पुस्तक समीक्षा : तादीकिनारको अन्तर्कथा

~राजकुमार बराल ~

रसियन समालोचक मिखायल एम. बाख्तिनले भनेका छन्— “साहित्यिक रङ्गमन्च” मा उपन्यास हिरो हो । अन्य साहित्यिक कृतिहरू बेता बसिसकेका छन् तर उपन्यास भने निरन्तर बिकासको क्रममा छ र यसै कारणले अन्य बिधाहरू धमाधम “औपन्यासिकरण” तर्फ उन्मुख छन् ।

बीसौं शताब्दीका एक महान बिश्लेषकको यो भनाइले उपन्यासको बढ्दो ख्यातिलाई पुष्टी गर्दछ । यही निरन्तर उचाइतर्फ गइरहेको साहित्यिक बिधालाई अभिव्यक्तिको माध्यम बनाएका छन् कवि तथा समालोचकको छवि बनाइसकेका महेश पौड्यालले आफ्नो दशौं साहित्यिक कृतिको रुपमा “तादी किनारको गीत” नामक उपन्यास बजारमा ल्याएर । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीति कविता : जहाँ बग्छ टिस्टा रंगीत

~सानु लामा~

जहाँ बग्छ टिस्टा रंगीत।
जहाँ कञ्चनजंघा असीम-
यही हो हाम्रो धानको देश
तपोवन हो प्यारो सिक्किम।

फुल्छन् यहाँ आँगनैमा, Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

कविता : तिम्रा हिजहरूका वर्तमान

~भूपेन्द्र अधिकारी~

तिम्रा सुनौला हिजहरू
तिम्रा मात्रै भएर बाँचेका वर्तमानहरू
आज हुन सकेनन्
तिमी आफैले
आफ्नै पैतालाले कुल्चिएर
तिम्रो वर्तमानको
निर्मम हत्या गऱ्यौ
तिम्रा सबै आजहरू Continue reading

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : कविशिरोमणि : लेखनाथ पौड्यालका केही सम्झना

~रोचक घिमिरे~

वर्णमाला खारेर कनीकुथी नेपाली अक्षर पढ्न सक्ने भएपछि आमाले पढ्ने गरेको \’गोरखा शिक्षा तेस्रो पुस्तक\’ मैले पनि पढ्न थालेँ । त्यहाँ छापिएको \’पिँजराको सुगा\’ कविता मेरी आमा लय हालेर पढ्दै मलाई सुनाउने गर्थिन् । त्यसको एउटा पङ्क्ति \’भन्दछ तेस्रो आत्माराम पढोपढो जी ! राखो नाम !\’ ले हामी आमाछोरा दुवैलाई आकषिर्त पार्दथ्यो । घरमा बोलाउने मेरो नाम आत्माराम थियो र त्यस कवितामा पनि आत्माराम छापिएको थियो ! म छक्क पर्दथेँ । त्यसमाथि \’यो तँलार्इर्र्नै भनेको हो, राम्रो सँग पढ्\’ भनेर आमा मलाई झन् ढुक्क पार्थिन् । यसरी मेरो नामै किटेर कविता लेख्ने मान्छे को होला – भनेर मलाई बालसुलभ खुलदुली पर्‍यो । त्यहाँ लेख्ने मान्छेको नामचाहिँ छापिएको थिएन । धेरैपछि पिताद्वारा थाहा पाएँ त्यसका लेखक ठूला कवि पण्डित लेखनाथ पौड्याल हुन् भन्ने कुरा ! १९७८ Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

Translated Poem : Staring Fire

~Bhim Darshan Rokka~
Translation : Maya Watson

What fire starts its self?
Negligence must’ve ignited it,
or did someone mean to light it?
But why? Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : लोरिमालाई चिठ्ठी

~सबिना सिन्धु~

प्रेमी शहरको न्यानो आलिङ्गनमा
नि थ्रुक्क भिजाएर आफुलाई
यौवनका मुस्कुराहट साटिरहेकी छ्यौ ।
खेती गरिरहेकी छ्यौ आफ्ना कथाहरुको ।

मेरी लोरिमा ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँघरको अँध्यारो

~मञ्जुल~manjul

मानिसहरूभन्दा
पचास खण्ड कहालिएर रुन्छ
घरको अँध्यारो
घरको सुनसान
घरको चकमन्नता

यस्तो एउटा गाउँ
जहाँ बूढी आमा त हुनुहुन्छ
तर छैनन् उहाँका युवा सन्तानहरू Continue reading

Posted in कविता | Tagged | Leave a comment

अस्वीकृत उपन्यास : महाभिनिष्क्रमणका अस्वीकृत पाइला

महाभिनिष्क्रमणका अस्वीकृत पाइला
(अस्वीकृत उपन्यास)

लेखक – डा. कविताराम श्रेष्ठ @ साहित्य सङ्ग्रह डट कम

Continue reading

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कथा : अर्कैको लोग्ने

~सपना अधिकारी~

हामीबीच विशेष खालको मित्रता थियो।

उ मसँग घण्टौ कुराकानी गरेर बिताउन सक्थ्यो। हाम्रो काम फुर्सदको समय भेटेर चिया पिउँदै कुरा गरेर बित्थ्यो।

हामी कहिले गोदावरीमा जान्थ्यौं। फुल र भमराको पिरतीको इतिहास रच्थ्यौं। कहिले पशुपतिनाथको मृगस्थली बनमा गएर जीवन र मृत्युको अघोषित युद्धको चर्चा गथ्र्यौं। कहिले सेतो गुम्बामा गएर त्यसको सुन्दर वातावरण Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : lālè’s life in danger

~Sudarshan Shrestha~
Translation: Jayant Sharma

Lālè is not a person of great esteem
Or say– Lālè is not a human being at all.
Yet resembling somewhat human
His is fate least that of humans either.

Lālès of our land walk on both legs
Hands they also use to feed themselves Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा : आन्टी, तपाई उज्यालो लिएर आउनुभएको हो ?

~बिपिन शर्मा~

” नानु के भयो तिमीलाई, निद्रा लागेन ? ” सर्वज्ञले छोरीलाई सोध्यो । सुतिरहेकी उपलब्धिले मुन्टो हल्लाएर केही नभएको संकेत गरी। बाबु पनि छेवैमा पल्टिएर पत्रिका हेर्नलाग्यो । रात निकै बितेको हुनुपर्छ तर कति बज्यो उपलब्धिलाई थाहाभएन, कारण- उसको कोठाको भित्तेघडी आज सातमा रोकिएको थियो । बाबुले यो कुरा थाहापाएन । उसको बाबु घुर्न नथाले सम्म ऊ बडो मुस्किलले निदाएको अभिनय गरिरही । मुखमा पत्रिका ओडेर घ्वार्र-घ्वार्र घुरिरहेको बाबुलाई एकछिन सम्म हेरिरही। उसको अबोध मनमा आज अर्कै चिन्ताले घर बनाएको थियो।

बिहान उठ्दा सधैँ साढेपाँच बजेको हुन्थ्यो । ऊ आफैँ ब्यूँझन्थी, प्रायऊ त्यही समयमा । अनि पलङ छेउकै टेवलमा छोपेर राखेको गिलासको पानीमा हात चोप्थी र बाबुको निधारमा तप्प चुहाइदिन्थी । सर्वज्ञ झस्केर च्याप्प समात्थ्यो उसका पाँच वर्षे कलिला हात । यसरी उनीहरूको दिनचर्या सुरु हुन्थ्यो। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पश्चाताप

~रुकु कार्की~

म पन्ध्र वर्षी किशोरी थिएँ । भर्खर एस.एल.सी. जाँच सिद्धिएर बसेकी, घरमा केटाको कुरा चलिहाल्यो । मलाई राम्री र पढेकी देखेर पहिलो नजरमै अभय खुसी भएछन् । बिहेपछि मेरा पतिको मधुर बोलीवचन र लचिलो भावनाले भने मलाई आत्मीय बनाएको थियो । दर्ुइ/चार वर्षरमाइलोसँग बित्दै थियो । जुम्ल्याहा छोरीहरू जन्मे-गङ्गा र जमुना । छोरीहरू जन्मिए पनि परिवारका सबै खुसी नै थिए । दुवै छोरी जेहेन्दार थिए । उनीहरू सानैदेखि सँगसँगै विद्यालय पढ्न जान्थे, सँगसँगै घर फर्किन्थे । अभय छोरीहरूलाई अत्यन्तै माया गर्थे । छोरीहरू पढाइमा एकदमै रुचि लिन्थे । अभय Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : स्रष्टा गोठालेको सिर्जनात्मक व्यक्तित्व

~कृष्णचन्द्रसिंह प्रधान~

बाटोमा फालिराखेको प्रजापरिषद्को पर्चा टिपेको भरमा सिंहदरबारको केरकारमा पर्नुपर्ला भन्ने उसबेलाको केटोलाई के थाहा ? त्यसबेला ‘शारदा’ मा उनको रचना छापिन लागेको रहेछ आफ्नो उही नामबाट छापिदा झन् दण्डित पो हुने हो कि भन्ने झमेलाबाट जोगिन झट्टपट्ट नाउँको पछाडि उपनाम जोड्छन् ‘गोठाले’ । त्यस बेलादेखि ‘गोठाले’ भएको साहित्यकार गोविन्दबहादुर मल्ल यही नामले चिनिन्छन् र हामी सम्बोधन गर्दै आइरहेका छौँ ।

‘गोठाले’ को यो ऐतिहासिक पृष्ठभूमि आफैँमा एउटा घटना थियो । कालिक यात्राको अविस्मरणीय क्षण वास्तवमा Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : ढुङ्गो देउता बनाईन्छ

~रबिन शर्मा चापागाईं~

मान्छेलाई भूत भनी ढुङ्गो देउता बनाईन्छ
ढुङ्गो माथि फूल चढाई पापहरु धुवाइन्छ |

भन्दैछु म आज सबै खराबी त्यो मित्रताको
पैले दियो जलाइन्छ पछि आगो लगाईन्छ | Continue reading

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

छन्द कविता : अब फस्नु हुन्न

~तिर्थराज अधिकारी~Tirtharaj Adhikari

छन्द : उपजाति

पुराण सैँयौँ जति नै लगाऊँ
प्रदीप लाखौँ जति नै जलाऊँ
यी हात जोरौँ जति प्रार्थनामा
बन्ला सुधो वानर यै थलामा ?१। Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

समालोचना : डायस्पोरा र नेपाली डायस्पोराको परिवेश

~डा. खगेन्द्रप्रसाद लुइटेल~

वर्तमान दशकमा नेपाली साहित्यका क्षेत्रमा अनेक ढङ्गबाट प्रशस्तै चर्चामा आएका शब्दमध्ये डायस्पोरा पनि एक हो । डायस्पोरा शब्दलाई चर्चामा ल्याइए पनि यसको सैद्धान्तिक स्वरूपबारे चाहिँ धेरै चर्चा गरिएको छैन । नेपालबाट अलि टाढा गएर केही समय बसेजति सबैले आपूmलाई डायस्पोरा ठान्ने र त्यसप्रकारका सिर्जनालाई डायस्पोरिक लेखन भनिदिने गरेको पाइन्छ । यसप्रकारको त्रुटिपूर्ण व्याख्याबाट डायस्पोरासम्बन्धी दृष्टिकोण नै अस्पष्ट हुने स्थितिसमेत सिर्जना हुन लागेको देखिन्छ । केही समय उता गएका व्यक्तिहरूद्वारा उतै बसेर वा यता फर्किएर लेखिएका जस्तासुकै रचना डायस्पोरिक हुन् भन्ने भ्रम रहेको देखिन्छ । उता जानेहरूद्वारा लेखिएका जस्तासुकै र जुनसुकै रचनाहरूलाई डायस्पोरिक रचना भन्न मिल्दैन । Continue reading

Posted in समालोचना | Tagged | Leave a comment

लघुकथा : सरकारी चिठी

~हरिप्रसाद भण्डारी~

”अड्डाबाट सरकारी चिठी आएको छ, हिँड्नोस् रे छिटै । तपाईंबाहेक अरू कसैलाई बुझाउन मिल्दैन भनेका छन् हुलाकीले ।” मेलाबाट घरमा अर्नी बनाउन गएकी छोरी तुरून्तै फर्केर आई र भनी ।

छोरीको कुरा सुनेपछि सन्तबहादुर आत्तिए । उनको मुटुको गति बढ्दै गयो र उनी चिसो जमिनमा थचक्क बसे । केटीको कुरा सुनेपछि त्यहाँ उपस्थित अरूहरूले पनि मुखामुख गरे । सबैका अनुहारमा जिज्ञासा मडारिएको देखिन्थ्यो । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : उद्घोष महासमरको

~सञ्जाल शर्मा~

गरिबका स्याले झुप्रा
चिसो चुलो बल्दैन रे
गुन्द्रक र सिस्नो विना
कुनै छाक टर्दैन रे
निमुखाका गाथा सुन्दा
तिम्रो मन पोल्दैन रे ।

महल र चिल्ला कार Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : खै यहाँको सरकार ?

~रूपा पुन~

आज
किन किन ?
जिन्दगी दुःखी रहेको छ
भित्रभित्रै पोलिरहेको छ
छटपटाइरहेको छ
पीडा र बेदनाले यो मन
रोइरहेको छ
कसरी आफ्नै जन्मदाताले Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : समृद्धि पुराण

~डा. शान्ति थापा~

चन्द्रकलाको बिहे रे।

भर्खर – भर्खर शहरको हावाले छोएको गाउँ। नक्कल – झक्कलमा शहरी भए पनि व्यवहारमा गाउँलेपन नै छ यहाँ। र नै बिहेबटुलोभन्दा त्यो व्यक्तिगत भई रहँदैन। सघाउ पुऱ्याउन ‘खै’ गर्दै गाउँका बुढापाका, तरुणी – तन्नेरी, आईमाई, लालाबाला सबै आआफ्नो सीप लिएर उपस्थित भइहाल्छन्। तर सन्तेका अर्थात सन्तमानका रवाफले गर्दा बिहे घरको छाँटकाँट नै भिन्नै देखेर तीन छक्क परेका छन् गाउँलेहरू। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छोक : झण्डा

~यकिना अगाध~

आइमाईको
चीरहरण गरेर
तिम्रो राष्ट्रिय झण्डा
उच्चो भएर फरफराउछ भने
हे मन्त्री ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : हावादारी कसम भेटिन्छन्

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

यहाँ आकाशमै फुल पार्ने हावादारी कसम भेटिन्छन्
फलस्वरूप हिटलर बढी तर मण्डेला कम भेटिन्छन् ।।

निर्धक्कसित बाँच्नुपर्ने चिन्ता नपाल हे मूर्खहरू हो
किनकि मन्दिर र विद्यालयमा अझै बम भेटिन्छन् ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

भलाकुसारी : समाजका हरेक क्षेत्रमा हाँसो व्याप्‍त छ – चट्याङमास्टर

आफ्नो वास्तविक नामले भन्दा बढि चट्याङ् मास्टरको नामले सर्वत्र सुपरिचित कृष्णमुरारी गौतम पञ्चायतकालको विषम परिस्थितिमा “वज्रपाणी”  छद्म नाम वाट लेख्दा परिचित भइ अप्ठेरोमा परेकोले सोहि नामलाई अनुवाद गरि चट्याङमास्टर मा परिणत गर्दै लेखनलाई निरन्तरता दिएको बताउनुहुन्छ । विक्रमसम्वत २०१० फागुन १४ गते भक्तपुरको झौंखेलमा जन्मनुभएका गौतम शिक्षाले कृषिअर्थविद्, पेशाले  ग्रामीण विकाश विशेषज्ञ हुनुहुन्छ भने साहित्यिक क्षेत्रमा प्रखर हास्यव्यङ्ग्य कविको रुपमा परिचित हुनुहुन्छ। उहाँले अध्यक्षता गर्नु भएको संस्था सिस्नुपानी नेपालको संगठनिक ढाँचा तथा विविधता र सामाजिक कार्यहरुमा सिस्नुपानीको सक्रियतालाई हेर्दा उहाँ एक कुशल संगठक पनि हुनहुन्छ भन्ने कुरामा दुईमत हुनै सक्दैन। भ्रष्टचारविरुद्धको अभियानमा पनि Continue reading

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

गीत : फूलै फुल्यो वैंश फुल्यो

~शङ्कर ‘प्रेरणा’~

फूलै फुल्यो वैंश फुल्यो यो मन फुलेन
मनकै पीर बुझिदिने कोही भएन

जोरीपारी सबै राम्रो हुँदा सम्पत्तिमा
बिपत्तीमा कोही हुन्न एक्लो जिन्दगीमा
सबैसामु मनको पीर भन्न सकिन Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

समीक्षा : कथाकार पूर्ण राईलाई सरसर्ती हेर्दा

~डी. के. वाइबा~

‘‘जीवन कथा हो। हरक्षण कथा हो। यसैले कथामा जीवन हुनु नितान्त आवश्यक छ। हाम्रो विश्व ब्रह्माण्ड कथाभित्र अटाउनुपर्छ भने आफ्नो माटोको गन्ध त्यहाँ हुनुपर्छ,”यसरीकथाबारे आफ्नो विचार प्रकट गर्ने कथाकार पूर्ण राई नेपाली साहित्यका महान् कथाशिल्पी हुन्। जीवनलाई नै कथा ठान्ने कथाकार पूर्ण राईले जीवनका साना साना घटनाहरूलाई पनि  अति संवेदनका साथ प्रस्तुत गरेका पाइन्छ।

३जुन १९४८ कादिन माता देवीमाया राई र पिता एस. डी. राईको सुपुत्रको रूपमा कालेबुङ महकुमाको मन्सोङ कुलैनबारीमा जन्मेका पूर्ण राई मूलतः कथाकारकै रूपमा परिचित छन्। उनको जन्म मन्सोङ कुलैनबारीमा भए पनि बाल्यकाल भने मङ्पूमा बितेको हो। यसै सम्बन्धमा कवि मोहन ठकुरी भन्छन् – Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

Poem : Tree ! This tree!

~Arun Budhathoki~

Lonesome tree,
Half naked and half minded
Mad tree;
Laughing peacefully dances mysteriously
In front of me.

What you need?
Love, food, gloom or cloth; Continue reading

Posted in Poem | Tagged | Leave a comment

Poem : What if…?

~Kreeti Bhandari ~

What if life ends before expected?

What if you believe in is nowhere accepted?

What if you’re left all alone in the crowd? Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : औसत मान्छे

~दिनेश अधिकारी~Dinesh Adhikari

सजिलोका लागि
उसलाई रामबहादुर भने हुन्छ
यद्यपि रामबहादुर
रामबहादुर मात्र नभएर
धेरैको छद्म नाम हुन सक्छ।

हरेक बिहान
निदाइरहेका छोराछोरीको निर्दोष अनुहार हेरेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : माफ गर्नोस् श्रीमान !

~राजेन्द्र शलभ~

खोल फेरेर
पुरानै समय बााचिँरहेको
यो समयलाई
म, कसरी मेरो समय भनौँ ?

मिनि – स्कर्टबाट
साडी लाउँदैमा
प्रेमिका श्रीमती बन्न सक्तिनँ ।

हामीले चाहेको त Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : उज्यालो

~रीता खत्री~

शिशिरको कारागारमा
बन्दी छ वसन्त
अवरुद्ध छन्
विश्वासका नदीहरू ।
जीवनको समरमा
स्वाभिमानको युद्ध लडेर
अँध्यारो रातको
कालो सीमा भत्काउँदै Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रश्नमय पलाहरू

~जीवनाथ धमला~

प्रहर पलाहरू रङ लाउँदै उर्ध्वगामी थिए आकाशमा
पलाहरू यात्रारत, बोक्दै थिए भारहीन सपनाहरूलाई,
निराकार अघिल्ला प्रहरहरूमा डुबेका गीतहरू
क्रमशः डोलिँदै भाखाहरूमा क्षितिजतिर उज्यालो डाक्दै थिए
ब्यूँझिएका आँखाहरू विश्रामहरूमा आकाश चढ्न खोज्दै थिए
नानीहरू, गौँथलीसँग खेल्दै गरेको सपना देखेर
निर्विघ्नपर्ूवक सपनामै दौडन थालेका थिए
उनीहरू सपनामै गौँथलीसँग उडेको आनन्द भोग्दै थिए
नानीहरूका सपनालाई कसले छिनायो – Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नसकिने असन्तोषको लडाई

~इश्वर देवकोटा~

हे आफु तर्सनेहरु किन अरु तर्साउछौ
यी निर्दोष जनमा किन बम बर्षाउछौ |
रगतको पोखरीमा तिम्रा भाइ बहिनि,
अबोध आमा र बाबा छट्पटीए के गर्ने | Continue reading

Posted in कविता | Tagged | Leave a comment