कविता : हे देशका नवजवान

~मो.रेहताज आलम~

हे देशका नवजवान वीर सपुतहरु
तिमी नै हो देशका भविष्य
ती किन आँसु र जान गुमाईराख्यछौ
नेताहरूको लोभ र प्रलोभनमा आएर।

जान बलिदान नदेउ,
आफ्नो स्वार्थको लागि
मोहरा तिमीलाई बनाइराख्या छन्।
दिनै छन् भने कसैको स्वार्थको लागि होइन
आफ्नो अधिकार को लागि बलिदान देऊ ।

हे मेरा प्यारा जनताहरू
अब त बुझ यी नेताहरूको रणनीति लाई
जसले तिमीलाई मोहरा बनाए।
दुख त तिमीहरू झेली राख्या छौँ ,
मोज मस्ती उनीहरू गरिराख्या छन्,
छातीमा गोली तिमी खाइराख्या छौँ
तर
उनीहरूले आ-आफ्नो सम्धिनी ,
छोरी,
बुहारी
स्वास्नीलाई
समानुपातिक सांसद बनाए छन्
खै त तिमीले गरेको बलिदान को कदर?

त्यसैले
हे मेरा जनताहरू
कृपया अब त खोल आँखा
नलाग उनीहरूको लोभ र प्रलोभनमा
आफ्नो अधिकारको लागि आवाज उठाएर अगाडि बढ्यो
आफ्नो कर्तव्य तिमीले पूरा गर्‍यो
तर संविधान संशोधनको बाटो अपनाई
उनीहरू सत्तामा गई मन्त्री भएका छन्।
खैत तिमीले पूरा गरेको कर्तव्य ,
झेलेको दुख,
बलिदान को कदर कहाँ छन् त?

एक आपसमा जातीय भावको
आगो सल्काएर कहाँ गए त?
हे मेरा प्यारा जनताहरू
अब त यस्ता नेताहरू
हामी सबै मिली सबक सिकाउनु पर्छ।
सबै बुझी सकेका छ।
यी नेताहरूको रणनीति ।
भूगोलले पहिचान दिने होइन ,
राष्ट्रले पहिचान दिने हो

हाम्रो पहिलो पहिचान नेपाल हो।
त्यसैले हामी सब एक हौ।
यी जातीय भेदभाव त्यागौँ
हामी सब नेपाली हौ भन्ने भावना होस।
हे मेरा प्यारा जनता हरू
अब त बुझ यी जनता हरूको।रणनीति ।

मो.रेहताज आलम
प्रदान:-2 रौतहट

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाइएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.