कविता : नेपाली सन्देश

~प्रभुराम राई~

नेपाल बाँचे नेपाली भन्ने मानिस बाँच्दछ
नेपाली भाषा, साहित्य, कला, संस्कृति साँच्दछ

एसैले आउ नेपाललाई बलियो बनाउँ
नेपाली हाम्रो श्रम र सीप स्वदेशमै लगाउँ

नेपाल भोकै रहन्छ सीतो एउटैले नखाए
नेपाल नाँगै रहन्छ टालो एउटैले नलाए

एसैले आउ गाँस र बास सबैलाई पुर्याउँ
नेपाली हाम्रो श्रम र सीप स्वदेशमै लगाउँ

पहाड भन्छ पसीना पाए म र्स्वर्ग भुलाउँथे
मधेश भन्छ हक्लि पाए म सुन झुलाउँथे

के छ र गाह्रो हास्टेमा हैंसे सबैले मिलाए
सबैले चोखो श्रम र सीप स्वदेशमै पोखाए

प्रकृतिले नै सिंगारे जस्तो पहाड मैदान
गौरवशाली बुद्ध र पृथ्वि पर्ूवज महान

सुन्दर माथि सुन्दर थपौं गौरव बढाउँ
नेपाली हाम्रो श्रम र सीप स्वदेशमै लगाउँ

प्रभुराम राई
खोटाङ बुइपा- २

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.