लघुकथा : परिणाम

~यकिना अगाध~

यो धेरै वर्षअघिको कुरो हो । हिन्दू धार्मिक कथाअनुसार त्यतिबेला महादेव नाम गरेका भगवान सबैभन्दा शक्तिशाली थियो । उसले जसलाई जे बरदान दियो तुरुन्तै प्राप्ति हुने गर्दथ्यो ।

एकदिन सर्पलाइ आफू पृथ्वीको सबैभन्दा शक्तिशाली जीव बन्ने इच्छा पलायो र महादेवको चाकडी गर्न उसको निबास पुग्यो । महादेवलाई खुशी पार्न उ महादेवको गोडामा लम्पसार पर्यो । यो देखेर महादेवले भन्यो– ‘ठीक छ । म तिम्रो इच्छा पुरा गरिदिनेछु तर तिमीबाट मैले के पाउने आशा राखौं र खै ?’

सर्पले आफूसंग दिने कुरा केही पनि नदेखेपछि बिन्ति चढायो– ‘भगवान ! Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

मनोवाद : कान्छा ! आजपनि गाउँ त रातै होला हगी !

~दीपशीखा~

कान्छा ! तिमी त आराम हौला पहाडहरुमा ! तिमी तकुशल हौला स्याउले झुपडीहरूमा । भर्खर भुल-भुले मुहान पानीमा तिम्रो आँत शितल होला । ठेला उठेका हातले उब्जेको श्रमको गाँसमा तिमी त पवित्र हौला । आज पनि देखिन्छ होला नसिङ्ग डाँडामा हात कान र घाँटीमा नाचेका संगीनहरु ! राम्चेको विभत्सतामा आज पनि तिमी डुल्छौ होला । सेतु जैसीको आँगन तिम्रो पर्छ की पर्दैन । तिमी आँगनिमा एकैछिन गम खान्छौ होला । दारबोटको जंगल तिम्रो कर्म क्षेत्रमा फुल्छ कि फुल्दैन अँ आज पनि उस्तै रातो भएर फुल्छ होला । तिमी फुस्रदको बिसौनीमा आज पनि पाभेल गुनगुनाउँछौं होला । ताओचिङ्ग बुनेर मनभरी भरी एक अंगालो खसे्रटो बोकेर ओयाङ्ग हाइ जस्तै रमाउँछौं होला । छिन्ताङ्ग सुखानी र पिस्करको दुखाईमा तिम्रो चेत आज पनि दुख्दै होला । दुखाई र कष्टको संयोजनमा आजपनि तिमी सल्लेरी बुन्छौ होला मनभरी र सलाम टक्रयाउछौं होला जेलवाङ्गलाइ । Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

गजल : लुकाएर गल्ती गरिस्

~झटारो काइँला~

खल्ती भरि चोर डाँका, लुकाएर गल्ती गरिस्
चिच्याएर व्यर्थ घोक्रो, सुकाएर गल्ती गरिस्

घरभित्र साँढे भई, दादागिरी चलाउछ्स्
‘प्रभु’ छेउ स्वाभिमान, झुकाएर गल्ती गरिस् Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : धुमलिएको छ घाम !

~उमेश सामिप्य कान्छा~

बढ्दो छ अन्धकार, धुमलिएको छ घाम !
जब बाँच्ने इच्छा छैन, तब स्वप्न के काम !!

टुक्रिएका मेरा भावना, मोल कतै पाइन !
निराकार यस्ता भावनाले, कस्तो पाउला दाम !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : भूमिगत रेलयात्रा र शौचालय

~कोमलप्रसाद पोख्रेल~

अक्टुबर ५, २००६ प्रातः सधैंभन्दा अलिक चाँडो म आफ्नो दैनिक नित्यकर्मबाट निवृत्त भएँ । छोरी कृष्णाले भोजन तयार गरिन् । भोक लाग्ने बेला भएको थिएन, तर सिन्कीको स्वादिष्ट रस र दही भएपछि मलाई भोक लाग्नु पर्दैन भोकलाई म लाग्छु । समयमै मुखमा बेराबारा नगरे पेन्टले पेट अँठ्याउन सक्तैन । अमेरिकामा डकारुन्जेल खानु हुदैन, त्यसैले अपानवायु चलुन्जेल खाएँ ।

सो दिन सबेरै भोजनमा सामेल हुनुको मुख्य प्रयोजन के थियो भने म मेरी आत्मीया चेली गोमा संग्रौलाको निमन्त्रणामा २०६३ बडा दशैंको टीका लगाइदिन र आशीर्वाद दिन आर्लिङ्टन जाँदै थिएँ । गोमाहरू पाँच दिन अघि मात्र डी.सी. बाट त्यहाँ सरेका थिए । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : परिवर्तन

~ज्ञान बहादुर राई~

एक सय चार सालको कालो औंशी रात
सुतिराख्या, सबै मौन, जंगे भुतको त्रास
मान्छे खाने भुत रे’छ, गाँइगुई कुरा चल्यो
एक कान, दुई कान, हुदैं मैदान, मुलुक भरी फैल्यो

हुन्न क्यारे सुति यसै, सबको खुल्यो आँखा
कोही जुटे घरैबाट, कोही कुदे पाखा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : खै–खै

~केशवराज पिँडाली~

कसले सुनिदेला यो गुनासो ? बाबुले हप्काई–हप्काई आमाले फकाई–फकाई कति भने– केटाकेटीमा ‘चुरोट नखानू’ भनेर, कानमा बतास लाइएन । अब आज आएर पछुताउनु परिरहेछ । खानु के छ र उही पनि यो महँगीको चुरोट न हो ? आफ्नो रगत–पसिनाको पच्चीस प्रतिशत आम्दानीलाई डाँडो कटाउनु छ र जीउ बिगार्नु छ । ताडिफ ! तैपनि म खाई नै रहेछु ।

नेपालमा प्रत्येक मालको भाउ छिनमा तोला, छिनमा मासा भइरहन्छ । त्यसदिन सुनेँ, चुरोटको भाउ धरहराको टुप्पोमा चढ्यो । आफू त भइयो पुड्के, हात पनि लामा भएनन् । धरहराको Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : घमण्डी कवि

~मोहन दुवाल~

कस्तो घमण्डी कवि
कस्तो अप्ठ्यारो कवि
आफ्नो प्रशंसा आफै गर्न
रुचाउने अनौठा कवि
आत्मा प्रशंसाका भोको
पारखी कवि,
देवकोटा, रिमाल, भूपिभन्दा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : उठ्छ मेची काली

~थरेन्द्र बराल~

नेपाल हाम्रो हो जागौ तन्नेरी
जुरूक जुरूक उठौ सबै
बिकासको ऑधिबेरीनै चलाउ बेस्सरी ।

सूनको खेती छैन नजाउ समुन्द्रको पारी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : ॐ जय लक्ष्मी माता !

~विजय खरेल~

लय : लक्ष्मीको आरति

ॐ जय लक्ष्मी माता !
न त कहिल्यै हाकिम मन्त्री हुन पाता
न त भन्सार करमा कहिल्यै छुन पाता
न त व्याङ्कको हिनामिना अधिकृत हुन पाता
यसो यताउति मिलाई दिए तिम्रो के जाता ? ॐ जय….

सकिएन कहिल्यै खोल्न कडोरको खाता Continue reading →

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

लघुकथा : सुन्नेलाई सुनको माला

~शान्तिराम ढकाल~

बाले जमानामा जंगलामुलुक फांडेर ओरालो भिरालो, सम्म जोडेर कुलो पैनी खनेर एउटा ठुलो खेत तयार पार्नु भएको थियो, आमैले धेरै दुख: गरेर दुई भाइ जुम्ल्याहा दाजुभाइलाइ हुर्काउनु भो बढाउनु भो पढाउनु भो, सारै मिल्थे दुवै जना | शत्रु उनीहरूको एकता देखेर सिर ठाडो गर्न सक्दैन थिए ! शत्रुहरु इर्श्या र डाहा गर्थे उनीहरूको एकताको मिशालनै थियो उनीहरूको कारणले त्यो गाउँमा शान्ति अमन चयन र न्याय थियो| कसैले पनि अनाहकमा दुख:पाउदैन थिए सारै सभ्य गाउँ थि Continue reading →

Posted in लघुकथा | Tagged , | Leave a comment

कविता : भो, अब छेपारो नबन

~अशोक थापा~

भो अब छेपारो नबन
इतिहासका क्यानभासमा धेरै छेपाराहरू घोचो समाएर निदाए
सपानामाथि धावा बोले जनताका
विचारा ! विकासका मुनाहरू,
अब तिम्रो अभिमान बन्द गर
किनकी घोचो पनि मक्किएको छ अब Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हिउँझैँ आयौ हिउँझै गयो

~कृष्ण जोशी~

हिँड्दा हिँड्दै
विष्फोट फाटेर
दोबाटोले तिमीलाई निलेको देख्थेँ
कहिले फेरि
अनजान मान्छेले जबर्जस्ती
अनजान ठाउँतिर लगेको पनि देख्थेँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : उनको सम्झना……

~लिला बल्लभ नेपाल~

सपनीमा तर्सिएर नब्युँझिएको रात छैन
उनकै यादमा नतड्पिएको गोधुली साँझ छैन ।।

सम्झनाको बाढी आउँदा मत बाढी पीडित भाछु
उनकै नामको बाहेक मैले नफेरेको सास छैन ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लोक कथा : ट्याम्केकी देवी

~सङ्कलन : रामविक्रम थापा~

पूर्वी पहाडका अग्ला डाडाहरूमध्ये ‘ट्याम्के’ सबैभन्दा अग्लो (३६२० मिटर) र प्रसिद्ध डाडा हो । सफा मौसमको सूर्योदयपूर्व ट्याम्केबाट दार्जीलिङ र काठमाडौं समेत देख्न सकिन्छ । खोटाङ र भोजपुर जिल्लाको सिमानामा अवस्थित यो ट्याम्के डाडामा देवीथान छ ।

पहिले, ट्याम्केकी देवी भोजपुर जिल्लाको लेखर्क गाविस अन्तर्गत रुपाथुम्की भन्ने लेकमा थिइन् र त्यहाबाट ट्याम्केमा सरेकी हुन् भन्ने यस्तो किम्वदन्ती छ – Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

व्यङ्ग्य कविता : मौका यही हो ६०१ सके जति लुट

~इश्वर देवकोटा~

उत्तरमा हिमाल छ सधै हिउ पर्छ
नेपालीको हरेक रात अन्धकारमै टर्छ !!
बोल्न पनि कति सक्या झुट माथि झुट
बाहिर चाही सहमति भित्र कुटाकुट
मौका यही हो ६०१ सके जति लुट !!

१७ पल्ट चुनाब गर्दा प्रधानमन्त्रि छैन Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : रक्स्याहाहरू

~खेम बतास~

अबदेखि
मलाई रक्स्याहा फकिर भन्ने
अधिकार छैन कसैलाई
यो पृथ्वीले समेत
रक्सी पिएको समयमा

हामीले रक्सी पिउन सिकेका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतिबिम्ब बोल्छ

~दीपा राई पुन~Deepa Rai Pun

जीवन अनुभूतको पाइलामा
भेटे जति सबै -सबै
एउटा भिन्न कविता रहेछ
पढ्छु-बुझ्छु ,भन्दा -भन्दै
धमिलिएर हराई जाने
कहिले त्यसै भित्र डुबेर
आँफैलाई खोज्नु पर्ने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : उनी आइनन् त….

~कमल खतिवडा~

गाउँमा वसी सक्नु थिएन । युवाहरु घर छोडेर कोही शहर पसे कोही विदेश हिडें । हामी सर्वहारा वर्गको उन्मुक्तिका लागि लड्दैछौ अव तपाइहरुले पनि सहयोग गर्नु पर्छ भन्थे । उनीहरु धन वा जन चाहन्थे । नदिनेलाइ जवरजस्ति पनि गर्थे । एक दिनको कुरा हो महिला कमाण्डरको टोली घर भित्र प्रवेश गर्यो । नत हामीसँग धन थियो नत जन । हामीले उनीहरुको मागलाई पुरा गर्न सकेनौ । त्यसपछि पाखुरै दुख्ने गरि कमाण्डरले मलाई च्याप्प समाइन “खुरुक्क हिड नत्र तलाई ” .. म विचरो के वोल्ने । उनीवाट उम्कीन खुब कोशिस गरें । परिवारको रोइ कराइले ठूलै कोलाहाल मच्चियो त्यसवेला । सहयोगका लागि छिमेकी आउन Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : बिन्दुको गाइनोएक्जाइल

~प्रवीण राई जुमेली~

त्यस दिन बिन्दु सुटुक्कै नै ड-सित पसेकी थिई – फुड-कोर्टमा । ढ भने कता छाडियो, त्यो अहिलेको उसको चासो भएन। भनूँ अहिलेको यो क्षण उसले ड-लाई नै समर्पित गरिदिई। तापनि उसको आइफोनमा ढ-को कल घरि-घरि आइरहेथ्यो जसलाई उसले काटिदिइहाल्दथिई। ड-ले उनीहरु दुवैजनाको लागि फलको रस र पकौडा मगायो।

उनीहरुको गफमा त्यस्तो खासै गहिराइ थिएन। तर बिन्दु आज केही असहज जस्ती देखिन्थी। ड-ले उसको आइफोन हेर्दै ‘बजारमा आउने नयाँ-नय़ाँ ग्याजेटहरु तिम्रो क्रेज होइन?’ सोध्यो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ईश्वर पनि छैन जस्तो लाग्छ

~ललिता कार्की~

आँखाभरि आसुँ झारी आइज काल भन्छ
मुटुभरि भक्कानिएर प्रिय भन्दै रुन्छ
दुश्मन हाँस्ने खेल भयो भन्दै छाती पिट्छ
बस्न धेरै गाह्रो भयो थातै छोड्छु भन्छ ।

हिड्दै थिए गोरेटोमा एक्लै उ आई भन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आँशु

~राकेश कार्की~Rakesh Karki

गाउँदेखि सदरमुकामसम्म
शहरदेखि राजधानीसम्म
हिमालदेखि तराईसम्म
वारीदेखि सीमा पारीसम्म
नाबालक अनि निर्बललाई
तिं पर घारीसम्म
ओछ्यान परेकालाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिनले बोधि प्राप्त गरुन्

~बिभोर बराल~

जंगलसँगको मेरो सम्बन्ध
निकै पुरानो हो
आदिकालमा मेरा पुर्खा
जंगलमै बस्थे
पछि बिस्तारै उनीहरुले
गाउँ, बस्ती हुँदै
शहर बसाले
तर जङ्गलसँगको तिनको सम्बन्ध Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मनोवाद : मुस्कान छैन

~अच्युतरमण अधिकारी~

धेरै छन् कुरा ! छट्पटी छ, वेदना छ तर मुस्कान छैन । मुस्काउन मुस्किल पर्छ नि त ! कसैले भनेर भएन, कसैले जानेर भएन ! आफ्नु मुस्कान त आफैँसँग छ, यहीँ हुन्छ- त्यो कसलाई पो थाहा हुन्छ र ! कति छन् तिर्सना, कैयौँ छन् चाहना- अझ साह्रै पोल्दो गरी आउँछ वेदना ! वेदनाले पोल्छ, आफन्तले होच्याएको र घिच्याएको यथार्थभन्दा अझै कति बढी पोल्छ वेदनाले । त्यस्ता कति छट्पटी आउँछन्, पौडिन्छन् र हामीलाई सताउँछन् । यस्तै त छ सही यथार्थ ! अनि मुस्कान कसरी आओस् त गाँठे ! ल्वाँठेलाई स्वाँठे बनाउन सके पनि त हुन्थ्यो नि ! त्यसैभए अर्कै मुस्कान आउँथ्यो । आज पनि मुस्काउन खोज्छु, मुस्कान आउँदैन । नेपाली उखान बखानमा केके सुन्छु मसँग छैन । नभएपछि हुँदोरहेनछ त ! Continue reading →

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

छन्द कविता : मित्रता

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द :- शिखरिणी

सयौँ छन्दे रानी कमलनयनाले मन हरे
तिनैका आभामा मगमग सुधासागर तरेँ
डिका कोर्दै भर्दै मृदुल लयमा गाउन हुने
तिनैका छातीमा व्यथित मन टाँसी रुन हुने ।।

“परी” मन्दाक्रान्ता अति सरसिली यौवनवती
तिखा आँखा गाडी कर-कलम नाचे कतिकति
मनै थाम्नै गाह्रो चुलबुल अहो ! रूप उनको
छुँदैमा, सुँघ्दैमा अनुभव “माठाई, सगुन”को !! Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : उर्वर समय

~बिपिन शर्मा~

मेरो लागि संसार उस्तै हुन्थ्यो। हो कुनै कुनै कुराहरु बदलन्थे तर परिवर्तन पनि त आफैंमा निश्‍चित थियो। म केहि अनुमान गर्न सक्थें परिवर्तनको पनि। भोली यस्तो होला……. साँच्चै हुन्थ्यो,…. वा अलिकति फरक हुन्थ्यो। म विहान सधैं आफूलाई ऐनामा हेर्ने गर्थें। मेरो पहिरन हिजोको भन्दा फरक हुनसक्थ्यो तर म उस्तै….। म विहान उठेर सवेरै कलेज लाग्दा कलेज, नलाग्दा मर्निङवाक जान्थें। अनि फर्केर खाना खाएर ९ बजे अफिस पुगिसक्थें। मेरो लागि जीवन कुनै खास कुरो जस्तो थिएन। नियमित थियो। म खुसीमा हास्थें। रुनुपर्ने अवस्था Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Child Rights And The Street Boys

~Abhishek Bhandari~

I walked through the streets
I walked through the lanes
I see the folks mistreats
And I feel their tearful pains.

They revealed their ragged backs
They showed their severish shelter Continue reading →

Posted in Poem | Tagged | Leave a comment

भलाकुसारी : म गम्भिर किसिमको मान्छे छु – मदनकृष्ण श्रेष्ठ

आजकल दिन कसरी बिताइराख्नुभएको छ?

दिन आफैं बितिराखेको छ, हामीले केहि गर्नै पर्दैन। हामी चाहिं दिनसँगसँगै हिड्ने प्रयास गरिराखेका छौं। बिहान सवेरै उठ्छु नुहाइधुवाइ गर्छु। बिहान ठिक ७-४० तिर घरवाट निस्कन्छु। महसंञ्चार अहिले बाँसबारीमा सारेका छौं । त्यसैले २० मेनट बाटोखर्च राखेर हिड्छु दौडादौड गरेर हरिवंशभन्दा अगाडि पुगौं भनेर।

प्रतिष्पर्धा पनि हुन्छ तपाईहरुमा? Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

Poem : A mess

~Shrisha Tuladhar~

When the world’s on the start

I’m still on the ways

And the ways to make things right

And when the world’s looking beautiful

I pop to mess things up
Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कार्यपत्र : डायमनशमशेरको औपन्यासिक सफलता

~कुमारप्रसाद कोइराला~

विषयप्रवेशः-

नेपाली उपन्यासको इतिहास त्यति लामो छैन । वि.सं. १८२७ देखि औपन्यासिक रचनाहरू लेखिन थालिए तापनि नेपालीमा पहिलो मौलिक उपन्यास भने वि.सं. १९५६ मा लेखिएको, वि.सं. १९६० मा प्रकाशित वीरचरित्र नै हो । त्यसबेला यो कृति अत्यन्त लोकप्रिय भयो । लोकप्रियता नै यसको ठूलो सफलता भयो । यसका रचनाकार थिए गिरीशवल्लभ जोशी । उनले पहिलो भाग प्रकाशित गराएपछि अन्य भागका लागि पाठकहरूको धेरै माग आयो । उनले उपन्यासका हस्तलिखित प्रतिहरू निकालेर दरबारभित्र र बाहिरका Continue reading →

Posted in कार्यपत्र | Tagged , , | Leave a comment

स्रष्टा परिचय : नेपाली साहित्याकाशका चम्किला तारा वासु शशी

~प्रद्युम्न जोशी~

जीवन बुझ्न कविता बुझ्नपर्छ,
कविता नै जीवन बुझ्ने सुन्दरतम् साधना हो,
-बासु शशी

प्रसिद्ध कवि एवं नाटककार वासु शशीको जन्म वि.सं. १९९३ चैत १३ गते पशुपतिको जयवागेश्वरीमा भएको थियो । नेपाली भाषा साहित्यमा उनले निरन्तर दिएको योगदान सधैँ अविस्मरणीय रहेको छ । कवि शशी सधैँ हँसिलो, फर्ुर्तिलो, रातोपिरो अनुहार, साना केटाकेटीदेखि बूढाबूढी हरक्षेत्रका मानिससँग मिलनसारका व्यक्तित्वका धनी थिए । बहुमुखी प्रतिभाका धनी वासु शशी नेपाली साहित्याकाशका एक चम्किला तारा हुन् । शशीले साहित्यका हरेक विधामा कलम चलाएर साहित्यिक परिवेशलाई फराकिलो बनाउन उल्लेखनीय योगदान पुर्‍याएका छन् । नेपाली साहित्यमा उत्कृष्ट नाटक, कविता, गीत, उपन्यास, मुक्तक, नेवारी नाटक, अनुवाद एवं सम्पादनसहित Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

समीक्षा : सिड्नी शेल्डनका लागि भोलि कहिल्यै आएन

~उद्धव उपाध्याय~

विश्वमा साहित्यिक क्षेत्रमा आफूलाई समर्पित गरी साहित्य साधनामा तल्लिन रहेका धेरै लेखकहरू छन् तर सबैले सान, सम्मान र सम्पत्ति आर्जन गर्न सकेका छैनन् ।

इज्जत प्रतिष्ठा सँगैसँगै पैसा कमाउने आधुनिक उपन्यासकारहरूमा ८९ वर्षो उमेरमा भरखरै दिवङ्गत हुनुभएका अमेरिकी लेखक सिड्नी शेल्डनको नाम उल्लेखनीय रहेको छ । उपन्यासमा साहसी महिला पात्रहरूलाई विशेष तरिकाले प्रस्तुत गरी महिला वा मातृशक्तिको उदाहरण दिई महिलाको भर नपाई पुरुष केही गर्न पनि सक्षम हुँदैनन् भन्ने सन्देश उनले दिएका छन् । उनका मुख्य पात्र महिला हुन्छन् तर तिनीहरू हामीले सोचेझैँ कमजोर र काँतर हुँदैनन् । उनीहरू सुरासाहसी भएर पनि उनीहरूमा महिलामा हुनुप Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment