गजल : आउन पाइन

~आचार्य प्रभा~

यसपालिको दसैंमा आउन पाइन
निधारमा अछेता लाउन पाइन

परदेशीको जीवन यस्तै हुँदारैुछ
हरियाली वसन्तझैं छाउन पाइन ।

झझल्कोले आँखाहरू धेरै रसाए
चाडबाडमा यसपालि रमाउन पाइन ।

सम्झे होलान् आफन्तले हरपल मलाई
आशिषको जमरा समाउन पाइन ।

-अमेरिका

(खोटाङ्ग स्मारिकाबाट साभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.