~माया ठकुरी~
भित्र पस्नासाथ युवतीले आफ्ना ठूला ठूला नजर घुमाएर चारैतिर हेरी। अनि कुर्सीमा गइ बसी। उसका उत्सुक नजरले कसैलाई खोजिरहेको झैँ लाग्दथ्यो। ऊ बारम्बार आफ्नो नाडीमा बाँधिएको सानो घडीतिर हेर्दथी अनि फेरि ढोकातिर। समय पनि उही थियो जो मैले दिएको थिएँ। युवतीका हावभावले र उसका उत्सुकतापूर्ण नजरले कसैको खोज गरेकाले ऊ नै सुषमा हो भनी अन्दाज लगाउनमा मलाई केही दिक्क लागेन तर म भने मौन भएर बसेको थिएँ। म चाहेर पनि सुषमाका छेउमा जान सक्दिनथेँ । Continue reading