हीरारत्न श्रीशाका सात हाइकुहरु

~हीरारत्न श्रीशा~

१
आमाको आँसु
घर खेत बन्धक
बाध्यता मेरो
२
सुन्य छ वस्ती
डलरको सपना
निष्ठुरी छोरो
३
प्रचन्ड घाम
डाक्टरको ओखती
छैन सितल
४
बुद्धको देश
हत्या र लुटपाट
सगरमाथा
५
मूर्ति छ चोखो
नयाँ युगको मान्छे
विद्या पुरानो
६
वीरेको कथा
नेताजीको भाषण
सुस्तश्रवणको गीत
७
युद्धको इच्छा
पहिचानको खोजी
विकाऊ नेता

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २९ – June 5, 2013 – २०७० जेष्ठ २२ गते, बुधबार)

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.