गजल : यी नारी

~रश्मिला कवाङ ‘रश्मि’~Rasmila Kawan

चोटव्यथा, बिषप्याला पिएर हाँस्ने यी नारी
समस्याका पहाड खियाएर हाँस्ने यी नारी ।

सोंच्नेले जे जे सोचून् , बोल्नेले जे जे बोलून्
टुक्रिएका खुसीहरु सिएर हाँस्ने यी नारी । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : तिम्रो जन्मदिन

~बिपना ढुङ्गाना~

कहालीलाग्दो बिगत सम्झिन्छु
आफु भोकै बसी परिवारको भोक टार्न
तिम्ले गरेका कयौं त्याग सम्झिन्छु
हेरक बिहानीसँगै टुटेका
तिम्रा स-साना इच्छा,आकङक्षा सम्झिन्छु
आमा,म हरक्षण तिम्लाई नै सम्झिन्छु । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बटुवा

~जीवनस्पर्शी~

एउटा बटुवा
अँध्यारो पथको यात्रा गरिरहेछ
र सगर्व भनिरहेछ
मेरो यात्रा उज्यालोतिरको हो
जहाबाट भेट्न सकिन्छ लेनिनको सपना Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : न घरलाई घर कहिन्छ

~शुक्रराज शास्त्री~

न घरलाई घर कहिन्छ
नारी नै दरबार नै हो
एक मात्रै धर्म-साधन
नारी घरको द्वार हो

घरकी देवी नारी नै हो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भेटिएन कुनै सुसाइड नोट

~सविना सिन्धु~

फराकिलो निधार भएकी मृत युवती
जसलाई समाचार बनाइरहेछ पत्रिकाले ।
फलाकिरेहछ रेडियोले ।
प्रश्रय दिइरहेछ टेलिभिजनले ।
कुनै दिन म बन्न सक्छु त्यही पात्र । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : महिला सशक्तीकरण

~अमृता बुढाथोकी~

महिलालाई अर्को शब्दमा नारी, स्त्री, जननी आदि नामले सम्बोधन गरिन्छ भने सशक्तीकरण भनेको सशक्त बनाउने, सबल पार्ने, सुदृढीकरण वा स्रोत, साधन, अधिकार आदिले सशक्त, सुदृढ वा सबल पार्ने कार्यलाई नारी सशक्तीकरण भनिन्छ ।

सम्पूर्ण विश्वमा रहेका मान्छेको मानवीय अस्तित्वलाई निरन्तरता दिने स्त्री जाति नै महिला हो । भविष्यका पुस्तालाई धर्तीमा जन्म दिई सुयोग्य, सुशिक्षित मानवमा रुपान्तरण गर्ने मानवीय शक्ति महिलालाई आर्थिक, सामाजिक, राजनैतिक र शैक्षिक जस्ता क्षेत्रमा पुरुष सरह काँधमा काँध मिलाई अघि बढाउन सक्ने बनाउनु Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

बिशोर राई “आश्रय”का चार रुबाईहरु

~बिशोर राई “आश्रय”~

शिर्षक: रोदनिय भावहरू

१)
आफ्नै घर जलेको रहेछ धुँवा देखियो
मरौ परेको हरेक घरमा जुवा देखियो
जिन्दगीलाई मृत्युपछी पनि बचाउनु छ
सत्कर्म नगरे जीवन उडिजाने भुवा देखियो।

२)
ठेस लाग्दैमा जिन्दगी चोट नसम्झ Continue reading →

Posted in रुबाई | Tagged | Leave a comment

कविता : ठुलो प्रजातन्त्र

~आविष्कार कला~

म तिमी भन्छु
बरु त भनौला
अहिले चाहिँ तपाईँ भन्नै
सक्दै सक्दैन
ए संसारको प्रजातान्त्रिक मुलुक
तिम्रो प्रजातन्त्र हेर त
कस्तो छ ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : के भयो खै आज

~भुपाल गुरागाइ~

नमुना समाज मात्तिदै गयो ,के भयो खै आज
सुनसान रात मज्चिदै गयो ,के भयो खै आज

ती कान्छी दिदी बजारबाट आइनन रे घर अझै
सामाजिक सन्जाल रङ्गदै गयो के भयो खै आज Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : फिरङ्गीको देश

~खेम गुरागाईं~

आमा,
तिम्रा सपनाका
बग्रेल्ति छरिएका टुक्रा टुक्रा भेला पारेर
मैले एउटा सपनाको मुल्को
बनाईदिएको छु,
तर त्यो मुल्को तिम्रा रछ्छान घरानमा बग्दैन,
तिम्रो खेत खलियान बाँझै राखेर
बग्दो छ निरन्तर सात समुन्द्र पारि,
त्यहि मुल्को हेर्न,
कि जान्छ्यौ त फिरङ्गीको देश ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : म त होईन वसन्त

