~प्रवीण राई जुमेली~
सहरले केही दिन पाहुना डाक्यो। सायद
त्यसैले हलोजुवा थन्काएर एकातिर
सबै समाजिक अवमूल्यनहरु पनि पलायन भए सहरतिरै समृद्धि कमाउन
बुढी गाउँ मात्र हर्दम एकली सधैं
हरेक प्रहर सहर खोज्न हिंडेका छोरो धनसिङहरु र Continue reading
~प्रवीण राई जुमेली~
सहरले केही दिन पाहुना डाक्यो। सायद
त्यसैले हलोजुवा थन्काएर एकातिर
सबै समाजिक अवमूल्यनहरु पनि पलायन भए सहरतिरै समृद्धि कमाउन
बुढी गाउँ मात्र हर्दम एकली सधैं
हरेक प्रहर सहर खोज्न हिंडेका छोरो धनसिङहरु र Continue reading
~लीला लुइटेल~
नेपाली साहित्यका विभिन्न विधामा महिलाहरूले पुर्याएको योगदानबारे अध्ययन–अनुसन्धान गर्ने सिलसिलामा सामग्री खोजी गर्ने क्रममा अनेक खालका रोचक तथ्यहरू पनि फेला परे । यसमध्ये कतिपय महिला साहित्यकारका कृति प्रकाशित भएको बारेमा तिनका आफन्तलाई नै जानकारी नभएको पनि भेटियो । अध्ययनका सिलसिलामा फेला परेका यस्ता आफन्तले नै नचिनेका साहित्यकारबारे सङ्क्षिप्त चर्चा :
कुसुममञ्जरी देवी Continue reading
~सानु शर्मा~
सानेपाको भव्य तीन कोठा, भान्सा, लिभिङ, डाइनिङ र एउटा सानो स्टडीसमेत भएको आफ्नो अपार्टमेन्टमा गृहप्रवेश गरिसकेपछि ममीको पहिलो उद्गार थियो, “बल्ल पिछा छुट्यो पाखेहरूसँग !” त्यसपछि उहाँले मतिर फर्केर कडा स्वरमा भन्नुभा’थ्यो, “अब तँ तिन्लाई बटुलेर मेला नलगाएस् है सौरभ याँ, मैले भन्द्या छु !”
म केही बोलिनँ । तर, पछाडि सबै छुटेको अनुभूतिले नराम्ररी दुखाइरह्यो मलाई । अचम्म ! जुन कुराहरूसँग पिछा छुट्यो भनेर ममी निर्धक्कको उच्छ्वास छोड्दै हुनुहुन्थ्यो, तिनै कुराहरू पछाडि छुटेकोमा मेरो मन अधीर र उदास थियो । तर, सधैंझैं म चुप थिएँ । मेरो व्यक्तित्वको सबैभन्दा ठूलो कमजोरी शायद यही नै थियो— म मनको कुरा बोलेर प्रकट गर्न सक्थिनँ । Continue reading
~रजित ओझा~
“राजकुमारीलाई राक्षसले कैदी बनाएर राखेको थियो ! यत्रो यत्रो दाह्रा भएको । बडेमानको । हेर्दैमा घिनलाग्दो,” मैले हातैले दाह्राको आकृति बनाएँ ।
“हिजोको कथाको राक्षसको पनि दाह्रा थियो है बाबा ?” छोरीले प्रश्न राखी ।
मैले स्वीकारोक्तिमा टाउको हल्लाएँ, उसको कपाल सुम्सुम्याउँदै ।
“सबै राक्षसहरूको दाह्रा हुन्छ बाबा ?” Continue reading
~Eagam Khaling~
A young man, with a high josh, dives barely into the blue water of the two ponds and swims across but cannot gain a complete satisfaction. He again dives into the water but that also fails to gratify his desire Continue reading
~आर.सि.पौडेल~
यो गणतन्त्र जोगाऊँ भन्ने सबैको इच्छा हो ।
विश्वमा कीर्ति फैलियोस् भन्ने लिउँन शिक्षा यो ।।
नेपाल भूमि शान्ति च भनी सुवास चलोस् ।
अस्तित्व हाम्रो शिखर चुमी धपक्क बलोस् ।।
स्वतन्त्र बाँच्न उठौँ न सबै निर्भीक भएर । Continue reading
~जीवनस्पर्शी~
ओ कवि !
भिग मागिरहेछन अवला नारिहरु
लुटिइएका अस्मिताको
तिमी किन मस्त छौ बयान गर्न
ओठमा लगाइएको लालीको
बुढी आमा अझै एक मुठी सास रोकेर
बाचिरहेछ पर्खाइमा बेपत्ता छोराको Continue reading
~अलका मल्ल~
छोडी नजाऊ परदेशी दाजै
म त गाउँकी सोझी मान्छे
झुटो बोल्न म सक्दिन
प्रीत लाउन म जान्दिन
छोडी नजाऊ परदेशी दाजै Continue reading
~निरज भट्टराई ‘मनोरोगी’ ~
झमक्कै साँझ परिसकेको थियो ,आज नि घर जान अबेर भइसकेको छ ।
दिनभरि आफूलाई कामको थकानले गर्दा घरमा श्रीमतीले माइत जानका लागी रकम माग गरेकी भुसुक्क बिर्सेछु ,अलिअलि किचकिच त गरेकी थि ,रिसमा मैले पनि बढी नै भनेछु ।
माथि राकेको घरमा गएर पैसा सापट ल्याउनु पर्ला,नभए यै घाटीको सिक्री भए नि बेच्नु पर्छ । Continue reading
~कालूसिंह रनपहेंली~
मदिराका प्यालाहरू छचल्किरहेका मेनुकाहरूले
आँखा बन्द गरिदिन्छन् सज्जनहरूको!
तै पनि त्यो डोरीमा सेरिएर मर्न
तयार छन् ती लतका गुलामहरू।
कति कति गिलासहरू झरेर फुट्छन् हातबाट
टेबलमा कति कति मदिराहरू नग्न पोखिन्छन्। Continue reading
~शरद् छेत्री~
निरन्तर छ फन्क्याइमाझ
विचित्रको अजिरा लट्टू एउटा
प्रत्येक हत्केलोमा।
कुनै स्वार्थको डोरीले
सङ्कीर्णता कसेपछि
वेगसित हुत्याएर Continue reading
~गोपालप्रसाद रिमाल~
मेरी रानी, साँचो बोल, यो लागूजस्तो न्यानोपन
जे म तिम्रो काखमा पाउँछु,
यो सपना जो तिम्रो आँखामा म देख्दछु, यो के?
तिमीनिर आइपुग्दा यो सन्चो लागेजस्तो
अथवा रगतमा बाढी आएजस्तो
मलाई जे हुन्छ, यो के? Continue reading
~सुभाषराम~
आकार प्रकार सरल र सामान्य भएपनि ताःको महत्तामा गहनता देखिन्छ । नेवारहरुको सूर र ताल वाद्यहरु, भजन, स्तूति र वज्रयान चर्या गीतिमा यसले महत्वपूर्ण स्थान ओगट्दछ । भनिन्छ ताः नभएपछि ताल नैं बेताल हुन्छ । ताःले बाजाको ताल नियन्त्रण गर्छ, त्यसैले ताः ताल नियन्त्रक हो । यसलाई ताल वाद्यको रुपमा पनि प्रयोग गरिन्छ । यसको गुन्जनमय झंकारले सांगीतिक मात्र नभई मानसिक सन्तुलन पनि कायम राख्छ । हरेक किसिमका वाद्य यन्त्रहरुसित हुने यसको प्रयोगको व्यापकताले पनि यसको महत्व झल्काउंछ र आठौं Continue reading
~Shreejana Rajbahak~
A mere fear craves for my soul
I see shadows that i can’t see
I hear the voices that i shouldn’t hear
I feel something thats’ not even there
An open door
A closed door Continue reading
~सन्तोष आचार्य~
आज किन हो मन पटक्कै स्थिर छैन। खै के भा हो त्यो पनि थाहा छैन। धेरै पटक खुइइय सास फेर्दा अलिकता पनि आराम मिल्दैन। आँखा अगाडि हिजोको त्यो घटना झल्झली आइरहेछ। हिजो घरबाट निक्लदा ममा आफ्नै जोश अनि उमङ थियो। तर जसै त्यो चोकको सडक पार गर्दै थिए यौटी नारीको आवाजले म नराम्रोसँग झस्के जस्ले मेरै नाम बोलिरहेको थियो । कताकता सुनेको जस्तो त्यो आवाज अनि त्यो आवाज खोज्दै कताकता हराइरहेको म। गाडीको हर्नसंगै मेरो त्यो हेराइको अन्त्य भयो अनि आफूलाई समाल्दै लागे म गन्तब्यतिर। तर Continue reading
~विवश पोखरेल~
समयको एउटा अप्ठ्यारो मोडमा
उभिएका बेला उसले मसँग सोधी–
‘तिमी जीवनलाई कति माया गर्छौ ?’
मैले भनें– तिमीले जति !
उसले फेरि सोधी–
‘अनि देशलाई ?’
मैले फेरि भनें– तिमीले जति ! Continue reading
~राम थापा ‘अविरल’~
दुश्मनले दैलोमा फूल राखेर गएको छ
आफन्तले बिहानै छुरा धसेर गएको छ।
आजका मानिसहरू यसरी फेरिएका छन
कमाउन चिताबाट मुर्दा उठेर गएको छ। Continue reading
~प्रकाश लामिछाने~
“अस्ती भर्खर ल्याएको चामल कतिछिटो सकिन्छ हँ?”–आमाले च्याँठ्ठिदै भन्नुभो ।
“खै त? बिहान तिन गिलाँस, साँझ तिन गिलाँस पकाएको हो के रे मैले त । अरु मलाई के थाहा?”– मैले पनि जवाफ फर्काएँ ।
“यो घरमा अन्नको सह छैन । न खेतको धानले पुग्छ, न बेसाको चामलले पुग्छ” आमाले थप्दै जानुभो “तेरा बाउ, महिनावारी घरमा पठाएको पैसाको हिसाब माग्छन्, अब फेरी चामल किन्ने पैसा पठाईदेउ भनेर खबर पठाउन पर्नी भो ।”
म केही बोलिन । Continue reading
~भिम बिराग~
जोगिनु जीवन हो
मासिनु मृत्यु
जन्म–मृत्युका दुई किनाराबीच
जीवन बगिरहेको छ
हरेक पलसँग सम्झौता गर्दै
परिस्थितिलाई पछार्दै
आफू पछारिँदै
उठ्दै, खस्दै Continue reading
~भिमदर्शन रोका~
म पनि सँगसँगै उभेको थिएँ
यौटै उत्साह, यौटै उमङ्ग तिएर । Continue reading
~सुनिता ताम्राकार~
धुन बिर्सेर पनि फेरि किन गाएको हो
आफै भत्किएर फेरि कसलाई थाम्एको हो
आँशु पिएरै आफनो प्यास मेटिसक्यौ
तिर्खाउन हो कि ? अर्कै कुवा धाएको हो Continue reading
~माधव श्रेष्ठ “विष्णु”~
एकान्तमा तिमी रुदा मेरो मन दुख्थ्यो सानु
मन दुःखी रुँदा खेरी आँसु पनि सुक्थ्यो सानु ।
आधारातमा तिम्लाई देखि सपनीमा उठ्दा
चारैतिर अध्यारो कुकुर मात्र भुक्थ्यो सानु । Continue reading
~Rajendra Bhandari~
Traslation : Michael Hutt
Name: Dhanbahadur
Father’s name: Ranbahadur
Mother’s name: Birkhamaya
Address: Where Kanchanjunga can be seen
and if you walk a little you will find the plains, Continue reading
~तुलसी दिवस~
समयको गोरो अनुहारमा
रातले जब अँध्यारो हाँडीको मोसो पोत्छ,
आकाशको नीलो ढक्कीमा
जब फूल उठेका ताराहरु सजिन्छन्
मेरा थाकेका इन्द्रियहरु
आफूलाई हराउँछन् –
हराएको तेज खोजेर;
तर मेरो हृदयमा सुँकसुँकाउँदै Continue reading
~सन्जु बजगाईं~
“मिस्टर मोरिस…मिस्टर मोरिस…!” म ओछ्यानबाटै चिच्याएँ।
“के भयो ? टेबल ल्याम्प ननिभाई सुत्नुपथ्र्यो नि !” ऊ मेरो कोठासँगै जोडिएको कोठाबाट बोल्दै निस्कियो र मेरो कोठाको बत्ती बालिदियो।
मेरो निधार पसिनाले भिजेको थियो। हातहरू चिसा थिए। सास फेर्न असजिलो भइरहेको थियो। यस्तो पहिलोपटक भएको होइन। मोरिसले मलाई यस्तै अवस्थामा धेरैपटक पाइसकेको छ।
“आज औषधी समयमा लिन बिर्सियौ कि ?” उसले मेरो निधारको पसिना पुछिदिँदै सोध्यो। Continue reading
~दिनेश अधिकारी~
आज मेरी मायासँग मेरो भेटघाट
डाढ लाग्ला जून–तारा ! नहेर्नू है आज
नहेरे झैँ लजाएका उसका ओठ हेरूँला
मीठामीठा छटपटीका चालसँगै खेलूँला Continue reading
~तिर्थराज अधिकारी~
तिम्राझैँ भ्रमको खेती गर्दै
म हिँड्न सक्दिनँ ।
दम्भले मुठ्ठी उठाउँदै
हड्डीका हबेलीमाथि
मुस्काउन सक्दिनँ ।
रगत लत्पतिएका हातहरूले
परेवा समाउँदै
शान्तिको गीत गाउन सक्दिनँ । Continue reading
~कृष्ण जोशी~
जताततै मान्छेको बाक्लो हूल
औँलाझैँ फिँजिएका बाटाहरू, सडकहरू
कताबाट पसेथ्यो काठमाडौँको चोक र गल्लीहरूमा
अलमलिन्छ कहाँबाट निस्कने हो
नाक भरिन्छ अचम्मको मान्छे गन्धले
मात्तिन्छ त्यो मान्छे प्रथमपटक रक्सी पिएको मान्छेजस्तै Continue reading
~दीपा राई पुन~
समयको अन्तरालमा
म कतै थामिएको क्षण
आफ्नैलाई ग्रहण लागेको बेला
नितान्त एक्लो महसुस हुँदा
तिमी झल्कियौ मेरो जीवनमा
मलाई नि उदाउनु पर्छ भन्दै
जीवनलाई रोक्नु हुन्न भन्दै Continue reading
~प्रवीण राई जुमेली~
१ ऋतुहरुको बाइपासबाट घुमेर सधैं वसन्त आइदिँदा
यौवनको तेज हावासितै एकक्षण बहकिदिने गौंथली आकांक्षाहरु
पानी हालिदिने स्नेही हातहरु बिमारी भएपछि यता
मुर्झाउन लागेका छन् बगैंचाभरि/गमलाभरि
तलतिर रुखो र अनकण्टार देखिने मान्छेको बस्तीतिर
बर्षाका केही थोपा बनी पोखिदिने बादल इच्छा Continue reading