~कविराज भट्ट ‘बिलौना’~
सारा भूतलमा वसन्त ऋतुको, हावा चलेको थियो
धर्तीमाथि जवानीको रस मिठो, सारा झरेको थियो ।।
आहा † जंगलमा अनेक थरीका, फूलै फुलेका थिए
यस्तो सुन्दर वन्विशे हरिणका पाठा डुलेका थिए ।। १ ।।
हावा सँग खेलेर खेल लहरा, हल्किरहेका थिए
गोधुलीपख सूर्यका किरण ती, टल्किरहेका थिए ।।
एउटा रुखविशे बसेर कोकिला, चरी ठूला स्वरले
दुःखी गीत बिछोडका मन छुने, गाईन बडो जोरले ।। २ ।।
एउटा युवक जो निरास चेहरा बोकी बसेको थियो
आºना प्रिय अतितका खतहरु, घोकी बसेको थियो ।।
सुनी कोकिल भाक ती बिरहका, आँशु बगाइकन
यस्ता गीत मिठा कसोरी तिमीले, गायौ मलाई भन ।। ३ ।। Continue reading