~बसन्त चौधरी~
आज देश दुखेको बेला
कुन शब्दले
सान्त्वना दिऊँ म,
रोइरहेछु म पनि
देखेर
विक्षिप्त आफ्नाहरू
हिमाल रोइरहेछ Continue reading
~बसन्त चौधरी~
आज देश दुखेको बेला
कुन शब्दले
सान्त्वना दिऊँ म,
रोइरहेछु म पनि
देखेर
विक्षिप्त आफ्नाहरू
हिमाल रोइरहेछ Continue reading
~Siddhicharan Shrestha~
Translation : Dominik von Bohlen und Halbach
I am a Nepali, skilled at climbing formidable mountains;
Even if they become my foe, I show great kindness to the needy
I am always ready to drink the hot red blood of the enemy,
Look you brother! I am always prepared to wield my treasured khukuri.
My teachings taught me to provide protection the world over at all times, Continue reading
~शङ्कर ‘प्रेरणा’~
चिठी तिमीलाई लेखुँ भन्छु मनको कुरा मनमै रह्यो
सम्झनाले सताइरह्यो यी आँखाले हेरिरह्यो
मनको कुरा मनमै रह्यो Continue reading
~नविन ध्यार~
यस्तै धेर्–थोर कहानी बेच्नु
पाउँदिनौ केही जवानी बेच्नु
समय बित्दै जाँदा ओईलाउला क्यारे
अवमूल्यन् भएपनि लीलामी बेच्नु Continue reading
~दिल थापा~
ऊ मेरो घरमा तीन दिन अगाडी आएको थिए। मसँग एक रात बिताएर गयो। आजभोलि मेरो दुख बुझ्ने पनि सुख बुझ्ने पनि ऊ नै हो। अर्थात् सुदिन । सुदिनले मलाई आफ्नै श्रीमतीलाई जस्तै गरी माया गर्छ। हेरचाह पनि गर्छ। मेरो मनोविज्ञान पनि बुझ्न प्रयास गर्छ। मलाई खुसी हुन सिकाउँछ । पिडाहरूलाई भुलेर हाँस्न पनि सिकाउँछ । जीवनको यथार्थ धरातलमा टेकेर जीवन जिउन पनि सिकाउँछ । कहिले काहीँ रुन पनि सिकाउँछ। तर उसले मेरो आँसु आफ्नो हातबाट भुईँमा झर्न दिएको मलाई त्यस्तो सम्झना छैन ।
सुदिनको खुट्टाको दुई पैतालाले मेरो घरको चारदिवार जुठो पारिसकेको छ। त्यसैले होला सुदिन मसँग नहुंदानी मेरो घरमा उसको गुलाफरूपी पुरुष गन्ध आइरहन्छ । र ऊ सधैँ मसँगै भइरहेको मीठो सम्झना Continue reading
~भेषराज रिजाल~
आस्थाको असारभरि
मेहनतका बीउ छरेर
खुसी फल्ने विश्वासमा
हर्षित पुलकित
मीठो थकाइसँग रमाइरहेको
साउनको पहिलोदिन
यसपालि फेरि हाम्रो घर
लुतो फाल्ने तयारी छ। Continue reading
~नरनाथ लुइटेल~
बितेका अनगिन्ती दिनहरू र क्षणहरूमध्ये सबै दिन र क्षणको सम्झना मनमष्तिष्कमा रहिरहँदैन अनि रहिरन साध्ये पनि हुँदैन । बिर्सनै नसकेर बेलाबेला मनमा मडारिदै झलक्क झलक्क झल्का दिने एउटा सानो घटनाबारे म यहाँ छोटो चर्चा गर्न खोजिरहेको छु । कुरो २०४६ साल चैत पहिलो हप्तातिरको हो । मुलुकभरि आन्दोलनको आँधीबेहरी चलिरहेको थियो । पञ्चायती राजले पञ्चायतइतर विचार राख्ने धेरै राजनीतिककर्मीहरूलाई पक्राउ गरिसकेको थियो । फागुन ७ गते देखिनै बिभिन्न ठाउँमा भएका हिंसात्मक झडपमा परि दर्जनौं नागरिकहरू शहीद भइसकेका थिए, सैंयौंको सङ्ख्यामा पञ्चायती बुट, लाठी र गोलीको आक्रमणमा परि घाइते भइसकेका थिए र देशभरिका हजारौं Continue reading
~होमर श्रेष्ठ~
एमएको परीक्षामा ऊ फेल भएको खबरले विश्वविद्यालय नै आश्चर्यचकित भयो ! फेल हुनुको कारण खोतल्दा नयाँ प्रोफेसरले नम्बर दिन बिर्सिएर फेल भएको रहेछ ! भोलिपल्ट विश्वविद्यालयको प्राङ्गणमा त्यो बिद्यार्थी र प्रोफेसरको जम्काभेट भयो । बिद्यार्थीले प्रोफेसरको कठालोमा झ्याप्पै समातेर थ्याच्चै बसायो । तुरुन्तै सयौँ बिद्यार्थी धुइरिए । पक्राउ परेको चोरझैँ प्रोफेसर काँप्दै निहुरियो र एकछिनपछि बिस्तारै टाउको उठाउँदै वरिपरि आँखा डुलायो । बिद्यार्थीहरू गलल हाँसे ।
बिद्यार्थी: “सर, विश्वविद्यालयमा प्रहरी आउन निषेध छ । यसपल्ट भुइँमा थ्याच्च बस्नुभयो ! अर्कोपल्ट धुलो चाट्नुहुन्छ र अनुहारमा कालो मेकअप !” Continue reading
~सीता अर्याल~
देख्न मन लाग्दो रैछ बोल्ने आँट नभएनी
आँखा प्यास मेट्दो रैछ छुने आँट नभएनी
पूर्ब घाम झुल्की आउँदा उर्ली आए आशाहरू
पारी जुन अस्ताउँदा वर्षि रहे आँखाहरू Continue reading
~यकिना अगाध~
जीउमा होइन्जेल तागत
गरियो श्रम
गर्न पाइएन जीवनमा
कहिल्यै विश्राम
र मालिकको लागि बनाइयो महल आलिसन ।
बन्न सकिन कहिल्यै Continue reading
~बिक्रम भक्त जोशी
यो ऊ बेलाको कुरा जब मलाई भर्खर भर्खर पदयात्रामा रस बस्न थाल्या थियो। समूहमा पदयात्रा गर्ने मेसो चल्या थिएन। एक्लै धुम्धुम्ती हिँड्थेँ। ठाउँको नाउँ कतैबाट याद गर्यो। गुगल म्यापबाट बाटो अन्दाज गर्यो। अनि हिँड्यो।
दसैँको बेला थियो। नौरथा सुरु भैसकेको थियो। बाल्यकाल देखि नै मलाई दुई कुराले दसैँ आगमनको आभाष दिलाउने गर्थ्यो – बिहानी हुस्सुको चिसोपन र तिनको छुट्टै प्रकारको फ्रेस बास्ना अनि रेडियोमा बज्ने मालश्रीको धुन। अहिले पनि त्यो बास्नाले मन आह्लादित बनाउँछ। र, त्यो धुन कानमा पर्दा कताकता नोस्टाल्जिक हुन पुग्छु। Continue reading
~Eagam Khaling~
This paper is an outcome of reaction after reading Professor Stephen Hawking and Leonard Mlodinow’s statement that philosophy is dead because it has failed to keep up with modern development in science, particularly physics (maybe the ‘theoretical science’ that he deals with). As a consequence of my daring reaction to such a world-famous scientist and intellectual giant (Stephen Hawking), I have taken the question “Is Philosophy Dead?” as my title of this paper from Hawking and Mlodinow’s statements and answers from Kant’s views as an objective of this paper. Continue reading
~रमेश भट्टराई ‘सहृदयी’~
“छोरा तँ किन सधैँ निन्याउरो देखिन्छस् ?” रघुकी आमाले दिक्क मान्दै रघुलाई मनको वह पोख्नुभयो । रघुको चेहरामा शङ्का, आक्रोश र एकोहो¥याइँदो भावको दुखद् मिश्रण छ । घरको सिकुवामा गुन्द्रीमा बसेर अगाडिका बाख्राको पाठो नाचेको देखेर ऊ पनि नाच्न चाहन्छ । निकै बेरको मौनताका कारण रघुकी आमा आखिर छेउमै आएर बस्न विवस बनिन् । दुई हात टेकेर बसेको छ । उसका खुट्टा सिकुवादेखि तल झारेको छ । छोरोको मौनता, त्यसमा पनि अनुहारको अलिअलि आक्रोशले रेखा देखिन्छन् । रघुकी आमालाई ममताको एउटा मुटु प्रेमसागरमा हालेर पस्कने चाहनाले दौडाइरह्यो । Continue reading
~कुबेर काका~
१
सालभरीलार्ई तिहुनको गुन्द्रुक
त्यसलाई धूप हाल्न पुर्याउनु पर्ने भुटुन तुल्याउन
साहुका हल गोरु मागेर
दमको रोगी बिस्तारै बिस्तारै
ह्याप्याक ह्याप्याक गरेर
सकी नसकी बारीमा आँतर काटदैछ ।
२
दश बर्से छोरो छिमेकीको घरमा Continue reading
~किरण खरेल~
आहा! वनमा फुल फूलैफूल वासना चल्यो मनैमा
हाँसुहाँसु लाग्न थाल्यो लाली चढ्यो तनमा
भनूँ भन्नै नहुने
के मात लाग्यो नि होसै नहुने
जता हेर्यो चारैतिर नयाँ रङ्ग छायो Continue reading
~भिमदर्शन रोका~
मेरो ऋतु बर्सात आयो
इन्द्रेनीमा रङ्ग सात आयो
किन नदगुरुँ पोल्टो थापी
दूर देशको सौगात आयो ।
मेरो ऋतु बर्सात आयो
इन्द्रेनीमा रङ्ग सात आयो । Continue reading
~रामशेखर नकर्मी~
अनुवाद : सुरेन्द्रराज गोसाई
‘ए साथी, हेर त ! आज त महाराज सवारी हुने हो क्यारे, स्वागतद्वारहरू बनाइएका छन् ।’
‘स्वागतद्वारहरू भव्य छन्, साह्रै आकर्षक ढङ्गले सिँगारिएका छन् । द्वारमा टाँगिएको रातो तुलमा लेखिएका सेता अक्षर टलक्क टल्किएका छन्– हाम्रा प्यारा महाराजको जय जय होस्, हाम्रा राजा महाराज दीर्घायु रहून् !’
महाराजको जय होस् भन्ने कामना गर्दै राजाको स्वागतमा सक्दो बढी सिँगारिएका दुईचार ओटा त्यस्ता द्वारहरू देखेपछि हामीमा पनि खुसीको बाढी आयो । ‘अहो ! महाराज सवारी हुने ! कस्तो सौभाग्य !’ Continue reading
~मीना सुब्बा~
अब म पी.टी. उषा सपनाको
रंगीन छाता ओढ़ी लजाउने दुल्ही कल्पनाको
कति साँझ बार-बार फर्किआएँ
कति बिहान बार-बार घुमिआएँ
तर मावला खान गएको मेरो यौवन फर्किआएन Continue reading
~छत्रप्रसाद काफ्ले~
दुःखमा पनि सहन जान्नुपर्छ
यो जीवन आकाश जस्तो पार्नुपर्छ !
सुख दुःखका बादलहरु आउने जाने क्रम जारी छ
घाम छाँया र दिन रात भई नै रहन्छ ! ! Continue reading
~रजित ओझा~
कथा तर नितान्त व्यक्तिगत । उसको गुनासोको बारेमा । सधैं भन्ने गर्छे, “तिमी कथा लेख्छौ तर मलाई सुनाउन्नौ !”
म अनुरोध गरी हेर्छु, “पढ न, म देखाउँछु नि तिमीलाई मैले लेखेका कथाहरू !”
“पढ्न त मलाई मेरै कोर्सका किताब त अल्छी लाग्छ,” ऊ मेरो अनुरोध हाँसेरै उडाइदिन्छे ।
“त्यसो भए के गर्ने त ?” समाधानको जिम्मा उसैलाई दिन्छु । Continue reading
~भेषराज रिजाल~
“एकछिन डुलेर आउनुहुन्छ त ?” मनको इच्छा बुझेरै बोल्नुभएथ्यो सहसचिव काशीराज दाहाल । दाहाल सरको पाहुना भएर पोखरास्थित उहाँको निवासमा बसेका थियौँ हामी ।
“स्वच्छ हावा खाउँन त एकछिन !” सञ्जय अधिकारीको पनि नयाँ अपेक्षा थिएन पोखरासँग ।
“हो, बिहानीको सिरसिरे हावाको उत्सवमा सहभागी बनौँ न त ।” मैले पनि जनाएथेँ सहमति ।
अनि त के चाहियो र ! वैशाख फुल्न लागेको २०७६ सालको पोखरेली आँगनमा निस्कियौँ हामी । Continue reading
~नवराज शमीर~
“ तपाइ ’फालु’ आन्दोलनको सिकार हुनु भएछ ।“
यो वाक्यले बृटिश गोर्खाका पूर्व जमदार बाघ बहादुरलाई नराम्ररी झस्कायो । उनी नगरपालिकाको भवन शाखा को कुनै कोठामा उभिरहेका थिए । उनको कानैमा मुख ल्याएर शाखाका पियन रूपधारी एउटा मान्छेले उसलाई यो वाक्य भनेथ्यो । उसले सो ख्याउटे पियन रूपी मनुवालाई एकातिर लगेर सोध्यो –
“ के हो यो ’ फालु’ आन्दोलन भनेको ? “
“कर्मचारीहरूको गोप्य आन्दोलन हो यो ।“ Continue reading
~रबिन्द्र अर्याल ‘नादान’~
बर्सातले लेराएको बात्छिटा
हुर्काउनु छ भीमकाय ओडार भित्र
दिनु छ रवि किरण बिना चाँदनी सान
टुसाउनु छ छेडेर धर्ती
बजार्दै लात्ती
परेड खेलाउनु छ
टुँडिखेल जत्रो छातीमा
किन्चीत आइया आत्था हुन्न Continue reading
~दिलिप पौड्याल~
एकाबिहानै घाँसको भारि पल्टाएर
भानु जयन्ति मनाउन स्कुल जाँदा
भानुभक्त को हुन् थाहा थिएन मलाई
दाँया हातले दुबो टिप्दै
गुरुको मुखारबिन्दु बाट कविता सुन्दा
कविता के हो थाहा थिएन मलाई
सबैको अगाडी थियो उनको फोटो
फूलमाला र अबिरले पुरिएको ‘आदि’ Continue reading
~ममता पन्त मिश्र~
म तिमीबाट धेरै टाढा, सात समुद्र पारी रहँदा पनि
तिमी सधैँ मेरो सम्झना माझ, मुस्कुराई रहेको हुन्छौ
बर्षौ वर्ष बितेछ तिमीलाई छोडेको पनि
त्यै पनि तिमी सधैँ मेरो मुटु माझ, बास बसेको हुन्छौ
मेरा हर खालि घडीहरूमा, मेरा मनका हर तरङ्गहरूमा
म तिम्रै आगनीमा खेलिरहेको हुन्छु Continue reading
~अमृता बुढाथोकी~
मिलनमा
निराकार तिमीलाई पूर्णआकार दिने
पूर्ण वृत्त म,
अनकन् उपमाले सजिने तिम्रो हृदयेश्वरी म
तिम्रो आँखाको पूर्ण चन्द्रसूर्य म ।
तिम्रो आदेश मानुन्जेल
आदर्श छोरी, दिदी, बहिनी र पत्नी म । Continue reading
~लीला उदासी~
ऊ त धपक्क भएर बलेको छ
एउटा तारा झर्यो !
दिनदहाडै सूर्यास्त भयो
अन्धकार छायो
झापाको आकाशबाट एउटा नक्षत्र खस्यो
मेरो. मन मान्न त तयार छैन
तर हो ! मेरो प्यारो मित्र गयो
ऊ शून्यमा बिलायो ! ऊ हरायो ! Continue reading
~किरण सिटौला~
मृत्यु पछिको स्वर्ग कस्ले देखेको छ र यहाँ ?
जिउँदै भगवान कस्ले पाएको छ र यहाँ ?
मैले पाप गरेहोला
मृत्यु पछिको सजाय भोग्ने साक्षी को छ र यहाँ ?
म कसरी विश्वास गरुँ ?
यमराजको त्यो लेखा जोखाको किताबमा Continue reading
~महेश्वर तिमील्सिना ‘निदर्शी’~
कतिले भरिया सम्झन्छन् कतिले गाेठाला सम्झन्छन् ,
बेकसुर हत्कडी लगाई दिन्छन् फुलकाे माला सम्झन्छन्
क-कसकाे नाम लिउँ Continue reading
~सदानन्द अभागी~
परिचय
रजस्थल पत्रिकाको वर्ष सत्र पूर्णङ्क ५९, २०७१ साल श्रावण – आश्विन अङ्क विश्वेश्वरप्रसाद कोइराला विशेषाङ भाग एक दुई विश्वेश्वरप्रसाद कोइरालाको शतबार्षिकी अवसरमा प्रकाशनमा आएको छ । भाग एकमा विभिन्न क्षेत्रका विद्वानहरूबाट साहित्य र राजनीतिक क्षेत्रमा वी.पी.ले पुर्याएको योगदानलाई विविध दृष्टिकोणबाट विश्लेषण गरिएका लेखहरू समावेश गरेको पाइन्छ । वास्तवमा यो विशेषाङ्कले वी.पीले दुवै क्षेत्रमा पुर्याएको गौरवमय योगदानका केही भागलाई प्रस्तुत गर्न सफल देखिन्छ । यस्तो गहनकामलाई आत्मसात गरी Continue reading
~Jiwan Kshetry~
In the darkest depths of solitude,
there lies a humble picture of yours:
a glimpse of light comes and goes,
then remains the pervasive darkness.
In the darkest depths of solitude,
gloom lurks behind the facade of normalcy; Continue reading
~देबेन्द्र बस्याल~
न मलाई बुद्धिमानी नेता बन्नु छ
नत मलाई भ्रष्टचारीको पगरी गुथ्नु छ
केवल मलाई जीवन कटाउनु छ
साथी, आजकल म रक्सी पिउँछु
झुटको खेती गरेर जीवन धान्नु छैन मलाई Continue reading