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

खोलीदेऊ दीलको द्वार
आएँ म त संङ्घारमा
तिम्रै दीलको बगंैचामा
रमाऊँने मन छ आज Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अस्विकृत पुर्खा

~शिव पन्त~

मलाई माफ गर
मेरी प्रिय नातिनी ,
मैले यो ४ बीस र आठ वर्ष
आफ्नो उमेरको पसल थापेँ ।
र पनि खास गर्न सकिन

बस तिम्री फुपुहरू जन्माउदा जन्माउदै
आदिसरो कपाल फुल्यो
अपुतालीको नाममा भाग नछुट्याउदा
थुप्रै चोटी अझ भनौँ थुप्रै दिन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आफ्नो माटो बिरानो

~रीता खत्री~

कहाँ हुन्छ आफ्नो माटो बिरानो
आफू हिंडेको त्यो बाटो बिरानो ।

जति बिर्सूं भन्छु उति याद आउँछ
सुदूर सम्झनाको छ पाटो बिरानो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : चोट दिलमा रातदिन

~म. बि. बि. शाह~

चोट दिल में रात दिन लुकाई आँसु झार्दछु
जिन्दगी भर आफ्नो तकदीर तौलंदै म जान्दछु
रात दिन लुकाई आँसु झार्दछु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : डाँडापारी हिउँ परेछ

~अम्बर गुरुङ~

डाँडापारी हिउँ परेछ डाँडावारि पानी
एकै चरण गीत सुनिदेऊ दिलकी मेरी रानी

घाम र पानी लुछाछुडी जिन्दगीको बाटो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : उ – मेरो कलम

~साधना शर्मा~

मान्दैन उ अचेल किन एकै पाइलो सर्न पनि
कागजमा अक्षरका बुट्टा सुन्दर भर्न पनि !!

मनका कुरा पोखिदिन नचाहेको होइन होला
तर किन चाहँदैन चाहेको काम गर्न पनि !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : नयाँ मोड़ लिए जस्तो

~आशांक उपाध्याय~

अचानक समयले नयाँ मोड़ लिए जस्तो
शिशिरमा पनी बशंती बहार आए जस्तो

चित्त दुख्दा कता कता हांसू हांसू लाग्ने
आशुं भित्र सुटुक्क मुस्कान उम्रे जस्तो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : ऐना : अ रिफ्लेक्सन अफ लव

~महेन्द्र महक~

झ्याल
हरेक बिहान झ्यालको चेप–चेपबाट उज्यालो तपाइँको ओछ्यान वरिपरि फुत्रुक फुत्रुक खस्छ । र, तपाइँ जिउँ तन्काउँदै ब्यूँझनुहुन्छ, आफूलाई आश्वस्त गर्नुहुन्छ कि तपाइँ जिउँदै हुनुहुन्छ– कि दुनियाँ हिजो जस्तै आज पनि चलिरहेकै छ । हो, त्यही घामको किरण र हावाको झोक्कालाई समूल समेट्न हामी घरमा झ्याल राख्छौंं । जिन्दगीलाई जीवनको आश्वासन दिइरहन मान्छेले आफ्नो घरमा झ्याल राख्न सिक्यो ।

यस्तै एउटा झ्याल म बसेको कोठामा पनि थियो । झ्याल उनीहरु बसेको घरमा पनि थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दुखको तिहार र छट मानौला चाडवाड अनि……

~ध्रुव गजुरेल~

महाविनासकारी भुकम्पले, ध्वस्तै बनउदा पनि ,
गाउँ टोल सवै रितिएर, शोकै मनाउदा पनि,
एैतिहासकि धरोहरहरु, सवै नासीदा पनि,
मन सम्हात्दै वसेको छु ठुलो विपदमा पनि ।

भारतले मित्र भन्दै, घाटी निमोठदा पनि , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : टुरिष्ट लोग्ने

~सविना सिन्धु~

भर्‍याङ्ग ओर्लँदै गर्दा ऊ चिप्लिई र डङ्गग्रङ्ग पछारिई । भर्‍याङ्गको अन्तिम खुड्किलोमा ठोकिएर पाखुरामा चोट लाग्यो । घुँडामा निल डाम बस्यो । नराम्ररी दुख्यो जीउ । यो घाउ भन्दा कडा थियो मनको घाउ । आखिर बुझ्नै गाह्रो जिन्दगीका उतारचढाव । उसले धेरै वर्ष सोची । प्रत्येक पल तड्पिएर बस्नु भन्दा हाँसी खुशीले जिन्दगी बिताउनु बेस । अरुको लागि बाँचिदिने हो र ! आफ्नो लागि पो बाँच्ने हो ।

जिन्दगीका विकल्पहरु थिए । उसले धेरै सोच विचार गरेर अन्तिम निर्णयमा पुगेकी थिई । भर्‍याङ्गको अन्तिम खुड्किलोबाट अब माथि उक्लिनु पर्छ । पहिलाउनु पर्छ नयाँ गन्तब्य । बाँच्नु छ नयाँ जिन्दगी । सुरुवात गर्नु छ एउटा छुट्टै संसार । आरोजसंगको सम्बन्ध अब डिभोर्सको स्थिति सम्म पुगिसकेको थियो । एक दशक जेनतेन Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यात्राको त्यो क्षण

~आनन्द पोखरेल~

मोतीका दानाजस्ता टल्कने हेर्दैमा मन लोभ्याउने सेता दन्त लहरहरु फिँजाई अटल रुपमा रहेका अग्ला अग्ला चुचुराको काखमा हरियो वनजङ्गलले घेरिएका ठूल्ठूला पहाडबाट वहकिएको भेषमा सुईसुई सुसेली हाल्दै नदी बगिरहेकी थिइन् । कलकल झरनाले साथ दिई रहेको, ति हरिया डम्म पहाडको टुप्पोबाट कुहुकुहु आवाज निकाली रहेकी कोईली चरी कराउँदै थिइ । सिरीसिरीवतासको वेग सँगैको त्यो प्राकृतिको उपमा भित्र हरेक उकाली ओराली डाँडाँ काँडा भञ्ज्याङ चौतारी अनि हरेक घुम्तीमा पर्ने, समथर खेतका लहलह झुलेका धानको बाला झैँम (हामी) पनि रात्रि बसको यात्रामा मस्त झुमिरहेको थिएँ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : हामी दुई

~घनश्याम ढकाल~

कमल म सहपाठी थियौँ । त्यसो त हाम्रो गाउँ पनि एउटै थियो । उसको र हाम्रो घर आधा घन्टाको दुरीमा पर्दथे । विद्यालयमा मात्र होइन बाहिर पनि राम्रै दौंतरी थियो । राति पनि धेरैजसो हामी सँगसँगै पढ्ने गथ्यौँ । म पनि उसको घर जान्थे तर बढी ऊ नै हाम्रो घरमा आउने गर्दथ्यो । बा घर नहुनाले हामीकहाँ गफिन सहज हुन्थ्यो । कमलका बाआमाले हाम्रो दोस्ती भएको त्यति रुचाउँदैनथे । गाउँ परिवेशमा उसको घर सम्पन्न मानिन्थ्यो । रवाफिलो ठाँटबाट थियो । उसका बाले पैसा ब्याजमा लगाउँथे, अन्नपात बिक्री गर्थे । वर्षभरि नै Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : झूमा, संगीत र मुन्धुम

~विक्रम सुब्बा~

पृष्ठभूमिः

आधारभूत रुपमा नेपाली गीत-संगीत भनेको रैथाने लोक संगीत[1] (एथ्नोम्यूजिक) नै हो । नेपाली परम्परामा ‘आधुनिक’ वा ‘सुगम संगीत’ थिएन । यो त नेपालमा हिजो अस्ति रेडियो, टेलिभिजन आएपछि हिन्दी फिल्मी संगीतको प्रभावले जन्माएको हो । हो, मन्दिरहरूमा ‘भजन’ (भारतको सा, रे, ग, म, प, ध, नी, सा मा आधारित) गायन थियो जुन हार्मोनियम र तबलामा धेरै अघिदेखी गाईन्थ्यो । गुम्बाहरूमा वौद्ध ‘भजन’ गायन (चीनको शाङ, चे, गोङ, फान, लिऊ, वू, यी, शाङ मा आधारित) संगीत र वाद्यवादन पनि प्रचलनमा परापूर्व कालदेखि थियो । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

मगर भाषी कविता : गिजान बारियाङ म्हे लग्डीसा !

~गणेश ठाडा~

गिजान बारियाङ म्हे लग्डिसा
ढेम्लाक ,
म्हाक्लाक,
वार्लाक,
पार्लाक …………….
जोम्छै … जोम्छै ।
बारीयो छेऊलाक सरिस्नन ले !
वारियो डिलाङ ग्वाजौ मिम लेया, Continue reading →

Posted in मगर कविता | Tagged | Leave a comment

कथा : निदाइरहिछन् माई

~प्रगति राई~Pragati Rai

आदिकथा

सृष्टि तथा मानव सृष्टिको बिन्दु कुन हो, हामी कसैले पनि भन्न सक्दैनौं । विज्ञानले पनि अनुमान र केही सम्भावित तथ्यलाई आधार मानेर यस्तो थियो भनी बताइदिन्छ । प्रश्नको जवाफ नभेट्टाएपछि ईश्वर निर्माण गर्छौं र त्यसैमा आफ्नो सारा अस्तित्व झुन्ड्याइदिन्छौं । हाम्रो कौतूहलको सार नखोज्दासम्म त्यो ईश्वरत्व बाँचिरहन्छ । यसरी नै सत्य नभेटाइएका रहस्यहरूलाई ईश्वरमा झुन्ड्याएर जीवन सरल बनाउन खोज्छौं । हाम्रो सजिलोका लागि बनाइएका आहानहरू र जीवनसँग केही मिल्दाजुल्दा तथ्यहरूलाई जीवन बनाई हेर्न अभ्यस्त छौं ।

हरेक जीवन बालापन, यौवन र वृद्धावस्थाबाट गुज्रिएर सकिन्छ । तर, समाजमा प्रायः यौवनावस्थाको मात्रै व्याख्या गरिन्छ किनभने त्यो जीवनको सक्रिय समय हो । त्यसैले होला कल्पनाको गर्भमा पनि यौवनावस्थाकै Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : My bier-bearing poem

~Rajendra Bhandari~
Traslation : Pankaj Thapa

Fallen to bad company
my published poems
have become rowdy sons.
Deserting me midway
they become strangers
smiling wryly at me,
severed of all ties
not even a letter.

But the unwritten poem Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

छन्द कविता : मेरा माटाका विम्बहरू

~तिर्थराज अधिकारी~Tirtharaj Adhikari

छन्द : मन्दाक्रान्ता

अग्ला अग्ला गिरिवर जहाँ व्योममा माथ चढ्छन्
छाँगा सेता झरझर जहाँ बैँसका चाल चल्छन्
काखी च्याप्छन् हरपल जहाँ लेक लालीगुराँस
चल्ने हावा मलय छ जहाँ बोक्छ मीठो सुवास ।१।

इन्द्रेणीका कुसुम धनुमा रंगका छन् मिलाप
ओर्ली ओर्ली दिनकर जहाँ तालमा मेट्छ ताप
ऐना बन्दै जल लहरले चित्र खिच्छन् अपार Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : शुन्यता

~इश्वर देवकोटा~

अस्तित्व आफ्नै भुलेर हो कि
यो ठुलो भीडमै हराए झैँ लाग्छ
दिल भित्र आफै शुन्यता जाग्छ |

कोलाहल धर्ति
अस्थिर छ आकाश Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : लुतो फाल्ने दिन

~मोहन बन्जाडे~

सभ्यता समाप्त पार्न
संस्कृति ध्वस्त पार्न
पूर्वजको सेखी झार्न
सन्ततिलाई दास बनाएर
बलिन्द्रधारा रुवाउन
पराइले थोपरेका आहालमा चुर्लुम्म डुबेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नेपाली प्यारोडी गीत : राष्ट्रिय गान

~माधव सिग्देल माइला~

सयौं थुँगा प्रचन्डको जुँगा तान्ने हामी नेपाली
सार्वभौम भई फैलिएका YCL र माओवादी ।

बन्द हड्ताल कोटी कोटी फोहोरको आँचल
जो कोहि वादी आए पनि भारतकै दलाल । Continue reading →

Posted in नेपाली प्यारोडी गीत | Tagged , , | Leave a comment

कविता : श्रद्धाञ्जली

~एम.एल. ओली~

हल्लाई धर्ती भत्कायो घर मानिस मार्दियो
देशको शान धरहरा मेरो ठहरै पार्दियो
शहर मात्र घाइते छैन गाउँको त्यै हाल
सम्पदा मेरो बनायो नष्ट आमाको बेहाल ।

देवता बस्ने मन्दिर पनि छोडेन साथीले
चौपाय थिए निर्दोषी जन्तु देखेन भावीले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो स्मृतिमा

~राधा कार्की~

तिमी थियौँ र म थिएँ
तिमी नभएर म हराएँ
कालो बादल जुटेर
खर्लप्पै बगायो
म अघिल्तिरको पहाड
न रोक्न सकेँ उसको दुस्साहशलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment