बहरद्ध गजल : यो जवानी ढल्कियो

~जीवराज बुढाथोकी~

सुन्दरीको बातमा, यो जवानी ढल्कियो ।
छैन केही हातमा, यो जवानी ढल्कियो ।

सोचियो यस्तै त हो, जिन्दगानी आखिर,
भो नि मस्ती मातमा, यो जवानी ढल्कियो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : ग्यासच्याम्बर छेउबाट

~सन्जु बजगाईं~

“म्याडम रुथ म केही घण्टापछि फर्किने छु । आराम गर्दै गर्नुहोला ।” मैले उनले सुन्ने गरी भने । “मध्याह्न हुन लागिसकेको छ । मलाई पार्क लगेर छोडिदेउ र तिम्रो कामका लागि जाऊ ।” उनले अड्को थापिन् ।

“पार्कको बहानामा म रोकिने छैन । आजको दिन मलाई केही घण्टा बिर्सनु पर्छ ।” म उनी बसिरहेको बाल्कोनीमै गएर बोलेँ ।

यिनी बच्चाले जसरी सताउँछिन् मलाई । एकै मिनेट छोड्दिनन् । दिनभर यिनका कुराहरू सुनिदिनु पर्छ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बेहुली घाम

~तारा पराजुली~

अँध्यारोको आदिम जङ्गलबाट
निस्कनै लागेको छ घाम
अब एकै छिनपछि
म्याद सकिने छ सदस्यतापत्रको
काटिने छ फाइलको एउटा अङ्क
र झिकिने छ सधैंका लागि त्यहाँबाट मेरो नाम।

बेफुर्सद छ समय समय यसबेला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

सदानन्द अभागीका पाँच मुक्तकहरु

~सदानन्द अभागी~

निसाना गलत भयो

निसाना गलत भयो भागी ऊ त गयो
खोज्दाखोज्दै समयको बर्वादी नै भयो
लेखाजोखा नगर्दा त यस्तै हुन जान्छ
भोग गर्ने तीब्र इच्छा त्यो त वाँकी रह्यो

भन्थे सुन्दर प्याला Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

लोक कथा : फुर्गेल्जे बुढो

~सङ्कलक : केडी रेम्नीसीङ~

कोलाम डाँडामा साइबर क्याफे खोल्ने सपना उनेको धेरै भै सक्यो तर उनेको र बुनेको वीच खुबै फरक पर्दो हो । बुन्न सकिएको छैन आकार दिनलाई त्यो सपनाको । तल्लो सोलु पर्यटन पदमार्गको सम्भावना खोजी गर्दै द गे्रट हिमालयन ट्रेलले यस क्षेत्रका धेरै स्थानहरुलाई गुगल अर्थसम्म पु¥याउने कोशिस गर्दैछ । तर यो थाहा छैन यस उपत्यकाका बासिन्दालाई, थाहा होस् पनि कसरी? के हो गुगल अर्थ? के गर्छ त्यसले? यी सबमा गाउँले कुहिरो भित्रका काग छन् । किनकी यो त सदरमुकाम बासीहरुको आँखामा एउटा राउटे वस्ती हो ।

तर जे जस्तो भएपनि आफ्ना सहकर्मी साथीहरुलाई सपना सुनाउन छोडेको छैन फुर्गेल्जे बुढोले । पेशाले शिक्षक बुढा भन्छन् ‘मेरापिक र लुक्लासम्मको पदमार्गलाई यताबाट पनि बैकल्पिक बाटोको रुपमा विकास Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : बाढीमा स्वयं डुबेको छ नदी

~लक्ष्मण नेवटिया~

नदीले हाम्रो भए भरखरको सबै बगाइदियो
आरोप न लगाइनुस नदीलाईकी
अहिले नदी आफै डुबेको छ।

जबर्दस्तीको मानसुनको हसुराइ खुवाइले
अपच भएर बान्ता गरिरहेको छ
नदी आफै बिरामी परेको छ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : आज्ञा

~श्रेयज सुबेदी~

२०८५ को जाडो सुरूवाती अवस्थामा छ । माघे संग्रान्तीका तिलौरे लड्डु टेबल माथी सीसी भित्र कैद छन् । बिर्को खोलेर छोरीले एउटा क्वाप्प मुखमा हाल्छे । ३५ बर्षे मेरो तालु मुसार्दै खुसुक्क काखमा आएर बस्छो । ल्यापटपका कि हरू अन्नधुन्न थिच्दै सोध्छे “के गल्सेको बाबाले ?” । माउसमा जथाभावी हात लाग्छ । मिनीमाइज गरेर राखेको एउटा तस्बिर खुले पछि…छोरीको अर्को प्रश्न “को हो बाबा यो आन्ती ?” । हत्तपत्त बन्द गरि छोरी बोकेर कुर्सीबाट उठ्छुा । उस्लाइ बोकेर नाच्छुा….गाना गाउछुा…..मुख बङ्ग्याउछुा नाक खुम्च्याउछुा….गालामा दारी दल्दिन्छुा…हसाउछुा हास्छुा…..उस्को प्रश्नलाइ भुलाउछुा । आाखा रसाउछ, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : नकाब भैदियो भने

~मौसमजी भण्डारी~

न्दर लाग्ने आकृतीमा नकाब भैदियो भने,
के लाग्छ र मानवताको अभाब भैदियो भने ।।

स्खलित हुँदै जान्छन पक्का लाग्ने बिचारहरु,
आस्थाहरुमा लालचाको प्रभाब भैदियो भने ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मुहार पुस्तक

~पूर्णिमा प्रतिबिम्ब~

आफू
राजधानीमा बसेर
छानीछानी
पाठ्यक्रम
भित्र-बाहिरका
पढिरहँदा मलाई
ती
दुर्गम गाउँका बालबालिकाहरूको याद आउँछ ।
जो सरकारले निःशुल्क दिने भनेको
पुस्तकको बाटो हेरेर
शैक्षिक वर्षको अन्तिमसम्म पनि
टोलाई रहन्छन् ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अक्षरहरुको क्रान्ती

~रुपक प्रनिल~

स्वर्गको एक टुक्रा
हिम शृड़्खलाभन्दा अली तल्तिर बसी
सिंहदरबारको उत्सव हेर्दै
जुर्मुरिँदैछन् काला पहाडहरु ।।

आमाको फरिया खोलेर
छिमेकी दाईलाई सुम्पने
सढ्यन्त्र रच्दैछन्
गीद्दको नजरमा नपरेका सिनोहरु ।।

रामे दाई त्यो निर्जीब शालिकबाट Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रिय

~सिजन गिरी~

प्रिय
तिम्रो कल्पना बाट बिहानीको मिर्मिरे घाम किरण मेरो दिलमा प्रवेश गर्छ
प्रिय, तिम्रो हरेक स्वर बाट मेरो दिनको पल पल बित्छ
प्रिय, तिम्रो एक एक सब्दमा भरिएको छ मेरो जीवन को मिठास
प्रियसी
तिमि छौ र त म छु
तिमि छौ र त हामी छौ,
तिमि छौ र त म छु, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बालाई चिठी

~आन्विका गिरी~Anbika Giri

बा,
नमस्कार गरेँ
सन्चो बिसन्चो सोधनी गरेँ
चिठीमा मैले मनको बह पोखेकी छु
धैरै धेरै गुनासाहरू पोखेकी छु

बा,
म एउटा ठूलो सहरमा छु
झिलिमिली बत्ती बल्ने सहरमा
ठूला ठूला कारखाना भा’को सहरमा
ठूला ठूला घर भा’को सहरमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : उडान भेटिन्छ

~हीराछवि श्रीशा~

पहाड तराई नेताको नै उडान भेटिन्छ
चारैतिर त्यहि नेताको सम्मान भेटिन्छ

नेपाली जनता औशीरातमा खुम्चेर बस्दछन
हिम्मत राखि लडेपछि पो बिहान भेटिन्छ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : गिरफ्तार गणतन्त्र

~हेमन्त ऋतु~

म भ्रमिक भएछु
दिवास्वप्नका तलाउहरूमा डुबेछु
मेरो लोकतन्त्र
मसँगै
पाइला पाइलामा डुलेको छ भनेर
मेरो गणतन्त्र
गुराँस र गुलाब जस्तै
मेची–महाकालीसम्म फुलेको छ ठानेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सङ्घ बिनाको सङ्घीयता

~निर्मल निसार~

सङ्घ बिनाको देशमा हेर सङ्घीयता भन्छन्
सङ्घीयता गल्पासो भो थाती राखौ“ भन्छन्
सङ्घीयताकै बलमा हेर मधेश प्रदेश भन्छन्
अखण्ड यो मातृभूमि टुक्रा पारौ“ भन्छन् ।

गोर्खालीको गौरवगाथा थाहा नहुनेले
नाकाबन्दी गुहार मागे छिमेक रिझाउनेले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यात्रा

~देवेन्द्र कुँवर~

अघि बढेका छन् तिम्रा पाइला पछि हुन हुन्न अब
रोकिन्छ पाइला तिम्रो तब पूरा हुन्छ महान लक्ष्य जब
आउँछन् हजार बिध्न बाधाहरु तिम्रो हिंड्ने बाटामा
पन्छ्याउँदै जाऊ अडचनहरु मुक्तिगामी दस्ता छन् साथमा

जिताउन असत्यलाई अवसरवादको अनुयायी सारा लागे पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ठेला परेका हातहरु

~दिपक नेपाल~

सुन्दर हातहरुले
क्रान्तिको खाका कोर्ने भए
कोमल पाउहरुले
क्रान्तिको बाटो टेक्ने भए
उठ्ने थिएनन्, ठेला उठेका हातहरु
जुट्ने थिएनन खस्र्रु परेका खुट्टाहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नगर भो सम्झौता

~रमेश कालाथोकी ‘कङ्गाल’~

नगर भो सम्झौता त्यो देशै जान्छ भने
नेपालीलाई लडाएर देशै खान्छ भने
चाहिदैन यस्तो नारा नेपाली भई बाच्नु पर्छ
भारतबाट पलायको सङ्घीयता फाल्नु पर्छ

के खोज्दै छन् नेताहरुले देशलाई चिरा पारी
विस्तारवादले नेपाली भूमि खायो सीमा सारी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गरिब

~निलिमा पुन ~

झुपडीमा बस्नु मेरो के दोष भो र?
म त्यहीँ जन्मेको थिएँ
हुनेले महल बनाए र पो
मेरो घर झुपडी देखियो
खाली खुट्टै हिँडनु मेरो के दोष भो र ?
म त्यस्तै हुर्केको थिएँ
हुनेले जुत्ता लगाए र पो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिचान

~मनु वि.क.~

हिमाल पहाड तराईमा
बराबरी घाम
मुटुभित्र नेपाल आमा
यही हो पहिचान Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भरिया दाई

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

सपना ठुलो पाइ-पाइ जोडी
किन्नुछ आना सुन
टायेर् को चप्पल टालेको दौरा
ढाकरमा ढिक्के नून

शिरैमा नाम्लो काधैमा खकन तक्माछ हातैमा
बिसाउदा भारी मनैको पिर बजाउछ पातैमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : र म छु !!

~शेखर ‘अस्तित्व’~

कुल्चिएको चाहना छ ! र म छु !!
तड्पिएको तिर्सना छ ! र म छु !!

छैन बत्ती आज कोठामा हजुर !
सल्किएको सम्झना छ ! र म छु !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : घाऊ हुन्नथ्यो फालीले

~भुवन निस्तेज~

जुन छातीमा घाऊ हुन्नथ्यो फालीले
त्यै भो घायल ऐले फूलको लालीले

निर्धो पक्षी काँ गै बस्ने होला खै
छेवैमा किन आइस् भन्छ डालीले Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : किन हेर्न नजानु, डोमकच ?

~विश्वराज अधिकारी~

म भौजीलाई भेट्न नगएको त के कुरा, भौजीको गाउँसम्म पनि नगएको पाँच वर्षभन्दा बढी भइसकेको थियो। त्यस हुनाले यो पटक निधो गरेर हिंडेको थिएँ, चन्द्रनिगाहपुर पुगेर त्यहाँको काम सकिने बित्तिकै भौजीको गाउँ अवश्य जान्छु। अँ, मैले भन्नै बिर्सें, त्यो बेला चन्द्रनिगागपुर र गौरबीच मोटर चल्थेन । मैले हिंडेर नै पुग्नुथियो, चन्द्रनिगाहपुरबाट भौजीको गाउँ। झट्केर हिंडे पनि तीन घण्टा लाग्थ्यो। एक सुरले हिंडेको हिंड्यै गर्नुपथ्र्यो, चिया पसल यस्तो उस्तो केही थिएन, त्यो गाउँ जाने बाटोमा।

म भौजीको गाउँ पुग्दा साँझ परिसकेको थियो। गाईको बथान जङगलबाट फर्कंदै थियो गाउँमा, दिनभरि चरेर। केही गाईहरूका घाँटीमा झुन्ड्याएका घाँडो (ढोलना) ती गाईहरू हिंड्दा निस्कने अनेक ध्वनिहरू मैले बीरगंजको कीर्ति सिनेमा हलमा मेरो समयमा सुनेका हिन्दी गीतभन्दा कम बेजोड थिएन। जाडोको सयम भएकोले सबैले आफ्नो आफ्नो आँगनमा घुर लगाउँदै थिए। म भौजीको आँगनमा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : नेता

~यकिना अगाध~

सडकमा होइन्जेल
जनतालाई महान देख्यो
सत्तामा पुगेपछि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : जलपरी र जँड्याहाहरूको दन्त्यकथा

~पाब्लो नेरूदा~
अनुवाद: बिनोदबिक्रम केसी

पूर्णतः नग्न
उनी त्यहाँ आइपुग्दा
तिनीहरू त्यहीँ भित्रै थिए
रक्सी खाइरहेका उनीहरू तब थुक्न थाले
भर्खरै नदीबाट आएकी उनी
बुझ्दिन थिइन् केही पनि
बाटो भुलेकी मत्स्यकन्या थिइन् उनी
उनको चम्किलो देहमाथि बग्न थाले अपमानहरू Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : घण्टी

~रजित ओझा~

त्यो घण्टी बिस्तारै सानो हुँदै, पग्लिँदै थियो सूर्यको प्रकाशमा । तर, रातमा सूर्य किन उदायो ? बखतेलाई मनमनै अचम्म लाग्यो । यो रात सूर्य उदायो, जसको प्रकाशमा घण्टी पग्लिन थाल्यो । भोलि स्कुलमा कसरी घण्टी बजाउने ? सर, मिसहरुलाई कक्षा सकिएको कसरी थाहा हुन्छ ? घण्टी त पग्लिँदै छ । बखते हतार-हतार घण्टी जोगाउन दौडियो तर उसका खुट्टाका चप्पल हिलोमा गाडिए । हिलो बढ्दै गयो । बखते भाँस्सिदै गयो । घण्टी पग्लिँदै गयो । सूर्यको राप बढ्दै गयो ।

माथिको हरफ सबै भर्खरै बखतेले देखेको सपना ! आजकल ऊ यस्ता-यस्ता छेउ न टुप्पोका सपनाहरु धेरै Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हिमाल, पहाड र तराइ

~चन्द्र गुरुंग~

असंख्य तेन्जिङ्ग र हिलेरीहरुका आक्रमणले
घायल बनेका हिमालहरु
हर क्षण
झार्छन् हिउँको चिसो आँसु ।

कुनै आर्मी आफीसरको आदेश बमोजिम
सजिएर हरियो कम्बैट ड्रेसमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छोक : मह

~यकिना अगाध~

हे मेरो ब्रम्हादेव !
हे मेरो सृष्टिकर्ता !
अघि बनाइ दियौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हात्तिले हिड़ाई रोक्दैन

~गोवर्धन पूजा~Govardhan Pooja

छाउराहरु भुक्दैमा हात्तिले हिड़ाई रोक्दैन
कुकुरले टोक्यो भन्दैमा मान्छेले कुकुर टोक्दैन

विद्द्वान हुन्छ तव त्यो अरुको गुण चिन्दछ
आफैले ठूलो भनेर टाउको कहिल्यै ठोक्दैन Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : बन्द आवरण

~सुमित्रा न्यौपाने~

‘तिमीहरूले डेकुरेसनमा ध्यान दिनु, अतिथिहरूको ख्याल गर्नु, तिमीहरूले खानाका परिकारमा ध्यान दिनु, फलफुल लगायत अन्य चिजमा ध्यान दिनु’ फरक फरक समूहलाई निर्देशन थियो । धेरै समूहको विभाजन गरेर कामको बाँडफाँड गरेका थिए मेनेजरले । कुनै पनि कुरामा कमी नहोस् भन्ने मेरो कडा निर्देशन थियो मेनेजरलाई ।

खुबै सक्रिय बनेका थिए । आ–आफ्नो जिम्मेवारी पुरा गरे नगरेको आफै पुगेर हेर्थे उनी । अफिसमा सबै व्यस्त थिए । काम Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : अर्थ/ अनर्थ

~तिर्थराज अधिकारी~Tirtharaj Adhikari

छन्द : अनुष्टुप्

छिटै अमर मर्नाले अशोक शोकमा प~यो
आरोग्य रोगले गल्दा अभय भयले ढल्यो ।

कुमारी गर्भकी भारी पति कुमार छन् घरै
मौनता जोडले बोल्दा लाग्यो नि घर चर्कनै । Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment