~इल्या भट्टराई~
वरिपरिको परिवेशमा छरिन आइपुगिसकेको छ । अगिदेखि तप्त भएको वातावरण विस्तारै शीतलमा अनूदित हुँदै छ । कताबाट हो कुन्नि अचानकै एक झोक्का हावा चलेर जडवत् भइरहेको निःशब्द वातावरणलाई आफू पनि यतै कतै छु है भन्ने सङ्केत दिएर गयो । त्यहीँ छेउको टाँकीको रूख सेता फूल आफूभरि फुलाएर गमक्क परेको छ । सेतो शुभ्र टाँकीले वातावरण उजेलिएको छ, तर मेरो मन……! अगिदेखिनै घुर्मैलो तुवाँलोले टम्म ढाकिएको मेरो मन भने अब, सके म बाँचुन्जेल सम्म पनि उघ्रिन सक्ने छैन ।
तल कतै नदी सुसाएको यहीँसम्म सुनिँदै छ । त्यसको छातीबाट पनि मेरैजस्तो पीडाको चीत्कार निस्किएको पो हो कि ? माथि आकाशमा हेर्छु एकजोडी चील अगिदेखि कावा खाँदै आनन्दित भई उड्दै छन् । यसरी निस्सीम आकाशमा निर्बन्ध उडेर तिनीहरूले सके आफूलाई यो ब्रह्माण्डमा भाग्यमानी साबित गराउँदै छन् । Continue reading →