~दिनेश अधिकारी~
कट्कटी काटिएको आफ्नो मन लिएर
थरथर काँपिरहेको
आक्रोशयुक्त‚ वरमा
कुनै एकदिन
वी.वी. अनुरागी
मसँग भनिरहेथे –
दाइ ! धर्मको नाममा
जिजुबाजे, बाजे र बा मात्र हैन Continue reading
~दिनेश अधिकारी~
कट्कटी काटिएको आफ्नो मन लिएर
थरथर काँपिरहेको
आक्रोशयुक्त‚ वरमा
कुनै एकदिन
वी.वी. अनुरागी
मसँग भनिरहेथे –
दाइ ! धर्मको नाममा
जिजुबाजे, बाजे र बा मात्र हैन Continue reading
~मनु ब्राजाकी~
आँखाभरि खोलानाला ताल राख्याछु
हृदयमा समुद्रको छाल राख्याछु ।
आँसु पुछ्न अब भने सजिलो भयो,
गोजीभित्र उसैको रुमाल राख्याछु । Continue reading
~हिरारत्न श्रीशा~
श्रीमती, दिदीबहिनी आमा पनि चाहिने यहाँ
छोरी जन्माउँदा किन तिरस्कार पाइने यहाँ
एक्काइसौं शताब्दीमा छोरी हेर्ने नजर उस्तै Continue reading
~शिशिर शर्मा~
यहाँ देश समस्याको दलदलमा गैरहेछ
गरिब जनता अत्याचार सहिरहेछ
जनता गरिब हुँदै गैरहेछ
नेताहरूकै सर्वेसर्वा भैरहेछ
यहाँ जनता दुःखको गीत गाइरहेछ Continue reading
~गोविन्ददेव आचार्य~
जिन्दगी नसोध् मलाई सधैँ-तेरो के हाल छ ?
घाटामा खरायो, नाफामा कछुवाको चाल छ ।।
हो; फेरियो ! मेरो समय र देश अवश्य फेरियो
हिजो जस्ता थियो, छानामा आज चुहिने पाल छ ।। Continue reading
~जीवराज बुढाथोकी~
सुन्दैन भन्दा कुनै, कस्तो जमाना हरे ।
गर्दैन धन्दा कुनै, कस्तो जमाना हरे ।
कंगाल बन्दै गए, जन्ता सबै हेर त्यो,
छोड्दैन चन्दा कुनै, कस्तो जमाना हरे । Continue reading
~कुमार भट्टराई~
यता फर्किए पनि तिमी देख्छु
उता फर्किए पनि तिमी देख्छु
सिरक भित्र लुकेर निदाउन खोज्छु
सिरक भित्र तिमी नै सल्बलाएको भेट्छु
निदाउन नसकेर आँखा बन्द गर्न खोज्छु
मष्तिस्कको पर्दामा पनि तिमीलाई देख्छु Continue reading
~नविन काफ्ले अभि~
अक्सर मान्छेहरु राम्रै खाउ रामै्र लाउ जे गरु राम्रै गरु भन्ने सोच बुनेर बसेका हुन्छन् ति मध्येको एक म पनि थिए । जिवनलाई खास बाटोमा वा भनौ मुल बाटोमा कुदाउन नसकेपनि भित्री गोरेटोहरुमा कुदाउदै थिए । कक्षा १२ को नतिजा आए पछि एक खालको जाँगर आएको थिायो स्नातक पढ्नलाई । त्यही जाँगरलाई सम्हाल्दै म पनि तिहार सकाएर राजधानी तिर लागे । पहिलो पटक राजधानी जादै थिए घरमा नजा यतै पढे पनि हुन्छ भन्दै हुनुहुन्थ्यो मैले जिद्धी गरैरे राजधानी लागेको थिए । Continue reading
~अमृत सिङ थिङ~
थाक्दैन दुई आँखा हेरेर तिमीलाई
राखेको छु ,परेलाले छोपेर तिमीलाई
बनेर माली मनको बिशाल बगानमा
देख्दैन कसैले राख्याछु रोपेर तिमीलाई Continue reading
~आविष्कार कला~
देश के हो
म उत्तर खोजीरहेछु
उ पनी उत्तर खोजीरहेछ
भिमसेन पनी खोजीरहेथे
वहादुर शाह पनी खोजीरहेथे
सायद तिमिपनी खोज्दैछौ ।
देश गोरेटो बाटो हो की
तिमि मात्र हिड्नलार्इ Continue reading
~रमेश भट्टराई ‘सहृदयी’~
गोपाल विद्यालयको सबैभन्दा कमजोर विद्यार्थी थियो । परीक्षामा सधैँजसो गाली र सजायको ठेक्का बोकेको उसमा सबैको नजर पर्थ्यो । जसरी जान्ने विद्यार्थीमा माया बर्सिन्छ त्यसै गरी पढाइमा कमजोर भएको उसमा पनि प्रायः शिक्षक लगायत घर परिवारको उत्तिकै गाली बर्सिन्थ्यो ।
एकदिन डाँडागाउँबाट उसको घरमा मामा आउनुभएको थियो । उहाँले उसलाई माया गरेर भन्नुभयो–“ओहो ! भान्जा बाबु त लाठे भइसकेछन्, अनि पढाइ कहाँ पुग्यो ?”
मामाको स्वर एकाएक उसकी आमाको कानसम्म पुगेपछि आमाको क्रोध वर्षिन थाल्यो Continue reading
~यकिना अगाध~
राष्ट्रपतिको आदेश–
बलात्कारीलाई सजाय कडा
प्रधानमन्त्रीको उद्घोष–
भ्रष्टाचारमा शून्य सहनशीलता
मन्त्रीहरुको प्रतिबद्धता– Continue reading
~सुविन हाछेथु~
भाग्यको रेखा कोर्न पाए हुन्थ्यो,
शब्दको मर्म बुझ्न पाए हुन्थ्यो
खोलाको तीरमा बसी खुट्टा चोपेर,
कलकल बग्ने गीत सुन्न पाए हुन्थ्यो ।
पूर्णेमा जूनको लालिमा हेर्दै,
आकाशमा टिल्पिलाउँदो तारा गन्दै Continue reading
~दिनेश सुवेदी~
तिम्रो नजर यो मनमा गड्यो
लजाउँदै झुक्ने त्यो
हिस्सी मुहार यो मनमा गड्यो
यो दिलको सागरमा उर्लिँदैछ छाल तिम्रै
धड्कनसँगै ठोकिँदै त्यो Continue reading
~जीवा लामिछाने~
सन् २०१६ मार्च २८ । हामी साइप्रसको पाफोस सहरबाट १५० किलोमिटर दूरी पार गरेर राजधानी निकोसिया पुगेका थियौँ । हरेक सहरको आफ्नै मौलिक विशेषता हुन्छ, त्यही मौलिकता हेर्दै हामी रमाइरहेका थियौँ । १० लाख जनसंख्या भएको युरोपियन युनियनमा रहेको सुन्दर देश साइप्रसमा यसअघि नपुगेको त होइन, तर यसपटको घुमघाम नितान्त पारिवारिक र फुर्सदको थियो । अरु बेलाको तुलनामा परिवारसँगको भ्रमणमा मन विशेष आह्लादित हुन्छ नै ! Continue reading
~मोहन कोइराला~
नेपाली आमाका नेपाली अनुहारहरू ।
नेपाली माटाका नेपाली अनुहारहरू ।
म त सप्तगण्डकी बनिसकेछु अनुहारहरूमा ।
म त सप्तकौशिकी बनिसकेछु वेशभूषामा ।
मेरा कल्पनामा छाल उठेछन् सात स्वरको। Continue reading
~देवी बहादुर श्रेष्ठ~
तोड बेतोडको जमाना
जोड घटाउको अर्थ
घात प्रतिघातका शब्दहरु
विश्वास अविश्वासका छापहरु
जन्म मृत्युको दोसाँध
एउटा मूर्त एउटा अमूर्त
उस्तै चेतन र अवचेतन Continue reading
~कल्पना मगर~
बसन्त ऋतुको आगमन सँगै
वनै भरी
लाली गुराँस फूल्नु पर्ने हो रक्तामे भएर
विरुवाहरुले पनि काँचुली फेर्न पर्ने हो
नयाँ पालुवाको आगमन सँगै
तर यसपटक Continue reading
~जैकी मोजाहु~
तिमीलाई मेरो कुनै गुनासो छैन
सानो यो दिल टुट्यो अरू चासो छैन
तिमीले सोधेको जवाब सवै दिएँ
दुनियाँ हाँस्ने बाँकी कुनै हाँसो छैन Continue reading
~उमेश पराजुली~
१
पढ्ने केटो
फेसनको होडमा
पढाई छाड्यो
२
सिन्दुर पोते
अत्याधुनिक नारी Continue reading
एकादेशमा एउटा राजा रहेनछन । राजालाई कथा सुनाउने, मनोरञ्जन गराउने एउटा मण्डलीरहेछ । त्यस मण्डलीले राजालाई गाँजाको लत बसालिदिएछ ।
जुनसुकै बेला पनि गाँजाले लठ्ठिएकोदेखेपछि रानीले वैद्य बोलाएर गाँजा छुटाउने उपाय गर्न भनिछन् । Continue reading
म मरिदिन्छु
यदि देश बन्छ भने
म पात भएर हांगाबाट खसिदिन्छु Continue reading
~विश्वराज अधिकारी~
मैले दाइलाई भनें– “भाउजूले तपाईंलाई अति नै माया गर्नुहुँदो रहेछ। जहिले पनि मेरो पति यस्तो, मेरो पति उस्तो भनेर हजुरको बयान, गुणगान गर्नुहुन्छ।”
मैले थपें– “हजुर त भाग्यमानी हो दाइ। साँच्चै, यति प्रशंसा गर्ने पत्नी पाउनु भाग्यको कुरा हो। अस्ति एउटा पार्टीमा भेट भएको बेला उनका छेउछाउका सहआमन्त्रितहरूलाई हजुर यो शहरको नाम चलेको चिकित्सक हो, क्लिनिकमा बिरामीको जहिले पनि भीड हुन्छ रे। शहरका अरू कुनै चिकित्सकले निको पार्न नसकेको बिरामी तपाईंले निको पार्नुभयो आदि आदि कुराहरू सुनाउँदै हुनुहुन्थ्यो। सुन्नेहरू पनि उनका कुराहरू चाख लिएर सुन्दै थिए।”
~सुलोचना मानन्धर धिताल~
सयौँपटक आफ्नै छेउबाट
आफ्नै नजिक र अगाडिबाट
वारपार गरेको अवसरलाई Continue reading
~Laxmi Prasad Devkota~
Translated By : David Ravin
1
Oh yes, friend ! I’m crazy-
that’s just the way I am.
2
I see sounds,
I hear sights,
I taste smells,
I touch not heaven but things from the underworld, Continue reading
~कृष्ण अविरल~
साहित्यमा सबैभन्दा धेरै पाठकलाई आकषिर्त गर्ने विधा हो उपन्यास । नेपाली साहित्यको मूलधार कविता भए पनि पुस्तक बिक्री र लेखकस्वका कसीमा राखेर मूल्याङ्कन गर्दा उपन्यास विधा सबैभन्दा लोकप्रिय रहेको देखिन्छ । स्तरीय उपन्यास प्रकाशित हुँदा पाठकले खोजीखोजी पढ्ने गरेको पाइन्छ । यद्यपि सिर्जनागत दृष्टिले उपन्यास विधा जति उर्वर हुनुपर्ने हो त्यति हुन सकेको छैन । सङ्ख्याकै दृष्टिले हर्ेदा पनि वर्षा एक हातको औँलामा गन्न पुग्ने गरी समेत स्तरीय उपन्यास प्रकाशित हुन सकेका छैनन् । गिरीशबल्लभ जोशीद्वारा लेखिएको “वीर-चरित्” -वि सं. १९६०) लाई Continue reading
~बिपस्वी~
किन किन यस्तो लाग्छ
तिमी मेरै जस्तो लाग्छ
तिमीलाई भेटे देखि
अरु कुरा सस्तो लाग्छ Continue reading
~म. बि. बि. शाह~
आकाशका तिर्मिरे तारा म गन्न सक्तिनँ
मनको कुरो मुखमा ल्याई म भन्न सक्दिनँ
साउने झरी ढुङ्गेलो बाटो बिर्सिन सक्दिनँ
बिर्सेर पनि त्यो दिन आज बिर्सिन सक्दिनँ Continue reading
~चाँदनी शाह~
यति ठुलो संसारमा मेरो भन्नु एउटै बास – तिम्रो मन
यति धेरै मानिसमा मेरो भन्नु एउटै आफ्नो – तिम्रो माया
कहाँ गई सुनाऊँ म मनभरिका कुरा तिमीले नसुने
कहाँ गई बिसाऊँ म मुटुभरिका माया तिमीले नदिए
मन मानिसको कहिलेकाहीँ सानै कुरामा चस्किएर दुख्छ Continue reading
~सिस्नुपानी~
हे भन भन साथी हो – देउसिरे
राम्ररी भन – देउसिरे
उहिले उहिले हाम्रो – बेलैमा
सत्ता ढलाउने – खेलैमा
छिनछिनमा सरकार – फेरिन्थे
दूतावास द्वारा –घेरिन्थे
टाला र टुली – गाँसिन्थे
नौ मैना नभै – मासिन्थे Continue reading
आऊ सबै खेलौं अब एकै ठाउँमा होली
पूर्व मेची महाकाली सबको माया घोली ।।
यो देश हो हामी सबको फूलबारी साझा
टुक्र्याउन हुन्न यसलाइ जोडौं दिल खोली।। Continue reading
~सदानन्द अभागी~
‘समयका धबबाहरू’मुक्तकका कृतिकार हुन नारायण मरासिनी । २०२९ साल पुस २७ गते चिन्नेबास–१ ज्याग्दिखोला , स्याङ्जामा जन्मेका ,माता कुन्तीमाया र पिता गणेशप्रसाद उपाध्यायका पुत्ररत्नसँग २०७५ साल कार्तिक ६ गते ज्यााग्दीखोला साहित्य प्रतिष्ठानले आयोजना गरेको बृहत् हरिनाश साहित्य सम्मेलनमा साक्षात्कार भएको र सोही सम्मेलनमा उहाँले मलाई ‘समयका धब्बाहरू’ (मुक्तकसङ्ग्रह २०५१, दोस्रो संस्करण २०६३), ‘सानें (खण्डकाव्य २०५६), रणभूमिबाट (कवितासङ्ग्रह–२०६३) र ‘हेडसरका कथाहरू’ (लघुकथासङ्ग्रह–२०७१) गरी चार कृतिहरू उपहारस्वरूप प्रदान गर्नु भएको थियो । उहाँको प्रथम कृति तीजको कोसेली (तीजका गीतहरूको सँगालो Continue reading