सुन्दर कोमल बनस बिछ्याऊ,
स्वागत-सूचक पुष्प सुँघाऊ,
बस्तछ हा तर फङङ थलामा,
सुँघ्दछ त्यसकै वास मजामा,
हाँसोको त्यो लाउँछ माला,
कविको हेरन मार्ग निराला ।
(१)
राख गवैया र चरा खास,
खूब गवाऊ कविका पास,
झिकि झिकि राग र ताल मजाको,
झिमि झिमी कविता हुन्छ सुतेको Continue reading →
the delightful brilliance emerged from the pane of your heart
the delightful brilliance emerged from
the pane of your heart
My heart wanted
to swim on the lake of your heart,
to keep drowning into the depth of love,
and to stay hiding inside your heart
for the whole of my life. Continue reading →
मन यो मेरो हजुर
गर्दैछ कि कसुर
लाग्छ अनौठो केहि
धड्कनको तालमा
चल्छ समय पनि
गर्दै इशारा केहि
खै कसको दोश हो
कस्तो मदहोसी हो
चल्दै छ जादु केहि Continue reading →
पौराणिक काललाई हेर्ने हो भने आर्य र अन्य जातिबिच प्रतिस्पर्धा र समय समयमा बैरभाव भएको देखिन्छ। त्यतिबेला आर्य र नागवंशको बैबाहिक सम्बन्ध पनि थियो र समयक्रममा बैरभाव पनि। ऋषि जरत्कारुको पत्नी नाग जातिकी थिइन्, जसबाट आष्टिक ऋषि जन्मेका थिए।
पाँच पाण्डवका माता कुन्तीका माता पनि नाग कन्या थिइन्। महाभारतका अभिमन्युका पुत्र राजा परिक्षित थिए, जसलाई तक्षक नागले डसेको थियो। परिक्षितका छोरा जन्मेजय राजा भएपछि सोही रीसले नागजातिको भीषण Continue reading →
नेपाली लघुकथा क्षेत्रमा पछिल्लो समयमा निकै सशक्त र प्रभावपूर्ण लघुकथाहरु देखिएका छन् । आजको वढ्दो प्रविधि संस्कृति(Technoculture)को प्रयोग, मान्छेको अतिशय व्यस्तता र छोटो छरितो रचना प्रतिको आजको पाठकको आकर्षण आदि विविध कारणले हिजोआज लघुकथा जस्ता छोटा रचनाहरु लोकप्रिय भइरहेका छन् । समकालीन नेपाली लघुकथामा कृष्ण बजगाईंको उपस्थिति विगत केहि समय देखि सशक्त देखिएको छ । २०४१ मा कविता प्रकाशित गरेर साहित्यिक क्षेत्रमा प्रवेश गरेका बजगाईँका ‘यन्त्रवत’(लघुकथासंग्रह–२०६४) र ‘हिउँको तन्ना’(हाइकुसंग्रह–२०६६) का साथै ‘स्रष्टाहरुसंग डिजिटल कुराकानी’(अन्तर्वार्ता संग्रह–२०६६) र प्रस्तुत कृति ‘रोडम्याप’ लघुकथासंग्रहले उनको बहुआयमिक साहित्यिक व्यक्तित्वका पाटाहरुलाई अभिव्यक्त Continue reading →
प्रात तथा सन्ध्या भ्रमण प्रेमीहरुको लागि मात्र नभएर प्रेमी युगल जोडीको पनि तीर्थस्थल लभ्ली पार्क आज झरी पछिको मनमोहक गोधुली साँझ बनेको छ / लभ्ली पार्क ,पोखरा नजिकैको थुम्को डांड़ो चढेर पैदल भ्रमणको साथै व्यायामको मजा आफ्नो ठाँउमा छुट्टै छ , थुम्कोबाट देखिने पोखराको रमणीय दृश्य अवलोकनको मजा छुट्टै /भ्रमण प्रेमीहरु कोहि थुम्को र फेदीको म्याराथन दौड गरि रहेकाछन त कोहि मन माफीकको व्यायाममा / युगल जोडीहरु भने एकान्तमा गफिरहेका छन् / ती युगल जोडीहरुमा विप्लव बिक र क्रान्ती परियारको जोडी पनि छ /तिनीहरु चिलाउने रुखको फेदीमा वार्तालापमा मग्न छन् /
तिम्रो कोईली स्वरले मलाई दास तुल्यायो क्रान्ती ! आहा SSS क्या गजबको स्वर पाईछ्यौ तिमीले /तिम्रो रुप र Continue reading →
केही दिन झर्दिनँ उँधोतिर पनि
पैयुँका फूलहरु टेक्दै धुम्तिको चप्लेटी ढुँगासम्म
टेकाएर बीजगणितका केही प्रस्न घिच्रोमाथि हिंड्दछु मनले पछिल्तिरहरु
गफका केही झिटीझाम्टी लिएर सिमलको बोट र त्यसको सियाँल ताप्न जाँदिनँ
बितेका केही उत्सव भएर चुहिन जाँदिनँ समृतिहरु त्यतातिर
पैयुँका फूलहरु टेक्दै हिउँदका केही साँझ
ढिलाएर फर्किदिनँ उचेल केही एक्स्ट्रा क्लासहरु Continue reading →
Experiment, lab, test-tuberefugee, blood, deaththe roaring of the bombthe upheaval of human lamentations and cries. Hello! Welcome to the world of modernity. I heard the sounds. I saw the people, but when I touched them, they turned out to be robots. A robot was searching for somethingwhen I asked what, its response was”Im searching for my lost soul.” Continue reading →
वास्तवमा उसलाई गुलाबको फूल दिने मेरो रहर थियो । भन्नुहोला- यो रहर त सबैको हुन्छ । रातो गुलाबको फूल त सबैले दिन्छन् नि ! म अलि फरक रङको दिन चाहन्थेँ । साथीभाइको सल्लाहअनुसार, मैले नीलो गुलाब दिने मनशाय बनाएको थिएँ । हो, यो मेरो अचम्मको रहरचाहिँ अवश्य थियो ।
नीलो गुलाब मेरो छिमेकीको घरमा थियो । घरको तेस्रो तलाको बार्दलीमा फुलेको देखिन्थ्यो । यति जतन गरेर फूल उमारिएको थियो कि त्यसको व्याख्या नगरौं । तर, गुलाबको बोटमा दुईचार फूलभन्दा बढी हुँदैनथ्यो । त्यसैले पनि ती फूल अझै रहरलाग्दा थिए । Continue reading →
नेपाली डायस्पोराको लहरहरुमधे पहिलो लहर- धेरै बर्षअघि पूर्व सिक्किम तथा भूटानतर्फ भएको, दोश्रो लहर- सन् १८१५ मा ब्रिटिश लाहुरेहरुको भर्ती शुरु भएपछि दक्षिण एशियामा अवकाशप्राप्त व्यक्तिहरुको पुनर्वास भएको र तेश्रो लहर- सन् १९७० देखि यता विशेषत: जग्गा जमीनको अभाव भएकोले मजदुरवर्ग तथा बेकारी शिक्षित वर्ग काम र मामको खोजीमा तथा आफ्नो जीवन स्तर उकास्न विदेशिन वाध्य भएको देखिन्छ। यही क्रममा एक रिपोर्टअनुसार हाल सवा लाख नेपालीहरु उत्तर अमेरिकामा बसोवास गरिरहेका छन्। हालसालै तेश्रो विश्व बसोवास कार्यक्रम अन्तर्गत करिब साठी हजार नेपाली भुटानी शरणार्थीहरुलाई पनि संयुक्त राज्य अमेरिकामा बसोवास गराउने काम भइरहेको देखिन्छ।
आज भोलि मलाई मेरा हजुर बुबाको
निक्कै याद आउन थालेको छ,
छड्के ढाका टोपी र दौरा सुरुवालमा उभिएर
शनिश्चरे बजारको अर्जुनधारामा मलाई
आशीर्वाद दिएको आजै जस्तो लाग्छ ।
दशैमा टीका लगाएर मेरो शिरमा जमरा
राख्दै आशीर्वाद दिएको आजै जस्तो लाग्छ,
चौरानब्बे वर्ष पुगेका मेरा हजुर बुबा हरियो Continue reading →
Silence,
Silence……and silence,
I see silence everywhere.
Things happened in an order,
ascended to the top,
reached the paramount,
and now, are descending back to the beginning. Continue reading →
दुनियाँमा अनुहार बेचेर बाँच्नेहरूका कथा धेरै होलान् । तर, कसैले सुनेको होला अनुहार बचाएर बाँच्न नसक्नेको पीडा ? जुन अनुहारसँग मित्रता गाँस्न धेरै चाहन्थे मलाई त्यही अनुहारसित दुस्मनी हुन थाल्यो । मेरो अनुहारमा केही खोट थिएन । र, त्यही खोट नहुनु नै मेरो आफ्नै लागि बोझ भयो । म आफ्नै अनुहारको दुस्मन भएँ ।
मेरो अनुहारको चमकले नियत तिर्मिराएकाहरू धेरै थिए । मेरो रूपै यस्तो थियो कि जस्तै मै हुँ भन्ने पनि चुप हुन्थ्यो । तर, मलाई मेरो रूपको घमण्ड त्यस्तो केही थिएन । म भीडभन्दा फरक थिएँ तर मैले त्यस्तो महसुस कहिल्यै गरिनँ । Continue reading →
‘मलाई पनि एउटा पोलेको मकै दिनुहोस् त दिदी’, सडकपेटीको एउटा कुनोमा बसेर मकै पोल्दै गरेकी एउटा अधबैंसे महिलाको अघि उभिएर मैले भनेँ ।
‘एकछिन पर्खनु पर्छ । पैले यी चारवटा मकै पोलेर ऊ त्यो पर्तिरको साहुलाई दिउँ अनि तपाईंको लागि पोलौंला है ।’, उनले आगोमा राखेको मकै घुमाउँदै भनिन् ।
‘म यो मुडामा बसुम् ? ‘, मैले उनको अघिल्तिर भएको एउटा पुरानो थोत्रिइसकेको मुडातिर देखाउँदै सोधेँ ।
‘हुन्छ बस्नुस् न । त्यो बस्नैका लागि हो ।’, त्यति भनेपछि उनी फु फु गर्दै त्यसबाट खरानी झार्न थालिन् ।
मैले हातमा झुन्ड्याएको झोला त्यहीँ भुइँमा राखेँ र काँधमा भएको ब्यागलाई काखमा राखेर मुडामा बसेँ । Continue reading →
नेपाली साहित्यको काव्य परम्परामा मुख्यत: क्रान्ति योद्धा कवि गोपालप्रसाद रिमालले सुरु गरेको मुक्त छन्द प्रयोगधर्मी आधुनिक कविता लेखनले लगभग सात दशक लामो रचनात्मक यात्रा पूरा गरेको छ । गोपालप्रसाद रिमाल, भवानी भिक्षु, महाकवि देवकोटा, सिद्धिचरण श्रेष्ठ आदि स्रष्टाका कालजयी रचनाहरूका माध्यमबाट सुरुमा नै अत्यन्त प्रान्जल छटा छर्दै आएको त्यो काव्यिक धार नै आज आएर आधुनिक नेपाली कविताको मूलधार बन्न पुगेको छ भन्दा अर्घेलो हुनेछैन ।
समय र त्यसको चेतनाको प्रवाह सँगसँगै नेपाली कविताले पनि कथ्य, शिल्प, संरचना, भाषा र विम्बगत प्रयोगका हिसाबले आफूलाई निरन्तर परिवर्तनशील बनाउँदै लगेको छ । आधुनिक नेपाली कविताको Continue reading →
सरला दिदीसँग मेरो निकै लामो समयको अन्तराल पछि भेट भएको थियो, यस्तै अठार बीस वर्षपछि, काठमाडौंको नयाँ सडकमा, एउटा गहना पसल नजिक, २०५३ र ५४ साल तिर । मेरी पत्नी, निशाले गहना छान्न अति नै समय लाएकोले म सडक बाहिर उनको बाटो कुर्दै थिएँ र त्यही क्रममा मेरो सरला दिदीसँग बाटोमा भेट भयो, अनि कुराकानी पनि । सरला दिदीसँग निकै लामो कुराकानी भएको थियो । अब तपाईं स्वयंले अन्दाज गर्नुस् मेरी धर्मपत्नीले गहना किन्न कति समय लगाएकी होलिन् किनभने उनी गहना किनेर बाहिर आएपछि मात्र मेरो र सरला दिदीको कुरा सकिएको थियो । सरला दिदीसँग भएका सम्पूर्ण कुराकानीको फेहरिस्त त म प्रस्तुत गर्न सक्दिनँ, केवल सानो अंश मात्र प्रस्तुत गर्छु, यहाँ । सरला दिदी आइए. मा पढ्दा म दस कक्षामा पढ्थें, नेपाल राष्ट्रिय विद्यापीठ स्कूल, श्रीपुर, वीरगंजमा । अँ, सरला दिदीसँग त्यस्तो किसिमले कुराकानी गर्न सक्ने घनिष्टता क Continue reading →
जवानी सबैको आउँछ । अरूभन्दा यो उमेरमा सबैको आँखामा भविष्यको लागि एउटा स्वर्णिम सपना सजिएको हुन्छ । मेरो त भविष्य अन्तहीन यात्रा बनेको छ, एउटा कहाली लाग्दो अतीत जसले मलार्इ वर्तमानमा नराम्ररी कोपरिरहेको छ । भनिन्छ, यो उमेरमा कुकुरको पुच्छर हल्लेपनि हाँसो लाग्छ तर मलार्इ भने केही चीज हँसाउने लाग्दैन । सब कुराहरू कृत्रिम र अस्वाभाविक लाग्न थालेको छ । हुन त मलार्इ कसैको मीठो वर्तमानसंग डाहा छैन न त कसैले संगालेको सुन्दर भविश्यसंग । त्यै एउटा डरलाग्दो घटनालार्इ बिसिर्न खोज्छु तर सक्दिन । हृदयमा परेको त्यो छापले अझ जटिलता खडा गरिदिएको छ ।
You are a big man
You have time to go through the newspaper
Only in the precincts of the bathroom in the morning Without a slip
It is not possible to meet you now
Well done ! Good Job !
You are applauded everywhere