कविता : मलाई मेरो पहिचान चाहिन्छ

~महानन्द ढकाल~

सेताम्य भएको छ मेरो शिर
बर्षौ भैसक्यो म जन्मिएको
मेरो शीर देखेर,
कैयौं मुस्कुराउँछन् र टोलाउँछन् घण्टौंसम्म
कति नतमस्तक हुन्छन् मलाई हेरेर
अनि झुकाउँछन् आफ्नो शीर पनि ।
यही शिरलाई छोएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आस्था कहाँ ढल्छ र सालिक ढालेर

~निस्नु थिङ~

आस्थाले बम जन्माउँछ
बमले आस्था होइन
मजदुरले क्रान्ति जन्माउँछ
क्रान्तिले मजदुर होइन

जार, हिटलर, मुसोलिनी
जस्ता को थिए र ?
जसले निर्मम दमन कति गरे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : पिक्कर

~राजव~Janardan Pudasaini Rajab

क्रेज लिस्टबारे तपाईंलाई थाहै होला । हो, यो काम मैले त्यसैको वेब पेज विचरण गर्दा भेटेको हुँ । त्यसमा विज्ञापित व्यहोरा हेरेपछि मैले आफू यो कामको लागि इच्छुक भएको व्यहोरा उसको इमेल बक्समा ड्रप गरेको थिएँ । त्यसको ३६ घन्टामा उसको कल आएको थियो ।

‘हेलो ? ‘

‘आर यु मिस्टर हेम ? ‘

‘यस् ।’

‘आई स योर इमेल दिस मर्निङ, सो यु आर इन्ट्रेस्टेड देन ।’

‘यस ।’

‘ओके गुड, व्हेन यु लाइक टु स्टार्ट ? ‘ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सत्तामा बसेर

~केवश गाहा “पाल्पाली”~

अस्तित्व मेट्ने कुचाल चले सत्तामा बसेर
बैरीकै पाउ लौ फेरि दले सत्तामा बसेर ।१।

देशका निम्ति आहुति दिन्छु हमेशा भन्नेले
हेर त आज जनता छले सत्तामा बसेर ।२। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मर्ने नेपाली मार्ने नेपाली

~मेघराज भट्टराई~

मर्ने नेपाली मार्ने नेपाली
मेघराज भट्टराई
हिसाब गर्छु आत्मा जलाउछु
हात लाग्यो सून्य म पाउछु
कसका लागि रगत म बगाउछु ?
मर्ने नेपाली मार्ने नेपाली

छन् अझै ताज रगतका पुराना टाटा
गाउ“घरका भित्ता अझै छन् गाढा
इज्जत गुमायौ“ कति धन कमायौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : देशको चिन्ता

~निस्नु थिङ~

देशको चिन्ता भएर साथी हामी यसरी हिँडेको
भीरबाट मुलुक खस्ला भनेर थाप्न काँध भिडेको
विरामी भइन् मातृभूमि उपचार खोज्न हिँडेको २

पाँनथर बजार घुमेर सन्देशको ज्योति फैलाउने Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : भाँच्नेहरु होसियार

~दिपक नेपाल~

क्रान्तिकारी मुनालाई भाँच्नेहरु होसियार
रक्तबिज खोजी खोजी मास्नेहरु होशियार

बढ्दै जाँदा आक्रोश निसानामा को को पर्छन्
मौनतालाई कमजोरी आँक्नेहरु होसियार Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरी बहिनी

~योगेन्द्र काउचा~

ऊ
वारवार रुन्छे
पलपल छट्पटिन्छे
वेकम्मा जस्ता
अङ्क भरिएका कागजका खोस्टा
सधैजसो बोकेर हिड्नु
देखाउँदै फिँजाउदै हिँड्नु
सड्क महलका ढोका घच्घच्याउनु
लाग्दछ, उसको नियती हो क्यारे । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हुरी चल्दैछ

~राजेन्द्र खरेल~

हिउँदमा पश्चिमबाट हुरी चल्ने
वर्षामा पूर्वबाट मनसुन बहने
प्राकृतिक नियम आफै तोडिंदै छ
केही समयको स्थिरतासँगै
हिउँद र वर्षाको समायोजन हुने गरी
ब्वाँसाहरूको “सेतो महल” लाई निसाना ताकेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म, सहर र बसाइँ

~जयन्ता पोखरेल~

आकाङ्क्षाबाट ओर्लिएको सुनामीजस्तै
रहरबीच उच्छालिने
पीडाको प्रशव प्रहरमा
रातमा ब्यूँझन्छन् मेरा असहजहरू
आखिरी
बल्छीमा अल्झिएको
गड्यौँला रहेछ सहर
कृत्रिमताको त्रि-स्वादहरू खोज्दै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी कसरी फरक

~कल्पना पौडेल “जिज्ञासु”~

म पनि मानव
तर तिमीलाई मैले छुन सक्दिनँ
हाम्रो जात फरक छ रे ?
आत्मियता दर्साउँदै
प्रेमको अनुभूतिमा खुशीले
विभोर हुँदै
तिमीलाई अँगालोमा कस्न सक्दिनँ
न त हात मिलाउन सक्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जनआक्रोश

~गिरीप्रसाद बुढामगर~

तिम्रा संघीयताको नाराले
देश फेरिन्न भन्ने कुरा थाहा पाइयो
तिम्रा खोक्रा राजनीतिक जुलुसले
लक्ष भेटिन्न भन्ने पक्का भयो
त्यसैले ठोकेरै भन्छौं हामी जनता
अब स्पाटर्कस जस्तै आफ्नो मुक्ति आफै खोजिन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नमिल्दा पर्खालहरू

~गणेश शर्मा पौडेल~

तिमीले ……
हलो जोत्न हुने
बिउ रोप्न हुने
धान कुट्न हुने
भकारी भर्न हुने
तर त्यही चामल कोठामा पुगेपछि
तिमीले छुन नहुने….?

ढुङ्गा फुटाउन हुने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : एक दिन

~हिरारत्न श्रीशा~

नेपाल बन्दको सुनामीले पेट खाली हुन्छ एक दिन
यही गतिमा हिँडेपछि रित्तो थाली हुन्छ एक दिन

चोर, फटाहा डाँका पनि राजनेता भएपछि Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : ट्याग नगर्नु है ?

~शेखर ‘अस्तित्व’~

हजुर गजल घोकिहाल्छु प्लीज ट्याग नगर्नु है ?
नत्र टेन्सन बोकिहाल्छु प्लीज ट्याग नगर्नु है ?

लाईक गर्ने जस्तो यदि साँच्चै केहि रै’छ भने !
पक्कै लाईक ठोकिहाल्छु प्लीज ट्याग नगर्नु है ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : कवि

~भुवन निस्तेज~

साउनको दलिनमा
साँझ पख
गफिन आएको बादलले
सशंकित
भिराला बस्तीहरूलाई
जाग्राम बस्न लाए झैं
हाकिम सा’बको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : धोती टोपी

~दण्डपाणि जैसी~dandapani-jaisi

लाज छोप्ने धोती प्यारो भनुँ कि शिरको शोभा टोपी प्यारो भनुँ?
शितल पहाड प्यारो भनुँ कि पहारिलो मधेश प्यारो भनुँ ?
दुई आँखाका नानी मध्ये कुन चाहीँ नानी प्यारो भनुँ ?
साथी! तिम्रो प्रश्नै गलत छ ।

अब म प्रश्न गर्छु तिमी उत्तर देउ
हात ठुलो कि खुट्टा?
मुख ठूलो कि पेट?
टाउको ठूलो कि शरीर? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मानव

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

ऋतुराज वसन्त बयष्कतामा पदार्पण
उद्बेगमा अबिछीन्न विचरण
कटाक्षीत अपल्वीत बृक्षहरु
बाझोँपनको विरहले
लोलाय झैं सर्माय झैं मुर्झाए झैं Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बिश्वास

~ठाकुर मान लामा~

बिश्वास तिमीमै यति धेरै लिएँ
अन्तमा खाली आशुँको सागर पिउनु पिएँ
बिश्वास तिम्रैमा नै तिम्रो गीत गाएँ
किन हो त्यही गीत आज विरह र निरासाले छाएँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : भगवान् निवास

~बिना तामाङ~ Bina Theeng Tamang SUNGAVA

घरको दलानमा, पिँढीमा, आँगनमा यत्रतत्र थिए मान्छेहरू । केही विशेष थियो । विशेष यो थियो कि वर्षौं मेरा बाउले, बाजेले हजारौं दुःख गर्दा पनि उठाउन नसकेको घरको गाह्रो उठाएर धुरीपातो कसेर ठड्याएको थिएँ मैले ‘भगवान् निवास’ ।

म भगवान तामाङ । भगवान् बस्ने घर ‘भगवान् निवास’ । कंक्रिट र सिमेन्टको पिल्लरवाला बडेमाको भवन मात्रै निवास र भिल्ला हो र ?

त्यही निवासको घरपैँचो थियो । मेरो घरको धुरीमा चढाइएको थियो रंगीन जस्तापाता । ती जस्तापाता ओसार्नमात्रै बाह्र हजार रुपैयाँबराबरको खेताला लागेको थियो ।  Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

जि.यश. गेलालका पाँच मुक्तकहरु

~जि.यश. गेलाल~

१
आस नभएरै निरास छ जिन्दगी
खास नभएरै निरास छ जिन्दगी
कल्पनाले मात्र नपुग्दो रहेछ
आभाष नभएरै निरास छ जिन्दगी Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : मेरा आफ्ना

~बिपना ढुङ्गाना~

निदाउन दिएन भोगाइले,
खुशी दिएन अपेक्षाले,
शान्ति दिएन अशान्त मनले,
फगत! जिन्दगी रित्तिदै गयो
आफ्ना रिझाउने प्रयासले।

राम्रो गर्यो,औल्याउछन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चाहियो किन ?

~लक्ष्मी बिष्ट~

दुई आँखाका नानी छन्
चाहियो तिमीलाई तरवार किन?
आफ्नै मालिक है फेरि पनि

साहारामा भौतारिने बाहाना कि? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हे देशका नवजवान

~मो.रेहताज आलम~

हे देशका नवजवान वीर सपुतहरु
तिमी नै हो देशका भविष्य
ती किन आँसु र जान गुमाईराख्यछौ
नेताहरूको लोभ र प्रलोभनमा आएर।

जान बलिदान नदेउ, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : साहित्य सुधा

~धरणीधर कोइराला~

छन्द : तोटक

अति सुन्दर मानव जीवन यो
अझ सुन्दर पार्नु कसो गरि हो?
गरि काव्य सुधा-रस-पान अरे
गर मानव जीवन सार्थक रे

न त झाँक्री न वैद्य न ज्योतिषीले
उपचार गरिकन शान्ति दिने
मन रोग निरोग गराईदिने
बुझ काव्य-सुधा-रस औषधी हो Continue reading →

Posted in छन्द कविता | Tagged | 1 Comment

कथा : चोरीको पर्स

~सविना सिन्धु~

‘सुको कमाई भएन आज। सिक्री फुत्काइयो भनेको। त्यो पनि नक्कली’

‘ग्यारेन्टिवाला होला । सौ – पचास त आउला नि !’

‘के को आउँथ्यो। खुइलिइसकेको छ।’ ‘कस्तो नचिनेको त यार।’

‘पाँच वर्षको अनुभव सबै स्वाह! हिजो आज मान्छेले सक्कली सुन लाउनै छोडे कि क्या हो?नक्कली र सक्कली सुन चिन्न पनि गाह्रो।’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सूत्रकथा : नकल

~प्रद्युम्न श्रेष्ठ~

भरखरै पोहोर साल छिमेकी जापानले एउटा सस्तो र सबैलाई काम लाग्ने Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : भाषण र वास्तविकता

~योगेन्द्र उपाध्याय “पुष्प”~

भाषण नं. १ दृश्य र अदृश्यमा

नेता- यो गाँउको आमूल परिवर्तन गर्छु (भोकै नाङ्गै बनाएर)
खोलामा पुल बनाउँछु (मेरो घरमा सिमेन्ट आँउछ)
बाटो बनाउँछु (छोराको अमेरिका जाने बाटो खुल्छ)
शान्ति आँउछ देशमा (द्धन्द्ध हुँदा लुट्न सजिलो)
हत्या हिंशा रोक्छु मैले (नयाँ आयोग, आफन्तको रोजगार) Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : शोषण

~खडगराज गिरी~

धुवाँ पुत्ताइरह्यो रातभरि – देखिएन आगो, देखिएन फिलिङ्गो, देखिएन झिल्को पनि ठ्याम्मै।

एका बिहानै हेर्दा धुम्मिएको हुस्सेले त्यस धुवाँको Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

समीक्षा : समाजमा बाह्रमासे गीतहरुको सांस्कृतिक प्रयोजन

~सुभाषराम~

नेपालको परम्परागत सांगीतिक क्षेत्र ठूलो छ । त्यसमा पनि नेवारहरुको आफ्नै लामो सांगीतिक इतिहास छ । विभिन्न चाड पर्व, जात्रा, उत्सवमा बजाइने धाः, धिमय्, दापा खिं, नगरा, पश्चिमा, नाय्खिं, क्वंचाखिं जस्ता अवनद्ध वाद्यहरु वा म्वहालि, नेकू, काहा, पोंगा जस्ता शुशीर वाद्यहरु ठाउ“ अनुसार बजाउने बाजाहरु, विभिन्न तालहरु, ग्वराहरु अनि समय अनुसार गाइने विभिन्न लोकगीतहरु, ऋतु गीतहरु, स्तुतिगीतहरु त्यस्तै एकै दिनमा पनि विभिन्न पहरमा गाइने ब्यांचुलि, पद्मजति, विभास, नाथ, कोला जस्ता रागहरु आदिले नेवारहरुको सांगीतिक सम्पन्नताको परिचय दिन्छ । तर निर्विवाद रुपमा नेपालभित्रका कुनै पनि जात वा सम्प्रदायभित्रको Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

Translated Poem : The Ditch

~Bhim Darshan Rokka~
Translation : Maya Watson

Marching marching; a backward glance
good Lord ! there ! A Gapping Ditch!
disbelief-how it came there how I crossed it

marching marching; a backward glance Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

व्यङ्ग्य निबन्ध : हास्यव्यङ्ग्य सुगरकोटेड ट्याब्लेटजस्तो हुनुपर्छ

~र्सूयबहादुर पिवा~

नेपाली र नेपालभाषा साहित्यमा हास्यव्यङ्ग्यमा मात्रै स्थापित हुनुहुन्छ हास्यव्यङ्ग्यकार र्सूयबहादुर पिवा । राणाकालमा नागरिक अधिकारको आन्दोलनमा जेल पर्नुभएका र्सूयबहादुर प्रधानाङ्ग जेलबाट निस्कँदा र्सूयबहादुर पिवा -कुरुवा) बन्नुभएको थियो ।

वि.सं. १९८४ असोजमा भक्तपुरमा जन्मनुभएका साहित्यकार पिवाले वि.सं. २००२ देखि साहित्यको सिर्जना गर्न थाल्नुभएको थियो । उहाँको पहिलो रचना वि.सं. २००४ मा नेपालभाषाको साहित्यिक पत्रिका मतः -बत्ती) हातले लेखेर निकाल्नुभएको थियो । उहाँको लेखनमा मानवीय दर्ुवलता, राजनीतिक विकृति, सामाजिक र आर्थिक असमानतामाथि व्यङ्ग्य प्रहार हुने गर्दछन् । सरल र रोचक भाषा शैलीद्वारा व्यक्तिभन्दा प्रवृत्तिमाथि प्रहार गर्नुहुन्छ उहाँ । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment