कविता : काचै कचिलाहरू

~इन्द्रकान्त शर्मा~

अर्कैको मौजामा साँढे चराउने चक्रवर्तीले
रातीमा मस्तसँग निद्रा परोस् भनेर
आफनै खोरियामा दिनभरि खर काट्न लागेँ’थे
कोशी र गण्डकी बेच्ने मात्र होइनन्
महाकालीमा धमिलिएकाहरू पनि
गाउँघरमा देखिन छाडेँ’थे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : पुरानो हुँदैन श्रीपेच

~मनोज गजुरेल~

लयः पुरानो हुँदैन माया…..

(पुरानो हुँदैन श्री श्रीपेचै खुस्की गए पनि) २
बिर्सिंदैन रद्धीले लातै लात खाए पनि

(विश्वासमा हुन्नन् जनता कहिल्यै)२ बुद्धि लगाउँन सकिन Continue reading →

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

कविता : मसंग निराश कुरा नगर

~बिमल गुरुङ~bimal-gurung

मसंग निराश कुरा नगर
सुन्न मलाई गाह्रो पर्छ यस्ता कुरा
लाग्छ –
मुटु खसखसाए जस्तो
सुन्दा यस्ता कुरा ।

निराशालाई
संधै मैले शत्रु मान्दै आएको छु
निराशा प्रति म कठोर छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म र मेरो छायाँ

~मञ्जुल~manjul

यात्रामा
म हुन्छु र मेरो छायाँ हुन्छ

अरू त
आउँछन्, जान्छन्

मन पनि त्यस्तै हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मन्दिर र घण्टाहरु

~मनु वि.क.~

मन्दिर तीमी त ठडिएका छौ
वर्षौैं वर्षदेखि
सजिएका छौ
ध्वजा पतका र घण्टाहरुले
पोतीएका छौ रङ र शृङ्गारहरुले
तिम्रै पाखामा पोखिएका छन् अबिरहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हल्ला बिकेको छ

~जीवन शर्मा~

आज बलात्कारीहरूले चमत्कार गरे अरे
काठमाडौँमा तष्करीको लस्कर बढ्यो अरे
पल्लोघरकी बोक्सीलाई रामधुलाइ गरे अरे
सुत्केरीले बच्चा जन्मनासाथ खोलामा बगाई अरे
कोही बच्चा मार्न सुई पनि लगाइदिए अरे
हो आज हल्ला बिकेको छ
सबै समाचारमा यही लेखेको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

हीरारत्न श्रीशाका सात हाइकुहरु

~हीरारत्न श्रीशा~

१
आमाको आँसु
घर खेत बन्धक
बाध्यता मेरो
२
सुन्य छ वस्ती
डलरको सपना Continue reading →

Posted in हाइकु | Tagged | Leave a comment

कविता : तातो हावा

~एम.वि. बुढा~

दक्षिणको तातो हावा बढ्दैछ आजभोलि
बहँदैछ हानिएर उत्तरतिर पंख खोली
तराईमा छिरीसकी भित्री मधेश चहार्दैछ
जीव निर्जीव सबै कन एकै तालमा बढार्दैछ

तराईका खम्बाहरु ढालिकन कराउँदैछ
जाल रची बासिन्दालाई अचेत सरी गराउँदैछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : डोल्पा यात्राको संस्मरण

~बासुदेब पोख्रेल~

कर्णाली अञ्चलका ५ जिल्लाहरू मध्ये डोल्पामा हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको संगठन थिएन । करिब २ वर्ष पहिले एउटा सम्र्पक स्थापित भएको थियो । त्यही सम्पर्कको माध्यमबाट त्यस जिल्लामा संगठन निर्माण गर्नको लागि हामी प्रयत्नशील थियौँ । यस्तैमा फागुन १३ गते साझ राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा सांगठनिक काम विशेषले बर्दिया आउनु भयो र त्यही सल्लाह भयो कि हामी दुबै जना डोल्पा जाने । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

लामो कथा : मधुमिलन

~रुपा राई~

आज बिहान देखि एकनासको पानी परिरहेछ । सिरकलाई पन्छाउँदै ओछ्यानबाट उठेँ । आँखाको धमिल्याई संगै झ्यालबाट बाहिरका दृश्य थियो । आकाशको नीलो रंगमा बादलले एकछत राज गरिरहेको त्यो पल,चिसो मौसम,झमझम् पानी परिरहेको पानीको थोपाले जमिनलाई आपm्नो गन्तब्य बनाईरहेको थियो । बगैचामा रहेको सम्पूर्ण बोट बिरुवाहरु नुहाइरहेको झैँ लाग्थ्यो । एउटा बेग्लै प्रकारको वातावरण । यो वातावरणले कतिलाई खुशी अनि कतिलाई दुःखी तुल्यायो होला । पानी परेको वातावरणले दुःखी तुल्याउने मध्ये म पनि एक हुँ ।

आज किन किन मलाई नरमाइलो लागिरहेछ यो मौसम । हुन त Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीति कविता : विडम्बना

~जीवराज बुढाथोकी~

कस्तो यो विडम्बना, कस्तो यो अनर्थ,
हुन्छ के–के जीन्दगीमा, के–के आइपर्छ ।।

दैवले न साथ दिन्छ, न सहयोग गर्छ,
चाहानाको फूल सधैं, हावा बिनै झर्छ ।।
न त हुन्छन् इच्छा पूरा, न विपत्ति टर्छ…. Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

गजल : घर त जर्जर छ

~भुवन निस्तेज~

पुरानो घर त जर्जर छ,
सजेको संगमर्मर छ ।

फगत यो एक अन्तर छ,
उता पीपल यता वर छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : पश्चताप

~यकिना अगाध~

उसंग भनेजस्तो धन थियो तर आफ्ना केही आफन्तजन र छरछिमेकले बाहेक उसलाई कसैले पनि चिन्दैनथ्यो । जीवनको उत्तराद्र्धमा आएर उसलाई नाम कमाउने हुटीहुटी जाग्यो । आफन्तजन र छरछिमेकले उसलाई सल्लाह दियो कि देवालयहरु निर्माण गरेमा यो जुनीमा नाम कमाउने मात्र होइन, अर्को जुनीलाई समेत पुन्य प्राप्त हुनेछ । उसले यसै गर्यो ।

शहरको फोहोर थुपार्ने सडक गल्लीको चोक चोकमा देवालय निर्माण भयो । फोहोरको दुर्गन्ध पनि हट्यो । विपदमा परेका बटुवाहरुको लघुशंका र दीर्घशंकाको ठाउ समेत उसले छोडेन । जता ततै देवालयको निर्माण भयो । दुर्गन्ध सहनु परेका वरिपरिका सरोकारवालाहरु उसको धेरै ऋणी बन्यो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : अब फेरि नआउने गरी आऊ

~पदमबहादुर थापा~

एकसाथ सवैको खुशी र उमंग लिएर
एक जुगमा एक पटक मात्र
आउँछ भन्थे तिमीलाई
दशक नबित्दै तिमी फेरि आयौ .

एक पटक आएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निलो वामपन्थ

~जुम्रीकाँडे शेशी~

उरोज प्रदर्शन गर्दै
नितम्ब मर्काउँदै
पश्चिमतिरबाट
एउटी नृत्याङगना आइरहेकी छिन्
डलरको मोहनी मन्त्र पढेकी
“टु पिस” को छोटोमिठो बस्त्र पहिरेकी
ए नेपालका राता मनुवा हो
तिनको नृत्यलाई चियाएर नहेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम दिवस

~राहुल पुन~

सच्चा प्रेमको
खुला आह्वान
गरिरहेछु म
आजको दिनमा
नितान्त व्यक्तिगत
प्रेम र स्वार्थभन्दा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बालबालिका र शिक्षा

~हिमाल ओली~

चम्किला तारा बन्ने छौँ सारा अन्धकार हटाउन
सिर्जनशीलताको जगेर्ना गरी सिर्जना फुलाउन
उठौँ हमी सारा बालबालिका बुर्जुवा शिक्षा हटाउन
बुर्जुवा शिक्षा खारेज गरी देश विकास बनाउन

बालबालिका हामी नै हौँ इतिहास सजाउने
कर्तव्य हाम्रो नै हो नेपाल आमालाई बचाउने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सामन्तको झ्यालखानामा

~कृष्णराज पौडेल ‘सञ्जाल’~

फुटशालादेखि बधशालासम्म
जनता फसाउने शोषकका नया“ रूपहरू
चोर औ“लाले कलमको निब समाउने बेलासम्म
लथालिङ्ग हु“दैछन् यत्रतत्र सर्वत्र
कति गाहो हुने झुटशालाको दोष पखाल्न
भ्रमका राप पर्दाफास गर्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँच्न सिक नेपाली बनी

~निर्मल निशार~

जहाँनिया शासन विस्थापित गर्न
छिमेक गुहार्थे राजा पनि
प्रजातन्त्र बहाली गर्न
उतै धाउथे नेता पनि ।

जात÷जाति, जनजाति उठाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पौराणिक कथा : देवसेनापति–कात्र्तिकेय

~उमाशङ्कर द्विवेदी~

पूर्वकालमा देउता र असुरहरूबीच सधैं सङ्ग्राम भइरहन्थ्यो, जसमा प्राय: सधैंभरि घोर रूप भएका असुरहरूको देउताहरूमाथि विजय हुने गर्दथ्यो । जब इन्द्रले बारम्बार आफ्नो सेनाको क्षति भइरहेको पाए अनि उनी मानस पर्वतमाथि गएर एउटा श्रेष्ठ सेनापति प्राप्त गर्ने विचार गर्न थाले । यतिकैमा उनको कानमा एउटी स्त्रीको आर्तनादको शब्द पर्यो । स्त्री बारम्बार कराइरहेकी थिई– “अरे, कोही पुरुष दुगुरेर आएर मेरो रक्षा गरोस् ।” इन्द्रले उसको करुण विलाप सुनेर भने– “तिमी अब नडराऊ, अब तिम्रोलागि भयको कुनै कारण छैन ।” अनि उसको छेउमा गएर हेर्दा हातमा गदा लिएको केशी दैत्य उभिइरहेको थियो । इन्द्रले त्यस कन्याको हात समातेर भने– “नीच कर्म गर्ने राक्षस, तिमी किन यस कन्याको हरण गर्न चाहन्छौ ? हेर म वज्रधर इन्द्र हुँ । तिमीले यसलाई छाडिदिएर आफ्नो बाटो लाग ।” इन्द्रको कुरा सुनेर केशीले भन्यो– “अरे इन्द्र, तिमीले नै यसलाई छाडी देऊ, Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कथा : छोराको खोजीमा

~नवीन विभास~

‘आमै तपार्ईं !’

झस्किएँ ।

टिकट देखाउँदै सिट खोजिदिन आग्रह गरिन् । नम्बर हेरेर ‘बी’ साइडको ६ नं. सिटमा बस्न भनेँ । संयोगले उनकै पछाडिको सिट परेछ मेरो ।

‘कहाँसम्म आमै, काठमाडौं ?’, सोधेँ । टिकट हेरेर थाहा पाए पनि औपचारिकता निभाएको उनलाई मन परेन क्यार, सिटमा बसिन् र जवाफै नदिई झ्यालबाहिर आँखा फालिन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : क्षितिजको रङ्ग 

~सुमन पोखरेल~

हरेक बिहानमाथि केहीबेर उभिएर,
प्रत्येक साँझछेउ एकछिन अडिएर
आफैँलाई बिर्सी पछ्याइरहेछन् मेरा नजरहरू,
उज्यालोसगैँ बढारिरहेछन् मेरा परेलाहरू,
क्षितिको अन्तिम किनारमा ठोक्किएर रङ्गिएको आकाशलाई ।

सोचिरहेछु; Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पाठक

~विक्रम सुब्बा~

म पाठक
आमा मेरी पहिलो पुस्तक
मैले पढेको पहिलो पाठ
आमाका झरिला आँखा
जहाँबाट हरदम वर्षने करूणा
मेरो कलेजो छेउछाउमा पञ्चामृतझैँ पसे
र त मेरो छातीमा नेपालको माया ढलोट भयो
लाग्छ, जसको छातिमा आमाले रोपेको
मुलुक माया गर्ने ढुकढुकीको विरुवा हुर्कन सक्दैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बर्लिनको पर्खाल

~विनय रावल~

‘पर्खाल लगाएपछि
धेरै कुरो बाहिर पर्छ’
र, सबैभन्दा ठूलो कुरो
मान्छे—
मान्छेको आँखाबाट ओझेल हुन्छ ।

पर्खाल लगाउनु भनेको नै
मान्छेको अपमान गर्नु हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्झनामा

~विष्णु विभु घिमिरे~Bishnubibhu Ghimire

सम्झना मैनबत्तीजस्तो
मन सम्झनामा बल्दाबल्दै सकिए हुन्थ्यो
उफ ! यसरी बारम्बार नआए हुन्थ्यो
यसरी घरिघरि नतड्पाए हुन्थ्यो ।
सम्झना चुहिने गाग्रीजस्तो
मन बाटोमै तप्पतप्प चुहिएर
रित्तो मन घर पुग्न पाए हुन्थ्यो
यसरी घरिघरि झस्काउने झझल्को नआए हुन्थ्यो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता :ढुंगा र मानिस

~लक्ष्मण नेवटिया~

ढुंगा संधै हाम्रो साथी
हामीलाई भर्र्याङ् बनेर
पुर्याउँछ माथि माथि ।

ओछ्यान बन्यो भूंई बनेर
छाया बन्यो छत बनेर
सुरक्षा गर्यो पर्खाल बनेर। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : फूलको सुबासमा भेटें

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

बसन्त ऋतुको बहार तिमी,तिमिलाई फूलको सुबासमा भेटें ।
इन्द्रेणि द्वारको संघार तिमी,तिमिलाई जूनको मधुमासमा भेटें ।।

झरनाको मधुर संगीतभित्र,पहरा गुन्जने मिठो गीतभित्र ।
प्रभातकालको मल्हार तिमी,तिमीलाई बिहानी प्रकाशमा भेटें।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : निवास गर्छौ कि ?

~शेखर ‘अस्तित्व’~

यो हृदयमा निवास गर्छौ कि ?
तृप्त यो मनको प्यास गर्छौ कि ?

तिम्रो खोजीमा छु युगौं देखि !
पूर्ण मेरो तलास गर्छौ कि ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : मृत्यु र जीवनको दोसाँधमा

~विमल लामिछाने~

एलिना १७ वर्षकी थिइन् । त्यतिवेला उनी पहाडी दुर्गम गाउँको स्कुलमा कक्षा दशमा पढ्दै थिइन् । गाउँले जीवनको सामान्य परिवारमा हुर्केकी उनी इमान्दार र सोझोपनकी केटीमा चिनिन्थिन् । दिदी दाजुहरूको मायामा हुर्केकी भए पनि दिदीहरूले घरजम गरेपछि र दाजुहरूले परदेशको बाटो लिएपछि डाँडामाथिका घाम जस्तो भएका बुढ्यौली आमा–बुबा सम्हाल्ने, घर व्यवहार मिलाउने र खेती लगाउने जिम्मा उनकै काँधमा आएछ ।

अर्मपर्म र सरसापटकै भरमा भए पनि उनले आप्mनो जिम्मेवारीलाई सम्हाल्दै क्याम्पस लेभल Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : नेपाली विमातृभाषीलाई सलाम!

~जगदीश घिमिरे~Jagadish Ghimire

नेपाली भाषा बाँचिरहोस्।
-प्रकाश सायमी

सायमीको यस उद्गारले मेरो मन छोयो। साहित्य, संगीत, सिनेमाका त्रिवेणी प्रकाश सायमीले आफ्नो निबन्ध र नियात्रा संग्रह ‘वर्षादी दिनहरू’ २०६६, को ‘भाव-कथन’ (भूमिका) मा लेखेको यो अन्तिम वाक्य हो। कति नेपाली मातृभाषीले यस्तो लेखेका छन्? कति विमातृभाषीले यस्तो लेखेका छन्? होलान्, मैले पढेको छैन।

स्कुले निबन्ध लेखन प्रतियोगितामा प्रकाश सायमीका नेपाली मातृभाषी सहपाठी पहिला भए र उनी दोस्रा। उनी लेख्छन्, ‘विमातृभाषी विद्यार्थीले मातृभाषी विद्यार्थीसित गरेको प्रतिस्पर्धाले मेरो जीवनमा धेरै अर्थ लाग्न गयो। Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

भलाकुसारी : कविताहरु राजनीतिक नाराको रुपमा मात्र आए – विमल भौकाजी

कवि विमल भौकाजी – व्यङग्यलेखनमा पनि एक चीर-परिचित नाम हो। उहाँ भूगोल विषयको विद्यार्थी भएपनि साहित्यमा बढि भिज्नुभएको छ। लेखकहरु प्रतिवद्ध भएर लागेमा नेपाली साहित्य व्यवसायिक बन्नसक्ने विचार व्यक्तगर्नुहुने उहाँ अरु कुनै पेशा नअँगालेर हाल साहित्यमा मात्र लागिरहेको कुरा बताउनुहुन्छ। कवितालाई अनुभुतिको अभिव्यक्ति भन्न रुचाउने कवि भौकाजी पाठकले के रुचाउँछन् भन्ने कुरामा ध्यान दिएर साहित्य लेखिने कुरा होइन यो त लेखकले देखेको र अनुभव गरेको सत्यलाई पाठक सामु पुर्‍याउने माध्यम हो भन्नुहुन्छ।

प्रस्तुत छ उहाँ सँग गरेको कुराकानि:

तपाईको साहित्यिक यात्रा कसरी सुरु भयो ?

– यो आफैं सुरु भयो। कुनै निश्चित उद्धेश्य लिएर साहित्य लेखनमा लागेको पनि होइन।  सानै देखि पढ्न र लेख्न Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

कविता : मुक्त पीडा

~विमल वैद्य~

चराको पखेटा काटियो
र, उसलाई उड्न भनियो
मानिसको गोडा गिाडियो
र, उसलाई हिँड्न भनियो
एउटा विषम विडम्बना
आकाशका ताराहरूको
एक-एक ज्योति नियाल्दै
गुलेली हानियो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment