कथा : सिंह र मुसा

~कालूसिंह रनपहेंली~

यसपल्ट म जङ्गल पसें- आधा मगज भएर होइन यसो रे रहेछ जङ्गलतिर भनेर बुझ्नु, जान्नुलाई। लाटपञ्चर मुनिको त्यो गुफाटारतिर गएँ। उहिले यो गुफाटार थियो जङ्गल अनकण्टर। अहिले गुफाटार गोइन गफाटार भएको रहेछ। अहिले यहाँ कोही गुफा बस्दैन, मान्छेहरू बसेर गफ गर्दा रहेछन्। मान्छेहरूले यसका हरिया अङ्गवस्त्रहरू च्यातिदिएछन्। जङ्गल नरहेर अब यो उजाड़ पारिने जङ्गको स्थल भएको रहेछ।

मलाई अझ तर गरगरे पाखातिर झर्ने मन भयो। झरें म जेठको बादलबाट पानी झरेजस्तो तलतिर। अलिक तल के पुगेको थिएँ एउटा विचित्रको दृष्य देखें। अरे! यो के? एउटा मरेको बिरालो काखी च्यापलाजस्तो र झीनो सिंह एउटा जालको छेउमा बसिरहेको छ। जालभित्रचाहिँ एउटा मोटो मुसो बन्दी भएको छ। मैले उहिले उल्टा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मेरो बक्तब्य

~बिमल गुरुङ~bimal-gurung

ढुंगा फोर्नुपर्छ भने फोर्छु
जनताको लागि भोगिरहन्छु कष्ट
नसम्झियोस यस्लाई भ्यागुता ।

जनताको आँसु मेरो आँखामा आँसु हो
चाहन्छु म देख्न
जनताको ओंठमा बिजयपूर्ण मुस्कुराहट । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : नव सापकोटाको कवित्व

~डा. खगेन्द्रप्रसाद लुइटेल~

१. परिचय

सन् १९४८ जनवरी २५ असम, गुवाहाटीको बडगाउँ, देवकोटा नगरमा जन्मिएका नव सापकोटाले स्नातकसम्मको शिक्षा हासिल गरेका छन् । असमको साहित्यिक, सांस्कृतिक, जातीय र भाषिक उन्नयनमा विशिष्ट योगदान पु¥याउने नव सापकोटाको सेवा, पेसा र संलग्नता यसप्रकार रहेको छ: Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

समीक्षा : पूर्ण राईको जय-बिजय कथा

~अज्ञात~

जय-बिजय कथाको कथाकन :-

जय-विजय पूर्ण राईद्वारा लिखित मनोवैज्ञानिक कथा हो ! यस कथाका प्रमुख पात्र लामाबाबु अनि सहायक पात्र कान्छा पिउन हुन्छ ! यो कथा लात्तेभकुण्डो खेललिएर संरचना गरिएको छ ! खेल मैदानको विचमा खेलाड़ीहरु खेलको निम्ति तयारी छन् अनि गाउँका सबै मानिसहरु खेलको मज्जालिन अोहोलिन्छ ! यसैविच लामाबाबु र कान्छा पिउन पनि आफ्नो दललाई उत्साह दिन तयारी भई वसेका छन् ! यसैबिच खेल शुरु भयो निर्णायकले लामा सिटी फुक्यो ! खेलको मनोरञ्जन साथ-साथै सबै एक अर्कामा युद्ध गरेझै अनुभव गरिरहेका छन् ! यसै बिच लामाबाबुको दलले कान्छा पिउनको दलका एकजना खेलाड़ीलाई ढकेल्छ यसैविच कान्छा पिउन कराउँदछ :-

” ऐ ! ऐ ! घचेट्छस् ? त्यसलाई निकालिदे ,निकालिदे ! ” Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

स्रष्टा परिचय : डा. शान्ति थापा

पूर्वोत्तर भारतकी नेपालीभाषी महिला हस्ताक्षर

नेपालबाहिर सबैभन्दा धेरै नेपाली साहित्य विकसित भएको भूमि भारतनै हो। दार्जीलिङबाहेक असम, मणिपुरतिर पनि नेपाली साहित्यका कामहरू भइरहेका छन्। यसमा दार्जीलिङले सबैभन्दा अगाड़ि बढ़ेर काम गरेको छ भन्दा अत्युक्ति नहोला। असमले पनि नेपाली साहित्यमा ठूलो योगदान दिएको छ। नेपाली साहित्यको निम्ति असमेली भूमि पनि धेरै उर्वर देखिएको छ। यहाँबाट नेपाली सङ्गीत जगतका महान हस्ती अनि साहित्यका कहिल्यै नअस्ताउने नक्षत्रहरू जन्मिएका छन्। यसैले नेपाली साहित्यको चर्चा उठेको बेला पूर्वोत्तर राज्यहरूको प्रसङ्ग जोड्न अपरिहार्य बन्दछ। आजको यस्तै प्रसङ्गमा असमको भूमिमा रहेर भारतीय नेपाली साहित्यमा योगदान पुर्‍याउँदै आइरहेकी नारी हस्ताक्षरको बारेमा चर्चा गर्ने जमर्को गरिएको छ। Continue reading →

Posted in स्रष्टा परिचय | Tagged | Leave a comment

छन्द कविता : बीपी : एक शब्दचित्र

~कृष्णप्रसाद भण्डारी~

नेपाली गरिमा बढाई बीपीले साहित्यमा चिन्तन
राखे विश्वभरि नवीन युगको राष्ट्रियता कीर्तन ।
स्रष्टा हुन् पथका प्रभाती रवि हुन् ‘हिट्लर यहूदी’ कथा
‘मोदिआइन’ ‘सुम्निमा’ रचयिता हुन् फ्रायडीयी व्यथा ।।

राणाशासनको विरुद्ध जसले हङ्कुार गर्थ्यो ठुलो
नेता मात्र नभै समस्त जनको विश्वास लिन्थ्यो भलो । Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

मुक्तक : संसारको ऋत

~सौगात लम्साल~

आफ्नै आँगनीमा रुवाबासी भयो भने
आफ्नै मुटु छोराको अन्त सास भयो भने
जन्म मृत्‍यु Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : टोलाईरहेको क्षितिज

~केशर थुलुङ~

धेरै पर देख्छु
म देखि धेरैपर
कल्पनाले पनि भ्याउन नसक्ने
तर, म तिर टोलाइरहेछ
त्यो क्षितिज

जब म
मिर्मिरे विहानीसँगै उठ्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मनका राजा नबनाउ

~बिक्रम चेतनशील राई~

मलाई फेरि तिम्रो मनका राजा नबनाउ
बेमौसमा मङसिरको पाजा नबनाउ

आस्थाको फूलबारीमा एउटै फूल रोपेको छु
नशाभित्र तिमी यसलाई गाजा नबनाउ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : पानी सुनकोशी सुन

~ईन्द्र नारथुङ्गे~Indra Narthunge

दुध कोशीको दुधै पानी सुनकोशी सुन
उमेर भन्दा महंगो भो मदेशको नुन
अग्लो भन्नु टेम्के डाँडो सेल्मे हाराहारी
ढाक्रे दाइको तोक्मा भन्छ कहाँ बिसाउँ भारी

छोरानाती जन्मे हुर्के, अहिले लाखापाखा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : पुरानो नेपालमा

~भोगेन एक्ले~

पुरानो नेपालमा
रुनुपर्नेहरु खित्का छाडिरहेका छन्
हाँस्नु पर्नेहरु सुक्सुकाइरहेका छन्
सुन्नु पर्नेहरु बेफवाक बक्बकाइरहेका छन्
बोल्नु पर्नेहरु चुपचाप सुनिरहेका छन्

पुरानो नेपालमा
हलो र कोदालोले अड्काएका बाहेक
सिन्दुरे र दर्पनेको दाम्लाले बाँधेका बाहेक
कतै बहानामा त कतै तीब्र चाहनामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : फर्किएन खोला

~किशोर चाम्लिङ~

मेरो माया बगाइलाने फर्किएन खोला
बगर भई कर्दाकुर्दै बित्यो थुङ्गे चोला ।।

सम्झनाले पोलिर’न्छ दिलको दाँया बाँया
बगिजाने मायालुमै रह्यो गाढा माया Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : लाहुरे दाईले

~प्रभुराम राई~

वेलायतमा लाहुरे दाईले थोत्रे धर किने
उसको भने घुरेनबारी बनमाराले छिने

घरमा आमा रुंदैहोली तिमीलाई छैन
वच्पनमा आमासंगै तिमी बस्थेउ होइन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपाली सन्देश

~प्रभुराम राई~

नेपाल बाँचे नेपाली भन्ने मानिस बाँच्दछ
नेपाली भाषा, साहित्य, कला, संस्कृति साँच्दछ

एसैले आउ नेपाललाई बलियो बनाउँ
नेपाली हाम्रो श्रम र सीप स्वदेशमै लगाउँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मैले पाइला चालेको छु

~नरेन्द्र राई “समर्पण”~

तिम्रो सुन्दर संसारमा मैले पाइला चालेको छु
तिम्रो साथ पाउने मैले आशा पालेको छु

हृदयमा माया नै र्सवसौगात भएकाले
फाट्दै गाुको जिदगी मैले टालेको छु Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : आउन पाइन

~आचार्य प्रभा~

यसपालिको दसैंमा आउन पाइन
निधारमा अछेता लाउन पाइन

परदेशीको जीवन यस्तै हुँदारैुछ
हरियाली वसन्तझैं छाउन पाइन । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : धुलोहरुको ताकत

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

तिमीले हामीलाई
धुलोमुलो सम्झियौ
त्यहि धुलोभित्र
तिमीले हामीलाई लाधेका पिडाहरुको पहाड चुलिएको थियो
तिमी र तिम्रा सन्ततीहरुबाट पालैपालो
बलात्कृत हुँदाको चित्कारहरु निस्सासिएका थिए
तिम्रा बैदार डिट्ठाहरुले
इमान्दारिताको छातीमा घुमाएका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मसित मेरो रात छैन…

~बसन्त चौधरी~

एउटा रात मसित छ
घरी-घरी पग्लिन्छ
हेर्दछु,
रात
बादलको उँचाईमा पुगेर सग्लिन्छ
तर अँध्यारो छरिएकै छ चारैतिर

एउटा मेरो रात छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वपीड़क

~गोवर्धन पूजा~Govardhan Pooja

हिउँको एक झोक्का पनि
खप्न नसकेर
झरे म्याप्पलका पातहरू
छोडेर आफन्तलाई
तोडेर नाता सम्बन्ध
सुटुक्क समुद्र भेट्न बसाई सरेको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्रो दिलमा चोट लाग्दा

~सरोज केसी~

(तिम्रो दिलमा चोट लाग्दा )२
मेरो दिलमा दुख्छ
(एकै झल्को देखे पनि
मनको पिडा लुक्छ )२
तिम्रो दिलमा चोट लाग्दा…

(तिमीले चाहे जस्तो माया
मैले दिन सकिन कि )२
(या त तिमीले दिएको माया Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

Translated Poem : Consolation

~Gopal Prasad Rimal~
Translated By : Dr Tara Nath Sharma

Don’t cry, just wait for a little while,
Your warrior who is moving ahead driving the whole world before him
Will come to your little room later in the day,
He will return and fit himself in your embrace,
His bright burning face
Will appear later in your own dim lamp,
Don’t cry, just wait for a while. Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

लघुकथा : राष्ट्रिय चिन्ता

~आर.सी. रिजाल~

यस साउनको अविरल वर्षाले आफ्नो जिल्लामा केकति क्षति भयो, सोबारे बुझ्न म मेरा मित्र इन्जिनियर देशभक्त शर्माकहाँ पुगेँ।

फरासिलो स्वभावका धनी मित्र कोठाभित्र दारीसमेत नखौरी जिङरिङ्ग परेको देख्दा बाढीपहिराले राष्ट्रिय सम्पत्ति नोक्सान पु-याएको कारण चिन्ताले सताएको हो भन्ने मलाई पूर्णविश्वास भयो। मैले मित्रलाई सान्त्वना Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : घाइते

~टीका सुवेदी~

दृश्य एक

    सहरको अफिस जाने समय। व्यस्त सडकमा एउटा दुर्घटना हुन्छ। मोटरसाइकल-चालक एउटा युवक र ठक्कर लागेकी एउटी युवती दुवै अत्यन्त नराम्रोसँग घाइते हुन्छन्। हल्लाखल्ला मच्चिन्छ, भीड जम्मा हुन्छ। पुलिसहरू आउँछन्, घटनाको जायजा लिन्छन् र दुवै घाइतेहरूलाई नजिकैको ‘नर्सिङ होम’ मा भर्ना गराईदिन्छन्। संयोग, दुवै एउटै वार्डको एउटै कोठामा भर्ना हुन पुग्छन्। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : मलाई माफ देऊ

~कृष्ण धरावासी~Krishna dharabasi

टाउको किचिसक्दा पनि लिरिक-लिरिक पुच्छर हल्लाइरहेको सर्पले झैँ संवेदना मरिसकेको काठजस्तो मन फेरि एकपटक झल्याँस्स भएर बौरियो, तर्सियो । कल्पनै नगरिएको, नसोचिएको, नचिताइएको समाचारले लास पनि बौरिँदो रहेछ क्यारे, लासै त भइसकेका छौँ नि हामी । हामीलाई दुख्न छोडेको, ऐया हुन छोडेको कति भइसक्यो – सहनु भनेको पनि असहनुको अनुभूतिको विपर्यास हो । असह्यता नै नरहे पछिको सहनु भनेको शब्दकै मृत्यु भइसक्छ, हो । कति देखियो-देखियो मृत्यु, कति भोगियो । आफ्नै देशमा, आफ्नै घरआँगनमा, आफ्नै घरभित्र भएका हत्या, बलात्कार र वीभत्सताहरूले सुकेका आँसु र अस्ताएको मन बोकेर नमरिरहेका हामीलाई अझै दुख्छ होला, Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

समीक्षा : शास्त्रीय छन्द, बहर, लोकलय, उच्चार्य सममात्रिक लय र आक्षरिक लयमा नेपाली गजल लेखन

~घनेन्द्र ओझा~

लय परिचय :-

लय भन्नाले कुनै कुरा पढ्दा या उच्चारण गर्दा उत्पन्न हुने स्वाभाविक प्रवाह हो । कुनै कुरा सललल बगेर कतै पनि अप्ठ्यारो नमानी पढ्न या उच्चारण गर्न सकिन्छ भने त्यहाँ स्वाभाविक रूपमा लय उत्पन्न हुन्छ । कुनै पनि पाठको यति ९विश्राम० र गति ९पढ्दा उत्पन्न हुने स्वाभाविक प्रवाह० को उचित संयोजनबाट लय उत्पन्न हुन्छ । लय उत्पन्न हुने विभिन्न कारण हुन सक्छन् । शब्दचयन, लेखनकला, अनुप्रासयोजना, अक्षररमात्राको एकरूपता आदिले पाठमा लय उत्पन्न गराउने गर्दछन् । यस लेखमा अक्षररमात्राको एकरूपताबाट कसरी लय उत्पन्न हुन्छ ? भन्ने बारेमा उल्लेख गर्दै नेपाली गजलमा लयको प्रयोग र परम्पराबारे केही चर्चा गरिएको छ । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

स्रष्टा जीवनी : गोपाल योञ्जन

~नरेन्द्रराज प्रसाई~

जीवनीस्वर, सङ्गीत र शब्दका शिखर

मेरो टोपी कैलाशको शिरजस्तो
मेरो टोपी हिमाली भीरजस्तो
कहिले पनि झुक्न नजान्ने
कहिले पनि लुक्न नमान्ने
मेरो टोपी नेपाली वीरजस्तो ।
(स्वर, सङ्गीत र शब्द : गोपाल योञ्जन)

गोपाल योञ्जन नै त्यस्ता महान् प्रतिभा हुन् जसले राष्ट्रिय गीत लेखेर, ती गीतको सङ्गीत गरेर र ती गीतहरूलाई आफ्नै स्वरले पृथ्वीको फेदीबाट २९००२ फिटको उचाइसम्म पुर्‍याएका थिए । गोपाल योञ्जनका राष्ट्रिय गीतका शब्दहरू जति परिपक्व छन्, उनका गीतका भावहरू पनि त्यति नै नेपाली माटोसँग टम्मै मिलेका छन् र उनीद्वारा सिर्जना भएका गीत जति स्तरीय छन् त्यति नै जीवन्त, शाश्वत र ओजिला पनि छन् । उनका राष्ट्रिय Continue reading →

Posted in स्रष्टा जीवनी | Tagged | Leave a comment

गजल : मयल फालेर मरौं

~निराजन बतास~

टक्टकाउँदो स्वर्ग टेक्न मयल फालेर मरौं
बाँचुन्जेलको मनको धब्बा पखालेर मरौं

डाह, इर्श्या, घमण्ड सुहाउँदैन मान्छे हुन
आरिसको सिउँडी पूरै उखालेर मरौं Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : श्रृजनाका बिस्कुनहरु

~पिताम्बर राइ~

बिस्कुन् त सानै थियो श्रृजनाको
तर नानाथरिको विउहरुपो सुकाइदिए छ ।
कस्लाई पो के थाहा त्यो विउहरुले
कस्तो कस्तो अन्नाज दिन्छ भनेर ।
भरखरैमात्र देखेथें श्रृजनाको बिस्कुनलाई
कति छिटो बिउहरु जम्मा गरेछन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : जीवनको परिवेश भित्रै

~शङ्कर ‘प्रेरणा’~

केटा :
जीवनको परिवेश भित्रै
खुशी बाँड्ने भावना सँगै
हरपलमा साथ रहने
हृदयको चाहाना यो

केटी :
समयका छाल सँगै
हरपलका सौगातहरू
सङ्गाली रहुँला Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

शोधपत्र : विधा तत्वका आधारमा सन्त्रस्त आँखाहरु कथासङ्ग्रहको अध्ययन

~विनिता कुइँकेल~

विधा तत्वका आधारमा सन्त्रस्त आँखाहरु कथासङ्ग्रहको अध्ययन
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत
पद्मकन्या बहुमुखी क्याम्पस, नेपाली शिक्षण विभागको
स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रको
प्रयोजनका लागि
प्रस्तुत

शोधपत्र

शोधार्थी
विनिता कुइँकेल
पद्मकन्या वहुमुखी क्याम्पस,
बागबजार, काठमाडा
२०७२ Continue reading →

Posted in शोधपत्र | Tagged , , | 1 Comment

कविता : पागलपन

~अर्जुन दाहाल~

यहाँ एक मानिस छ जसको ,
– आँशुको हिसाबकिताब छैन ,
बग्छन र बगिरहनेछन ,
– चोटको गन्ती छैन ,
केही थिए र केही पुन थपिनेछन ,
– वेदनाको औचित्य छैन , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पौराणिक बाल कथा : चार मित्रहरू

~उमाशङ्कर द्विवेदी~

कुनै वनमा एउटा पोखरीको डिलमा बसेर हिरण्यक मुसा, मन्थरक कछुवा तथा लघुपत्तनक काग गफ गर्दै थिए । त्यतिकैमा चित्रा· नाम गरेको एउटा मृग शिकारीको भयले त्रसित भएर कुद्दै त्यहीं आइपुग्यो । तर्सिएर भाग्दै गरेको त्यस मृगलाई आफूतिर आइरहेको देखेर लघुपत्तनक काग उडेर अग्लो रूखको हाँगामाथि गएर बस्यो । हिरण्यक मुसो नजिकैको झाडीमा गएर लुक्यो तथा मन्थरक कछुवा पोखरीको पानीभित्र छिर्‍यो ।

केही बेरपछि लघुपत्तनक कागले त्यस मृगलाई राम्ररी हेरेर मन्थरक कछुवालाई सम्बोधन गर्दै कराउन थाल्यो– मित्र, मन्थरक, बाहिर आऊ । यो त एउटा मृग हो, जो तिर्खा लागेर पोखरी छेउ पानी खान आएको छ । यससित हामीले तर्सिनुपर्दैन । त्यसको कुरा सुनेर मन्थरकले समयोचित विचार व्यक्त गर्दै भन्यो–मित्र, लघुपत्तनक जसरी यो मृग बारम्बार पछाडि फर्केर डरले निश्वास छाड्दै गरेको देखिन्छ त्यसले त के लागिरहेछ Continue reading →

Posted in पौराणिक कथा, बाल कथा | Tagged , | Leave a comment