यात्रा संस्मरण : प्राचीन नगर रोम र अर्को सानो देश

~डा. शान्ति छेत्री~

त्यो धरहरा अब ओझेल भइसक्यो – म भने दिल्लीको कुतुब मिनार, काठमाडौको धरहरा र बनारस हिन्दु विश्वविद्यालयको विश्वनाथ मन्दिरका भव्य उँचाइहरू सम्झनु पुग्छु। झ्यालबाहिर विदेशी हावा, विदेशी दृश्य र मनभित्र स्वदेशी सम्झना सङ्गालेर बससितै दगुरिरहेछु। तमिल सहयात्रीहरू गठ्याङ-मठ्याङ कुरा गर्दैछन्। ड्राइभर फ्रयाङ्कले हामी दुइका बाकस बसभित्र राखिदिने, होटेलसम्म पुऱ्याइदिने गरेको नि:स्वार्थ सेवाबारे हामी पनि कुरा गर्दैछौं। खुसरो र ड्राइभर दिनभरि र शायद रातको लागि पनि योजना मिलाउँदैछन्। म फेरि सम्झन पुग्छु – “फल अफ् द रोमन एम्पायर, बेनहर र एल्सीद अङ्ग्रेजी सिनेमाका दृश्यहरू। यतातिरका सजिलै Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

Poem : Wings

~Purushottam Dhungel~

I have millions of wings
Wings of million desires
Wings of million dreams
Wings of million imaginations

These wings are not Continue reading

Posted in Poem | Tagged | Leave a comment

सूत्रकथा : समय

~प्रद्युम्न श्रेष्ठ~

‘सरको जुङ्गा पनि पुल्नु थाल्यो। एक दुईवटा सेता केशहरू पनि देखिन थाल्यो।’ Continue reading

Posted in सूत्रकथा | Tagged | Leave a comment

लघुकथा : चक्र

~कालूसिंह रनपहेंली~

शिशिरको कठ्याङ्ग्रिएको एउटा चिसो मन भएको कसै कसैको तातो बन्दै गएको रगत रोकियो, रोपेर चुप्पी छातीमा। हत्या कसले गऱ्यो? चुनौती भयो पुलिस विभागलाई। हत्याराको पत्तो लागेन। हत्याको रहस्य गाँठो फुस्केन।

घाम-पानी भयो, हिउँद-बर्खा आयो। दिन र रातको पल्लामा कालले समय तौलिरह्यो। गौंथलीहरूसितै उड़िरह्यो समय, खोलाहरूसितै बगिरह्यो त्यो। Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

समीक्षा : मोहन कोइरालाको फर्सीको जरा कवितामा व्यञ्जना

~हेमन्तकुमार नेपाल~

शक्तिको प्रयोग

आधुनिक नेपाली कविता साहित्य विधाको पयोगशील कविताधाराका प्रवर्तक एवं प्रचारकका रूपमा सुपरिचित मोहन कोइराला प्रयोगधर्मी गद्यकवि हुन्। स्वच्छन्दतावादको समृद्धि कालसँगै कविताको फाँटिलो क्षेत्रमा कवित्वको वीज रोपी प्रसस्त उब्जनी गर्न तत्पर देखिन्छन् । उनको यो लगनशील प्रवृत्ति मूर्त प्रयोगवादी धारासम्म आइपुग्दा अविच्छिन्न गतिमा समयलाई तन्काएर प्रसस्त उब्जनी उब्जाव गरेकाले नेपाली साहित्य पिपासुहरू अझसम्म पनि पुष्टिएकै छन् । भाव वा विचारगत अमूर्तता भएकाले उनका कवितामा बाह्य लयको Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

संस्मरण : आँखा भरि भरि सम्झनाहरु ….

~धनहाङ्ग सुब्बा~

एक साँझ रोल कल परेडमा सार्जन्ट मेजरले अब हामीहरु चाँडै यो क्याम्प छोडेर सिंगापुर रियर हेड क्वार्टरमा जाँदै छौ, फर्कदै छौ । अहिले देखि नै तयार तयार हुँदै गर्नु भन्ने हुकुम सुनायो । तर यस भन्दा अघि नै बि.बि.सी. ले आकाशबाणीबाट र सबै भाषाका पत्रपत्रिकाहरुले मलायाले मरदेका (स्वतन्त्र) पायो, कम्यूनिष्ट आतंककारीहरुले आत्मा समपर्ण गरे, देशका संकटकाल र रातको कर्फयू फिर्ता लिएको, निषेधित र Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : सेतो चिठी

~श्रीओम श्रेष्ठ ‘रोदन’~

लेखुँ कि नलेखुँ, जाबो सपनाको कुरा ! यसलाई न कसैले आधिकारिक मान्यता दिन्छ, न कतै प्रमाणित नै गर्न सकिन्छ । एक्काइसौँ शताब्दीमा सपनाको कुरा गर्नु पनि एक प्रकारको हास्यास्पद हो । रमाइलो पनि त हो नि । देख्न त देखेकै हो । अरूसँग के मतलब । आफ्नो सपना आफ्नैलागि त हो नि । आज विज्ञानले नगरेको केही छैन, गर्न नसक्ने पनि केही देखिएको छैन । असम्भव भनेका सबै सम्भव बनिसके । मङ्गल ग्रहमा त पुगिसके, अनुसन्धान भइरहेका छन्, अरूका के कुरा । टेबुलमाथि भएको कम्प्युटर, झोलामा बोकेरै हिँड्ने ल्यापटप भए संसारभरि पुग्न सकिन्छ तुरुन्ता तुरुन्तै । जहाँसुकै भएको मान्छेसँग भेटघाट, कुराकानी गर्न मिलिसकेको छ । अन्तमात्र हो र हाम्रै देशमा पनि । पहिले भए घण्टौं लगाएर लेखेको चिठी महिनौ लगाएर Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : आस्थाको मृत्यु

~मुक्तिनाथ घिमिरे ‘पथिक’~

उसले आस्थाको मन्दिर बनायो । स्वच्छ मनको पवित्र केन्द्रमा भावना र विवेकपर्ूण्ा अपेक्षित समभावले मन्दिर सिँगार्यो । प्राप्य सम्भावनाका समवेत फूलहरूबाट सम्झनालाई टपक्क टिप्यो र अजैविक आदर्शमय प्रतिरूप प्रतिमाको प्रतिष्ठापन त्यहीँ गर्‍यो जहाँ ऊ वाञ्छित थिई । उसले ठानेन सर्वोत्कृष्ट मानवीय अहम्लाई निकृष्ट मानवीय अहम्ले कुल्चिनेछ, थिच्नेछ, दल्नेछ, बटार्नेछ, निमोठ्नेछ र अभिशप्त कुठाराघातको बर्कोले घुम्लुङ्ग छोप्नेछ । उसलाई थाहा थियो तर्क, विवाद, नकारात्मक सोचाइ प्रेमका साधन होइनन् न त भित्र नै । ऊ आशावादी मात्र होइन निर्विकल्प, निश्चिन्त थियो । उसले मन्दिर निर्माणमा र प्रतिमा प्रतिष्ठापनको महायज्ञमा आफूलाई सामेल गराएर जीवनमार्ग चौडा गराएको छ । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

Poem : To a Hypocrite

~Kreeti Bhandari ~

Hey girl! Wake up from your dreams
And see this world through your open eyes
I can be your friend when you’re in need
But I cannot be your guiding light
You try to find your inner self
But then ignore the voices inside you Continue reading

Posted in Poem | Tagged | Leave a comment

कथा : कविता

~प्रमिला उपाध्याय~

म प्रश्न गर्छु तिनी उत्तर नदिएर केवल हेर्र्छिन् मात्र । तिनको निर्दोष हेराइले मेरो मुटु चिसो हुन्छ ।

नचाहँदा नचाहँदै पनि अनेकौँ तर्क-वितर्कहरू मेरो मनमा आइरहन्छन् । यिनी किन यति गम्भीर छिन्, सोधेका कुरा सामान्य किसिमले किन उत्तर दिन्नन् – अनुहारमा आवश्यकताभन्दा बढ्ता उदासीपन छाएको हुन्छ । आखिर तिनको र मेरो सम्बन्ध छैन तैपनि हामी दर्ुइमा धेरै कालदेखिको सम्बन्ध रहेको जस्तो अनुभव हुन्छ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म देश चपाइरहेको छु

~रीता खत्री~

ए मान्छेहरू सुन-
मलाई दुःखको खडेरी परेको छ
सुखभोगले म मात्तिएको छु
अघाउञ्जेल घाँस खाएर
उघ्राइरहेको गाईझैँ
म शून्यशून्य बाँचिरहेको छु ।
आफू बाँच्नुबाहेक
मसँग अरू कुनै चाहना छैन
दायाँबायाँ, अगाडि-पछाडि हेर्ने कुनै फुर्सद छैन Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : प्रयोगशाला

~प्रदीप बगाले~

त्यतिबेला म दस/एघार वर्षो हुँदो हुँ, सम्झन खोज्छु ।
‘निरङ्कुशता मुर्दावाद ।’

राता झण्डाहरू फर्फाउँदै सडकमा बग्दै गरेको विशाल जनसमुद्रमा गुञ्जायमान नारा थिए ती, गगनभेदी । ‘दाइ, यो केको भीड हो -‘ सडकछेउको एक रमितेलाई सोधेथेँ मैले ।

‘भीड होइन, प्रजातन्त्रका सेनानीहरूको समूह हो यो ।’ समुद्रको पल्लाछेऊतर्फआँखा दौडाउँदै बोलेथ्यो त्यो । ‘यिनीहरू कहाँ, किन हिँडेका -‘ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : हामीलाई शान्ति देऊ

~कृष्णप्रसाद पराजुली~

हिमाललाई काखमा बोक्ने यस धर्तीमा
म त मनको भाषा बोल्ने मानिस हुँ
अरू के भनूँ खै
मनकै भाषामा भन्छु-
देशलाई उठाउँछु भन्ने ए कर्ण्र्ाारहरू हो !
तिमी बाहिर आन्दोलित हौला
हाम्रो त मन नै आन्दोलित छ
म करजोडी बिन्ती भन्छु-
मानिसले पाउने न्यूनतम
संयोग, सुख र सन्तोष देऊ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म हेरिरहेछु जराहरू

~मोहन दुवाल~

माटोलाई मनमा भिजाउँदै
तलतल र्सर्दै जाने स्वभावले
जराहरू कसैले नदेख्ने गरी
आफूलाई मिलाउँदै गर्छन्-
माटो सँगसँगै उनीभित्रका मनहरू ।

पानीका बुँदहरूको सहारा खोज्दै
पानीसँगै घुलमिल गर्ने यिनको बानीले
जराहरू पानीलाई आफू नदेखाउने गरी Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म सबलाई सोध्छु,पैसाले किन पुग्दैन ?

~विकास गोतामे~

बिहान राम्रो उज्यालो हुनै नपाई
कमानको घण्टीले क्वाँ… गरेर डाकेपछी
घुम र टोकरी लिएर गएका बाबु र आमा
अहिले ठूलो साँझ परिसक्दा पनि फर्केका छैनन् ।

बहिनी भोकले रूँदा रूँदै निदाई !
चिया-गाछितर साँपहरू निस्कन्छन्
साह्रै डर लाग्छ – कतै आमालाई साँपले पो डस्यो की ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : नजर लडाउनुको मजा बेग्लै

~दीपक समीप~

मस्त बैँसालु नजरसँग नजर लडाउनुको मजा बेग्लै
त्यही निहुँमा दुई चार बोतल चढाउनुको मजा बेग्लै ।

बेला यस्तो भयो, साँझपख अलिकति मातको रन्को लाग्यो
त्यही रन्कोमा तिमीतिर पाइला बढाउनुको मजा बेग्लै । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : सपनाको खोजी

~जीवनाथ धमला~

नीलो आकाशमुनि चिसो हुरी बहँदै थियो
आँगनमा/धुरीमा र फूलहरूमा,
घाम डुबिसकेपछि बाँकी रहेको अलिकति उज्यालो आकाश देखेर
त्यही उज्यालो छुन उड्दै थिए केही पक्षीहरू,
मलाई लाग्यो—
“डुब्न आँटेको उज्यालो छुन पुग्छन्/पुग्दैनन् तिनीहरू ।
उनीहरूको अभिलाषा साकार बनिदिए हुन्थ्यो”
म हेरिरहेँ, उनीहरू उडिरहे, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्द र विद्यार्थी

~रमेश निरौला ‘असभव रमु’~

उत्कर्षमा पुग्ने उत्कृष्ट अभिलाषा लिएर
कलिला अंकुरहरु
भविष्य उज्जवल बनाउनका खातिर
विद्यार्थी भएर
अभिभावकको लालन पालनमा
परित्यक्तता दिएर
टाढिई रहेछन्
तर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सबै आमाहरुबाट बुद्ध जन्मनु पर्दछ

~पुण्य चौंलागाई~

सबै छांगाहरुवाट रगत्को भल वग्दछ
कसोरी यो पृथ्वीले भार् उठाउन सक्दछ ?
प्रकृतीले रोइ रोइ यही आह्वान गर्दछ
सबै आमाहरुबाट बुद्ध जन्मनु पर्दछ ।

प्रकृतीले रसधारा बहाउंछिन् जहिं तहिं
आफ्ना संतानहरुले मिलिजुलि पिउन् भनी Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाँच्ने आधारः तिमी

~निराजन बतास~

मेरो अबोध मर्मको
अकल्पनीय उचाई नाघ्दै
आफनो बुताले भ्याएको
शिल्प चातुर्य झिकेर गयौ तिमी
मेरो भविष्यमाथि औलो ठड्याउदै
बर्तमानलाई लुड्याउदै
भूतलाई उसै गरी जगायौ र Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रकृतिको पाठेघर

~हरि नेपाल~

उदायो नभमा उज्यालो
थियो दिनरात कालो मैलो
फक्रिए पूmलको मञ्जरी
जो खुम्ची बसेका थिए अघि

प्रकृतिकै पाठेघरमा
किन वेदना भई बस्दछु ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्धकार

~आनन्द सन्तोषी राई~

घाम अस्ताएर अध्ँयारो जस्तो
उज्यालो छोपिएर अन्धार
गाउँ वस्ती बजार सबैतिर
निस्पट्ट भईसक्यो अन्धकार
निशाचरहरु रमाउन थाले
मुसाहरु दुलोबाहिर आएकाछन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्ष जागरण

~सरस्वती न्यौपाने~

नौलो सृष्टि रुलाउँने जीवनका जोवानीका वासना
मैलो प्रेम चखाउाने कुसुमका माला गुथी गाथमा
पहाडी बनका प्रगाढ चुुचुरा छायाँ छहारी कला
गैरीखेत सुरम्य सितल कसी ए लै लै बोल्ने गला

हाम्रै संस्कृतिका चिना र सुतिका दौरा र चौवन्दीमा
अल्झेका मधुपुष्पको मगगी बास्ना छ बैशाखमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अजम्बरी उपहार

~रेवतराम बरुवाल~

नयाँ वर्षको उपमा पाएर
अन्धकारको किल्ला नाघेर
पूर्व क्षतिबाट उदाएको नयाँ साल,
मंगलदिप बालेर
फूल अबीर पानी घडामा
धूप बास्ना देखेर
अटालीमा बसी परेवा धुर्न लाग्दा
यहि शुभ साईतको मौकामा
मेरो स्वाभिमानी साथीलाई
बाड्नु छ एउटा
विशेष उपहार Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धनकुटा

~कृष्णप्रसाद शर्मा वस्ती~

बग्छन् अनेक जल शीतल पूर्ण खोला,
धारा कुवा र जरुवा त गनिन्न होला ।
पैंतीस गाउँ अहिले गनिने यहाँ छन्,
भिन्नै छ यो नगर एक पहाडको झन् ।।१।।

गौंडा भनी धनकुटा पहिले चिनिन्थ्यो,
सामान घेर कपडा मसला किनिन्थ्यो । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : कैलशिया

~विश्वराज अधिकारी~

भदौ महिनामा गाउँका सबै बाटाहरू हिलोले गर्दा हिंड्न नसकिने हुनु गाउँका मानिसका लागि अप्रत्यासित भने थिएन । अप्रत्यासित थियो भने गाउँका चौकीदारले साँझ सुनाएको खबर । चौकीदारले सारा गाउँ घुमेर भनेको थियो– आज राति मुखिया साहेबको दुरामा जम्मा हुनु, पञ्चायती छ। सबैले आउनुपर्ने मुखिया साहेबको आदेश छ। यो खबरले सबैलाई अचम्म र दिक्कदारी, दुवै स्थितिमा उत्तिकैमा पुर्‍याएको थियो । त्यस्तो हुने कारणहरू पनि थिए। एक त, पाँच/सात दिनदेखि लागेको झरी बल्ल त्यो दिन बिहान रोकिएको थियो र अर्को त्यो दिन रोपाइँ

Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : प्यारो प्यारो मेरो लोभ

~मोहन कोइराला~

छुटेको साथीलाई जसले पहिले माया जोर्‍यो,
हिंडेको पशुलाई जसले पहिले गोठालो लाग्यो,
निगाला खिप्दै खिप्दै घूम, देश र डोको बनायो,
कठबाँस झीरले खोप्दै उडेका वरलाई बाँसुरीमा थिच्यो-
भत्केकालाई लय र ननिस्केका स्वरलाई ओठले फुक्यो,
ए प्रशस्त छातीले सुसेल्ने ए ताजा हावाको ताजा डाक्टर
त्यो पहिला दिनको पहिला आविष्कारलाई म लोभ गर्दछु, Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जङ्गबहादुर र समय-२

~रोशन सुवेदी~

एउटा जङ्गबहादुरको मुत्यु हुन नपाई
अर्को जङ्ग बहादुरको जन्मन्छन्
थाहा छैन् जङ्गबहादुरहरूको आगमन
कहिलेसम्म भईरहन्छ –

इतिहासका कोर्राहरूको डाम
अझै छातीमा मेटिएका छैनन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : लुटिएको जिन्दगी

~मालिकराम ‘वियोगी’~

त्यो कठ्याग्रिने जाडो र हुस्सुको पर्बाह नगरी पात्तली सदाझैं चोक आइपुगी । चोक प्रायः शून्य र चकमन्न थियो । पानी, दुध र चिया हालेर कित्ली ओदान -स्टोभ)मा बर्साई । पात्तली साहूजीको अनुरोधमा त्यो नयाँ वर्कशपको ठीक अगाडि सडकको छेउमा चिया पकाएर बेच्ने गर्थी । काठमाडौंको त्यो अचाक्लीको हुस्सु अलिअलि गर्दै फाटिन्दै थियो, जसले गर्दा र्सर्ूयको मुख देखिन लागेको थियो । गाडी र मान्छेहरुको संख्या अलिअलि गर्दै बढ्दै थियो । त्यस्तै चिया पिउनेहरुको संख्या पनि बढ्र्दै थियो । चिया पाक्दासम्म उनीहरु पात्तलीको वरिपरि झुम्मिसकेका थिए । पात्तलीले सबैलाई काँचका ग्लासभरिभरि चिया दिई । तात्तातो चिया पिउने कति अनुभवीले त चाँडै सिध्याए । कतिले ढिलो सिध्याए । जेजसरी सिध्याए पनि सबैले एकप्रकारको आनन्द र तातोको अनुभव गरे । सबैको मुखबाट तातोको बाफ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : भिजेको त्यो सिरानीमा

~भुवन निस्तेज~

लुकेको क्यै कथा होला भिजेको त्यो सिरानीमा
अँझै सन्त्रास रातिको छ कि बाँकी बिहानीमा

पुरानो खत अँझै बल्झाई गो बर्सात साउनको
अँझै झिल्काहरू बाँकी रहेछन यो खरानीमा Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : सालिक

~नकुल सिलवाल~

गरौं त गरौं
आत्महत्या नै गरौं –
आनन्द हुन्छ तिमीलाई भने
किन बाँचिरहौं त र्व्यर्थ !
झट्ट समाचार सुन्दा
आर्श्चर्य लाग्ला !
त्यसपछि बिस्तारै ‘ –
जसरी नयाँ कुलोमा
पानी प्रवाहित हुन्छ- प्रथमपटक । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना-१

~स्वप्निल स्मृति~Swapnil Smriti

संसारमा सबैभन्दा सुन्दर सपना हुन्छ
र सपना देख्ने आँखाहरु
सबैभन्दा भाग्यमानी हुन्छन्
भिंडहरु छिचोलेर दादागिरी भिंडहरु
सपनाकै पछि… पछि… दगुरिरहेछन्
स्टेसनबाट राजमार्ग गुड्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment