कविता : बिसे र घाँसीकाे बिलाैना

~गुरुप्रसाद कुमाल ‘बुलबुल’~guru-prasad-kumal-bulbul

तिम्रो आँखा भएर के गर्नु
पृथ्वीनारायणलाई मात्रै बडामहाराज देख्याै,
बिसे नगर्चीलाई देखेनाै ।

कलम,
तिम्रो हातमा भएर के गर्नु
भानुभक्तलाई मात्रै महान देख्याै,
घाँसीलाई चिनेनाै । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मनको अनुरोध

~लक्ष्मी बिष्ट~

नरोज साथीभाई मलाई, नखोज आफन्तजन
बिन्ति चढाउछु, यो भुनवेश्वरमा नतताऊ मलाई
बगरसरी हँु म, केबल बालुवाको थुप्रो
यो संसारिक प्रलोभनले नछोप मलाई

निस्वार्थ, मनले श्रदा बोकेर निस्केको बेला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : गंगाको यात्रामा एक लहड

~सदानन्द अभागी~

आमुख –

‘‘सम्भवतःअमेरिका यात्रालाई केन्द्रीय विषय बनाएर यात्रा साहित्य लेख्ने नारीमा गंगा ‘कपुरी क’ नै हो कि अहिले मलाई अरु नामको संझना आएन ।’

– यी शब्द शिवप्रसाद सत्याल ‘पीठ’ले भूमिका लेखनमा प्रस्तुत गरेका धारणा हुन् । यसको अर्थ सायद गंगाजी नै अमेरिकामा भ्रमण गरेर नियात्राासङ्ग्रह लेख्ने प्रथम नारी हुन् । यात्रालाई अक्षरमा उतार्न त्यति सहज हुँदैन तर गंगाजीले सहज रूपमा सरल तरिकाले आफ्ना आँखाले देखेका भोगाइलाई हाम्रो समक्ष राख्नु भएको छ । यात्रामा यथार्थ देखाई भोगाई र रमाई पनि हुनाले आफैमा आनन्द आउँछ भने त्यहाँको त्यस ठाउँको, प्रकृतिक सौन्दर्यता, कला, संस्कृति, भूगोल, सामाजिक स्थिति, आदि विविध जानकारी लिन सकिन्छ र त्यसलाई शब्दमा Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : चित्रगुप्तको गुप्तचित्र : समसामयिक बिब्ल्याँटाप्रति व्यङ्ग्य

~दीपक सुवेदी~

अनाकाङ्क्षित घटना वा कार्यरूप जब समाजलाई कलुषित पार्ने कारण बन्दछन्, तब समाजमा एउटा स्रष्टाले लज्जित र अपमानित भएको महशुस गर्दोरहेछ । जब द्रष्टाले आफ्नो क्षोभलाई संयमका साथ हास्य रसमा भिजाएर लिपिबद्ध गर्दछ तब व्यङ्ग्य रचनाको सृष्टि हुँदोरहेछ । यही समाज र समयकोे अग्लो होचोलाई थाक्दै नथाकी हास्यव्यङ्ग्यको माध्यमबाट सम्याउन तम्सिएका असमको विश्वनाथ जिल्ला, पानीभण्डारका अर्जुन निरौला (१९६९) को चित्रगुप्तको गुप्तचित्र (व्यङ्ग्य निवन्ध संग्रह–२०१७) भारतीय साहित्य प्रतिष्ठान, तेजपुरले प्रकाशन गरेको छ ।

राजनैतिक सीमानाले भाषाको सीमालाई साँच्चै घेर्न सक्दैन रहेछ । कला, साहित्य र संस्कृतिको सीमा राजनीतिको भन्दा अलिक फरक हुँदोरहेछ । राजनीति सीमाको विस्तार सीमित भए पनि कला, साहित्य र Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : पानी को फोका

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

अति ताप दियौ
अति राप दियौ
अनि घातमा रमायौ

आऊँथ्यौ काखमा
गोधुली साँझमा
खोलेर दन्तहार Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : रुवाउछ

~रीता सञ्जेल~

सृष्टिको सृजना रहस्य केही त छ
जन्म किन अन्त्यसँग जोडिएछ
दुनियाँ त आज रमिता न हेर्ने रहेछ
थाहा छ मृत्यु ढिलोचाडो अकाट्य छ
कारण अकाट्य केही कमजोरी बनिदिन्छ ।

बिस्तारै भुलिदिने बहाना चल्छ
कोहिको आखामा पानी पर्छ Continue reading →

Posted in कविता | Tagged | 1 Comment

कविता : मेरा सहर

~श्रीकृष्ण श्रेष्ठ~

मेरो देश नेपाल, काठमाडौं मेरो सहर
के छैन यहाॅ, हरेक छ जुन हेर्न लाग्दो हो रहर
प्रकृति धाक्दै रमाउने मानवको ठूलो लहर छ
देशको मुटु भनि चर्चित, काठमाडौं मेरो सहर छ।

यहाँ घर बिनाको लावारिस् मान्छे छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : क्राइम ग्याङ्ग

~सविना सिन्धु~

“पटक–पटक मोबाइलमा रिङ्ग टोन बझ्छ । रिसिभ गर्‍यो ।…हेलो भन्यो । तीन मिनेट होल्ड गर्दा पनि कोही बोल्दैन ।”, उर्वशीले मलाई सुनाई । “तँ जस्तोलाई त हो नि घरिघरि मिस कल आउने…यस्तो कल आउने । खै हामीलाई आउँदैन ।”, मैले उर्वशीलाई जिस्काउँदै भनेँ । ठिक त्यही बेला फेरी फोन आयो । रिसिभ गर्दा पनि कोही बोलेन ।

मोबाईलमा स्पिकर अन थियो । त्यसैले उताबाट आएको गाडीको आवाज मैले पनि प्रष्ट सुनेँ । केही क्षण उसले ‘हेलो’ भनी तर गाडीको आवाज बाहेक केही आएन । त्यसपछि फोन काटियो । धेरैबेर पछि हामीलाई कौतुहलता भयो । “फेरी फोन गर् न को चैँ रछ ।”, मैले भनेँ । ऊ राजी भई । उसले त्यही नम्बरमा थिची मोबाइलबाट । फोनको घण्टि गयो । फोन उठ्यो पनि । जती पटक हेलो भन्दा पनि मानिसले जवाफ फर्काएन Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : घाम हेरे घाम राम्रो

~उद्धव सिलवाल~

जून हेरे जून राम्रो घाम हेरे घाम राम्रो
सीतालाई वन छोड्ने कठै हाम्रो राम राम्रो

त्याग भन्दा अरु ठूलो आविस्कार भएछ कि ?
अर्कालाई अफ्ठेरोमा पार्ने मात्रै काम राम्रो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : सञ्चेतना

~वासुदेव पाण्डे~

छ फाटो हामीमा कलुष छ सधैँ हुन्छ झगडा
सिमाना मिच्दै गो दिनदिन छिमेकी छ तगडा ।
छ नेता कुर्सीमा फगत उसको दृष्टि धनमा
र चिन्ता चासो क्यै मुलुक हितको छैन मनमा ।।

नपुग्दा सत्तामा मुलुक हितको गर्जन ठुलो
पुगे सत्तामा ती तर हुन गयो गर्जन लुलो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सहिद र समय

~आविष्कार कला~

कोतपर्वले जग हालेको
शासनका लागि मात्रै होइन
इतिहास देखिको थिचोमिचो
१९०३ भन्दा पुर्वको
असमानता
अमानवीयता
र
अपराधको राज्य Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : परदेश लागें बाध्यताले

~कमला दाहाल~

घर घडेरी बन्धक राखी परदेश लागें बाध्यताले
देवी देउराली भाकी प्रदेश लागें बाध्यताले

यसो गरें उसो गरें हात लाग्यो मात्रै शुन्य
बिकल्पै रहेन बाकि परदेश लागें बाध्यताले Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : यति सुन्दर प्रीत नलाउ

~अम्बर गुरुङ~

यति सुन्दर प्रीत नलाउ दिल झरेर सुकि रहेछ ।
अब फेरि कसम नखाउ यौवनले थुकि रहेछ ।।

जलन देउ आगो गहुँ आफै जलि खाक हुन्छु ।
तारा थिए आँखाको म आँसु सम्झि झरि दिन्छु ।। Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मायाको चिनो माला गाँसी

~रवीन्द्र शाह~Rabindra Shah

मायाको चिनो माला गाँसी लगाई दिउँला
नागबेली चुल्ठो तिम्रो हाँसी सजाई दिउँला

आकाशको आँगनमा दौडेको चन्द्र किन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जुनका किरणहरूले प्रेमपत्र

~किरण खरेल~

जुनका किरणहरूले प्रेमपत्र लेख्दैछु म
फुलका कलिला पातमा खोजिदिनु है यसलाई
भोलि सबेरै तिमीले खोलिदिनु है यसलाई
जुनका किरणहरूले प्रेमपत्र लेख्दैछु म

धेरै भयो हजुरको केही खबर मिलेन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीले देखेको सपनालाई

~राकेश कार्की~Rakesh Karki

तिमीले देखेको सपनालाई
चुपचाप पछ्याइ आएँ
तिम्रो पलकको निम्तामा
आफैलाई मनाइ ल्याएँ

जब मेरो हाँसो ब्यूँझन्छ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सपनाको आतङ्क

~अर्जुन दाहाल “अपवाद”~

धेरै भयो
अनिँदोमा रात वितेको
सपनाहरुसँगको भेट
पातालिएर गएको
अनि
चिसो आच्छ्यानसंग सुतेको ।

खै कसरी हो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : झरि पर्ने आशामा

~महेश्वर नेपाल~

खडेरी परेकोत्योगाउँका
असंख्य तृषित्अनुहारहरु
आकाशगंगा तिर हेर्दै
झरि पर्ने आशामा
छटपटाई रहेछन
यहि खडेरीका कारण
मृग तृषित देहहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

युगल गीत : पियार

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

केटाः
जुनतारा नखोज
त्यो क्षीतीज पारी छ
म मानव धर्तिको
क्षितीजमा कसरी पुग्न सक्छु र
मायाको गहीराई
अञ्जुली ले उघाई
पिलाऊँछु तिमीलाई
मायारुपी अमृत Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भ्यालेन्टाएन डेको अन्धो प्रेम

~जीवनस्पर्शी~

रोज डेको
रातो गुलाफले
लजाएर रातो भए
प्रपोज डेको
प्रेम प्रस्तावले
पग्लिएर पागल भए Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा: अवसान..प्रेमको

~केशव प्रसाद पाण्डे~

“असिमलाई चिन्नुहुन्छ ?”

“को असिम?”

“याद गर्नुस त !”

उ ‘ईट एण्ड स्माईल क्याफे’को कुनापट्टिको टेबलमा छ, म उसको समिपमै छु।अाउनेजानेहरुले हामितिर नि अाँखा सोझ्याएकै थिए !हेर्नेहरुले के को भनेर सोचे अनुमान लगाउन अावश्यकता नै के थियो र!

एकछिन घोत्लिँए ।धेरै असिम नामका साथिहरु मानसपटलमा घुमे Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सम्झी बस्छु कता कता

~बिक्रम भक्त जोशी

‘हेलो…’

‘………’

‘हेलो…’

‘………’

उताबाट फोन राखेको चाल पाउंछु। मोबाईलको घडीले रातिको १२:३० देखाईरहेको थियो। हिजो पनि यति खेरै यसरी नै ब्ल्याङ्क कल आको थियो। नम्बर नयाँ थियो। मेरो मोबाईलको लिस्टमा थिएन। ट्रुकलरबाट हेर्दा पनि नम्बर रजिष्टर भाको देखिएन। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : जय पुच्छरवाद !!

~नारायण आचार्य~

पुच्छर भन्नासाथ हामी जनावरलाई सम्झन्छौँ । घाँस खाने होस् या मांश खाने, अझ अर्को अर्थमा भन्ने हो भने चारखुट्टे जनावर भनेर पनि सम्झन्छौँ । जब मान्छेको बुद्धिमा बिर्कोले छोप्छ तब हामी मान्छेलाई पनि पुच्छरविनाको पशु अर्थात् दुईखुट्टे जनावर भन्न पछि पर्दैनौँ । जब कुनै मान्छे आफ्नो बुद्धि विवेकलाई तिलाञ्जली दिएर, जबरजस्ती अर्काको निर्देशनमा निधारभरि खरानी र पहेँलपुर वस्त्रमा कमण्डलु बोकेर हिँड्न थाल्छ तब त्यसलाई हामी पुच्छरको उपमाले ढपक्क छोपिदिन्छौँ अर्थात् ओल्नो त फल्नोको पुच्छर रहेछ वा फल्नो त पल्नोको पुच्छर को पुच्छर रहेछ भन्न थाल्छौँ । जे होस् डार्विनको विकासवादी सिद्धान्तअनुसार मान्छेको पुर्खाको पुच्छर भए पनि अहिले जिरोमा झरिसकेको छ । तर Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मेरो गाउँ, मेरो थातथलो

~टंक कार्की~

म यात्रामा थिएँ
धेरै डाँडा काटी सकेको थिएँ
मेरो गाउँ, मेरो थातथलो अझै टाढा थियो धेरै टाढा थियो
बसन्तपुर पारी तीनजुरे नाघेर
खोजीमा निसकेको म
लखतरान थिएँ
तै पनि
म बसन्तपुरको बीचो–बीच गुराँसको बागमा
आइपुगेको थिएँ
गोधुलीको बेला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : वर्गीय चिन्तनका कविताहरू

~प्रकाश सिलवाल~

‘म कर्नाली !

तिमीबाट बलात्कृत छु युगौंदेखि
तर अब कसरी बोल्नेछु म– हेरिराख
ओ निर्दयी काठमाडौं ?’
(म कर्नाली)

निरंकुश भएर निरंकुश राज्यसत्ताको विरोधमा जनता जगाउन भूमिगत राजनीति गर्नुपर्ने पञ्चायतकालमा ‘शीतबिन्दु’का नामले साहित्य र राजनीतिमा सक्रिय प्रदीप ज्ञवाली अहिले दुवै क्षेत्रमा वास्तविक नामबाट लोकप्रिय छन् । साहित्यमा सीमान्तकृत आवाजलाई केन्द्रमा ल्याउन कला, चिन्ता र विचारको सशक्त प्रयोगसहित सिर्जनारत ज्ञवालीको पछिल्लो कृति ‘बिनासालिकका नायकहरू’ (कवितासंग्रह) प्रकाशनमा आएको छ । त्यसअघि उनको चिन्तनप्रधान पुस्तक ‘सांस्कृतिक रूपान्तरण : एक विमर्श’ साझा प्रकाशनबाट बजारमा आएको थियो । यसले उनीसँग पुस्तककार हुन लायक पाण्डुलिपि अझै Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : बाघको नागरिकता

~सनत रेग्मी~

आज भोली गाउँमा वाघ पल्केको छ।सधै कसैन कसैको बस्तु भाउ बाघले घिसारेर लाने गरेको छ। गाउँलेहरू बन्य जन्तु आरक्षमा बाघलाई नियंत्रण गरिदिन अनुरोध गर्न गए। आरक्षका कर साहबले। सोधनी भयो कता तिरको गाउँमा पुगे छ बाघ।

गाउँले ले जवाबदिए बोर्डर तिरको गाउँमा हजुर । ठुलो पाटे बाघ छ। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

नियात्रा: सारनाथमा नेहरु शर्त

~युवराज नयाँघरे~

निकै बसेँ म सारनाथमा !

वाराणसी पुगेपछि प्रायःजसोको बसाइ गङ्गा वरपर भए पनि म सारनाथमा बसेको थिएँ । तिब्बती मन्दिर नजिक बसेको हुनाले यहाँबाट वरपर जतै पनि पुगिन्थ्यो ।

पर्बल र सानो लामा थिए मेरा साथी । ती कहिले यता, कहिले उता गरेर मलाई डुलाइरहन्थे । सारनाथको उत्तरतिर बर्मेली गुम्बा थियो । धेरै तिब्बती शरणार्थीहरुले त्यहाँ बसेर पढेका थिए । त्यो धम्मचक्र विहारलाई बर्मिज टेम्पल भन्दा रहेछन् । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : मिस्टर भ्रष्टाचारी

~खगेन्द्र न्यौपाने~

जग्गा जमिन धरो थेन खुर्सानीको बारी
अहिले भने डल्लु कपन नैकाप सल्लाघारी
महिनैपिच्छे विदेश भ्रमण चिल्लो छ सवारी
मेरो पनि नमस्कार है मिस्टर भ्रष्टाचारी ।

हिजोसम्म नामर्द छ भन्थे ज्वाईं छुसी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बिना सालिकका नायकहरू

~प्रदीप ज्ञवाली~

निहुरेर अलिकति
खसाइदेउ ए आकाश !
नबिटुलिएका शीतका थोपाहरू
ताराको टल्किने जर्री
बादलको श्यामश्वेत पछ्यौरी
र रेसुङ्गाको शिरमाथि पोतिएका
अलिकति गोधुली रङ्गहरू
म बनाउँदैछु अक्षर कुँदेर यौटा सालिकस Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : हात समाएर के हुन्छ ?

~सन्तोष दहाल~

हालत हेर देशको प्रिय,हात समाएर के हुन्छ ?
अहिले खाने दूध छैन,दहि जमाएर के हुन्छ ?

प्रिती प्रिती,माया प्रिती यो त सबले गरेकै छन
देशको निम्ति एक मुठी रगत बगाएर के हुन्छ ? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

राकेश कार्कीका तीन मुक्तक

~राकेश कार्की

राष्ट्रपति
एमाले भन्छ हामी गल्हत्याउछौँ
काँग्रेस भन्छ सुम्सुमाइ रत्याउछौँ
एमाओवादी र साना दल भन्छन्
कसोरी अडिन्छ हेरूँ हामी बत्याउछौँ । Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : संविधान लेखिदैन ….

~कल्पना खरेल

यी नेताहरुको छाँट राम्रो देखिंदैन !
यसपाली पनि संविधान लेखिंदैन !
पटक पटक संविधान गर्भमै तुईन्छ,
हर्कत इतिहासमा कहिल्यै मेटिंदैन !

नेतामा इन्मान्दारी कहिल्यै भेटिंदैन ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment