Tag Archives: गीता त्रिपाठी – Geeta Tripathi

कविता : समानान्तर उज्यालो

~गीता त्रिपाठी~ नडराऊ रातपरे पनि बिहानको आशा रित्तिएको छैन तिम्रो अँध्यारोलाई बचाउँदा-बचाउँदा मेरै अनुहारमा ठोक्किएर

Posted in कविता | Tagged | Leave a comment

कविता : रुपान्तरण

~गीता त्रिपाठी~ दूरन्त कहीँ मेरो आँखाबाट ओझेल अहिले ऊ फर्किरहेछ- अनिश्चित गन्तव्यतिर उसको वरिपरि निर्लिप्त रात लक्षित उतिरै भुकिरहेछ सायद र, म

Posted in कविता | Tagged | Leave a comment

कविता : जसरी बादलसँगै रहन्छ पानी

~गीता त्रिपाठी~ यसरी नै रहन देऊ यसरी नै…। मलाई जसरी बादलसँगै रहन्छ पानी घामसँगै रहन्छ छाया र निद्रासँगै रहन्छ सपना

Posted in कविता | Tagged | Leave a comment

गीत : यहीँनेर रोकिएझैँ लाग्छ

~गीता त्रिपाठी~ जिन्दगी यो यहीँनेर रोकिएझैँ लाग्छ पर्खाइमै सारा आकाश पोखिएझैँ लाग्छ बतासमा तिमीलाई छोएर पो हो कि बिर्सिएको गीत सम्झी रोएर पो हो कि

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : महाकाव्य लेख… !

~गीता त्रिपाठी~ महाकाव्य लेख कवि, मेरो दुःख टिपी दुनियाँले बुझेन खै यो आँसुको लिपी ! झेल्दैछु म महाभारत, शकुनिका पासा, बुझे पनि नबुझे झै कपटका भाषा !

Posted in कविता | Tagged | Leave a comment

कविता : विना वजनका मान्छेहरु

~गीता त्रिपाठी~ बादलको देशमा बादलकै मान्छेहरु टेक्छन् बतासे खुट्टाहरु र सरिरहन्छन् कहिले यता कहिले उता तिनका हलुका वजनहरु तानिँदैनन् पृथ्वीको गुरुत्वाकर्षणतिर

Posted in कविता | Tagged | Leave a comment

कविता : अदृश्य बगिरहनुको अभिलाषामा

~गीता त्रिपाठी~ ओइलिँदै झरिरहेछ घाम ओसिँदै बहकिरहेछ बतास ओर्लिँदै खसिरहेछ दिन र खसिरहेछ यहीँ कतै मैबाट मेरो जिन्दगी तिमी पलाउँदैछौ थपिँदो छ जीवन तिमीमा उठाएर मेरा हरक्षणहरु मागिरहेछौ मसँग मेरो अस्तित्वको अन्तिम अर्थ

Posted in कविता | Tagged | Leave a comment

कविता : अटुट…

~गीता त्रिपाठी~ जब शीर्षस्थ हुन्छौ तिमी मेरा हरफहरू गीत भएर बग्न थाल्छन्― तिमीतिरै तिम्रो केन्द्रदेखि मेरो परिधिसम्मको अनन्त दूरीमा लाग्छ, बगिरहेछ युगौँदेखि

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : पारदर्शी झ्यालहरूको कर्पोरेट आशक्ति

~गीता त्रिपाठी~ ‘कृपया झ्याल बन्द गरिदिनुहोस्! बाहिर जाडो बढ्दै छ।’ विश्वका महान् तर्कशास्त्री सोक्रेटसलाई सत्सङ्गमा सहभागी एक जना तर्कमित्रले यसो भनिरहँदा उनले प्रश्नार्थी जवाफ दिएका थिए— ‘मैले झ्याल बन्द गरिदिँदैमा भित्र कोठा न्यानो हुन्छ त?’ झ्यालले बाहिरी दुनियाँसँग जोड्छ यो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : अन्ततः

~गीता त्रिपाठी~ एउटा प्रतीक्षालय छ मनभित्र निरास निरास र अर्को छ आँखासामु केही आशप्रद । फराकिलो भित्तामा साइबाबाको सकरुण तस्वीर छ आशीर्वादात्मक शैलीमा । रेणुलाई डाक्टरको अन्तिम वाक्यले झस्काइरहन्छ बारम्बार- “तपाईंहरुको सहयोगले हामी पूरा कोसिस गरिरहेका छौँ बाँकी भगवानमा विश्वास … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : अवरुद्ध आवाजहरु

~गीता त्रिपाठी~ ” ……… हेर न ! दिन बितेको पनि पत्तै हुँदोरहेनछ । हामीले तिमीहरुलाई छाडेको पनि डेढसाल बितिसकेछ । यहाँ त साल महिनामा बित्छ, अनि महिना दिनमा बित्छ । हप्ता बितेको पत्तै हुँदैन ।” चिठीका केही अंश पढिसक्दा मेरा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आँधी र स्मृति

~गीता त्रिपाठी~ स्मृतिको आँधी रोकेर उभिएकी छु तीन दशकअघिको गोरेटोमा । टिफिन बक्सको आकारमा आफ्नै खाली हत्केला काखीमुनि बालकजस्तै च्यापिएको किताब र स्कुल ब्यागको अनौठो कल्पनामा दोबि्रसकेका छन् पुस्तकका छेउकुनाहरु अझै पनि रित्तै छ पानीको बोतल तर भरिएको छ वरिपरिका … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निवन्ध : म एक्लो र उदास उस्तै

~गीता त्रिपाठी~ छुट्याउनै सक्दिन- एक्लो म छु या यो सहर ! सबै कुरा भएर पनि कति उदास, कति विरानो । अनगिन्ती आकांक्षाले जर्जर बनेको । हार्न नमान्नेहरू हारेरै कुँजिएका छन् यहीँ । जित्न नजान्नेहरू जितेरै निरीह छन् यहीँ । अभिसापजस्तो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment