कविता : ठेला परेका हातहरु

~दिपक नेपाल~

सुन्दर हातहरुले
क्रान्तिको खाका कोर्ने भए
कोमल पाउहरुले
क्रान्तिको बाटो टेक्ने भए
उठ्ने थिएनन्, ठेला उठेका हातहरु
जुट्ने थिएनन खस्र्रु परेका खुट्टाहरु
महलबाट गरिने दुःखीका कुरा
महंगा कारबाट पोखिने गरिबका व्याथा
अकुत सम्पत्ति जम्मा गरेर
गरिने समरुप समाजका कुरा
अन्यायी र भ्रष्टहरुले गर्ने
न्याय र सुशासनका कुरा
कति हावादारी होलान ?
कति विनासकारी होलान् ?
क्रान्तिको प्रवाह रोक्न क्रान्तिकै कुरा
स्वाधिनताको लडाई रोक्न
स्वाधिन भएको घोषणा
कति विनासकारी होलान् ?
ति षडयन्त्रकारी होलान् ?
बुर्जुवा सत्ताको महमा डुबुल्की मारेर
आमूल परिवर्तनको सपना बाँडेर
गरिएा जनघाती सम्झौताहरु
राष्ट्रवादको रुद्राक्ष जपेर
सत्ता लम्ब्याउने खेलका लागि
गरिएका राष्ट्रघाती सम्झौताहरु
कति खतरनाक होलान् ?
त्यसैले त,
क्रान्तिभित्रको क्रान्ति बुझेर
मुक्तिभित्रको मुक्ति बुझेर
सबै भ्रमजालहरुलाई चिर्दै
उठ्दैछन् ठेला परेका हातहरु
खबरदार ¤
बढ्दैछन् खर्सु परेका खुट्टाहरु !!

(बुटवल, रुपन्देही)

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क १८ – March 30, 2016 )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.