महँगी किन बढेको हो ?
हातमा सत्ता छ भने अन्तर्राष्टिय स्तरमै भाउ बढेर हो
हातमा अट्ठा छ भने नेता र कर्मचारीले घपलाबाजी गरेरै हो ।
देश विकास किन नभएको हो ?
हातमा सत्ता छ भने अट्ठाले काम गर्नै नदिएर हो
हातमा अट्ठा छ भने नेता र कर्मचारी खालि कमाउने दाउमा लागेकाले हो । Continue reading →
नेपाली राजनीतिका साथै आधुनिक नेपाली कथाका शिखर पुरुष विश्वेश्वरप्रसाद कोइरालाको जन्म वि.सं. १९७१ भाद्र २४ गते (सन् १९१४ सेप्टेम्बर ९) का दिन बुबा कृष्णप्रसाद कोइराला र आमा दिव्याका पुत्ररत्नका रुपमा भारतको धार्मिक सहर बनारसमा भएको थियो । मोरङ जिल्लामा घरबार भएतापनि पिता कृष्णप्रसादले सर्वस्वसहित निर्वासनको सजाय पाएकाले यिनको बाल्यकाल पनि बाबुसँगै भारतमा नै वित्यो । यिनले प्रारम्भिक अध्ययन काशी हिन्दू विश्वविद्यालयबाट, वी.ए. वनारस हिन्दू विश्वविद्यालयबाट र कलकत्ताबाट वी.एल. को औपचारिक अध्ययन पूरा गरेका थिए । Continue reading →
म आफ्नै सुरमा चल्छु, अरुसँग खासै मतलब हुन्न । मेरो यही बानीको कारण धेरै कुरा गुमाएँ। कलेज पढ्दापढ्दै प्रेमिका गुमाएँ, वर्ष दिनमात्र भएको थियो – हाम्रो प्रेम अंकुराएको । जतनसाथ राखेको थिएँ उसको फोटो, कतै कुनाकन्तरामा अझै हुनुपर्छ। एकदिनको भनाभन र झगडाले साथीको सल्लाह अनुसार प्रेममा पूर्णविराम लगाएँ, निकै माया गर्ने मायालुसँग छुट्टिएँ । एक महिना जति त म बौलाहा जस्तै भएथें । त्यसपछि ऊ पनि काठमाडौंको पढाइ बिचैमा छोडेर आफ्नै गाउतिर लागी ।
प्रेम वियोगबाट उम्केर अध्ययनलाई निरन्तरता दिएँ। साथीहरू भन्छन्, म एकसुरे बनेको पनि त्यही बेलादेखि नै हो । पढाई सकाएपछि मैले छिट्टै जागिर पाएँ । दुईतीन वर्षपछि धुमधामसँग मेरो बिहे गरियो उपल्लो खानदानी बाउकी छोरीसँग । जागिरकै कारण केटीका बाउले मसँग बिहेको कुरा चलाएछन् । म तटस्थ रहेकोले मेरो घरमा पनि नस्वीकार्ने कुरै भएन । Continue reading →
मखमली र कालिका एउटै घरका दुईवटी बुहारी थिए । उनीहरूको सत्र जनाको ठूलो परिवार थियो । घरमा दैलो कसिङ्गरदेखि खानाका लागि चामल पिठोको व्यवस्था गर्नु उनीहरू दुइटीको मानौँ ठेक्का नै थियो । घडी घुम्दै हुन्थ्यो दिन हप्ता महिना वर्ष बित्ने क्रम जारी नै रहन्थ्यो । घटना दिन दिनैका थिए तर साङ्केतिक रूपमा एक दिनको एउटा सानो घटना मात्र यहाँ स्मरण गरिएको छ । सुन्दा नौलो लाग्न सक्छ तर घटना थियोे वास्तविक ।
मखमली भन्छे श्रावण महिना थियो । खेतबारीमा काम गर्नु पर्ने बेला धान रोप्ने, कोदो रोप्ने, मास भटमास छर्ने, काम कति हो कति । गाई भैँसी बाख्रा सबैलाई घाँसको व्यवस्थापन गर्नु घरका मानिसलाई खाना पकाउन धान Continue reading →
This is not a satire on development but a true incident.
Some years back, an international organisation provided service-latrines for every locality under the aegis of Health and Hygiene program. But the latrines were left unused for many days after the construction of the latrines. When asked as to why they were not enthusiastic to use these amenities, the villagers unequivocally replied that they Continue reading →
यहाँ
ठगिएकाहरूको सूची हेर्ने हो भने
पढे लेखेकाहरू पनि बढी नै ठगिएका छन्
बेचेर राष्ट्रको स्वाभिमान
उर्बर मगजहरूलाई
एक्कामा टाँगिएको छ Continue reading →
प्रयोगशालामा धेरै वस्तुमाथि प्रयोग र परिक्षण गरिसकेपछि डा. एस डी नयाँ अनुसन्धानमा लागेका थिए । उनी चाहान्थे वर्तमान समयबाट बिगतमा फर्किन सकियोस् । सदियौं पहिलेका ब्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट होस् । त्यस्तै पँचासौं वर्ष पछिको आफ्नो प्रतिरुप र त्यस बेलाको परिवर्तनलाई आफैंले भेटेर पुनः आफ्नो युगमा फर्किन सकियोस् । डा. शर्मा उनको प्रयोगहरुमाथि साथ दिन बसेका थिए । प्रयोगशालामा अन्य कर्मचारी र सहयोगीहरुको समेत उपस्थिति हुन्थ्यो । उनीहरुले विज्ञानको क्षेत्रमा गरेका धेरै प्रयोगहरु सफल समेत भएका थिए । वास्तवमा उनीहरु विश्वमा नाम कहलिएका वैज्ञानिकहरु थिए ।
“टाइम ट्रावल मेसिनलाई घडिको आकारमा निर्माण गरे ठिक होला ।”, डा. शर्माले सुझाव दिँदै भने । Continue reading →
कथा अछि जे एक बेरा सीरध्वज जनक जी के राज्य मिथिला मे वर्षा नै भेल। लोग अकाल सँ पीड़ित होमय लागल। लोगके दशा देखी के राजा जनक ऋषि-मुनि आ विद्वान के सभा बजेलैंथ।
एही सभा मे उपस्थित विद्वान सँ पूछलैंथ जे हम धर्मानुसार शासन करैत छिं मुदा फेर अकाल के की प्रयोजन अछि। एही पर विद्वान कहलैंथ महराज यदि अहाँ स्वंय अपन हाथ सँ हल जोतब तऽ देवराज इन्द्र के कृपा होयत।
विद्वान सभ जेहि स्थान पर हल जोतवा के लेल कहने छलैंथ ओ आय के पुनौरा नामक स्थान अछि। इ सीतामढ़ी जिला मे स्थित एकटा गाम अछि। एही स्थान पर जेखन जनक जी हल चलाबी रहल छलैथ ताहि क्रम मे हुनक Continue reading →
पाईलाहरु आफ्नै रफ्तारमा अघि बढिरहेका छन्। लामो समय पछिको हिडाई, हिड्ने बानी नै हराईसकेछ। ५/७ वर्ष पहिले यहि बाटो २ दिनमा सदरमुकाम पुगेर फर्किन्थ्यौँ। अहिले सदरमुकामबाट हिडेको नै ३ दिन भईसक्यो अझै गाउँ आईपुगेको छैन। शहरीया भई खाको।
कठै ! जिन्दगी
घडि हेरेँ, अहो! ५ बजिसकेछ।
रात पर्ने बेला त भएको होइन तर वर्खाको समय आकाशमा बादल मडारिएको छ। कुनै प्रलय नै हुन लगेको जस्तो पुरै वातवरण नै अनौठो भईरहेको छ। गड्याङ गुडुङ्ग आवाजको साथ साथै वरपर भाले बासेको आवाज Continue reading →
सायद रातको २ बजेको हुनुपर्छ एक्कासि म ब्यूझिएँ । सानो मैनबत्तिको धिपधिप गर्ने प्रकाशमा म केही लेख्न खोज्दै थिएँ । वातावरण सुनसान थियो । दिमागमा एकआपसमा पात्रहरू तयार भएर बसिरहेका थिए । त्यसलाई कापीमा उतार्नु पर्ने थियो मैले । छिमेकमा दुई बुढाबुढी एकआपसमा घर–सल्लाह गर्दै थिए । उनीहरूको प्रष्ट संवाद सोझै मेरो कानमा तरङ्गित भईरहेको थियो । उता उति भने आफ्नो तन्नालाई अँगाल्न सकेकी थिइन । कसरी पाओस् त सुत्न । दिनभरि चर्किलो घाममा लेब्बरी काम गिट्टी, ढुङ्गा बोक्नुपर्ने बाध्यता त्यही माथि श्वास प्रश्वासको बिमारी पनि । उनको छोरो ‘आयुस’ पनि बेस्सरी रूँदै थियो । उति खोक्दै फुल्याउँदै थिई । त्यसलाई के भएको थियो कुन्नी थाहा पाउन सकिएन । Continue reading →
कवि लोकनाथ खरेल २०२० साल मुगसिर तेह्र गते गुल्मी अर्लाङ्कोटमा जन्मनु भएको थियो हाल भने कावासोती नगरपालिका वडा नं २ मा बसोबास गर्दै आउनु भएको छ । छन्दोबद्ध कवितामा आफूलाई परिचित गराउने खरेलका हालसम्म अक्षरयात्री कवितासङ्ग्रह, २०६५ र शब्दयात्री कविता सङ्ग्रह, २०७४ कृतिको साथै विभिन्न पत्रपत्रिकामा थुप्रै फुटकर कविताहरू प्रकाशनमा आएका छन् । उपन्यास, नाटक–एकाङ्की, गीतिसङ्ग्रह, कविता एवम् कथासङ्ग्रह आदि प्रकाशोन्मुखको रूपमा तयारी गर्दै गरेका कवि खरेल Continue reading →
असोज महिनाको अन्त्यतिर एक समूह मानिसको हुल पीपलको बोटमुनि बसेर राजनैतिक, सामाजिक तथा समाज परिवर्तनका कुरा गरिरहेका छन् । तिनै समूहमा बीर्खे ठुलो स्वरमा कराइरहेको छ । ‘मैले यो दुनियाँलाई राम्ररी चिनेको छु । अबको हाम्रो बाटो भनेको परिवर्तनका लागि नयाँ विचारको आगमन गर्ने हुनुपर्छ’ त्यतिनै बेला सानु हस्याङफस्याङ गर्दै कोटेश्वर जाने गाडीमा चड्छे ।
एक पटक मात्र होइन पटक–पटक जीउँदै मरेकी सानुलाई कसले के भन्छ सुन्ने आदत छुटिसकेको छ । उसको अधरको हासो १०औँ वर्ष अगाडिनै कसैले हरेर लगिसकेको छ । अहिले त उसलाई यो समाजले एउटा नामुद उपमा दिएको छ ‘भालु’ । Continue reading →
Different types of stories are created with the flow of time. Some stories are natural and some are artificial in nature. Some stories are still being created by nature according to the need of time and (sometime) space, whereas some are intelligently created by some groups to establish their strong presence. If we look around, we are literally bounded by geography of stories. Aren’t we? Even our history may probably be conscious dream or some kind of chronological story that was set there before that incident happened. The value may be real, but numbers? Well, if we can put the same value in every letters, numbers may not be that important. The letter Continue reading →
म प्रत्येक बिहान
शहीदलाई पूजा गर्न शहीदगेट जान्छु
तर शहीदभन्दा माथि
ढसमस्स बसेको
मलाई श्रद्धा नलागेको एउटा निर्लज्ज शालिक
शहीदभन्दा पहिले
आफ्नो घाँटीमा माला थाप्छ
म शहीदगेटको एउटा पीडित पुजारी । Continue reading →
मै हुँ भन्नेलाई तँ थुक चटाउन सक्छस्
नैतिक अनैतिक सबै भेद मेटाउन सक्छस्
इमान र बलिदानको तँ बजार लगाउन सक्छस्
मौका परे देशकै सीमा हटाउन सक्छस्
हे पैसा तँ कति शक्तिशाली ?
क्रान्ति भइसक्यो
आइसक्यो गणतन्त्र
ढोकैमा हाजिर छ समाजवाद
गाऔँ अब सबले एकसाथ :
‘सबै नेपाली समाजवादी
सबै समाजवादी नेपाली ।’
मेरो देशमा छन्
छत्तीसको अङ्क जस्ता दुई समाजवाद
नं.१ हो सिंहदरवारको समृद्ध समाजवाद Continue reading →