~किशोर चाम्लिङ~
मेरो माया बगाइलाने फर्किएन खोला
बगर भई कर्दाकुर्दै बित्यो थुङ्गे चोला ।।
सम्झनाले पोलिर’न्छ दिलको दाँया बाँया
बगिजाने मायालुमै रह्यो गाढा माया
खोलासँगै बगिजाँउ त कहाँ पुग्ने होला
किनार भई रुँदा-रुँदै सुक्यो थुङ्गे चोला ।।
माया भन्नु जीवनभरि दुख्ने घाउ रै’छ
मन भन्नु खुशी मर्ने रुखो ठाउँ रै’छ
उजाड छ मनको बस्ती आँसु बन्छ खोला
आशै आशमा डुब्दाडुब्दै डुब्यो थुङ्गे चोला ।।
-हलेसी -२, खोटाङ
chamling_kishor@hotmail.com
