कविता : स्वपीड़क

~गोवर्धन पूजा~Govardhan Pooja

हिउँको एक झोक्का पनि
खप्न नसकेर
झरे म्याप्पलका पातहरू
छोडेर आफन्तलाई
तोडेर नाता सम्बन्ध
सुटुक्क समुद्र भेट्न बसाई सरेको
खहरेको जीवन जस्तै
सरे म्याप्पलका पातहरू
आफैसँग लजाएर
बाधासँग डराएर
सुटुक्क सम्झौता-पत्रमा हस्ताछेर गर्ने
हारेको जुवाडे जस्तै
कति कमजोर
कति नाजुक
कति निरीह
म्याप्पलका पातहरू
ठ्याक्कै मजस्तै
दोस्रो दर्जाको नागरिक |

७,फाल्गुन, २०६७
चितवन,
हाल:- बोस्टन, अमेरिका

(स्रोत : नेपालीडायस्पोरा डट कम – अंक १, असार २०६८, जुलाइ २०११)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.