Tag Archives: Harihar Khanal

कथा : सहिदगेटकी आमा

~हरिहर खनाल~ पछाडितिर निलो नदी त्यसको निरन्तर गतिशील प्रवाहमा बगिरहेको थियो । वारिबाट पारितिर जाने र पारिबाट वारितिर आउने मानिसहरूले भरिएका स्वचालित यन्त्रजडित मध्यमखाले डुङ्गाहरू नदीमा ओहोरदोहोर गरिरहेका थिए । बिहान सबेरैदेखि बेलुकी साँझसम्म नदी किनारमा स्नान गर्ने, लुगा धुने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

अनूदित कथा : सुखी परिवार

~लु सुन~ अनुवादक : हरिहर खनाल “… अभिव्यक्तिको इच्छाले नै लेखकलाई लेख्नका लागि प्रेरित गर्दछ । स्तो काम सूर्यको प्रकाश जस्तै उज्यालोको अनन्त स्रोतबाट निस्केको ज्योतिपुन्जजस्तै हुन्छ । दर्शनढुंगामा चकमक ठोस्ता निस्केका आगाका झिल्काहरूसित यसलाई तुलना गर्न मिल्दैन । यस्तो … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment

कथा : थवाङ्को आकाशमुनि

~हरिहर खनाल~ मिमिर्मे उज्यालो धरतीमा खस्न नपाउँदै कुखुराका भालेको ‘कुखुरी …. काँ ….!’ को युगान्तकारी आवाजसँगै गाउँ बिउँझ्यो । पूर्वको आकाशमा बिस्तारै अबिर पोतियो । तल बेंसीमा लागेको कुहिराको पातलो पर्दा पनि सर्लक्कै हट्यो । एकै छिनपछि डाँडाको कापबाट भर्भराउँदो … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ट्याक्सी नम्बर २२८०

~हरिहर खनाल~ झण्डै दु्ई महिना पहिले लामो विदेश बसाइपछि ऊ घर आइपुगेको थियो । त्यति बेला उसको मन असाध्यै प्रफुल्ल भएको थियो । अमेरिकामा उसको लागि सबै कुरा सुलभ थियो । बाह्र वर्षसम्म त्यहाँ बस्ता ऊ पूर्ण रूपमा त्यहाँको वातावरणसित … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : चमेली फूल र भमरा

~हरिहर खनाल~ “आज पनि मान्छे पाइएन?” मदन ढोकाबाट भित्र पस्ने वित्तिकै मुनाले सोधी। मदनले त्यसको उत्तर दिनुपर्ने आवश्यकता ठानेन। लुगा फेरेर हातगोडा धोइसकेपछि उसले ग्याँसचुलोमा लाइटर झोस्यो, बिहान फ्रिजमा राखिछाडेको भात र मासुको झोल ततायो र मुनालाई दियो। मुनाको आँत … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

Story : Beneath the Sky Touching Mountain

~Hari Har Khanal ~ Along with the chirping of Cicadas, the darkness fell and the towering hills gradually disappeared from sight. The chilly wind blew from the jagged icy peaks in the northeast. Gradually the huts in the neighborhood grew … Continue reading →

Posted in Story | Tagged | Leave a comment

लघुकथा : बन्धन

~हरिहर खनाल~ घर अगाडिको जमीनको सानु एक टुक्रा र त्यसमा फुलेका रङ्गी–विरङ्गी फूलहरू, भँमरा एकदेखि अर्कोमा बस्तै र उड्दै, भुइँøयाँ स्वर निकाल्दै छन् । मन्द चलेको हावाले त्यो फूलबारीका प्रत्येक फूल, पात र बिरुवा सुस्त–सुस्त हल्लाइरहेको छ । छेवैमा एउटा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : चिसो जुनेली रात

~हरिहर खनाल~ आकाश छ्याङ्ग खुलेको थियो । गोधुली साँझमा पश्चिमको क्षितिजरेखा र त्यसको आसपासमा अबीर छरिएको थियो । पूर्वतिर भने पूर्णिमाको जून भर्खरै डाँडाका कापबाट बाहिर निस्केर विस्तारै माथितिर घस्रँदै थियो । संपूर्ण प्रकृति चन्द्रमाको त्यो स्निग्ध, शितल छहारीमा नुहाएर … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सुनौलो सपना र अँध्यारो गल्ली

~हरिहर खनाल~ बिहान सबेरै उठ्नु पर्छ, पाँच बजेको हाराहारीमा। त्यति नगरे काममा समयमा पुगिन्न। समय घर्केपछि काममा जान राधेश्यामका लागि कत्ति पनि राम्रो लाग्दैन। ऊ ठान्छ, त्यसो गर्नु भनेको ठगेर खानु हो। ठगेर खानु र चोर्नुमा के अन्तर छ? ऊ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment