गजल : मनका राजा नबनाउ

~बिक्रम चेतनशील राई~

मलाई फेरि तिम्रो मनका राजा नबनाउ
बेमौसमा मङसिरको पाजा नबनाउ

आस्थाको फूलबारीमा एउटै फूल रोपेको छु
नशाभित्र तिमी यसलाई गाजा नबनाउ

बेजोडसंग हल्लाखल्ला बेईमानीको बजारमा
चेतलशिललाई खोक्रो प्रेमको बाजा नबनाउ

भोकै रुन्छ बाचाहरु पिरतीको अनिकालमा
तृष्णा मेटन आशुहरु खाजा नबनाउ

तितो हो कि मिठो याद दुखेकै छ अतीत बनी
बिन्ति कसम ती घारहरु ताजा नबनाऊ ।

बिक्रम चेतनशील राई
हाल-दोहा कतार

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.