Tag Archives: अनमोलमणि – Anmol Mani

कविता : जून

~अनमोल मणि~ त्यो जून तिमीले हेर्दा तिमीजस्तो हुन्छ एक्लो एकान्ते बादल जस्तै उड्छ सम्झना र पानी जस्तै दर्किछ पीडा तिमी भित्र पनि म भित्र पनि,

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यसपछि तिमीले पनि भुल्नेछौ

~अनमोलमणि~ मात्रै केही दिन हो त्यसपछि त तिमीले पनि भुल्नेछौ मलाई ! जब अस्ताउनेछ घाम भुल्नेछन् सबैले अघिल्लो दिन जसरी भुल्छन् यात्रीहरु आफ्नो छाया र पैतालाको डोब, पक्कै बिर्सनेछन् सबैले मेरो उपस्थिति

Posted in कविता | Tagged | Leave a comment

कथा : अकारण

~अनमोलमणि~ आइतबार, ………..र, खुल्ला झ्यालबाट पसेको हावाको शीतल मुस्लो साँघुरो कोठाको चौकुनामा ठोकिएर भित्ताको क्यालेन्डरलाई जबरजस्ती गर्न खोजिरहेको छ । हावाको जबरजस्तीले क्यालेन्डर विस्तारै अफूलाई ऊ प्रति समर्पण गर्दैछ ।

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पीडा नायक

~अनमोलमणि~ खुँडे जुन आकाशमा विस्तारै देखियो। मैले साह्रै कर गरेपछि त्यस साँझ उसले भन्यो—’घटनाको पीडा मैले अनुभव गरेको छु। सुन्नेले मात्रै अनुमान गरिदिन सक्छ। उसले यसलाई कुनै चलचित्रको कथा ठानिदिन सक्छ। यो घटना सम्झेपछि मलाई रक्तचाप बढ्लाजस्तो हुन्छ। पृथ्वी हल्लिएजस्तो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : नीलो रुमाल हराएपछि

~अनमोलमणि~ अलकत्रे सडक। जहाँ रुखका लामा लामा छायाहरु बिलाएको थियो। हेर्दा लाग्थ्यो यो सडक कुनै बलिष्ठ पुरुषको नाङ्गो छाती हो। ऊ त्यही सडक छेउमा उभिएकी थिई र सोचको गहिरो दहमा डुबेकी थिई। उसले आफू गइरहेको दिशासमेत पत्तो पाएकी थिइन। ठ्याक्कै … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : माग

~अनमोलमणि~ गोलीले छिनेको मेरो खुट्टो फिर्ता देऊ छर्राले चुँडाएको मेरो दाहिने हात फिर्ता देऊ फिर्ता देऊ मलाई कैयन् दिनसम्म झ्ण्डा ओढेर सुतेको मेरो फराकिलो छाती जहाँ टाउको अड्याएर रोएकी थिई मेरी मायालु भिजाएकी थिई मेरो छातीको फाँट,

Posted in कविता | Tagged | Leave a comment

कथा : कार्नेसन, धुवाँ र तिम्रो झझल्को

~अनमोलमणि~ साँझ अबेर बितिसकेको छ। पिनाज मसानी र अविदा परविन सुनिरहेको छु। र तिम्रो झझल्को आँखामा टाँसिएको छ। शहरको लामो सडक त्यसैगरी तन्किरहेको छ। तर गाउँमा काटिएको झोलुङ्गे पुल बनाइएको छैन। शहरका पुलहरु पनि मक्किसकेका छन्। भाँच्चिने सम्भावना धेरै छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सिद्धान्तवादी

~अनमोलमणि~ अपवाद नै भन्नु पर्छ उनलाई अमेरिका जाने सोख थिएन। नेपालीका लागि अमेरिका ‘नशा’ लागेका बेला पनि उनलाई अमेरिका जान मन नलाग्नु अपवाद नै थियो। जानु नजानु उनको इच्छा। तर विनयध्वज अमेरिका नगएपछि सहरमा उनको निकै चर्चा भयो। उमेरले ४५ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बादशाहको मृत्यु

~अनमोल मणी~ जन्मोत्सवको भोज मनाएर खुसीहुनेहरु होस गर छिट्टै व्युँतिनेछन् हत्या गरिएका निर्दोष आत्माहरु र खुले आम मारिने छ यौटा निरंकुश राजा । पाता कसेर काटिएका र गोलीले उडाइएका छोराहरु वा जबरजस्ती नङ्ग्याएर ओछ्याइएका छोरीहरु खोज्दै हातमा निर्दोष आफन्तका तस्वीर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बिदाइ

~अनमोल मणी~ बितेका बाटाहरू हेर्दै नहेरी भेटेर जाऊ फेरि भेट हुन्छ हुन्न! फेरि यस्तै दिन नहुन सक्छ नवहन सक्छ यस्तै हावा पहिरो जान सक्छ लेउ लागेको प्राचीन बाटो कुनै शासक

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : त्यो पुरानो स्टोभ

~अनमोल मणि~ मकोठामा छिर्दा शेरबहादुर विश्वकर्मा खिया लागेको पुरानो स्टोभमा घोप्टो परेर दम दिँदै थियो । दमको बेगले स्टोभले बर्नेटबाट मट्टितेलको सिर्का माथि फ्याँक्यो । त्यसपछि ढिलो नगरी उसले पेच खोलेर हावा खुस्कायो, सलाई कोर्यो र स्टोभमा झोस्यो । अघि … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : पैसा उठाइदिन हिँड्दा

~अनमोलमणि~ ‘ठोक् केटा हो,’ गुरुले भन्यो । त्यसपछि हामीले आफ्नो पोजिसन लियौँ । मुन्टो दायाँ बायाँ मर्कायौँ । एकसाथ मुन्टो पड्केको कट्याक कुटुक आवाज आयो । हात झट्कार्‍यौँ । पञ्जा खोल्ने र मुट्ठी पार्ने गर्‍यौं । कुम हल्लाएजस्तो गर्‍यौँ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : जेब्राक्रसमा उभिएर

~अनमोल मणी~ म जेब्राक्रसमा उभिएको थिएँ । ऊ पारिपट्टि थिई । लमतन्न सडकले हामीलाई छुट्याएको थियो । ऊसँगको मेरो यो दोस्रो भेट थियो । यसअघि पहिलो पल्ट मैले उसलाई सायद विश्वविद्यालयको चौर, गेट वा कक्षातिर कतै देखेको थिएँ । ठ्याक्कै ठाउँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : स्वास्नी हुन नसकेकी प्रेमिका

~अनमोल मणी~ नीलो अन्धकार पूरै टक्टकिएर छेवैको रूखको कापबाट आएको घामको किरण मेरो अनुहारमा परेकै बेला उसले बोलायो, “जमुना !” जतिबेला म उही पुरानो छाता बोकेर बूढो घण्टाघरमुनि उभिएकी थिएँ । रातभरि यो कुमारी मैदानसँग सुतेर, खेलेर र नङ्ग्याएर यो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : टेस्ट्युब बेबी र मेरी प्रेमिका

~अनमोल मणी~ रात छिप्पिँदै बिस्तारै कालो बन्दै गइरहेको छ। बहिर कुकुर कराएको सुनिन्छ। पर कतै मोटरको मधुरो आवाज पनि आइरहेको छ। ठीक त्यही वेला मैले आफ्नो कोठाको कम्प्युटर अन गरेँ र टेलिफोन लाइन थुतेर इन्टरनेट जोडेँ। शायद यो त्यस्तै राति … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : ढोकाअघि भोकाहरू

~अनमोल मणी~ जब मर्छन् मन्दिरकै ढोकाअघि भोकाहरू सोच्नु तिम्रो लागि पनि बन्द छन् ती ढोकाहरू

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : रातो डायरी

~अनमोल मणी~ प्राविधिक कारणले उडान केही घण्टा डिले भएको सूचना प्रस्थान-कक्षमा प्रसारण भयो। यात्रुहरू चलमलाउन थाले। उठेर घुँडा तन्काएपछि म फेरि बेन्चमा बसेँ। पुस्तक हातमै थियो। अचानक उसलाई कुनाको बेन्चमा देखेँ। खैरो झोला बोकेको उसले दायाँतिर टाउको घुमाउँदा हाम्रा आँखा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment