~समीर पाख्रिन~
अन्तर विद्यालय ‘अङ्ग्रेजी हिज्जे तथा हस्तलेखन प्रतियोगिता’ कार्यक्रममा स्थानीय डा. कुमारलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको थियो । डा. कुमारले आफ्नो व्यस्तता देखाइ पन्छिने सक्दो प्रयास गरेका थिए तर आयोजकको ढिपीको अगाडी उनको केही लागेको थिएन । अन्तत: उनी आमन्त्रण स्वीकार्न बाध्य भएका थिए ।
“डाक्टर सापहरूलाई फुर्सत नै कहाँ पाइन्छ र । बिहान उठेर आँखा मिच्दै क्लिनिकतिर दौड्नुपर्छ । क्लिनिकबाट क्वार्टर र क्वार्टरबाट फेरि सरकारी अस्पताल । अति व्यस्त दिनचर्या । डाक्टर शब्द व्यस्तताको पर्यायवाची भन्दा पनि हुन्छ ।” प्रमुख अतिथिको प्रतीक्षामा बसेका दर्शकहरूमध्ये एकजना अधवैशे महिलाले टिप्पणी गरेकी थिइन् । हुन पनि प्रतियोगिता सम्पन्न भएको एक घण्टा बितिसक्दा पनि प्रमुख अतिथिको Continue reading