कथा : पारुको विवाहपछि…

~सविता सापकोटा~

जुन दिन अभयले सिउँदो रङ्गायो, गलामा पोते भिराइदियो त्यही दिनदेखि उसको बनी पारु । परम्परा अनुसार धुमधामसँग बिहे भयो उनीहरुको । जन्ती पनि धेरै आएका थिए । एक्ली छोरी धुमधामसँग अन्माइदिए बाआमाले ।

कोरिया गएर आएको केटो, अभय सुनले ढपक्कै ढाकिदियो । ‘भाग्यमानी रहिछे केटी ।’ ‘जाँड, रक्सी, चुरोट केही नखाने असल लोग्ने पाइ ।’ यस्ता टिप्पणी धेरैले गरेका थिए बिहेमा । यथार्थमा पारु जस्तो अशल र हकी केटी पाएर केटो पनि भाग्यमानी नै थियो ।

१ महिनाको छुट्टीमा नेपाल आएको रहेछ अभय । त्यही मेसोमा पारुसँग बि Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म सक्दिन लुकाउन !

~प्रज्वल अधिकारी~

तिम्रो पो जिन्दगी !
जिन्दगी त
लुकाउन सकिने पो हुनुपर्ने – तिम्रो जस्तै !
बढेसँगै उमेर
तिम्ले झैं –
उमेर नै लुकाउन मिल्ने भए पो !
तिमी बढेसँगै बढेका
तिम्रा विभिन्न अंगहरू Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गुराँस

~शोभा शर्मा~

सपनामा,
लालीगुराँसको थुँगा
हाँगासहित झरेर मेरो हातैमा खसेको थियो
के हुन्छ अब
सपना पुरा हुन्छ प्रिय?

पाखातिर गुँरास फूलेको होला Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो नाममा एक छिन

~मोहन बन्जाडे~

ऊ बेला
उपनिवेश, अत्याचार र शोषण रक्षाको लागि
पहिरन फेरेर
जासुसीका लागि
नेपाल छिरेका जासुस जिलेस्पिले
षडयन्त्र खुले पछि
बेतिया पुगेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : अनेक आयाम छन् किराँत चाडका

~अमर तुम्याहाङ~

अढाइसय वर्ष लामो सामन्ती एकात्मक शासन ढलेर मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको तीन वर्षपछि किरात जातिले धूमधामसँग मनाउँदै आएको किरात चाडले पहिलो पटक उमुक्ति पाएको छ राष्ट्रिय चाडको रूपमा । नेपालको एकीकरणको महान् यज्ञमा तत्कालीन समयका विभिन्न जातजातिले आफ्नो राज्यसँगै आˆनो भूमि, शासन व्यवस्था, सभ्यता र संस्कृति पनि चढाए । तत्कालीन नेपाल अर्थात् काठमाडौँ उपत्यका पूर्वका वल्लो किरात, माझ किरात र पल्लो किरातमा स्वराज्य सञ्चालन गरिरहेका किरात जातिले पनि क्रमशः वि.सं. १८३१ सम्ममा आफूलाई Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : भूपू कृषिमन्त्री हरिप्रसाद पराजुलीको मनोवाद

~सविन मिश्र~

पोहोर साल

जीवनको आधा उमेर त कृषि क्षेत्रकै लागि बलिदान गरेर बिताएँ। पार्टीले मेरो क्षमता त बुझेकै हो। एमाले पार्टी फुटाउँदा काम्रेड वामदेवलाई मैले दिएको साथको गुणले काम गर्‍यो।

पार्टी फुटाएर गएँ वामदेव काम्रेडसँग। त्यसको गुण तिर्न काम्रेडले कृषिमन्त्रीमा मेरो नाम सिफारिस गर्नुभयो। जे भए पनि सिंगो पार्टी हाँकेका मान्छेले सिफारिस गरेको मान्छे भनेपछि पार्टी अध्यक्ष काम्रेड ओलीले अनुमोदन नगर्ने कुरै थिएन। Continue reading

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

गजल : रहरको खाँचो छ !

~शेखर ‘अस्तित्व’~

स्वदेशी लयमा हृदयले लेख्ने रहरको खाँचो छ !
गजलको लागि को भन्छ उर्दू बहरको खाँचो छ ?

