~केशर थुलुङ~
धेरै पर देख्छु
म देखि धेरैपर
कल्पनाले पनि भ्याउन नसक्ने
तर, म तिर टोलाइरहेछ
त्यो क्षितिज
जब म
मिर्मिरे विहानीसँगै उठ्छु
अनि फेरि उतैतिर हर्ेछु
मुस्कुराइरहेको जस्तो देख्छु
खै ! प्रेम चाहिँ गर्छ कि गर्दैन
तर मलाई भान हुन्छ
मसँग प्रेम गरिरहेको जस्तो
म प्रति टोलाइरहे जस्तो
जब म फेरि
गोधूलि साँझसँगै रमाउँछु
आफूलाई कल्पना मै हराउनु पुग्छु
एक्कासी मेरो आँखाहरु
त्यही गएर ठोकिन्छन्
क्षितिज म प्रति नै
लालायित देख्छु
प्रेमको प्रस्ताव राखिरहेको नै भान गर्छु
अनि एक छिन भए पनि
आफूलाई उसैसँग समर्पित गर्छु
तर, ऊ टोलाई नै रहेको हुन्छ
खै ! किन हो –
कि कसैले उसलाई
नराम्रो वचनले घोचेन्की
कि उसको बारेमा
नहुने कुरा दोचारेन्कीे
कि उसको चोखो प्रेममा कसैले
छल गरी दिएन्की
हर बखत
बुझने कोसिश गरी हर्ेछु
ऊ टोलाई नै रहेको देख्छु
टोलाई नै रहेको ।
– केशर थुलुङ
पाथेका-४, खोटाङ
हालः- काठमाडौ
kesharthulung@yahoo.com
