स्वर्गलाई चाहेको जति चोरेर लगे Continue reading

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कथा : भाँडो

~रत्न प्रजापति~Ratna Prajapati

‘भुजा खाने होइन ?’ श्रीमतीजीको मायालु पुकार ।

‘आज खाने मन छैन ।’ श्रीमान्जीको महाबौद्धको झुसिलो डकार । आज उनले महाबौद्धको ममचा पसलबाट तात्तातो ममचा पेटभरि खाएर आएका छन् । त्यसैले उनलाई भुजा खाने मन छैन ।

‘किन खानै मन छैन ?’ अघिपछि भैंसीले भुसा खाएजस्तै दुई थाल भुजा खाने श्रीमान्जीले आज खाने मन छैन भनेको सुनेर श्रीमतीजीले माया मिसिएको बोलीमा अलिकति झर्केर सोधिन् । Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कथा : युद्धमा हारेका बा

~दिपा धिताल~

आज पनि स्कुल जान ढिलो भैसक्यो । गाग्री भरेर घरमा जाने पालो नै आएको छैन । दुई घन्टा कुरेपछि मात्र बल्लतल्ल पालो आयो आधा घन्टा लाग्ने बाटोमा पन्ध्र मिनेटमै घर पुगे । छिटोभन्दा छिटो खाएर झोला बोकेर स्कुल गए । यो समस्या मेरो मात्र हैन त्यस गाउँमा बस्ने हरेक स्कुल पढ्न जाने विद्यार्थीरुको छ । योभन्दा १० र १२ वर्ष अघि जस्तो थियो समस्या आज पनि उहीँ छ । समय बदलियो तर समस्या बदलिएको छैन ।

एक पिरिएड कलास सकिनै लागेछ । आज पनि ढिलो गरेको हुनाले सरले मुर्गा बनाए रै छोडनु भयो । मज्जाले बनियो किन डराउनु गल्ती त आफ्नै छ हैन । गल्ती गरेपछि झूक्न डराउनु हुन्न भन्ने मेरो मान्यता । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : छापामार नबनेर ठीकै गरेँ

~माधव ‘सयपत्री’~Madhab Sayapatri

मुटुरोगले च्याप्दैलगेपछि विप्लव ओछ्यान परेको थियो । छोराछोरी हुर्काएर मर्ने उसको इच्छा नै मर्दैमर्दै गएको थियो । श्रीमतीको झर्कोफर्को निकै बढ्न लाग्यो । श्रीमतीको मनले भन्न लागेको थियो, ‘यिनलाई हेरचाह गर्न नपरे म ढुक्कले खेतपाती, वस्तुभाउ गर्दी हुँ ।’ युद्धरत पार्टीको समर्थक भएपनि ऊ छापामार बनेको थिएन । केही समय विश्वासपात्र भएर पार्टीका गोप्य कागजपत्र र चिठी सम्बन्धित ठाउँसम्म पुर्यायो । एक्कासि उसलाई रोगले गाँज्यो । छापामार बन्न सकेन । छापामार बन्न नसक्नुकोपश्चातापले उसलाई खङ्गार्दै थियो । माओ, क्यास्त्रो, चे ग्वेभारा, गोञ्जालो आदिका आत्मसंस्मरण पढ्दा उसलाई युद्धभन्दा उत्तम बाटो अरू छैनजस्तो लागेको थियो । सोच्थ्यो, ‘देश र जनताको लागि मर्न पाएको भए मेरो पनि सालिक बन्थ्यो होला ।’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रतिरुप

~प्रकाश अविनाश~

म चढ्ने बित्तिकै बस हुँइक्याइहालेकोले आफ्नो सन्तुलन मिलाउन सकिनँ , त्यसैले म हुत्तिएर पछाडि पुगें। हुत्याइएको सन्तुलन मिलाउन मैले जुन सिटको डण्डी समात्‍न पुगेँ, त्यसको ठीक पछाडिको सिटमा एकजना प्रौढ महिला र एकजना हुर्क्यौली किशोरी बसेकी थिइन्। निमेष भरमा प्रौढ महिलाको अनुहार नियालिसकेको मेरो नजर जब ती किशोरीको अनुहारमा पर्‍यो, त्यहीँ अडिरह्यो।

गोलो अनुहार, पाक्कपुक्क परेका राता गाला, ठूल्ठूला आँखा , सुलुत्त परेको चुच्चो नाक, छरितो जिउडाल भएकी उनीप्रति म यति आकर्षित भएछु कि , हुत्तिएर म जुन अवस्थामा डण्डी समाउन पुगेको थिएँ, धेरै बेरसम्म त्यही अवस्थामा उभिएर उनैलाई हेरेर टोलाउन पुगेछु। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मुस्कान

~निशा खनाल अर्याल~

चकमन्न टनटला पुर घाम एक्कासी टंग टंग गर्दै बाहिरको गेटको चुकुल तलमाथि खोलेको झैँ आवाज आयो ।,मैले आफ्नो ध्यान एक छिनको लागी त्यो आवाज पट्टि केन्द्रित गरे । किन कि म आफ्नो कोठामा बसेर लेख्न मस्त थिए ।

अति नै गर्मि चैत्र महिनाको समय ,बाहिर तातो हावा ,ह्वा ह्वा गर्दै घरको छाना नै उडाउला गर्ने हुरी अनि आगो झैँ पोल्ने चर्को घामले गर्दा सबै परिवारका सदस्यहरु र घरमा आएका पाहुनाहरु भित्……र बैठक कोठामा बसेर एकापसमा बिग्रिदो देशको स्थिति,राजनीतिले गर्दा फैलिएको आतंक, आपसमा कुर्शीको लागी हानाहान ,देशमा भएको महगी र एक्लै छोरी चेली हिड्न नसक्ने बाहिरको बातावरण ,यस्तै कुरा गर्दै थिए केटाकेटीहरु भने तितो सत्य टिभी हेर्दै खित्का छाडी छाडी पेट मिचेर हास्नमा मस्त थिए भने बुडा आमा बाबा Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : यौटै फूल

~हरिहर तिमिल्सिना~

यौटै फूल कैले पाउमा कैले शिरमा
कैले फुल्छ खुसीमा त कैले पीरमा

कैले चढ्छ देउतामा कैले लाशमा
कैले बोटमै सुकिजान्छ आशैआशमा Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

हास्य कथा : यमलोकमा जिउँदो मान्छे

~अविरल यात्री~

एउटा हात्ती नर्कलोक पुगेछ । गजराज र यमराजको बडो अपूर्व संगम भयो । यमराजलाई  अचम्म  लाग्यो । राँगो छोडेर अब यसकै सवारीगर्छु भन्ने सोच पलायो । सोचे ––  मेरो  पर्सनालिटी अनुसार  यसको  ज्यान  पनि  छ ।

निकैबेर घोरिएर यमराजले प्रश्न गरे, “ए  हात्ती ! तँ  यति ठूलो भएर पनि कसरी मान्छेको दास  भइस् ?  ती  मुला  झ्यासहरूलाई  त  तेरोसुँढले नै बजाउन सक्थिस्, किन नालायक भइस् ? कमजोरीको पाटो के हो ?”

हात्तीले बडो भावुक हुँदै भन्यो, “प्रभु ! मान्छे निकै चतुर प्राणी हो । उसको दिमाग निकै अगाडि छ ।म  बबुरो  के   गर्न  सक्थेँ  र !” Continue reading

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

नेपाली प्यारोडी गीत : भालेम् टाइम् दे भोलेपोथीको भजन

~“गाउँले” बलदेव~

लय : खैँजडी भजन/बालन भजन

१) रसिलो गाला, कलिलो छाला– चुम्बन क्या मीठो ! चुम्बन क्या मीठो !
चुस लौ, चुम्बन क्या मीठो !
नारायण ! = हरिहरि !

२) भए आफ्नो गोरो देऊ, अरूको कालो लेऊ । Continue reading

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

लघुकथा : आश्वासन

~कृष्ण बजगाईं~Krishna Bajgai

“लौन यसका बाबुलाई बेपत्ता बनाए । आमा पोइल गई । यसो सरसहयोग गर्नु पयो ।” दयालु दाताहरुले आफ्ना नानीहरुको गाँस काटेर यथासक्य सहयोग गरे ।

केही दिनपछि उसका छोराछोरीले राम्रा लुगा लगाएर स्कूल गएको देखियो ।

० ० ० Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : प्रतीक्षाका लागि एक कविता

~प्रवीण राई जुमेली~

अगणित ‘फेरि’ हरूको शृङ्खला छ जीवनमा
जसरी :
फेरि बर्खालाग्छ
फेरि मकै पाक्छ/काटिन्छ
फेरि अदुवा रोपिन्छ/खनिन्छ
फेरि हिउँदसित धूलो र जाडो पनि आउँछ
फेरि रूखहरूबाट पातहरू खस्छन्
फेरि आँखाहरू बाटैभरि बिछिन्छन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : Mandatory ! !

~Shah Pravinchandra Kasturchand~

Yesterday I composed a poem.
To-day I cancelled it all, A to Z.
Again today I compose it again.
So that I can rub it tomorrow.

I learned this exercise from Sun. Continue reading

Posted in Poem | Tagged | Leave a comment

गीत : गैह्री धारा सुकिसक्यो

~एकु घिमिरे~

गैह्री धारा सुकिसक्यो , देवी कुवा सुक्यो
खर्क ढाक्ने निलो ताल कता लुक्यो-लुक्यो।

न बेंसीमा पयौं फुल्यो , न लेकमा गुराँस
समयले हामीलाई पार्न थाल्यो निरास
न बेलामा पानी पर्छ , न त हिउँ झर्छ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : तिम्रो हाँसोको लागी

~अमृत सिङ थिङ~

हजार चोट स्विकारे थें तिम्रो हाँसोको लागी
आफ्नो भारी घटाएँ थोरै तिम्रो नासोको लागी

अँध्यारोमा साथ खोज्दै भुतारिएँ चारै तिर
हरेक अंग पल्टाई दिए तिम्रो चासोको लागी Continue reading

Posted in गजल | Tagged | Leave a comment

थामी भाषी गजल : ‎निथेको नेम जुक्को

~अनुपम ‘नवोदित’~

दु:खा बोझ चिसाकाई बुबु कादाई रानान
आट्ठे दु:खा खालाम्तोले स्युन्दुरी उनी थानान

च्यूरी नेमको तलाङिनी रोस्तानाले बुबु
लोङ्से दुङ्को गारेपाली बल्ला बल्ला जानान Continue reading

Posted in थामी गजल | Tagged | Leave a comment

लघुकथा : पुरस्कार

~यकिना अगाध~

बिरालोले सानो स्वरमा म्याउ म्याउ गर्यो र मालिकको वरीपरि घुम्यो । मालिकको खुट्टामा गएर पुच्छर ठाडो पार्दै जिउ दलेर लाडे पल्टियो । मालिकमा दयाभाव जाग्यो । उसले बिरालोको खाने भाडोमा दुध हालिदिदैं भन्यो– ‘ला ला मोरो घिच ! जति खाए नि नअघाउने…।’ Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment