~शेखर ‘अस्तित्व’~
गजल लेख्ने मन छ तर शरीरले साथ दिन्न !
मैले हात बढ़ाउँदा’नि, कलमले हात दिन्न !
अतीतका यादहरू भुल्न खोज्दा धेरै पिएँ !
किनहोला कुन्नी आज रक्सीले’नि मात दिन्न ! Continue reading
~शेखर ‘अस्तित्व’~
गजल लेख्ने मन छ तर शरीरले साथ दिन्न !
मैले हात बढ़ाउँदा’नि, कलमले हात दिन्न !
अतीतका यादहरू भुल्न खोज्दा धेरै पिएँ !
किनहोला कुन्नी आज रक्सीले’नि मात दिन्न ! Continue reading
~तारा पराजुली~
कोही आउने
कोही जाने
मुलबाटो जस्तै रहेछ एकान्त।
मलाई थाहा भए देखि नै
उमेरका प्रत्येक पृष्ठहरु
एउटैै जिन्दगीका हजार संस्करण बनेर
एकेक आउंछन् एकान्तमा Continue reading
~सदानन्द अभागी~
परिचय–
गोविन्दराज विनोदी एउटा उच्च व्यक्तित्वको साथै विचार र भावनामा एउटा सिन्धु एवम् नेपाली साहित्याकाशका धु्रवतारा नै हुन् । नेपाली साहित्यमा उन्ले पु¥याएको योगदानको जति प्रशंसा गरे पनि पुग्दैन । यस्ता बहुआयामी साधक एवम् छन्दोवादी काव्यधाराका मानक स्रष्टाको शूर्पणखा खण्डकाव्य र ‘कैकेयी’ महाकाव्यभित्र उनको विशिष्ट योगदानलाई केलाउने प्रयास गरेको छु । यी खण्ड र महाकाव्यभित्र प्रवेश गर्नु भन्दा पहिला विनोदीजीको सानो परिचयतिर लागौं । २०१० साल श्रावण २८ गते कास्की रूपाकोटमा जन्मनु भएका विनोदीजी हाल गैडाकोट –८, नवलपुरमा बसेर शैक्षिक क्षेत्रमा सेवा दिंदै साहित्य सिर्जना गर्दै हामीलाई ‘मरो वर्तमान (२०४७), ‘निर्मम निर्मम घडीहरू (२०५६), आँखाका नानी (२०५७), छन्दविनोद (२०५९), अविश्रान्त (२०५९), हिमस्पर्श (२०६६), अनुपमा धर्ती (२०६६), सृष्टिमाथिका दृष्टि (२०६६) नानीका गीत (२०७०), शूर्पणखा खण्डकाव्य (२०७१) र २०७४ सालमा कैकेयी महाकाव्यको साथै अनगिन्ति भूकिा लेखन, उनको सम्पादनमा पत्रिकाहरू प्रकाशन र विभिन्न पत्रपत्रिकामा Continue reading
~गोपीकृष्ण ढुंगाना ‘पथिक’~
बस्तीदेखि बस्तीसम्म एउटा पुल बाँध्न पाए,
मनदेखि मनसम्म मितेरी धुन साँध्न पाए।
बुद्ध फेरी जन्मन्थे कि बम र बारूद लुकाएर,
भूलदेखि फूलसम्म संसार सारा साँच्न पाए। Continue reading
~श्यामदास वैष्णव~
भोकाएका बेला भगवान्
खानेकुरामा बस्दो रहेछ क्यार
त्यसैतर्फ मान्छेको मन जाने।
अघाएको बेला भगवान्
मनोहरतामा रहँदो रहेछ क्यार
त्यसैतर्फ मान्छेको तन जाने। Continue reading
~आन्विका गिरी~
आइकम पास भा’को भए, घुक्र्याउन पाउँथें । फेल भएँ, बाले आदेश दिन भ्याउनुभो । जति नै नमाने पनि बाले मलाई कतार पठाउने नै हुनुभो । गाउँमा एउटा पोल्ट्री फार्म खोल्छु, कुखुरा बेचेर भए’नि तपाईंहरूलाई पाल्छु तर म जान्न भनेको बाले कानमा बतास लाउनुभएन ।
“बाहुनको छोरो भएर कुखुरा पाल्ने ?” बाले धारे हात लाउनुभो ।
“विदेशमा चाहिं मैले पण्डित्याइँ गर्न पाउँछु ?” म पनि जङ्गिएँ ।
“त्याँ तँलाई कसले देख्छ ?” Continue reading
~गोविन्द श्रृङ्खला~
मैले देखेको त्यो दृश्य अँ हँ म कहिल्यै बिर्सन सक्दिन । मेरो मन मस्तिष्कमा त्यस घटनाले बारम्बार झकझकाइ रहन्छ । मैले चाहेर पनि त्यो घटना मेरो मानसपटलबाट मेटाउन सकेको छैन । मैले कैयौं पटक त्यस घटनालाई सपना ठानेर बिर्सने कोशिस नगरेको पनि हैन तर जति प्रयास गरे पनि म यस घटनालाई बिर्सन सकिरखेको छैन । मैले कति बिश्वासका साथ जानुकालाई जीवन संगीनीका रुपमा भित्र्याएको थिएँ । म मा देखिएको उत्साह र उसले देखाएको समपर्णको धरातलमा उभिएको हाम्रो संबन्ध यति कमजोर होला मैले सोचेको थिइन । तर समयले कस्तो कटील चाल खेलेको रहेछ बुझ्न सकिएन । मैले उसलाई दिएको मायामा कुन्नि के कमी रह्यो मलाइ थाहा छैन । जीवनको दश बर्षे Continue reading
~उमाशङ्कर द्विवेदी~
वर्धमान नामक नगरमा दन्तिल नाम गरेका एकजना आभूषण व्यापारी निवास गर्दथे । नगरका प्रजा र राजा दुवैलाई आफ्नो राम्रो व्यवहारका कारण उनले प्रसन्न राखेका थिए । विशेष गरेर उनी राजाका प्रिय र नजिकका मानिस थिए ।
समय खुशीपूर्वक बितिरहेको थियो । कालक्रमानुसार दन्तिलकी छोरीको विवाह हुने अवसर आयो । त्यस विवाहको अवसरमा उनले सम्पूर्ण नगरवासी, राजकर्मचारी तथा राजालाई पनि निमन्त्रित गरेका थिए । विवाहको अवसरमा निमन्त्रित जम्मै पाहुनालाई दन्तिलले भव्य स्वागत सत्कार गरेका थिए । विवाह पछि राजा तथा रानी तथा तिनका परिजनलाई दन्तिलले आफ्नो घरमा आदर सत्कार गरेका थिए । Continue reading
~भानुभक्त आचार्य~
यति दिन पछि मैले आज बालाजि देख्याँ,
पृथिवि तलभरीमा स्वर्ग हो जानि लेख्याँ।
वरिपरि लहरामा झूलि बस्न्या चरा छन्,
मधुर वचन बोली मन् लिँदा क्या सुरा छन्।।१।।
याँहाँ बसेर कविता यदि गर्न पाऊँ, Continue reading
~सुभाषराम~
नेपाःगाःया आदीबासी नेपार जांितं थःगु सभ्यताया विकास क्रमलिसे मेमेगु ख्यलय् थें हे वाद्य ख्यलय् नं गाक्कं विकास याःगु दु । थःगु जातिया उत्पतिइ भगवान कृष्ण व मञ्जुश्रीया बाखं स्वाइपिं थुमिसं थनया थीथी बाजंया उत्पतिइ नं कुष्ण द्यः, मञ्जुश्रीपिनिगु हे नां स्वाये हयेगु याः ।
थःत थः गुरु अभयाकर बज्राचार्यं कनातःगु धकाः जुजु श्रीनिवास मल्लयात यल न्याखाचुक त्वाःया कुलापाद बज्राचार्यं कंगु बाखन य् नेपालय् बाजंया अभ्युदयया खँ थुकथं न्ह्यथनातःगुु दु–न्हापा छुं भिंगु दिनय् स्वर्गलोकय् Continue reading
~योगेन्द्र उपाध्याय “पुष्प”~
प्रिये म तिमी बिना मर्छु !
किन ? म हावा हो र ?
प्रिये तिमी मेरी प्राण हौ !
किन ? म भूत होर ?
प्रिये तिमी बिना संसार नरमाइलो !
किन ? म नृत्याङ्गना हो र ?
प्रिये तिम्ले मागे जे पनि दिन्छु ! Continue reading
~वाक्सेली थापा~
सिंगै युगलाई पिठ्युँमा बोकेर
गाउँको पुरानो गल्लीमा
हिँडिरहेछन् एउटै लयमा
मेरो बाका अविश्रान्त पाइलाहरू।
सधैँसधैँ झिस्मिसेमै Continue reading
~प्रदीप गुरुङ~
माछा मार्ने बाहुन थिए – एउटा गाउँमा। गाउँ थियो खोला पारी। ठूलो थियो खोला। हिउँदोमा पनि नसुक्ने। त्यही खोलामा माछा मार्थे ती बाहुन। गाउँमा सधैँ जजमानी नचल्ने। सातजनाको परिवार थियो। हात-मुख जोड्न पनि धौ धौ पर्लाजस्तो हुन्थ्यो कुनै बेला त। जेठा र माइला छोराहरू खेती गर्ने उमेरका थिए। खेती नै गर्थे। तर तिनलाई त्यसबारे ऱ्याइँ न झ्याइँ। खेत पनि थिएन त्यति पारिलो। कुलो सहजै नपुग्ने खेतमा उब्जने अन्नले कहाँ थेग्थ्यो र वर्षभरि। माछा नमारी त धरै थिएन तिनलाई।
दिनभरि घरमा सुत्दथे ती। छोराहरू खेतमा। घरमा तीन छोरीहरू Continue reading
~प्रद्युम्न श्रेष्ठ~
जिन्दगीको पचासौं वर्षगाँठमा उ केक काटिरहेको थियो। अब भोलिदेखि उ एकाउन्नौं वर्ष टेक्नेछ।
उ केकले टेकेको सुन्दर सीसा हेर्छ, अनि आफूले टेकेको भुईं। Continue reading
~डा. घनश्याम नेपाल~
यस वर्ष मैले पढ्न भ्याएका राम्रा किताबहरूमध्ये दुइवटा उपन्यास पनि पर्दछन् – ‘अलिखित’ र ‘अरण्य रोदन’। (नामलाखि पनि अकै रहेछ) – अघिल्लो उपन्यास एकजना मानिएका लेखक ध्रुवचन्द्र गौतमले लेखेका हुन्, पछिल्लो सिक्किमवासी लेखक सुवास दीपकले। अघिल्लाको विशेषता स्वैरकल्पना र प्रतीकहरूको कलात्मक संघटनाबाट यथार्थको प्रतिभासमा बढी निहित छ भने पछिल्लो पूर्णत: यथार्थवादी भएर सफल र Continue reading
~शैलेश प्रधान~
मानपुर र रोलो खोलामा पानी कति बगिसक्यो। भविष्यमा पनि मानपुर र रोलो खोलाको पानी आफ्नो गतिमा सधैँ बगिरहनेछ। प्रकृतिको यो गतिलाई सधैँ बग्न दिनुपर्छ, नत्र यसमा गतिरोध आयो भने प्राकृतिक प्रकोप आएर सुम्बुकको सुन्दर र स्वच्छ पर्यावरणलाई तहस-नहस पार्छ।
सिक्किम राज्यको सानो, सुन्दर गाउँ सुम्बुक। सुम्बुकको अधिकांश क्षेत्र पानीको Continue reading
~ठाकुर बेलवासे~
आमा!
तपाईंलाई थाहा छ
मलाई मान्छे अति प्रिय लाग्थ्यो।
पहिलो पटक बन्द कोठामा
उसलाई भेट्दा पनि
मैले अरू मान्छेलाई जस्तै प्रेमले हेरेकी थिएँ। Continue reading
~सुन्दर कुरूप~
तिमी टाढा भएदेखि नै
प्रिय!
मैले पनि छाडिदिएको छु
गिटार बजाउन
जसलाई
कोठाको एक कुनामा
तिमीले पठाएका प्रेमपत्रहरू
च्यापिएका छरपस्ट किताबहरूसँगै Continue reading
~जयराज पन्त~
धन्यइ हो भीमदत्त पन्त तमरो, कामको बयान क्याँ गरूँ
यई धर्तीका सुपुत्र तम एक, हौ भण्या सोच्यौ बरूँ
कारिगाउँ ब्रह्मकुल सरस्वतीजीका, कोखबाट जन्मी गया
तारानाथ पिताजीका ममताले, परिवारमा पालिया Continue reading
~केशव आचार्य~
पागल बनायौ प्रीय यो दिल हरेर पागल
बसन्ती रङ्ग छरेर जादु गरेर पागल
सम्हालेर आफुलाई जीवन चलाउँदै थिए
फेरि उस्तै बनायौ टाढा सरेर पागल Continue reading
~कालीप्रसाद रिजाल~
माया गर्नेको
माया गर्नेको चोखो माया पनि देखियो x 2
बाचा गर्नेको बाचा बन्धन पनि देखियो.. x 2
अह्ह्ह माया गर्नेको चोखो माया पनि देखियो
फुल सुकुमार छ x2
निष्पाप छ कोमल भन्थे,कोमल भन्थे
फुलको धारले Continue reading
~मनु मन्जिल~
तिमीलाई सम्झी आफ्नो नाम भुली आएँ
जून भेट्ने रहरमा घाम भुली आएँ ।
पाखाभरि फुल्ने गुराँस ‘बैँस लैजाऊ’ भन्थे
तिम्रा लागि फूलैफूलको इनाम भुली आएँ । Continue reading
~मन्दिरा कोइराला ‘मधुश्री’~
—
गजराज मदमस्त कसको चाल आयो ?
सुशान्त मनमा लहरिँदै छाल आयो !
नयनको एक चुम्बनले घाइते भो मुटु
व्यर्थै यी नजरलाई झूटो अवगाल आयो । Continue reading
~कविराज भट्ट ‘बिलौना’~
दे दे दे मनको सिहासन विशे, दे बास दे बास दे
थोरै दे ममता दया र करुणा, थोरै त विश्वास दे
दे थोरै पनि दे उमङ्ग मनमा, बाच्ने थोरै आस दे
आऊ के छ लगेर जानु जगमा, सँगै हिडौँ हात दे Continue reading
~यमलाल आचार्य~
मातृका पोखरेलको काव्यकारिता
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र
सङ्काय अन्तर्गत नेपाली केन्द्रीय विभागको
स्नातकोत्तर तह द्वितीय वर्षको दसौँ पत्रको
प्रयोजनका लागि प्रस्तुत
शोध पत्र
२०७१
शोधार्थी
यमलाल आचार्य
एम.ए. दोश्रो बर्ष, (नेपाली) Continue reading
~Pravab Dhakal~
You look so peaceful
when the night spreads
it’s light of hope to the Earth.
The clear sky with the moon
and the twinkling stars
really brings a smile
on your confused face. Continue reading
~नव सापकोटा~
रमेर बाँच्ने इच्छाले जमेर आएकाहरू
गडेर हेर्ने इच्छाले त्रिनेत्र जड्नेहरू
रहस्य बुझ्ने इच्छाले मस्तिष्क किन्नेहरू
चालै नपाई नाङ्गिए युक्लिप्टसका रूखहरू
जस्तो
नाङ्गिँदै छन् त्यसरी नै युक्लिप्टसका हाँगाहरू Continue reading
~सिने गुरुङ~
सम्हाली राखेँ मैले तिम्रा ति भावहरु
सधैं सँगै बाच्छु भनेर
अङ्गाली राखेँ सारा तिम्रा ति कसमहरु
तिमी मेरो प्रिए वनेर
हुरी आइ उडाई लाग्यो मेरा ति सारा सपना
इन्द्रेणी रङ्ग छाउने मेरा ति सबै कल्पना
कती सम्झनाका मिठा पलहरु
कती साथ दिने तिम्रा बचनहरु Continue reading
~आचार्य निश्चल~
नाम भन्दा पहिले खानदानी सोधियो !
डिभी, पिआर सोधियो राहदानी सोधियो !
केटी हेरि फर्किएका रामे दाई भन्दैथिए,
काम सोधिएन केवल आम्दानी सोधियो ! Continue reading
~काेमलप्रसाद पाेखरेल~
नमस्कार यो धेरै प्रचलित अनि हरबखत प्रयोग हुने शब्द हो । यसका पर्यायका रूपमा नमस्ते, दर्शन, जयनेपाल, अभिवादन, लाल सलाम आदि शब्दहरु प्रयोग, प्रचलनमा रहेका छन् । उपर्युक्त शब्दहरुका आआफ्नै विशेषता छन् । प्रस्तुत लेखमा नमस्कार शब्दको मात्र शैक्षिक ( शिक्षक–विद्यार्थी केन्द्रित ) र राजनीतिक अर्थहरु केलाउने जमर्को गरिएको छ । यसमा पनि दृष्टार्थ भन्दा अदृष्टार्थलाई र अभिधार्थ भन्दा व्यङ्ग्यार्थलाई कोट्याउन खोजिएको छ । यो लेखकको नितान्त आत्मपरक हेराइ हो । नमस्कारका अर्थहरुलाई यसप्रकार लिन सकिन्छ —
१.शैक्षिक अर्थ Continue reading
~अज्ञात~
तारा बजी लई लई
मामा आए घोडा !
माईजु आईन् डोली Continue reading
~सङ्कलन : बुद्धिकृष्ण लामिछाने~
(फाटेको दाउरा लाएर
खोले सिस्नु खाएर
हात र खुट्टा टेक्दै छु
भारी बोक्दै छु ।। ) X2
(घर त मेरो पहाडमा
खान लाउन भएन
जहान बच्चा छोडेर Continue reading