मुना-मदनको लयबद्धता त्यो को भन्दा कम छ र ?
महाकविझैं हिमाल चुम्ने लहरको खाँचो छ ! Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : ड्रयाकुला

~बिमल गुरुङ~bimal-gurung

अब आँधी आउँछ
कसैले रोकेर रोकिन्न
कोहि अत्तालिएर रोकिन्न
छेपारोहरुले बांध बाँधेर रोकिन्न
मच्छडहरुले अवरोध तेर्स्याएर रोकिन्न
माकुराहरुले नाकाबन्दी कसेर रोकिन्न
अब प्रचण्ड आंधी आउँछ
हुरी आउँछ
देश गडगडाउँदै चट्ट्याङ आउँछ
टाइफन आउँछ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : क्रान्ति

~प्रदीप रत्न शाक्य~

विद्रोही पानामा म थिएँ अक्षर इन्कलाबको ।
तिमी थियौ आवाज जिन्दाबादको ।
देश देख्न लालाहित घडी हामी, थियौं एउटै राँको ।
थियौं एउटै खोला ।
हो तातिन्थ्यो
त्यो भूमिगत ओछ्यान
भातृ स्नेहको मिठो तापले ।
हो चट्टान नि रुवा हुन्थ्यो Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘फाटेको टोपी’का कवितामा जनप्रेम र राष्ट्रप्रेम

~प्रा.डा.जीवेन्द्र देव गिरी~

हरि ऊँ प्रधान लिखित ‘फाटेको टोपी’ कविता सङ्ग्रहको पाण्डुलिपि पढ्ने अवसर पाएँ । यसको छिटै प्काशन हुने कुरा सुनेर हर्षित छु । नेपाली डायस्पोराका कविता र सिङ्गो नेपाली वाङ्मयका निम्ति नयाँ कुति भित्रिनु एक महत्त्वपूर्ण उपलब्धि हो । बाग्लुङको सुन्दर प्राकृतिक वातावरण एवम् ग्रामीण जीवनको सेरोफेरोमा हुर्केका प्रधान यतिखेर अमेरिकामा प्रवासी जीवन बिताउँदै छन् । तन अमेरिकामा भए पनि मन नेपालमा लगाइ रहने उनको जनप्रेम र राष्ट्रप्रेमको भावना ‘फाटेको टोपी’का कविताहरूमा प्रकट भएको छ । उनकी जीवन सँगिनी मीना शाक्य पनि कविता सिर्जनामा चर्चित छन् । कविताका सागरमा यस जोडीले सँगसँगै डुङ्गा खियाइ रहेको देख्न पाउँदा हामी सबैलाई हर्षानुभूति हुनु स्वाभाविक छ । कविता सङ््ग्रह प्रकाशनको यस सुखद अवसरमा म कविलाई हार्दिक बधाई Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : लाहुरे

~कमला सरुप~

“बैनीको दया छ भने रोधी घर मै नाचु नभने” विर्खबहादुरले हातमा बोकेको रेडियोबाट यी गीतहरु घन्किदा शुक्रबारे हाट नै रिमझिम भएको छ । सेतो पाइन्ट, पूmलबुट्टे सर्ट, घाँटीमा सानो चिटिक्क परेको रिवन, हातमा घडी र रंगीन चस्मा लगाएको र आफूले भिरेको रेडियोमा अलइण्डियाका हिन्दी र नेपाली फर्माइसका गीतहरु घन्काउँदै विर्खबहादुर आज शुक्रबारे हाट भर्न आएको छ ।

दश वर्षपछि भारतको लाहुरे भएर फर्किएको विर्खबहादुरको फूर्तीले गाउँका तरुनीहरु “लाहुरे दाइको जोवनै राम्रो भनेर गिज्याउन थालेका छन् ।” म त जस्ता पाए त्यस्तीलाई कहाँ विहे गर्छु र ? हाम्रो लाहुरमा कत्रो कोठी किनको छु मैले ठूला बडासँग उठबस भइसकेको म जस्तोसँग विहे गर्न त खप्पर लिएर आउनुपर्छ ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लेख : गीत–संगीतको समय

~बुलु मुकारुङ~

नेपाली गीत–संगीतको विकासमा राजारानी, नेता, मन्त्री, सभासद्, प्रशासक, उद्योग–व्यवसायीदेखि सैनिक र प्रहरीसम्मको योगदान छ।

हाम्रो लोकभाकाले भन्छ–
आकाशै गर्छ लौ गड्याङगुडुङ झारपातमा पर्छ शीत,
जसको मनमा विरह चल्छ उसैले गाउँछ गीत।

विरह, वेदना वा दुःख–दर्दमा नपर्ने को नेपाली होला? यतिबेला बाढी–पहिरोले पीडित छन्, नेपाली। उहिले भए गाइने दाइहरूले कर्खा गाइसक्थे– सुनकोशी र सुर्खेतको। हिजोआज टेलिभिजनहरूले भन्न थालेका छन्, घटना–दुर्घटनाका ‘कर्खा’। Continue reading

Posted in लेख | Tagged | Leave a comment

गीत : तिमीले दिएका मायालु कोसेलीहरुले

~चाँदनी शाह~

तिमीले दिएका मायालु कोसेलीहरुले
मान्छेलाई माया प्रति अास्था जन्माएछन् ।
तिमीले दिएका खुशी र उमङ्गहरुले
मान्छेलाई खुशी प्रति आशा दिलाएछन् ।।

हुन त यो तिम्रो मेरो घरायसी माया हुन पर्ने हो
तर आज हाम्रो मायाले तिमी र म को परीधी कोरेछ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : अविस्वासै गरेपछि

~राजुराम मुनंकर्मी~

मन दुख्छ कता कता,अविस्वासै गरेपछि
सुख,चयन छैन अचेल,अन्तर्घात नै भएपछि

जसले जान्यो उसैले हान्यो,सत्यको जमाना रहेन
सड०लो पानी दुषित बन्छ,विषको छिटा परेपछि Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : बिहेको त्यो रात

~ऋतु बराल~

बिहेको दिन डोलि अनमाई कार भित्र दुलई राखियो । म पनि उनी सँगै गाडि भित्र पसे । उनका साथीहरु बाहिरबाट कोई वाई वाई को इसारा, कोहि रुदै त कोहि बेहुलिलाई हसाउदै थिए। मलाई पनि आफ्ना साथीहरुले हसाँई रहेका थिए । हाँस हाँस आजै हो हास्ने दिन भोलिबाट रुनु पर्छ त्यसैमा अर्का साथीले थप्यो, थाहा छ ! केटी रुने भनेको बिवाहको दिन मात्र हो तर केटा हाँस्ने भनेको त्यही बिहेको दिन हो, बिवाह पछि रुनु मात्र पर्छ ।

ह्यया हावा कुरा नगर केटा हो भनेर कारको सिसा लगाए । ता कि साथमा भएकी जीवन संगिनीलाई कुनै असर नपरोस भनेर । मनमा एउटा सोचाई आयो साथीहरुले भनेको । के साच्चै बिहे प Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मान्छे निर्दयी पनि रहेछ

~बिनोद खड्का~Binod Khadka

जेठको उन्मत्त आकाशलाई सोधेँ
बर्षाको निवस्त्र झरीलाई सोधेँ
हिउँदको त्यो लुरे घामलाई सोधेँ
अनि चैत्रको अन्धो हुरीलाई सोधेँ ।

जीन्दगी के हो सबैलाई सोधेँ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनन्त शान्तिको लागी

~सरल सहयात्री पौडेल~

यो शान्तिको युग हो
कृपया
मृत्युको खेलमा मलाइ नहुत्याइयोस

यसको अर्थ Continue reading

Posted in कविता | Tagged | Leave a comment

डोटेली गीत : माइत आया हु

~उत्तम भट्ट ‘विवेक’~

तम्लाई छाडी कठै लाडी क्याइ माइत आया हु
न माइत कि न पोइलकी, कि दुख पया हु

को गद्दो हो चुलो भाडो को कुच्चो बाट्टो हो
दिन्या गोरु छाडी आइथिउ को घासु काट्टो हो Continue reading

Posted in डोट्याली गीत | Tagged | Leave a comment

कविता : नारि बन्न मन छ

~सुरेन्द्र जोशी~

मलाई महिला बन्न मन छ
रातो सारी, सुन्दर नारि एक घर बारी
छोरा छोरीका नाना, घरका अनेक बहाना
झन त्यसमाथि दुर्गम मा कुनै गम नमानी बस्न मन छ
सुन्दर नारि
रातो लिपिस्टिक, निधारमा टिका, बर ले बार ले घेरेको सिन्दुर Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : कल्पनाकी कान्छी

~हिरण्य भोजपुरे~

एउटा कुराको रहस्योद्घाटन गर्छु है म आज !

मानिस केका लागि बाँचिरहन चाहँदो रहेछ, थाहा छ ? Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : वीर फुच्चे

~लक्ष्मण नेवटिया~

बुवा नभएको मौकापारी आज फेरि फुच्चे का लागि खेलौना र ठूलोखाले केडबरी चकलेट बोकेर त्यो चिप्लो गाडी चढने बिर्खमान घरमा पस्दै थियो।

फुच्चे लाई उ घर आएको कहिल्यै मन पर्दैन्थ्यो।

आज के भएर हो आफ्ना सिंगानका लत्काहरू उल्टो हा Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मेरो देश नम्बर वान ?

~रोहण यादव~

आन्दोलनमा जहिले फस्ट
पुरा नेताहरुको बुद्धि भ्रस्ट
पैसा बाँड्नमा नेता व्यस्त
जनता बिचरा खाडीमा ग्रस्त
मेरो देश नम्बर वान ।

गरिबीको तरङ्गमा हाहाकार Continue reading

Posted in कविता | Tagged | Leave a comment

सौगात लम्सालका चार मुक्तकहरु

~सौगात लम्साल~

१.
हात को डोरि चुडिएर बित्तो भा को छु
बिना छानो बेवारिसे भित्तो भा को छु
कैले न सोचेको कुरा तिम्ले गरि दियौ
तिमी संग छुटे देखि रित्तो रित्तो भाको छु

२.
बिना गल्ती सबैको डर भो जिन्दगी Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गजल :समाचार फेरिन्छन्

~स्पन्दन बिनोद~

हरेक साझ हरेक बिहान, समाचार फेरिन्छन्
जसरी तिम्रो मोहनीले सब,गजलकार फेरिन्छन्

कति सफा गर्छ्यौ ऐना, सौन्दर्य लुकाएर
ऐना उहि रहन्छ प्रिय, अनुहार फेरिन्छन् Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : म मरे पनि

~प्रभात चिसो राई~

म जब नरहुँला
मेरा स्मृतिका निशानहरु
समयको पानीले पखालेर
म शून्य भएता पनि
मेरा कविताहरुमा बाँचीरहनेछु।

मेरा प्रेमिल कविताहरुसँगै Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : To The Ghost

~Arjun Dahal~

Who are you?
A beautiful lady ghost,
outside my window,
dazzling in white T-shirt and white mini-skirt.

O’ Lady, Continue reading

Posted in Poem | Tagged | Leave a comment

साउन विशेष कथा : मेहेन्दी

~नविन काफ्ले अभि~

साउनको महिना नारीको महिना हो रे त्यही भएर होला बहिनीले मलाई अषाढको अन्तिम साता नै भनेकी थिई दाई म साउनको पहिलो सोमबार पशुपति जाने हो तपाई साथमा गई दिनु पर्छ नि है भन्दै प्रमिस गराएकी थिई । महिना सुरु भए पछि पनि उसले मलाई झस्काएकी थिई । हुन्छ भने पछि जानै पर्ने थियो मैले न त बहिनीको सजाय खप्नु पर्ने , रिसाई भने कहिले ल्यापटप त कहिले आईफोन खरिद गरिदिनु पथ्र्यो यस पाला उ सँग ल्यापटप र आईफोन छदै थियो माग थियो स्कुटीको । त्यसैले पनि मैले उसलाई रिसाउन हाल्नु हुदैन थियो ।

साउनको महिना रात भरी पानी परेर पनि नथाकेको आकाश, पुरै डम्म बादल बोकी रकेको थियो । कायरा सँग कुरा नहुने हुँदा साँझ समयमै सुतेको थिए । बहिनीले ढोकामा बिहान ५बजे नै उठ्नलाई ढकढकाई । Continue reading

Posted in नेपाली कथा | Tagged | 1 Comment

गजल : आज बकवास भएँ

~रबिन राणा प्रयास~

कुनै दिन तिम्रो लागी खास थिएँ, आज बकवास भएँ
तिम्रै गलत सोचाईले केही भएन, नबद्लिने प्रयास भएँ

तिमी मात्र होईन संसारको हर मानिस खुसी चाहान्थेँ,
हर मानिस हर समय सबैले सोचे झैँ एकै नास भएँ Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : मातृभूमी

~लिला बल्लभ नेपाल~

टोपीको सान यो नेपाली जनको शिरैमा लौ वास होस्
अस्मिता देशको लुटाउन खोजे शत्रु परास्त गरोस्
कम्मरमा पोटुकी सँगै खुकुरी भिरेको नेपाली यो
शत्रुको हमला हटेन पछाडी गोर्खाली त्यो वीर हो ।।

बाँसुरी धुनमा बजाउँ गीत खै नेपाली यो भावको
आफ्नै पाखा भाखा सजाउँन पाउँ नेपालकै दिलको Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अाँगनको सन्देश

~अमृत सिङ थिङ~

यी अाँगनको धुलो र माटोसँग तिमी नखेलेको वर्षौ बितिसक्यो
अाँगनैको डिलमा तिमीले रोपेको
ज्यामीरे र सुन्तलाको बोट छिपीसक्यो
कयौं चोटि फुल्यो , फल्यो, झर्यो पनि
उछिट्टिएर बियाको दानाहरु
तल्लो पाटासम्म छर्यो पनि
तिमी नाँच्दा रमाउने यी अाँगन Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : जीवनवादी दृष्टिकोणको धरातलमा ‘जीवन लीला खण्डकाव्य’

~भेषराज रिजाल~

वरिष्ठकवि सदानन्द अभागीद्वारा लिखित ‘जीवन लीला खण्डकाव्य’ तेह्रपादमा संरचित सानो तर गहन खण्डकाव्य हो । राधा तिवारी, यशोदा अधिकारी, उमाकुमारी रिजाल र इन्दिराकुमारी रिजालले प्रकाशन गर्नुभएको यो कृति वि.सं. २०५९ साल मङ्सिरमा प्रकाशित भएको हो । आफ्नो परिवारदेखि समाजका हरेक सदस्यप्रति समर्पण गरिएको यो कृति ६४+६ पृष्ठमा फैलिएको छ । लीला, जीवन, लीलाका बाबुआमा राम र सीता, जीवनका बाबुआमा पण्डित र बज्यै, मोती, कोठी नायिका, डोटेलकाका, घरबेटी बाजेबज्यै र लीलाको छोरा हिरालाल यस खण्डकाव्यका पात्रहरू हुन् । नारायणी नदी तटको समतल फाँट नवलपुरमा जन्मिएकी लीला विद्यालय तहको पढाइ सकेर उच्च शिक्षा हासिल गर्न काठमाण्डौँ पुग्छे । नर्तकी जागिर खाँदै Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : भाग्यले नि ठगेको मान्छे

~दिपा धिताल~

जिबनमा कति तड्पिनु । कती रुनु । तर पनि रोए ,कराए गुहार मागे म दोसि हैन हुँदै होइन भने मेरो एकोहोरो आवाज कसैले सुनेनन सुन्दै सुनेन् । निर्दोषिलाई दोषि ठहर्‍याउने दोषिलाई निर्दोष ठहर्‍याउने यो मानबता, कानुन नै नभएको शहरमा चुपचाप सहरे बस्नु बाहेक अरु कसको के नै लाग्छ र । यहाँको कानुन त पैसाले बिक्छ अरुको त झन के कुरा गरौ र झनै हामी गरिबले ? निर्दोष छु तर चुपचाप बन्द कोठाको जेल भित्र थुनिएको छु । आफन्तहरु भए पनी छैनन् नभए पनी छैनन् ।

यो संसारमा जन्मदिने आमा र बाबा जति ठुलो अरु केही ठान्दैन म । बाबा आमालाई बृद्धाआश्रममा छोडेर हरेक दिन फुलपाती समातेर मन्दिरमा धाउने सन्तानहरु धेरै छन् आज हाम्रो समाजमा । ती नालायक सन्तान Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment