कविता : किनार

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

खोलामा बग्ने स्वतन्त्र पानीलाई
दिशानिर्देश गर्छ किनार
पानीको वहकाईसंगै
पलपल आफु काटिइंदै, खिइंदै
खोला/ नदि इत्यादिलाई आकार दिन्छ
समुन्द्र सम्मको यात्रा तय गरिदिन्छ
हरेक पल तिरस्कृत नयाँ छालहरुसित चुम्वन गर्छ
उनीहरुको नुनिलो बेदनालाई आफुमा समाहित गर्छ
स्वागत गर्छ, विदाई गर्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित लघुकथा : दुई विद्वानहरु

~खालिल जीब्रान~Khalil Gibran

अफ्कार नामको पौराणिक सहरमा २ विद्वनहरु बस्थे जस्ले एकअर्काको ज्ञानलाई घृणा र बहिस्कार गर्थे । कारण- एक विद्वान आस्तिक थिए र अर्का विद्वान इश्वरको अस्तित्वलाई अस्विकार गर्थे ।

एक दिन उनीहरुको भेट बिच बजारमा भयो, र Continue reading →

Posted in अनूदित लघुकथा | Tagged | Leave a comment

कथा : टाँकीको फूल र एक जोडी आँखा

~इल्या भट्टराई~

वरिपरिको परिवेशमा छरिन आइपुगिसकेको छ । अगिदेखि तप्त भएको वातावरण विस्तारै शीतलमा अनूदित हुँदै छ । कताबाट हो कुन्नि अचानकै एक झोक्का हावा चलेर जडवत् भइरहेको निःशब्द वातावरणलाई आफू पनि यतै कतै छु है भन्ने सङ्केत दिएर गयो । त्यहीँ छेउको टाँकीको रूख सेता फूल आफूभरि फुलाएर गमक्क परेको छ । सेतो शुभ्र टाँकीले वातावरण उजेलिएको छ, तर मेरो मन……! अगिदेखिनै घुर्मैलो तुवाँलोले टम्म ढाकिएको मेरो मन भने अब, सके म बाँचुन्जेल सम्म पनि उघ्रिन सक्ने छैन ।

तल कतै नदी सुसाएको यहीँसम्म सुनिँदै छ । त्यसको छातीबाट पनि मेरैजस्तो पीडाको चीत्कार निस्किएको पो हो कि ? माथि आकाशमा हेर्छु एकजोडी चील अगिदेखि कावा खाँदै आनन्दित भई उड्दै छन् । यसरी निस्सीम आकाशमा निर्बन्ध उडेर तिनीहरूले सके आफूलाई यो ब्रह्माण्डमा भाग्यमानी साबित गराउँदै छन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दुत्कार

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

नजाऊ छोडेर विदेश
मर्नु परे मरौंला संगै
देश हाम्रो पनि हो
माया गरौं देशलाई

धान्न सक्दैनन् प्राण Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : प्रेममा झुकेको थ्यो

~अमृत सिङ थिङ~

जिन्दगीको जहाज त्यँही बेला डुबेको थ्यो
जहिले मेरो मन तिम्रो मायामा झुकेको थ्यो

मैले बार बार तिमी सँग धागो मागी रहें
जहिले हातबाट चङ्गा आकाशमा उडेको थ्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

निबन्ध : उत्तरे खोलो

~एकु घिमिरे~

मेरो जन्मभूमी श्रीअन्तु-इलाममा एउटा उत्तरतिर बग्ने खोलो छ । त्यस्को नाम नै उत्तरे खोलो हो । मैले पहिलो पटक आफ्नै सहासले तरेको खोलो त्यही हो । मैले पहिलोपटक बाडी आएको देखेको खोलो , मैले पहिलोपटक पौडी खेली टोपलेको , माछा नभए पनि बिरालाको लागि गडेरा पक्रेर पुरूषार्थ देखाएको खोलो त्यही हो । मैले पहिलो पटक नुहाएको र चाखेको पानी उत्तरे खोलाकै विविध शिरमध्ये एकको हो । त्यसो त मैले पहिलोपटक नुहाएको पानी बगेर पनि यही खोलोमा मिसिएको पक्का छ । त्यसैले मैले खुव माया गर्ने सानो खोलो उत्तरे आजसम्म पनि मलाई आफ्नै Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : औडाहा जिन्दगी

~दिल थापा~

यसरी ओइरियो शुभकामनाहरू
हिमपहिरो ओइरिए जसरी मैले थाम्नै सकिन ।
सायद शुभकामनाहरू
यो जिन्दगीलाई थियो ।
सायद शुभकामनाहरू
यो दुई मुठी सासलाई थियो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : उठेका दिन

~यकिना अगाध~

सुतेका मान्छेहरु
जब उठ्ने छन्
हे रात ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आज खुशी छु म

~सुविन हाछेथु~

आँखा सामुन्ने आएका ती छिरबिर केशलाई
कान पछाडी अड्काएर
खुसुक्क मायाको शब्द सुसेल्न पाउँदा
हो, आज खुशी छु म ।

मायाको शब्द कानमा सुसेल्दाखेरी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : छाँया शरीर

~जे. एन. दाहाल~

कान्छो हिजो जस्तै-
भित्ते घडीको निर्देशनमा
उठ्छ, सुत्छ र फेरि उठ्छ….
परिवारको अनुहार नियाल्छ र
ती कलिला आँखाभरि
आशा देख्दो हो
मनभरि निश्चल माया भएको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : गंगा लिगल र आमा कवितासङ्ग्रह

~सदानन्द अभागी~

हेर यो देशको माटो कति सुन्दर लाग्दछ !
रातो माटोले पोतेको भित्ता अति रहर लाग्दछ !
के छैन यस माटोमा सजीवताको आलोक छ
आफै दर्पणमा हेर लाली गुराँसको मुस्कान
त्यसैले त जननी जन्मभूमिश्च
स्वर्गादपिगरीयसी ।
(आमा कवितासङ्ग्रह, जननी जन्मभूमिश्च स्वर्गादपि, पृष्ठ १,)

यी राष्ट्रियताले भरिएका श्लोकहरू साहित्यकार गंगा लिगल (१२ मई १९४९) का हुन् । गंगा लिगल नेपाली Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : शहीद-कविता

~स्वप्निल स्मृति~

सम्पादक महोदयले
कवितालाई पटक-पटक सम्भोग गर्‍यो
र देशको संबिधान पुस्तिका पल्टाएर
हठात् झस्कियो-
उ विल्कुल बलात्कारी झैं देखिन्थ्यो ।

अखबारको अदालतमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : जीवन

~सुलोचना मानन्धर धिताल~

जीवन हरेक दिन
नयाँ भएर उदाउँछ
पुरानो भएर अस्ताउँछ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म कसरी तिम्रा गीत गाउं ?

~केदार श्रेष्ठ~

जुन गीतले
न निमुखाका आंखालाई
सान्त्वना दिन्छ
न भोकसंग जुध्ने
पेटको पीडा बुझ्छ
जसका संगीतले
मानिसका अंग अंगमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : उत्तरआधुनिक दास

~गणेश घिमिरे~

चार दिनको लामो बिदा आकाशमा इन्द्रेणी लागेझैं सप्तरंगी तर आँखा झिमिक्क गरेजस्तै बित्यो । इस्टरको बिदा सदुपयोग गर्न आलिया र आइभी केही दिनअघि नै मामा घर गएका थिए । सायद दिउँसोतिर आउलान् ।

घरमा एक्लै सामाजिक सञ्जालको जञ्जालमा फस्नुभन्दा केही चाँडै अफिस पुग्छु । अफिस अलि ब्यस्त देखिन्छ । आज अफिसमा मेरो कार्य तालिका कामको चटारो छ । इस्टर बिदामा गएकाहरु काममा फर्की सकेका छैनन ।

‘हाई बिनय, हृयप्पी इस्टर ।’ टेबलमा स्टर एग चकलेटको एक पोका राख्दै चेल्सी मुस्कुराइ । उ अफिसमा छे Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : म अम्बर हुँ

~अम्बर गुरुङ~

म अम्बर हुँ तिमी धरती,
लाख चाहे पनि हाम्रो,
मिलन कहिले नहोला ।

देखिन्छ दूर क्षितिजमा हाम्रो मधुमय सङ्गम, Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मेरो देश

~दामोदर नेपाल~

बुद्धको उदगमस्थल
शिवजीको क्रिडास्थल
महषिर्हरुका तपोभूमि
देवकोटाको सुन्दर, शान्त, विशाल
व्यक्ति व्यक्तिका अलग अलग विश्लेषण
कथनमा एकरुपता, व्यवहारमा भिन्नता
यही हो अहिलेको मेरो देश नेपाल। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रुपान्तरण

~गीता त्रिपाठी~Geeta Tripathi

दूरन्त कहीँ मेरो आँखाबाट ओझेल
अहिले ऊ
फर्किरहेछ- अनिश्चित गन्तव्यतिर

उसको वरिपरि निर्लिप्त रात
लक्षित उतिरै भुकिरहेछ सायद
र, म Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : चाहिन्न विज्ञापन फूललाई

~तिर्थराज अधिकारी~Tirtharaj Adhikari

छन्द : शार्दूलविक्रीडित

फुल्छन् बुकी फूल जहाँ छ लेक
गुराँस छन् रंग उतै अनेक
फैली जरा पर्वत कापभित्र
सुनाखरी छन् रसदार पत्र ।१।

पारी तलै कण्टक शूललाई
गुलाफका छन् शिरका उचाइ Continue reading →

Posted in छन्द कविता | Tagged | 1 Comment

नेपाली प्यारोडी गीत : जुन पद मैले…

~भूमिका खनाल~

लय : जुन फूल मैले ….

जुन पद मैले चाहेको थिएँ, कसैले खोसेछ
लालसा भने त्यो सधैँ मेरो मनमा बसेछ
जुन पद मैले …………..

सुख नै सुख मिलाई दिने, साथमा त्यही थियो– २ Continue reading →

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

कविता : मेरो सकुनीको चाल

~तुलसीराम पोखरेल ‘निर्दोषी’~

सकुनीको चाला देख्दा
दिल मेरो जल्छ
मैले कात्रो बेर्नुपरे
हर्ष लाग्ने रै’छ
दम्भ कति सँगालेछ
मेरो सकुनीले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्केर जानुछ घरैमा…

~इश्वर देवकोटा~

कलिलो हाम्रो यो जीवन बित्नेभो रहरै रहरमा,
गास र बास काँ होला कोहि छैन आफ्नो यो शहरमा ।।

गाँउघर छाडी हिडेको मनमा सपना बोकेर,
रमाइलो भाथ्यो पहिले त शहरको झिलमिल देखेर ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नैतिक कथा : चङ्गाको उडान

दशैंको मौसमलाई चङ्गाको मौसम भनेर चिनिन्छ । दशैं बिदा सुरुहुनु भन्दा एक दिन अगाडी एउटा स्कुलमा दशैंको बारेमा ज्ञान दिइदै थियो । जसमा चङ्गा उडान पनि समावेश थियो ।

बच्चाहरुले चङ्गा उडाउँदै थिए । शिरिष नाम गरेको एक जना बच्चाको चंगा स्कुल नजिकको घरको छतमा झर्यो । ऊ दौडिदै गएर अर्को बच्चालाई चङ्गा उडाउन सिकाइरहेका शिक्षकलाई गएर भन्यो, ‘ सर ! मैले मेरो चङ्गा साथीहरुको भन्दा माथी पुर्याउन, माथि उडेको हेर्नलाई धागो छोडेको थिएँ, तर चङ्गा त अर्को घरको Continue reading →

Posted in नैतिक कथा | Tagged | Leave a comment

गीति कविता : नदुःखेनि हुन्थ्यो

~श्रीपुरुष ढकाल~

यसरी तिम्रो याद नआएनि हुन्थ्यो
निको भाको घाउ फेरि नदुःखेनि हुन्थ्यो

धेरैचोटि एकान्तमा फूलसँग दाँजेकोथेँ
बादलभित्र जून लुक्दा तिम्रो केश पन्छाकोथेँ Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : पालुवा र सपना

~दीपा राई पुन~Deepa Rai Pun

ए नागिएका रूखहरू
भरखर पो चाल पायौ
तिम्रा सुकेका मुनाहरूमा
कति रहरहरू बाँधिएका खबर
तिम्रै कलेटी ओठहरूमा
जीवनको सप्पै इच्छाहरू
सुम्पेर बाँचेको मनहरू
तिमीलाई हेरेर बाँचिरहेछन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : खाली बेकारमा

~गोवर्धन पूजा~Govardhan Pooja

न त आफ्नो हुन्छ यहाँ न त पराई
मात्रै यहाँ फरक हो हाम्रो हेराई
लिनु छैन लानु छैन केही आखिरमा
किन गर्नु रिस राग खाली बेकारमा
खाली बेकारमा ……

घामले पनि जूनलाई पालो दिनु पर्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : उसले डेरा सरेछ

~मनु वि.क.~

म उसलाई खोज्दै जाँदा
पाउन सकिन उसलाई
उसको अभावमा रमाउन सकिन
डेराका ढोका मलिन मलिन झैं लागे
त्यहाँका झ्यालले
अभावमा आँसु पोखे झैं लाग्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो करनाली

~पूर्ण बहादुर शाही~

प्रकृतिको बरदान हो यो, यही हो सुनको खानी
उपयोगमा ल्याऔं भने बन्छौं स्वाभीमानी ।।

कैलाश मण्डल, मान सरोबर, हिमाली चुचुरा
मुल भई बग्न्या करनाली स्वच्छन्द छ पूरा ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : त्यही हो मेरो देश

~हीरारत्न श्रीशा~

जहाँ चेली लुटिन्छन् त्यही हो मेरो देश
जहाँ दलित कुटिन्छन् त्यही हो मेरो देश

गरिबले खान पाउन्न शासकको महल हुन्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : भावनाका भेलहरु

~कल्पना पौडेल ‘जिज्ञासु’~

अनायसै बग्दा रैछन् भावनाका भेलहरु
खेल्दैछु म हारी हारी जिन्दगीका खेलहरु

भौतारीदै नोकरीको धेरै आशा गर्दा गर्दै Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : जिन्दगी म बाँचिरहेछ 

~सुमन पोखरेल~

आफैँभित्र फैलिएर
कतै आफूबाहिर सङ्कुचित
परिवेश, माटो र आँखाहरूमा
भावना, कल्पना र मुटुभित्र
जिन्दगी म बाँचिरहेछ ।

ढुङ्गामा राखेर घनले हिर्काउँदा
त्यति विभत्स नहोला मुटुको दशा
जति
बाँचिरहनुले
बाँचेर पनि नबाँचिरहनुलाई चोइट्याउँदा हुन्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मको पुस्तक

~तीर्थ श्रेष्ठ~Tirtha Shrestha

तिमी थियौ
म थिएँ
हामीमाथि अनन्त आकाश थियो
र, मधुर वर्षात् थियो
प्राप्ति/अप्राप्तिको हिसाब थिएन
‘तिम्रो’ र ‘मेरो’को कुनै किताब थिएन ।

एकाएक आँधी आयो
एकाएक पहाड खडा भयो Continue reading →

Posted in कविता | Tagged | Leave a comment