~भुपेन्द्र महत~
रातो अक्षतामा निरीहको रगत नहोस
दिगो कामना शान्तिको,अब फगत नहोस
पावन क्षण, महान पर्व, उल्लास र हर्ष
दशै भोग्दा दशाको लामो लगत नहोस Continue reading
~भुपेन्द्र महत~
रातो अक्षतामा निरीहको रगत नहोस
दिगो कामना शान्तिको,अब फगत नहोस
पावन क्षण, महान पर्व, उल्लास र हर्ष
दशै भोग्दा दशाको लामो लगत नहोस Continue reading
~सविता सापकोटा~
सामसुङ मोबाइलको रिङ टोन बजिरहँदा सुतिरहेकी थिएँ । निन्द्रा लागेर होईन चिन्ता लागेर । केही कुराको चिन्ता लाग्यो भने दिनमै पनि सुत्ने नराम्रो बानी छ । कसैले नराम्रो भन्दा होस् या तनाव हुँदा सुतेर उठेपछि बल्ल समस्याको समाधान पाउँछु । पहिलोपटक फोन काटेँ । लगातार घण्टी बजिरह्यो । फोन उठाएँ, ‘हेल्लो, के गर्दै ?’
‘सुतिरा,’ मैले उत्तर दिएँ ।
‘दिउसै ?’
उताबाट प्रश्न आयो फेरि । Continue reading
~पारसमणि शम~
त्यस समय शायद उ त्यही आठ-नौ वर्षको थियो होला। घरमा बिहेको धुम-धाम थियो। बिहे त उसको दाजु लाक्पाको थियो। तर परोक्ष रूपमा त्यो बिहे उसको पनि थियो। उसलाई त्यो के थाहा। बिहे त दाजुको भइरहेको थियो। उसको होइन। सात भाइमा उ सबैभन्दा कान्छो। बिहे भएको हो दाजु लाक्पाको। दाजु लाक्पाको उमेर त्यही ३०को थियो। ३० वर्षको उमेरसम्म लाक्पाको बिहे किन भएन भने उनीहरूको बाबु थुब्देनलाई बिहेको क्रम रोक्नुपर्छ भन्ने ज्ञात नै कहाँ भएको थियो र जब बाबुको उमेरले पचास नाग्यो तब मात्र उसले बिहे गर्ने आफ्नो अभियान रोक्यो। उ शिथिल बनेको थियो। उसको शरीर छिया-छिया भएको थियो। १७ वटा उसले भित्र्याएको थियो। काजी थुब्देनले परम्परा र धर्मको पालन गर्नेक्रममा १७ वटी भित्र्याएछ। बाबु थाकिसकेपछि मात्र पालो आएको हो लाक्पाको। अब लाक्पाले कतै बाबुको परम्परालाई अघि त लगाउने होइन… परम्परा अनुसार तीन-चारवटी त ल्याउनु नै पर्छ। काजी परिवारको मान-सम्मानको कुरो हो। Continue reading
~भुवन निस्तेज~
जतनका साथ
कुनै सुरक्षित बगैँचामा
स्याहारिएन ऊ
कुनै कर्तव्यनिष्ठ मालीद्वारा
खडेरीमा सिँचिएन
न पराल छ्यापेर
ओभानो नै पार्यो कसैले उसलाई Continue reading
~यकिना अगाध~
विवाह समारोह चल्दैथियो । उसकी श्रीमति उभिइ उभिइ आफन्तजनहरुसँग हाँसो ठट्टा गर्दैथिइन् । एक्कासी रुख ढलेझैं भुँइमा गल्र्याम्मा ढलिन् र मरिन् । आफन्तगण सबैले भन्यो कि यस गाउँको मान्छेको मरण आजसम्म यसरी भएको देखिएको छैन । पक्कै कुनै बोक्सीकोे हात हुनुपर्छ । बोक्सीले बाण नहानेको भए कसरी यस्तो सद्दे मान्छे एक्कासी रुख ढलेझैं ढल्छ र ? उ यस गाउँको स्कुलको विज्ञान शिक्षक भएपनि आफन्तजनको कुरा सुनेर यो कुरा हो भन्ने लाग्यो ।
सल्लाह मुताबिक धामीलाई देखाइयो । धामीले फलाना बोक्सीले वाण हानेको हो भनी किटान गर्यो । बोक्सीला Continue reading
~कृष्ण जोशी~
अथाह समुद्रपारि पौडेर पुग्नुको रहर
नीलो पानी समाएर
हातभरि ठूलो माछा परेको बहाना रमाउनु रहेछ
सपना टेकेर विपनीमा पुग्नु
उज्यालो बिर्सिएर अँध्यारोलाई अँगाल्नुजस्तै
मैले
विपनासम्मको दूरी नाप्न सकिनँ
सपना टेकेर हिँड्ने दुष्प्रयत्नमा Continue reading
~शरद पोख्रेल~
कुनै एक भूगोलमा
आफ्नै आयुबाट चोइटिएका गोलहरू सल्काउदै
रातो बनाउदै फलाम
ठोक्दै छन् अर्को फलामले
आफ्नै जिन्दगी रातो रापमा राखेर
पहिरोबाट आधा भिरसम्म
झरेको रूख जस्तै
डढेलोले आधा भन्दा धेरै जलाइसकेको Continue reading
~उपेन्द्र पागल~
तिमी थियौ र पो मेरो माया अडिने ठाउँ पाएको थिएँ
आफ्नै देखायौ परेलीमा र पो तिमी तिरै धाएको थिएँ ।
हृदय बुझेर मन नदिने कति कठोर रहिछौ तिमी !!
तिमीलाई नजिक सम्झेर कसम पनि खाएको थिएँ । Continue reading
~समुन्द्रा शर्मा~
पहिलो किरण अन्जुलीमै थापूँजस्तो लाग्छ ।
तिम्रो तस्बिर हृदयमै छापूँजस्तो लाग्छ ।
इन्द्रेणी यो मनको अब रङ बनी घुल्दा
सारा रङ तिमीलाई नै छ्यापूँजस्तो लाग्छ । Continue reading
~मन्दिरा कोइराला ‘मधुश्री’~
—
नआउनुपर्थ्यो सामु आयौ किन ?
आइ त सक्यौ फेरि डरायौ किन ?
मात्र एक झल्को चिहाउने बहानामा
यी नजरमा ती नजर मिसायौ किन ? Continue reading
~धीरेन्द्र प्रेमर्षि~
लय : गाउँ–गाउँबाट उठ
गाउँ–गाउँबाट लुट
बस्ती–बस्तीबाट लुट
यो देशको मुहार बिगार्नलाई लुट
श्रीमतीको अनुहार सिँगार्नलाई लुट
राजतन्त्र यहाँ जाग्दाखेरि राजा बोकी लुट
क्रान्तिको आगो दन्केपछि राजै ठोकी लुट Continue reading
~शर्मिला खडका दाहाल~
उनले आफ्नी आमा पालेकी थिइन्। चार भाइ छोरा कसैसँग अटाउन सकेकी थिइनन् उनकी आमा। कुनै समय उनकी आमाको विचार यसरी सार्वजनिक भएको थियो -‘मैले किन अंश भाग लिनु र? सबै छोराहरूले बाँडून्। म एउटी आमालाई कुनै न कुनै छोराले एक छाक खान र लाउन त देलान् नि! उनकी आमाको इच्छाअनुसार चारै भाइले अंश भाग लिएका थिए। साइँलो छोरो अलिक पढेको र ढिलो बिहे गरेको हुनाले बूढीआमैले साँइलो छोरासँग बस्ने निधो गरेकी थिइन्। साइँला छोरालाई उसको शिक्षाले डो-यायो जागिरतिर र पु-यायो सहरमा। उसले जागिरे केटी नै बनाएथ्यो जीवनसँगिनी। बूढी आमै पनि छोरालाई पछ्याउँदै पुगेकी थिइन् सहरमा। तर सहरको वातावरणले उनको Continue reading
~भूषण ढुङ्गेल~
1
तिम्रो अनुपम सौन्दर्यलाई फर्कीफर्की हेर्न कर लाग्छ
तर, उत्ताउलो भन्छ्यौ कि भन्ने कताकता डर लाग्छ ।
यो मनजस्तै त्यो मन पनि भैदिए हुन्थ्यो
तै पनि मनको धोको पुग्छ कि भन्ने अलिकति भर लाग्छ । Continue reading
~कृष्ण धरावासी~
बहुलता आजको युगचेतनाको मेरुदण्ड हो। बहुवाद आजको मानवसंस्कृतिको प्रारम्भ हो । विश्वको कुनै कुनामा पनि आज विकसित हुँदै आइरहेको कुरै यही हो। साहित्यमा, राजनीतिमा, कलामा, वैचारिकतामा, संस्कृतिमा सबैतिर पसेर सक्रिय भइरहेको यही नै अबको जीवन हिँड्ने बाटो हो। कुनै एउटा मात्र व्यक्ति, एउटा मात्र पात्र वा एउटा मात्र विचार मुख्य रहने र बाँकी सबै त्यही मुख्यलाई प्रमाणित गर्न सहायक बन्ने परम्परा अब कमजोर हुँदै गएको छ। विषय, गुण र उपयोगितामा कुनै पनि वस्तुको महत्त्व त्यसको त्यहाँ उपस्थित हुनुले नै स्वतः सावित गरिरहेको हुन्छ। उपभोक्ताले त्यसलाई कतिसम्म महत्त्व दिने भन्ने स्वनिर्णय गर्दछ। उपभोक्तामाथि उसको रुचिविरुद्ध केही कुरा पनि लाद्न सकिँदैन । उसलाई मनपर्ने वस्तुको छनौट गर्ने पूर्ण स्वतन्त्रता छ उसलाई । आजको व्यापारमा Continue reading
~रीता ताम्राकार~
मेरो कथा शून्यशून्य ठाउँहरूमा खोज ।
मेरो व्यथा चह-याउने घाउहरूमा खोज ।
चुँडिएको चङ्गाझैँ म बेठेगान उडिरहेँ ,
मेरो ठेगाना निर्जननिर्जन गाउँहरूमा खोज । Continue reading
~कमला प्रसाईँ ढकाल~
अस्तित्वविहीन छ यो यात्रा
केही नपुगेजस्तो, केही हराएजस्तो
हिँड्दाहिँड्दै थाकेजस्तो
काम गर्दागर्दै रोकिएजस्तो
कस्तो, के होला यो यात्रा ?
जिन्दगीका उर्लिँदा भेलहरूमा Continue reading
~कृष्णभूषण बल~
टुङ्गा को लक्ष्य साधेर हिँडेको हुँ फेदीदेखि टाकुरासम्म
निश्चिन्त कैयन् उकालीहरू नाघ्दै लम्केको हुँ आफ्नो ठेगानसम्म
पारिजसो लक्ष्य बाँकी नै रह्यो
पारिजसो पुग्नै नपाई यता घाम ओर्लिसक्यो ।
जसरी उकालो लागेको थिएँ म, आफूले खाम्न सक्ने एउटा भारी उचालेर
जसरी आज बिहानै हिँडेको थिएँ म, भारीमा एउटा बिहान उघारेर Continue reading
~Bhupi Sherchan~
Translation by : Dr Tara Nath Sharma
1
However much we raise ourselves up,
However much we run here and there,
However loud we may roar
However, we are merely drops of water,
Impotent drops of water
Which are drawn up by the sun
And become clouds, Continue reading
~Laxmi Prasad Devkota~
Translation : Dominik von Bohlen und Halbach
I am the many coloured daughter of Spring,
Born during the cuckoo’s calling,
Adorned in the caterpillar’s dream;
God gave to me my wings.
Arrayed with countless casts of colour,
And golden dust atop two wings, Continue reading
~विरही काइँला~
टाउको मेरो हो तर गिदी मेरो होइन
छाती मेरो हो तर मुटु मेरो होइन
मभित्रको चरित्र नायक म होइन Continue reading
~एकु घिमिरे~
साउनको डँडेलोमा आधा डढेको गुराँस
यसपालि पौषमै फुल्यो ढकमक्क
झुक्कियो मौरी , पुतली अकमक्क !
” तीन फुट असिना ” – सेल्फीको क्याप्सन
” पौषमा पसिना ”- हेडलाइन लेख्छन् Continue reading
~केशर देवकोटा~
तिमीलाई धेरै माया छ
जीवन सुखले बितोस् ।
तिमीले जीवन दियौ
तिमीलाई के भनूँ । Continue reading
~अमृत सिङ थिङ~
गिट्टी बालुवा चाल्नेको घर हुँदैन
आफ्नै भन्ने आफन्तको भर हुँदैन
देशको माया खोज्न परदेश जानू
सबै नेपाली तेरो मेरो थर हुँदैन Continue reading
~ध्रुव थापा~
कति छ कति यो तिम्रो अनुहारमा
प्रेमिल तातो
र त
पग्लदैछ मेरो प्रेमको हिमाल
ओढिरहेछु मैले पनि
त्यही अनुहारको बख्खु।
मनसुनको बादल जस्तै Continue reading
~खडानन्द तिमलसिना~
२०७५ सालको असार महिनाको १ गते नेपाल सरकार शिक्षा मन्त्रालय अन्तरगत इभेन परियोजना र बिश्व बैंकको सहयोगमा एल.वि मोर्डन इन्सीच्युटले तिनपाटन गाँउपालीकामा संचालन गरेको तिन महिने हाउस वाईरीङ तालिम र मोबाईल मर्मत तालिमको प्राविधिक शिक्षा तथा ब्यावसाहिक तालिम परिषद , राष्ट्रिय सिप परिक्षण समीती (सीटी इ भीटी ) ले लिने सिप परिक्षणका लागि केन्द्राअध्यक्ष भएर चकमके बजार जानु पर्ने थियो । उक्त कार्यक्रमको लागि अरु ६ जान साथीहरु पनि लिएर जानु पर्ने थियो । विहानै देखी मौसमले च्यालेन्ज गरि रहेको थियो । बाईक लिएर जाने साहास गर्न सकिएन आज नगए भोलि विहानको ७ बजेबाट परिक्षा थियो । असारको दिन पानी आयो भने गाह्रो हुने Continue reading
~ऋतिक यादव~
जरुर म तिम्रो कालान्तरदेखिको प्रतिवादी
एकपटक मेरो खुल्ला अपिल सम्झिदेऊ
उपसंहारको पुण्य कदम उठाई तिमीले
दृढताको परिष्कारवादलाई फालिदेऊ Continue reading
~विरही काइँला~
जब किलकिलेबाट थुक उछिटिन्छ
बल्ल जिभ्रो चल्छ
म कविता पढ्छु Continue reading
~दिल थापा~
मेरी पियारीलाई सम्झाउनु छ म परदेश छु भनेर
मेरी पियारीलाई फोन गर्नु छ छोराछोरीलाई राम्रोसँग पढाऊ है भनेर
मैले त मगरातभुमिमा पसिना बगाउन पाइन
तिमीले भएनी बगाऊ है Continue reading
गर्छु धेरै माया भन्थ्यौ आखिर मन मोड्नु रैछ
संगै बस्ने बाचा गर्थ्यौ खै त अहिले छोड्नु रैछ।।
निसानामा पार्यौ मलाई ब्याधा बनी आयौ तिमी
मिठो माया जालमा पारी आखिर बन्धन तोड्नु रैछ।। Continue reading
~सिद्धिचरण श्रेष्ठ~
नेपाली हूँ कठिन गिरिमा चढ्नलाई सिपालु
बैरी नै होस् तर छु बहुतै दीनमाथी दयालु
तातो रातो रगत रिपुको प्यूँन हर्दम् तयार,
मेरो मेरो प्रिय खुकुरी यो हेर भै होसियार।
शिक्षा मेरो जगतभरको गर्नु रक्षा सदैव
दीक्ष यै हो परहित गरूँ अाखिरी श्वाससम्म Continue reading
~उमाशङ्कर द्विवेदी~
उद्यालक मुनिका कहोड नामले प्रसिद्ध एउटा शिष्य थिए । उनले आफ्नो गुरुदेवको बडो सेवा गरे । सेवाबाट अत्यन्त प्रसन्न भई गुरुले उनलाई जम्मै वेदको अध्ययन गराइदिएर आफ्नी सुजाता नामकी कन्यासित विवाह पनि गरिदिए । केही समय बितेपछि सुजाता गर्भवती भइन् । त्यो गर्भ अग्निको समान तेजस्वी थियो । एक दिन कहोड वेदपाठ गरिरहेका थिए । यत्तिकैमा गर्भस्थ शिशुले गर्भबाटै भने– “बुवा, तपाईं रातभरि वेदपाठ गर्नुहुन्छ तर सो पाठ ठीकसँग हुने गर्दैन ।” शिष्यहरूका बीचमा आफ्नै गर्भस्थ शिशुको आक्षेप सुनेर पिता क्रोधित भएर गर्भस्थ शिशुलाई शाप दिंदै भने– “तँ आमाको गर्भमा भएर पनि यस प्रकार Continue reading
~भवानी भिक्षु~
मानवलाई उपलब्ध गर, कवि, मान्छेहरुका वनमा,
बुद्धि र अंग प्रत्यंग, अहन्ता, दम्भ, स्वर्णका कणमा ।
रुक्ष प्राप्तिको मानिस नै हो हाम्रो बुद्धि-प्रतीक
तर्क मात्रनै खाइरहेछ-ठीक यो कि बेठीक !’
हाम्रो सृजना आज–लडाई, दाउँ, पेच, प्रतिघात,
उत्तेजना मात्र नै पाउँछौ, लभ्य एक आघात;
भयो दुर्दशाग्रस्त—‘मानवी व्यथा’,
कता त्यो हाम्रो संवेदनमा ?
मानवलाई उपलव्ध गर, कवि,
तिमि निश्छल-चेतनमा ! Continue reading