~दीपक सुवेदी~
साँच्चै, हामी मन खोलेर हाँस्न त कहाँ सकेका छौँ र ! हाम्रो हाँसो वैलिएको डुकुको पातजस्तै भइसकेको छ । हामी जसो जसो बाहुन्, उसै उसै स्वाहा गर्दैछौँ । मादल जसरी बज्छ, त्यसरीनै नाच्दैछौँ । कृष्णलाई जस्तै समयले हामीलाई नचाई रहेछ । प्रकृतिले उफारिरहेछ । कलमको नीबवाट सभ्यताको विहानी ल्याउने उभार बोकी अहिलेसम्म चेतनाका भ्रुणरूपी हास्यव्यङ्ग्य निबन्ध संग्रहहरू आइमाईको रिस (१९९२), चारो (२००४), डरको हाउगुजी (२००९) बजारमा ल्याइसकेका कृष्ण प्रधानले पुनः दार्जिलिङ कमेण्ट्री (२०१६) लिएर आएका छन् ।
कुरा सन् २००६ को हो । सिलगढीको उखरमाउलो गर्मीबाट कृष्ण प्रधानलाई दार्जिलिङको रमणीय चिसो Continue reading →