लघुकथा : मलामी

~यकिना अगाध~

आज एक्कासी दुर्घटनामा परेर उ मर्यो । घरपरिवार, आफन्तजन, शुभचिन्तक, चिनेजानेकाहरुको भीड घाटमा पुग्यो । मलामीहरुको ठूलो भीड देखेर मलामीमध्येको एउटाले भन्यो– ‘लौ हेर्नुस त ! उहाले कत्रो सम्मान पाउनु भयो । यति धेरै मलामी पाउनु भनेको सामन्य भाग्यको कुरो होइन ।’

‘यो कहिले मर्ला र हेर्न पाउला भन्नेहरु पनि त यही भीडमा होलान् नि !’ अर्को मलामीले उसको प्रशंसामा चित्त बुझाएनन् । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : जंगली हात्ती

~विनय कसजू~

चितवनको जंगलमा हिँजोआज एउटा जंगली हात्ती आएको छ रे । यो सुनेर कोही रमाएका छन् भने कोही डराएका छन् । जंगलमा जंगली हात्ती आउनु कुनै अनौठो कुरा होइन , तर पाहुनाहरुलाई अनौठो र उत्सुकता लागिरहेको छ ।

गएको राती पनि उसले जंगल लजको हात्तीसारमा रात बिताएछ । कुनै रात राजकलीसँग त कुनै रात चम्पाकलीसँग राज बिताउने उसको बानीले गर्दा अरु हथिनीहरु इष्र्याले भतुक्क भइरहेका छन्, कोही रातभरि रोइ रहेका छन् । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कौशिला रिसालका सात मुक्तकहरु

~कौशिला रिसाल~

सम्झदा मलाई खास लाग्छ तिम्रो माया
मेरो मुटुको हरेक श्वास लाग्छ तिम्रो माया ।
कैद गरेको छु तिमीलाई मेरो मनको मझेरीमा
टाढा हुदा नि, बिश्वास लाग्छ तिम्रो माया ।।

पटक पटक तिमी किन हुन्छौ रुष्ट ?
किन आयो तिमीमा भाव असन्तुष्ट ? Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

केस्रा : भाग्य

~व्योम जी अवतार~

पहिलो गास मै पर्यो ढुङ्गा
अनि दाँतसंगै झर्यो जुङ्गा

यो भाग्य पनि कस्तो रहेछ
गास र आसले गर्यो बुङ्गा Continue reading →

Posted in केस्रा | Tagged | Leave a comment

कविता : एक खोलिको दुई किनार

~शंकर सोनम ‘वीरसाना’~

जब म हास्थें
तब तिमी पनि हाँस्दथ्यौ ।
जब म रुन्थें
तब तिमी पनि रुन्थ्यौ
हामी बिच यस्तो गहिरो प्रेम थियो
कि तिम्रो खुसी मेरो हुन्थ्यो
मेरो खुसी तिम्रो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मरेको विश्वास किन जन्मिन्छ

~डा. संगीता स्वेच्छा~

मरेको विश्वास किन जन्मिन्छ अचेल
ढलान जस्तो मुटु किन पग्लिन्छ अचेल ।

सपनाहरू बुन्दा बुन्दै भत्किएको थियो
नयाँ सपना आँखामा किन राखिन्छ अचेल । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : दृष्टिको प्रयोगशाला

~डिल्लीराम दुलाल~

धेरै दिनदेखि मलाई दृष्टिको व्यक्तित्वले प्रभाव पारेको छ। उनलाई घरमा नै गएर भेट्न मन परेको थियो। उनले अनेकौ विषयलाई पैल्याएकी थिइन। गाउँ -समाजमा भइरहेका अनेकौं घटनालाई आफ्नो सञ्जालमा राखेर अध्ययन, मनन् र चिन्तन गर्ने अनि आफ्नो समाजलाई दिशाबोध गराउने गर्थिन। समाजमा भइरहेका गोप्य विषयहरूमा दृष्टि अवगत भएकै कारण उनले आफ्नो समाजलाई राम्ररी चिनेकी थिइन्। धेरै दिनदेखि दृष्टिले समाजलाई राम्रा-नराम्रा वियषयमा ध्यानाकर्षण गराएकै कारण उनको व्यक्तित्वदेखि प्रभावित बन्नु स्वभाविक नै थियो।

ए आज अचानक कसरी आइपुग्नु भयो? फोन-सोन पनि नगरीकन आउनु भयो त?’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

स्रष्टा परिचय : महानन्द पौड्याल : नेपाली साहित्यका एक महारथी

नेपाली साहित्यमा महानन्द पौडयाल एक विशिष्ट कथाकार, अन्वेषक, निबन्धकार, चिन्तक, तार्किक र निर्भीक साहित्यकारको नाम हो। उनी 19 जनवरी, 1931 मा कालिम्पोङको  बमबस्तीमा बाबु खडानन्द र आमा विष्णुकुमारी पौड्यालको घरमा जन्मिएका हुन्। उनले औपचारिक शिक्षाका क्रममा त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट नेपाली विषयमा स्नातकोत्तर अध्ययन गरेका हुन् भने प्रायःजसो दार्जीलिङ-सिक्किमतिर शिक्षण र शिक्षा विभागतिर आवद्ध थिए।

श्री पौड्यालले आफ्नो युवावस्थामा रामकृष्ण शर्मा, पारसमणि प्रधान, अगमसिंह गिरी, सिद्धिचरण श्रेष्ठ नरबहादुर दाहाल आदिसित साहित्यिक संसर्ग र सम्पर्कमा रहेका थिए। उनका मौलिक, अनूदित र अनुसन्धानात्मक गरी एघारवटा पुस्तक, तेह्रवटा जति पुस्तक र पाठ्यपुस्तकको लेखन, सम्पादन र प्रकाशन, आठवटाजति साहित्यिक पत्रिकाको सम्पादनमा सरिक छन्। सिक्किममा नेपाली साहित्यिक परिवेश सिर्जना गर्न उनी धेरै Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

समीक्षा : डिल्लीराम दुलालकृत चुचेढुङ्गामा चढ्दा.

~शेरबहादुर कार्की~

भारतीय नेपाली साहित्य पनि लख्ख जवान भइसकेको छ। यसले पनि अन्य साहित्यले जस्तै विभिन्न मोड र धुम्तीहरुको फडको मारी यो जवानी अवस्थामा आइपुगेको हो। साहित्य पनि एउटा जीवन हो। यसले पनि दुख, सुख, आभाव, पूर्णता, आँशु, हाँसो सबै अनुभूत गरेको हुन्छ। यसले पनि जीवनले जस्तै समाजको सबै पाटाहरुलाई छोएको हुन्छ। समाजमा भएका असमता, विस्मता, विसङ्गति, सङ्गति आदिलाई अक्षर र शब्दहरूको माध्यमबाट प्रकाश पार्छ। हामीलाई पहिलादेखि घोकाउँदै ल्याएको के हो भने साहित्यकार स्रष्ट्रा र द्रष्ट्र दुवै हो। यसैले एउटा बौधिक समाजमा साहित्यकारको प्रभुत्व अनि मान रहेको छ। के, साहित्यकारको Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : सृजनाभित्र भावस्नान

~सदानन्द अभागी~

“उनको प्रस्तुत समीक्षा कृति मदनपुरस्कार प्राप्त र अन्य विविध कृति एवम कृतित्व माथिको समीक्षकीय प्रभावहरूको समष्टि प्रतिकृया हो ।”

यी प्रतिक्रिया हुन् डा. लक्ष्मणप्रसाद गौतमका । यसरी नै डा. नेत्रप्रसाद न्यौपानेले भन्नु हुन्छ –‘‘लुम्बिनी क्षेत्रबाट नेपाली भाषा वाङ्मयको श्रीबृद्धिका निम्ति साधनारत नारी हस्ताक्षरमा कृष्णादेवी, शर्मा श्रेष्ठको नाम उल्लेखनीय छ ।’’

माथि उल्लेखित धारणालाई केृलाउँदा कृति कसरी आएको र कृष्णदेवी शर्मा श्रेष्ठ (२००९) को साहित्यिक प्रभाव कति उच्चाइमा छ भन्ने धारणा प्रष्ट हुन्छ । उहाँका प्राय सबै कृतिको अध्ययन र केही टिकाटिप्पणी गर्ने सौभाग्य Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

Poem : My memory Chip

~Abishek Dhungana~

Like an ocean, full of emotion;
Resembling the storm with limitless power
Pouring upon me an idea-filled shower,

Beneath its tides, lie countless wrecks,
Like memoirs resting inside my head, Continue reading →

Posted in Poem | Tagged | Leave a comment

Story : Title of Poem

~Eagam Khaling~

In an early winter morning, a poet leaving his poem incomplete on the table suddenly walks towards the street. On the way measuring his restlessness a known person asks him, “Hello Sir! Where are you hurrying up to? Is everything fine?”

The poet is not interested, that’s why simply smiles at the person. On his way straight, h Continue reading →

Posted in Story | Tagged | Leave a comment

समालोचना : उपन्यासकार लैनसिंह बाङ्देल र उनको लङ्गडाको साथी

~डा. कुश्मिला आचार्य~

विषयप्रवेश

नेपाली साहित्यको इतिहासमा उपन्यासकारका रूपमा परिचित लैनसिंह बाङ्देलको जन्म वि.सं. १९८० मा भएको हो । उपन्यासकार व्यक्तित्वजस्तै चित्रकार व्यक्तित्व पनि उनको अर्काे सिद्धहस्त व्यक्तित्व हो । कुची समाउँदा–समाउँदा थाकेको बेला कलम समाएर आफ्नो अमूल्य समयलाई साहित्य साधनामा लगाउनु, मेरो उद्देश्य हो भन्ने मान्यता राख्ने बाङ्देलले ‘स्पेनको सम्झनामा’ (२०२०) र ‘युरोपको चिठी’ (२०२४) गरी दुइवटा यात्रा संस्मरणात्मक कृति, विश्वका महान कलाकार (२०२०) जीवनी, विश्व कथा सङ्ग्रह (२००२), अनुवाद, प्राचीन नेपाली चित्रकला (२०३४), नेपाली प्रस्तर कलाको इतिहास (२०३५), गरी दुई कलासम्बन्धी कृति, साहित्यमा यथार्थवाद (साहित्यिक लेखन), Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

कविता : घामसँग के को डर ?

~मोहन दुवाल~

अविचल आफू निर्वस्त्र नाङ्गिएर
सधैं-सधैं आफूलाई देखाइरहने
निश्चल निश्चल भएर आफैं पोखिएर
अरूलाई जीवनरङ्ग छार्किरहने
ढाँटछल नजानेका निस्वार्थ मनसँग
माया साट्न खोजिरहने
लोभ के हो, थाहापत्तो नभएका उनी
बाँड्न रुचाउँछन् उज्याला आभाहरू
त्यसैले त सबैका लागि उनि प्रिय छन्
सबैक लागि सहारा पनि त हुन् |

युगौंयुगसम्म गर्दै आइरहेका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : चिहानघारी

~सविना सिन्धु~

आज घाम बहुलाएको छ । दिउँसोभरी टाउको माथि फेटा बाँध्दा पनि टाउको तात्न रोकिएको छैन । खेतबारीमा जाँदा पसिनाले शरीर पूरै निथ्रुक्क । रतन खेतबाट घर आउँदा यसैगरी भिजेका हुन्छन् आफ्नै शरीरबाट बगेको पानीले । बेलुका आफ्नै शरीरको गन्ध पनि अनौठो लाग्छ उनलाई । बिहान खलक्क नुहायो अनि फेरी त्यही दैनिकी । सीता अँगेनामा हुन्छिन् । आगो झोस्दै । घरमा सामान्य स्टोभ र ग्यास स्टोभ समेत छन् । तर सीतालाई भएका दाउरा तह लगाउन मन लाग्छ। पैसो सित्तैमा आउँछ र ? घर वरपर र जङ्गलबाट समेत बेलाबखत दाउरा बटुल्न पाइन्छ । जसले गर्दा दुई चार रुपैयाँ जोगिन्छ । कुनै बेला बिरामी परिएला खर्च चाहिएला । छोरीहरु हुर्कँदै छन् । आज भन्दा भोली भन्दा उमेर पुग्दै जान्छ। गर्मीमा पनि अँगेनोमा आगो झोस्दा गर्मीले असिन पसिन भईसकेकी हुन्छिन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

यात्रा संस्मरण : तानसेन रमाइलो डाँडा

~रामेश श्रेष्ठ~Ramesh Shrestha

‘केटाकेटीहरूका लागि पाल्पातिर गएर नयाँ सोच सल्लाहकासाथ भावी योजनाहरू तयार पार्ने ।’ बाल साहित्य समाज, काठमाडौँले यही निर्णय गरेछ यसपाला । लामालामा दुइटा बसहरूले पहाड, मधेस छिचोल्दै साँझपख पुर्‍याए तानसेन बजार ।

कलिलो घाम खेलिरहेथ्यो तानसेन टुँडिखेलमा । हातभरि फूलमाला, खादा, अबिर लिएर, स्वागतालुहरू नगरपालिका भवनभित्र तयार थिए । बालकको जीवन असल, राम्रो, र रमाइलो पार्न भेला भएका सबै बालहितैषीहरूलाई धवल पुस्तकालयका जोशिला, जाँगरिला युवा समूहले हार्दिक स्वागत, स्नेह र सम्मान प्रदान गरे । आफ्ना भनाइ, मन्तव्यहरूमा प्राय सबै वक्ताहरूको एउटै प्रण र सङ्कल्प थियो ” देशका सम्पूर्ण Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : के छ खबर ?

~जयकला राई~

के छ खबर ?
जवाफ त उहि नै हो
ठिकै छ ।

तर आफै भित्र बेठिक
भएको कसले देख्या छ र !
कसरी झुटा बोल्न पुग्छु म
र उत्तर फर्काई दिन्छु
ठिकै छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सपना

~विजयकुमार महर्जन~

सपना नदेख्ने को पो छ र ? सपनाविनाको जिन्दगी के जिन्दगी ?सानैदेखि एकपछि अर्को सपना देख्ने मेरो बानी र पूरा हुँदै गईरहेको सपनाका कारण जीवन साँच्चै सफलताको मोडमा हिँडिरहेको भान भईरहेथ्यो । साना-साना चाहनाहरु पूरा हुन पनि सपना देख्थेँ र सपना पूरा हुँदै जान्थ्यो । एउटापछि फेरी अर्को चाहनाले मनमा डेरा जमाउथ्यो । यहि क्रममा जिन्दगीको २७ औं बसन्तको बैशाख महिनामा मेरो जीवनमा अर्को सपना पूरा भयो । मेरी धर्मपत्नी सपनासँगको शुभविवाह जुन एउटा सपना थियो । सपना अत्यन्तै राम्री, सरल स्वभावकी र मिजासिली थिईन् । हरेक कोणबाट वर्णन गर्दा पनि उनको सौन्दर्यताको वर्णन कम हुन्थ्यो । म कहिलेकाँही अतितका व्यतित पलहरुको संगालो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : नेपाली भाई नेपाली बैनी

~लक्ष्मी प्रसाद देवकोटा~

नेपाली भाई नेपाली बैनी सबैको गुहार छ
अँधेरी आज यि हाम्री आमा देशको मुहार छ

के छ र हाम्रो ठिक बन्दोबस्त सब कुरा गडबड छ,
बलियालाई पैसानै लुट्ने सँधैको हडबड छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : साथीको सम्झना

~लक्ष्मी बिष्ट~

मनको चरि, पखेटा खोलि गाउछे रोएर
एक दुई अक्षर लेखु की साथी हृदय छोएर
बादल छुने सपना जस्ता कापिमा कोरेर
कति दिन, कति रात काटे, दिनहु रोएर
मनको चरि पखेटा खोली गाउँछे रोएर

चरिले बोल्यो उजाँड बनमा पालुवा मागेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कस्तो चलन होला !!

~रोमी गिरी~

जन्मिनु अगाडी नै
हुन्छ ताना बाना
भन्छन चाहिन्छ नै छोरा !
यसरी सुरु हुन्छ यो
भविष्यलाई नै चुनौती दिने
कस्तो चलन होला !!

गर्भ रहन्छ जब
महिलाको शरीर हेरी
सबै छोरा नै होला भन्छन् ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

बाल एकाङ्की : ए प्लस

~एकादेशको गगनराज~

(सहरको एक कुनामा एउटा चिटिक्क परेको पक्की घर छ । सुन्दर बस्तीका छेउको यो घरलाई आफ्नो आँखामा नसजाई जाने बटुवाहरू कमै हुन्छन् । यस घरका प्रत्येक कोठाहरू महङ्गा सजावटका सामानहरूले सजाइएको छ । कोठामा टेलिभिजन, दराज, ओच्छ्यान, किताब र्‍याक, सोफा, कम्प्युटरजस्ता सामानहरू ठिकठिक ठाउँमा राखिएको छ । भित्तामा फुटबल, व्याडमिन्टन खेलाडीहरूका पोस्टर टाँसिएका छन् । गितार, व्याडमिन्टन र्‍याकेट पनि झुण्ड्याइएको छ । साँझको समय भएकाले बत्ती बलिरहेको छ । यही कोठामा एकातिर राखेको कुर्सीमा बसेर टेबलमा हात अड्याएर नरेश किताब पढिरहेको छ ।) Continue reading →

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

नेवारी लोक गीत : सिलु

~अज्ञात~

हाय हाय प्रभु स्वामि छि गन झायेतेना
छन्त धन्दा छाय मिसा ज्याखं याना चोना
छिव जिव चोना प्रभु सल्हा साहुति मदु
गन झाय तेना प्रभू गन वने तेना

सिलु तिर्थ मोल ल्हुय अति पुण्य लाइ Continue reading →

Posted in नेवारी गीत, लोक गीत | Tagged | Leave a comment

लघुकथा : जनता

~अन्वेश राई थुलुङ्ग~

यात्रुबाहक बोलेरो गाडिमा संघियता सम्बन्धि कुरा भइरहेको छ । सेकेन्ड सिटमा चार यात्रु सवार छन् । दुइ पात्रबिच संवाद भइरहेको छ ।

यात्रु १ः काका तिमी यथास्थितिवादी नै रैछौ । आबो गाई राष्ट्रिय जनावर बनाएर आदिवासीहरुमा कस्तो समस्या परेको छ । हैना, गैंडालाई राष्ट्रिय जनावर बनाउँदा के हुन्छ हँ ।

यात्रु २ः हैना नी….. । अबो, गैंडा त जंगली एनिमल हो नी त । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : तारा मात्र हैन तिमीलाई

~किरण खरेल~

(तारा मात्र हैन तिमीलाई जूनै दाइजो दिइदिउँला
माग तिमी तिमीलाई मेरो जिन्दगी नै दिइदिउँला)x2

तिमीलाई मेरो झिलिमिली आकास नै ओढाउँला
त्यो पाउमा रङ्गीचङ्गी बसन्त चढाउँला Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : पर्चाको जन्म

~प्रवीण राई जुमेली~

अनेकौं अप्रिय सत्यहरु बोकेर
हिंडिरहन्छ मान्छे
मृत्युसम्मलाई

उसको सरीर
उसकै इच्छाहरुको भारी
थेग्न नसकेर लडेपछि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : कसैसँग जोडिएछ

~बिभोर बराल~

थाहैनपाई कथा मेरो कसैसँग जोडिएछ
सोझै हिंडे भन्ठानेथें पाउ अन्तै मोडिएछ

बेहोसीमा के-के भए भनि यसो नजर लाउँदा
बाधा मात्रै हैन साथी कसम पनि तोडिएछ Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : दोषि

~बिपिन शर्मा~

मेरो प्रेम र तिम्रो घृणा
यी दुई विन्दु बिच
प्रशस्तै शब्दहरु छन्
चित्रहरु छन्
भावनाहरु छन्
अनि,
कथा र ब्यथाहरु छन्।

मैले लेख्‍न खोजें धेरै पल्ट Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : What If ?

~Shrisha Tuladhar~

What if everything came to an end?

Would the birds stop singing?

Or the roads go silent?

What if there would be nothing left? Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : सर्टिफिकेट

~रीता खत्री~

मैले मेरो जिन्दगीको चौबिस वसन्त काटे पछि
यो राज्यले एउटा सर्टिफकेट दियो डिग्री होडरको !
मैले त्यसलाई लेमिनेशन गरे
र सुरक्षित राखे सोकेशभित्र !

घाम, पानी, हावा,हुरी
र आफ्नै सन्तानको बद्मासीबाट जोगाउन
कसैलाई छुन समेत नदिई राखेको त्यो सोकेश
यति बेला मेरा नानीहरुको कौतुहल बनेको छ
र प्रश्न पनि ?? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : सच्चा सहिद

~डा. विश्वनाथ ‘प्रेम’~

ऊ सपूतको रगत हो, ऊ सहिद लास हैन
आमा भनेर जानु सानो सहास हैन
उसलाई मृत भन्ने तिम्रो प्रमाण के छ?
धर्ती स्वयम् भएर ऊ त देश बाँची रे`छ ! Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : याद फेरि आयो

~केवलबहादुर बुढाथोकी~

दुख्दा मुटु परदेशमा ठाउँको याद फेरि आयो
चाहेर नि नबिसर्ने गाउँको याद फेरि आयो ।।

पाखा अनि पखेराका स–साना ती आलीहरूमा
बालापनमा लड्बडाउँदै गा’को गीत याद आयो ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment