थामी भाषी गजल : नान थासाईको

~अनुपम ‘नवोदित’~

कुनी गुरी लिबि थाइन नान थासाईको
ज्ञान, गुण, बुद्धि, विवेक नान नासाईको

आट्ठे फिल्सा मापिईन दोङ्को सेपपालीए
सेपपाली सकालेकाई नान छासाईको Continue reading

Posted in थामी गजल | Tagged | Leave a comment

गजल : मन मुटु मिलाइ सकेँ

~राज अनुराग~

माया तिमीलाइ गर्छु भनी मन मुटु मिलाइ सकेँ
बाचा गरी आधा होइन पुरै दिल मिलाइ सकेँ ।

सबै चाह तिम्रा मेरा साझा हुने कसम गरी
चाहनालाइ फुलाइ दिन्छु भन्ने प्रण दिलाइ सकेँ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : खोइ कहाँ ?

~डा. सबिता सुबेदी~

समय आफ्नै गतिमा बगिरहेको थियो | जिन्दगी आफ्नै रफ्तार मा चलिरहेको थियो | बसन्त ऋतुको आगमन संगै नयाँ पालुवा , ढकमक्क फुलेका फूलहरु, कोइलीको कुहुकुहु आवाज , सुर्य दिनभरिको थकान मेट्ने प्रयास गर्दै साँझ बोलाइरहेको , चराचुरुंगी चारा बोकी गुडँ तर्फ लागिरहेका थिए भने, सिमलको रुखमुनी बसी उक्त रुखको एक हाँगामा जवान एक जोडी सुगाहरुको प्रेमिल संसार नियालिरहेको म उनीहरुको दु:ख सुख हेर्दै कहिले रुन्थे ,कहिले बेस्सरी हास्थे कहिले प्रेम को मातमा लडबडीरहेका उनीहरुलाई एकोहोरो हेर्दै आफ्नै सपना बुनिरहेको हुन्थे |

त्यो दिन भालेसुगा को जन्मदिन थियो उसले नुहाइधुआइ गरि आहारा खोज्न तयार हुन्छ | त्यहि बेला पोथी सुगाले भन्छे “आज त तिम्रो जन्मदिन , मेरो अन्तिम समयमा तिम्रो अंगालोमा बेरिन पाउ |यहा भन्दा अरु केहि चाहिदैन |” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : गंगा लिगलका गोधूलिभित्रका रश्मीहरू

~सदानन्द अभागी~Sadananda Abhagi

‘संसारमा सबै मान्छेसँग कथा अवश्य हुन्छ । कथा जीवनको एक प्रतीक हो । कथा मान्छेको इतिहास हो । मानव जातिका उत्थान पतनको कलेवरहरू कथाको बिम्बबाट अभिव्यक्त हुन्छन् ।’ यी धारणाहरू साहित्यलार्ई आफ्नो प्राण र हृदयको स्पन्दन मान्ने गंगा लिगका हुन् जस्लार्ई कथाकार गंगा लिगलले गोधूलिमा ‘मेरो भन्नु’मा पस्कनु भएको छ । गोधूली लघुकथासङ्ग्रह हो यसको प्रकाशन अन्तराष्ट्रिय नेपाली साहित्य समाज ह्युसटन च्याप्टरले गरेका छ र यसको मूल्य ने.रु.२५० र विदेशमा ५ डलर राखिएको छ । आवरण पृष्ठ बाहेक १००पृष्ठमा सुसज्जित यस कृतिमा ४५ओटा लघधुकथाहरू समावेश गरिएका छन् । गंगा लिगल एक भए पनि उनी वहुप्रतिभाकी धनी हुन् र उनका कविता, कथा, खण्डकाव्य, हाईकु, गजल, उपन्यास, नियात्रा आदि गरी करिव दुई दर्जन कृतिहरू प्रकाशनमा आएका छन् । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

छोक : मेरो मौलिकता

~कृष्ण वस्ती~Krishna Wasti_1

पल्लो चोकमा मोटरले किचेर मान्छे मरेछ ,
पुलुक्क हेर्नेबाहेक रोकिने फुर्सद कसैलाई भएन ।
वल्लो चोकमा मोटरले किचेर कुकुर मरेछ , Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : बेजिङमा घुमघाम

~जीवनाथ धमला~

बेजिङमा जम्मा मेरो बसाइ छ दिनको रहृयो । ती दिनमध्ये चार दिनको दिउँसोको समय वर्कसपमा बितिहाल्यो, म’ख्य काम नै त्यही थियो । ती चार दिनका बिहान बेल’का, प’गेको दिन दिउँसोदेखि साँझसम्म र र्फकने दिन २०६३ असार १० गते दिउँसो दर्’इ बजेसम्मको समय नै बेजिङमा घ’मफिर गर्ने अनि न्यूनतम नै भएपनि केही अन’भव प्राप्त गर्ने समय थियो । यसमा बेजिङमा द’खेका केही संस्मरणहरूलाई प्रस्त’त गर्ने Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अनास्था पहाड़का गीतहरू

~विकास गोतामे~

एउटा नितान्त बुढो सूर्यले
छितिजको चेपबाट आफ्ना बुड्योली पहेला हातहरू
बिदामा हल्लाएपछि फगत यो पहाड़मा साँझ पर्छ |
र त्यो मौन पल्टीरहेको पहाड़को टाउको मास्तिर
यौटा ककाकुली सयों वृतहरू कोर्दै जान्छ
अनि त्यो रातै उडिरहेको बादलको गर्भमा
पानी मांग्दै नमिठोसित कराइरहन्छ | Continue reading

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा जीवनी : एक रात थियो….जितेन्द्र बर्देवा

~गणेश रसिक~

वैशाखे पूर्णिमा भगवान् बुद्ध जन्मनुभएको पवित्र दिन । प्रसंग आजकै दिनको हो । दार्जिलिङ गिग कमान बस्तीको एउटा घर जहाँ आफ्ना परिवारसँग बस्थे— सहवीर बर्देवा र मनकुमारी दम्पती । सन् १९४२ बुद्ध पूर्णिमाकै दिन ती दम्पतीका कान्छा छोराको रूपमा जन्मेका थिए— जितेन्द्र बर्देवा ।

इलाम, विसं २०२३ वैशाख बुद्ध पूर्णिको दिन । चौबीसबाट पच्चीस टेक्दै थिए— जितेन्द्र । तरेली परेको चियाबारीको सानो थुम्को, काखमा रहेको जनभवनको खुला आँगन । पन्डाल, सामियाना रङ्गीचङ्गी ध्वजापताकाले सजिएको समारोहस्थल । सारा दर्शकको आँखा केन्द्रित छ मञ्चमा । प्रमुख अतिथि छन् वरिष्ठ कवि एवं मन्त्री केदारमान व्यथित । समारोहमा सम्पूर्ण इलामेको तर्फबाट रु. ५०१ नगद र दोसल्लासहित अभिनन्दित हुँदै थिए— नेपाली शिक्षा, साहित्य र भाषाका शिखर पुरुष महानन्द सापकोटा । र, सँगसँगै सम्मानित हुँदै थिए दार्जिलिङे योद्धा कवि एवं गीतकार अगमसिंह गिरी । (तर दुर्भाग्य, आफ्नो अस्वस्थताका कारण कार्यक्रमअगाडि नै दार्जिलिङ फर्केका थिए अगम ।) Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | Leave a comment

गीत : मुटुले मेरो त्यो मुटु तिम्रो

~अज्ञात~

मुटुले मेरो त्यो तिम्रो मुटु पुरिया पारेर
राख्दछ सधैँ जतन गरी मायाले छोपेर
मुटुले मेरो ………….

गाउँछ गीत घाँटीमा तिम्रो सुरमा बसेर
मादल मेरो तालमा तिम्रो बज्दछ जमेर Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : लाली लठ्ठ लोलियो

~बसन्त चौधरी~

यौवन छचल्किन्छ
मन मेरो सल्किन्छ
तिमीलाई बाहुपाश लिन
जीवन ससल्किन्छ

तिम्रो धारिलो मुस्कान
मुटुमा पहिरो जान्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

खोजपत्र : भानुभक्त “आदिकवि” हुन् ?

~भक्त घिमिरे~

“आदि” र  “अन्त्य” अर्थात शुरु र समाप्तिको अर्थ राम्रो बुझ्नेहरू हाम्रा अग्रजहरुमा शायदै थिए होलान् , नत्र त हाम्रा होनहार कवि, हाम्रो साहित्यका धेरैमध्ये एक अभिभावक भानुभक्तलाइ “आदिकवि” –को माला पहिरिदिएर नेपाली साहित्यको खोज तथा अनुसन्धानको ढोका बन्द गर्ने थिएनन्, तर भयो यस्तै ।

प्रत्येक वर्ष जुलाई १३ का दिन नेपाललगायत नेपालबाहिरका सर्वत्र नेपालीबहुल क्षेत्रहरूमा भानुभक्तको Continue reading

Posted in खोजपत्र | Tagged | Leave a comment

Translated Poem : Meeting

~Gopal Prasad Rimal~
Translated By : Dr Tara Nath Sharma

Why are you waiting for the full moon?
It’s her you are to meet, right?
See her in her own light,
Meet her this very day on this new moon night.
Why are you waiting for the coming of Spring? Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

चलचित्र गीत : मायाको बारीमा प्रीतिको फूल

~कुसुम गजमेर~

केटा :
मायाको बारीमा प्रीतिको फूल

केटी :
मायाको बारीमा पिरतीको फुल

केटा :
पिरती हैन प्रिती
प्रितीको फूल Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

संगीत ईतिहास : होङकोङमा नेपाली संगीतको गर्विलो इतिहास

~निरज राई~

बृटिश सेनामा भर्ना भएर यहाँ (सेकोङ्ग क्याम्प) आएका नेपाली युवाहरूले ब्यान्ड नै खोलेर नेपाली गीत बनाई सेनाकै रेडियो च्यानल BFBS मार्फत प्रसारण गर्थे।ती ब्यान्ड हरू मध्ये होङ्गकोङ्गको प्रथम नेपाली साङ्गीतिक ब्यान्ड बृटिश गोर्खा सैनिकका clerks हरूको Chequers Band रहेछ। ठ्याक्कै मिती तोक्न नसके पनि मैले मेरो गाउले दाई (जो बृटिश गोर्खा सैनिकमा हुदा साङ्गीतिक गतिबिधीहरूमा सकृय हुन्थे, हाल यु के को Veteran band मा आबद्द हुनुहुन्छ) किरण कुमार सुब्बाबाट प्राप्त गरेको Chequers Band को फोटोमा (तलको) सन 1967 को मिती लेखिएको ले यो ब्यान्ड 60 को दशकमा स्थापना भएको भन्न सकिन्छ। यो ब्यान्ड पछिका ब्यान्डहरू स्थापना भएको मिति अनुसार क्रमै सङ्ग Himalayans band , sangam band Continue reading

Posted in ईतिहास | Tagged | Leave a comment

केस्रा : जिन्दगी

~चोमु शेर्पा “खुशी”~

जिन्दगी हो भन्छन् कर्कलाको पानी
दु:ख सहनु रे आफ्नै भाग्य ठानी

समय सँगै बदल्नु छ बिस्तारै
सोच बिचार कर्तव्य आफ्नो बानी Continue reading

Posted in केस्रा | Tagged | 1 Comment

लघुकथा : स्याल हुइयाँ

~यकिना अगाध~

अरुबेला स्यालहरुको सल्लाह मिल्थ्यो तर जब खानेबेला आउँथ्यो तछाड मछाड हुन्थ्यो । तिनीहरुको यस्तो बानीले स्याल जातिलाई ठूलो नोक्सानी पुग्दथ्यो । स्यालहरुको जतिजति संख्या बढ्दै गयो उतिउति समस्या पनि झाँगिदै गयो र पृथ्वीलोकबाट नै स्याल जाति लोप हुने अवस्था सिर्जना भयो ।

तिनीहरुको बुज्रुकहरुबीचमा धेरै लामो विचार, विमर्श र छलफल भयो । विकराल बन्दै गएको यो समस्याको समाधानको लागि तिनीहरुले एउटा कडा नियम बनाउने विचार गर्यो । त्यसको लागि विश्व सम्मेलनको आयोजना गर्यो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कार्यपत्र : वाच्य, यसका प्रकार र लिम्बू भाषा

~प्रा. डा. टङ्कप्रसाद न्यौपाने~

१. विषय प्रवेश

संसारका सबैजसो भाषाहरूमा क्रिया वा वाक्यसंरचनामा वाच्य (Voice) एउटा प्रमुख तत्व, घटक वा व्याकरणिक कोटि (Grammatical categories)का रूपमा रहेको हुन्छ । नेपालीमा वाच्यको अभिव्यक्ति क्रियापदका रूपायनबाट भएको देखिन्छ भने अङ्ग्रेजीमा वाक्यसंरचनाबाट अभिव्यक्त भएको पाइन्छ । व्याकरणका यही एउटा महत्वपूर्ण घटकसँग सम्बन्धित विषयलाई यस साना लेखमा संक्षिप्त रूपमा चिनाउने प्रयास गरिएको छ । Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कविता : श्रीमतिको चिठी

~मालिकराम ‘वियोगी’~

मेरी श्रीमतिले
मलाई चिठी लेखी
तिम्रो गोठाला गर्ने वन-पाखामा
तिम्रो खेताला जाने खेत-बारीमा
सेना र प्रहरीले लाशको परेड खेल्ने गर्छ
तिम्रो घाँस-दाउरा गर्ने जंगलमा
तिम्रो खेल्ने-लुक्ने गुफा-ओडारमा
गुरिल्ला र मिलिसियाले मृत्युको तालिम लिने गर्छ
त्यसैले त आजभोलि
लाश र मृत्युको समाचारै बन्दैन
आँशु र चित्कारको वेदनै बन्दैन । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : निलो सवारी रातोबत्ति र जीवनका झाँकीहरू

~नरेश सुनुवार~

स्नायुहरूले राग उचालेर
तन्तुहरू सलबलिदा
सनक रन्केर इडिपसग्रन्थि बौलाउँछ
मुर्तिलाई पनि मान्छे देख्छ आँखाको भ्रमले
होस गुमाउँछ दिमागले
र, नाच्दछ जङ्गली नाच आगोको रापहरूमा
निर्देशित बौलाहा झोलको फन्दाले
नत्र कुण्ठितर् इच्छाका मातहरू
अन्त कतै पोखिन्छ शक्ति बनेर/रोग बनेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : दुखेको छ मलाई पनि

~मिलन ढुङ्गाना~

तिमीलाइ चोट पर्दा दुखेको छ मलाई पनि ।
दैवले अन्याय गर्दा दुखेको छ मलाई पनि ।

दशनङ्ग्री गरी गरी बल्ल बल्ल जोडेको त्यो
फुलबारीमा पैह्रो झर्दा दुखेको छ मलाई पनि । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : म देख्छु मेरो देश

~उमेश सामिप्य कान्छा~

म देख्छु मेरो देश…
एउटा खाडल बाट निस्केर…
अर्को खाडलमा फस्दैछ…

पहिले खाडल बाट निकाल्ने हरु…
कोही थला परेका छन्… Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : Nymph

~Arjun Dahal~

She rose from the surface of water,
with wet hair,
and twinkling eyes.
Drops of water running from her cheeks,
when dazzled up, Continue reading

Posted in Poem | Tagged | Leave a comment

मनोवाद : लोकसेवाको डाक्टर

~डा शम्भु खनाल~

बाँच्नलाई मात्र हो भने  धेरै कुरा चाहिँदैन  । चाहिने त आत्मसन्तुष्टिका  साथ बाँच्नको लागि हो। न्यूनतम पारिश्रमिकमा  बाँच्न नसकिने  हैन ।  तर सबै जना श्री कृष्णले गीतामा भनेको जस्तो योगी हुन सकिँदैन ।  न त डा गोबिन्द केसी जस्तै त्यागी हुन सकिन्छ । लोक सेवा अन्तर्गतको स्थायी  जागीरले थोरैमा बाँच्न सिकाउँछ ।  एक प्रकारले  वाध्य नै गराउँछ भन्नुपर्ला ।  हो ।  इच्छाको  कुनै सीमा हुँदैन । तर इच्छाको बिरुवा नानिमोठी सम्भव पनि छैन।

यसपटक प्लेनमा जाउँ कि गाडीमा ।  प्लेन महँगो पर्छ, गाडीबाटै जानुपर्ला ।  प्लेनबाट सजिलो त हुन्छ ।  Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

कविता : एउटा देशको खोजमा

~जस योञ्जन ‘प्यासी’~

आफैबाट आफै निष्कासित भएपछि
आफैबाट आफै निर्वासित भएपछि
एउटा विशाल आकाशको खोजमा
अझसम्म कोही–कसैले आविष्कार गर्न नपाएको देशको खोजमा
निरुद्देश्य, निरुपाय भएर एक्लै भाग्दै–भाग्दै हिँड्दा
निःसहाय, मृतप्रायः भएर एक्लै रुँदै–रुँदै हिँड्दा Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : फज्लु भैया

~अम्बर गुरुङ~

फज्लु भैया भन्ने व्यक्तिलाई मैले उनले लगाएको गुनको एउटा ऋण तिर्न बाँकी छ, जो यो जीवनमा अब सम्भव छैन । किनभने, फज्लु भैया अहिले यो संसारमा छैनन् तर पनि बेलाबेलामा विशेष गरी जबजब म सम्मानित हुन्छु, उनको खुबै सम्झना आउँछ र सोच्न थाल्छु कि साधारणभन्दा साधारण मान्छेले कसैको जीवनमा कत्रो प्रभाव पारेको हुँदो रहेछ ।

दार्जीलिङको एमपी रोडमा फज्लुको सानो रेस्टुराँ थियो, जो स्वादिष्ट र सस्तो भोजनका लागि दार्जीलिङभरि नै प्रसिद्ध थियो । त्यो सानो रेस्टुराँ परकिारहरूमध्ये साह्रै माग भएको परकिारचाहिँ कोप्ता (टिकिया) थियो, जसलाई आजको मेनुमा मिटबल भनिन्छ । त्यही कोप्ता खान पल्केर मेरो परचिय फज्लु भैया (खास नाम Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

एकाङ्की : रङ्गिएको माया

~विष्णुप्रसाद सेढाई ‘निश्चर्मल’~

======================================
पात्रहरुः
सुन्दर – प्रमुख पुरुष पात्र
विलास – विधुवा महिला – सहायक महिला पात्र
सुन्दरी – सहायक
भेदक – सहायक
सुम्निमा – सहायक
देवदूत – सहायक
गोपाले दाइ – सहायक
======================================
Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

Story : Three hundred rupees

~Manjushree Thapa~

Manjushree Thapa

Manjushree Thapa

Rohit’s eyes were open but he wasn’t seeing much: a haze of trees, a block of buildings blurred in the yellow-blue hues of dawn: Kathmandu.

He was sick of the way the bus rattled his bones and tired of the women behind, who had chattered incessantly for the whole of the journey. “Strange,” the younger one remarked, as they passed a vast, tarred lot filled with colourful cars, “Like a garden made of metal.”
“Look at all those lights on the road,” the other woman said. Her voice was loud and nasal. “And they won’t give our village even one bulb! And look at thos Continue reading

Posted in Story | Tagged | Leave a comment

कविता : लाहुरेलाई एक रोगी प्रेमिकाको पत्र

~पारिजात~parijaat_3

१. जीवनसाथी !
धेरै-धेरै प्यार
मलाई लाग्छ, यी स्वतन्त्र उड्ने मलेवाहरूका घाँटीमा
एउटा हृदय उनेर पठाऊँ
एउटा हृदय जडेर पठाऊँ
एउटा प्रेमपत्र झुन्ड्याएर पठाऊँ
एकपल्ट दोहोर्‍याऊँ
शताब्दीअघिको प्रेमको भावुकता
तर आजको सीमारेखा
कुन स्वतन्त्र चराले उड्न पायो र ?
यो कुँजिएको अस्तित्व
कुन सुस्केराले विश्वको हावामा बिसाउन पायो र ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : फुटेको ऐना

~कमल बाबुरो~

छन्द : अनुष्टुप

फुटेको ऐनामा हेर ,दृश्य झिलमिलाउछ
मारेका मान्छेमा हेर, देह मात्रै देखाउछ

कुकृत्य गर्नु पापै हो ,शास्त्रैले गरे तैपनि
मान्छेका मुखमा हेर , बात धेरै अटाउछ Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

नेपाली पप गीत : रमाउन देउ मलाई

~क्याप्टेन भि~

रमाउन देउ मलाई यो संसारमा
भोली त कसलाई थाहा छ
बस्न देउ मलाई तिम्रो अंगालोमा
दुई मुटु संगै साट्नु छ
माया साँची नराख है प्रिय
अब ज्यान छ बाँकी मुटु त पहिले दिएँ

जीउनु छ धेरै गर्नु छ धेरै नै Continue reading

Posted in नेपाली पप गीत | Tagged , | Leave a comment

समीक्षा : भाषाविज्ञानका आँखामा नेपाली भाषाहरू

~डा. माधवप्रसाद पोखरेल~

नेपालका भाषा :

नेपालमा जम्मा पाँच महापरिवारका भाषा बोलिन्छन् । कुसुन्डा भाषा संसारको कुनै परिवारसित पनि मिल्दैन । यो भाषा एउटै मझेरीमा बोल्न पाउने रोल्पा, टुनीबोटकी पुनी ठकुरी र उनकी छोरी कमला खत्री मात्र छन् । देउखुरीकी ज्ञानीमैयाँ सेन र दाङका प्रेमबहादुर शाही आफ्नो परिवारमा कसैसित पनि मातृभाषा बोल्न पाउँदैनन् । त्रिवि, भाषाविज्ञान केन्द्रीय विभागमा कुसुन्डा भाषाको अभिलेख भइरहेका वेलामा कीर्तिपुरको एउटै डेरामा बस्ता कमला खत्री, ज्ञानीमैयाँ सेन र प्रेमबहादुर शाहीले मातृभाषामा बोल्ने मौका पाएका थिए । ती तीनजनाबाहेक अर्घाखाँचीमा अरू दुईजनाले कुसुन्डा भाषा बोल्न सक्छन् भन्ने सूचना ज्ञानीमैयाँ सेनले दिएकी छिन् । Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

छन्द कविता : मुस्कान छर्नेहरु

~पूर्ण ओली~Purna Oli

आफ्नो घाउ जचाउँ, जाउँ म कहाँ ? सोच्दै थिएँ के गरुँ ?
देख्नासाथ पसेँ सफेद् महलमा सोच्दै निवेदन् गरुँ
देखेँ नाथ त्रिदेव ईशहरुको पूकार गर्नेहरु
मागेकै वरदान पाइ क्षणमा आकार फेर्नेहरु ।

कोठा चिन्न कठीन भयो कुन थिए उद्दार गर्नेहरु ?
दर्तावाल खडा छ द्वार नजिकै रोक्ने र सोध्ने बरु Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment