गजल : सबथोक गर्छ मान्छे

~बिभोर बराल~

आफ्नो स्वार्थ पूरागर्न सबथोक गर्छ मान्छे
मुहारमा झुठको अनेक बुट्टा भर्छ मान्छे

कसैको मनमा के बित्छ उसलाई के मतलब
काम फत्ते गरेपछि अन्तै डेरा सर्छ मान्छे Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : आउ प्रिय दियो बालौं

~बिपिन शर्मा~

रात ढल्दैछ प्रिय!
आउ दियौ बालौं
एउटा दियो तिमी बाल
अर्को म बालौंला
र यहि सृजित उज्यालोमा
दुबै मिली बालौं
सबै मिली बालौं,
सयौं दियो बालौं
आउ, हजारौं दियो बालौं Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : झूठ पनि यती मिठो बोलेर

~राममान “तृषित”~Dr. Ram man 'Trisit'

झूठ पनि यती मिठो बोलेर मनमा प्यार जगाइदियौ
खसाएर तिमीलाई भाग्नै नसक्ने मायाको बार लगाइदियौ
झूठ

यती राम्रोसँग गल्तीलाई ढाक्नु तिम्रो कलाको तारिफ गर्छु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : भगवानको रूप

~नारायण तिवारी~Narayan Tiwari

अनुज, नमुना, मुकेश र मनीषा स्कुलबाट बाहिरिंदै गर्दा एउटी जिङ्ग्रिङ्ङ कपाल भएकी फोहोरी बूढी आइमाईलाई हात पसारिरहेको देखे। स्कुलको गेटमा पाले दाइ हुनुहुन्थ्यो। उनी पाले दाइसित हात पसारिराखेकी थिइन्। पाले दाइले भने छिःछिः दुरदुर गर्दै ती आइमाईलाई हकार्दै थिए, ‘जा भाग, केही पाउन्नस्, बौलाही !’

‘बौलाही, बौलाही !’ केहीबेरमै अनुज, नमुना, मनीषा, मुकेशहरूको मुखबाट पनि स्वस्फूर्त आवाज निस्कियो।

अनुज त झन् अगाडि बढेर ती आइमाईलाई लखेट्न थाल्यो। नमुना, मनीषा र मुकेशले पनि त्यसै गर्न थाले। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : मेरो सम्झना हौ तिमी

~देवराज निरौला~

भावना हो गीत मेरो सम्झना हौ तिमी
हृदयमा तश्विर बनी छाइरन्छौं सधैंभरी
गीतै गीतमा तिमीलाई पाइरहन्छु म
शब्दहरु सापटी ली माया दिन्छु म ।।

आऊ तिमी हामी मिली जीवनको गाऊँ गीत Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अन्योलग्रस्त भयो नेपाल

~प्रविण घिमिरे~

शान्ति क्षेत्र थियो नेपाल
भएछ आज ज्यादै अशान्त
हत्या हिंसा वढ्दो छ
दिनहु भएकै छ भिडन्त ।

नारीको सिउँदो पुछिने क्रममा
नावालक टुहुरा भएका छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षात्मक लेख : नेपाली शुद्धीकरण र मातृभाषा रक्षा : भाषिक आन्दोलन १

~रमेश भट्टराई ‘सहृदयी’~

अङ्ग्रेजी भाषाको विरोध हैन– मात्र सचेतना

अब नेपालमा भाषिक आन्दोलनको नवीन प्रवृत्तिको खाँचो महसुस भएको छ । तथाकथित सभ्य भनिएको समाज र शिक्षा आर्जन गरी भविष्यको सपना तुन्नेको खोक्रो रवाफ बोक्दा नेपाली भाषा र मातृभाषाको प्रयोग गर्न चाहँदैन । आवश्यकतै ठान्दैन । भाषा विद्रुप, कुरूप बन्दा, आधा मिश्रणलाई देख्दा नेपाली भाषा पढ्ने र पढाउने तथा सरोकार राख्नेको जिम्मेवारी भनिदिन्छन् । गोरखापत्रलाई एकछिन सम्झेजस्तो गर्छ, भाषा आयोगलाई आरोप लगाउँछ, प्रज्ञा प्रतिष्ठानको दायित्वमा पुर्‍याएर आफू पन्सिन्छ । अझ भाषा आयोगतिर त चोर औँलो नै तेस्र्याउँछ । पैसा कमाउने अभिप्रायमा सीमाङ्कित सोचभित्र राष्ट्रियता र Continue reading →

Posted in लेख, समीक्षा | Tagged | Leave a comment

कथा : आमसभा

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

“गनाउँदैन देशको माटो सधै मग्मगाऊँछ ।
आमाको काखमा सधै वात्सल्य जग्मगाऊँछ ।”

इन्क्लाब जीन्दावाद बिरशहिद अमर रहुन् हाम्रा नेता जीन्दावाद । हजारौं हातहरु इन्कलाव र जीन्दावादको नाराकासाथ माथी माथी उठीरहेकाछन् ।

मञ्च तयार गरिएको छ । भब्य मञ्चमा कार्यक्रम आयोजना ,जनसभालाई संवोधन गर्ने नेताहरुको आकर्षक फोटो सहितको ब्यानर लगाईएको छ मञ्चमा । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सदानन्द अभागीका सात मुक्तकहरु

~सदानन्द अभागी~Sadananda Abhagi

तिमी आफ्नै बाटो हिँड

तिमी आफ्नै बाटो हिँड तिमीले मलाई मोल्नु छैन
खडेरीले खाए खाओस् सिँचाइ कुलो खोल्नु छैन
जाऊ जाऊ जति सक्छौ सफल बाटो खन्दै जाऊ
सत्कर्मको बाटो हिँड्ने कसैलाई बिथोल्नु छैन

देशमा बेरोजगार छ

देशमा बेरोजगार छ युवा विदेश धाएकै छन् Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

व्यङ्ग्य कविता : सत्र साल भाग दुई

~अर्जुन पराजुली~

पर्दा बेग्लै झ्याल उही
खोपडी बेग्लै खयाल उही
जिब्रो बेग्लै र्‍याल उही
छाला बेग्लै स्याल उही
सत्र साल भाग दुई

घण्टाघरले घण्टी लाए हुन्थ्यो Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

लघुकथा : एउटा कथा

~हरिप्रसाद भण्डारी~

जनआन्दोलनको सिलसिलामा चोकमा थुप्रै प्रदर्शनकारीहरू जम्मा भएर नारा जुलुस गर्दै थिए । एक हुल सुरक्षाकर्मी आए र निर्घात् कुटेर धेरैलाई भगाए ।

नजिकै नालीमा एउटी सुत्केरी कुकुर्नी बच्चालाई दूध चुसाउँदै सुतिरहेकी थिई । थुप्रै मानिसहरूको आवतजावत देखेर ऊ डरार्ई । बच्चाको मायाले जोडजोडले भुकी । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

समीक्षा : साहित्यमा गुलाफका फुल हुन्ः विश्वेश्वरप्रसाद कोइराला

~श्रीराम श्रेष्ठ~

विश्वेश्वरप्रसाद कोइराला – (वि.स. १९७१ – २०१९ ) नेपाली साहित्यमा मनोविज्ञानलाई र्सवप्रथम प्रवेश गराउने अगुवा प्रयोक्ता हुन् । बि.स. १९७१ भाद्र २४ गते तदनुसार सन् १९४१ सेप्टेम्बर ८ का दिन भारतको बनारसमा बुबा कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट जन्मेका हुन् – विश्वेश्वरप्रसाद कोइराला । कृष्णप्रसाद कोइरालाकी प्रथम पत्नीको मृत्यु प्रसवकालमा भएको थियो । त्यही घटना विश्वेश्वरको आमा दिव्या कोइरालामा पनि घट्न पुग्दा शल्य चिकित्सा गर्नु परेको थियो ।

शल्यक्रिया पद्धतिद्वारा विश्वेश्वर जन्मेका थिए । यसबारे विश्वेश्वरले ‘आफ्नो कथा’ मा यसरी लेखेका छन्- ”आमाको प्रसव अत्यन्त जटिल हुन गयो र प्राण रक्षाको लागि जनकप्रसाद दाइको ढिपीले बडा आमाले तुरून्त डाक्टरी सेवा प्राप्त गर्ने अनुमति दिनुभयो । तत्काल एउटी सिपालु डाक्टरनी नआइपुगेर शल्य चिकित्साको Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : स्वभीमान झुक्न सक्दैन हाम्रो…………

~ध्रुव गजुरेल~

कसैको जाल साझी , धम्की र विज्ञाप्तीले
हामी, हाम्रो शीर झुक्दैन स्वभीमान हाम्रो
शकुनी रुपी दया, माया अनी प्रेमले,
राष्ट्र ,राष्ट्रियता र झुक्दैन स्वाभिमान हाम्रो .

नेपालको अस्तित्व, राष्ट्रियता र सकल्पदेखी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सुधीन

~दिलिप पौड्याल~

” तपाइको बिषयमा जम्मा दुइ जना मात्र पास छन्। अरु चालिसजना फेल। तपाइले के पढाउनु भयो बिद्यार्थीहरुलाई ?” प्रिन्सिपल झक्कु सुबेदी ठुलो ठुलो स्वरले प्रश्न सोधिरहेका थिए। सुधीन ट्वाल्ल परेर प्रिन्सिपलको अनुहार हेरिरहेको थियो। “मलाई अरु हैन रिजल्ट चाहिन्छ, रिजल्ट। फाइनलमा सबै बिधार्थी उतिर्ण हुनु पर्छ।”

सुधीन एकछिन के जबाफ दिने अलमलमा पर्यो। हिजो कापी जाच्ने बेला नसोचेका पनि होइन उसले एकदुई नम्बर बोनस थपेर पास गराउन। तर कापी सबै रित्तै थियो। लेखेकाहरुले पनि एउटा वाक्य सम्म सुध्ध नलेखेको देखेर उसले जस्ताको तस्तै नम्बर दियो। दुइजना मात्र पास भए। गल्ति आखिर उसको ठहरियो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : एउटा तारा डाँडा वारी

~नीर विक्रम ‘प्यासी’~

एउटा तारा डाँडा वारी अर्को तारा पारी
मुटु कतै गए पनि दिल हरा हारी

पहरामा मूल फुटि झरेकी खोलामा
तल पुगी दोभानमा भेट हुने होला Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : छोक्रा

~डा. टीकाराम पोखरेल~

डान्सबार अर्थात् नाच्ने ठाउँ। झालकझिलिक र मालाकमिलिक रङ्गीबिरङ्गी लाइटहरू। कृत्रिम इन्द्रेणी रङ्गहरू। उसका लागि जीवनका तरङ्गहरू। आज पनि यतै फुल्छन् सधैं झैं उसका अर्धजवानीहरू। मुडमा छ आज पनि ऊ। यसरी प्रवेश गर्दैछ मानौं कि ऊ कुनै युद्ध जित्न त्यहाँ प्रवेश गरेको हो। टकटकटक……। घण्टाघरको घडीको सुइले सात देखाएको छ। दिवाजीवनले विश्राम लिएपछि रात्रिजीवनले स्वागत गरिरहेको छ। आज पनि ऊ त्यही टेबलमा गएर बस्यो, जुन स्टेजको सबैभन्दा नजिकको टेबल हो। चारैतिर दृष्टि घुमायो। चारैतिरको अर्थ चार दिशा हेरेको होइन। कसैलाई खोज्दैछन् उसका आँखाहरूले। आँखाले मात्र के भनौं उसको सम्पूर्ण शरीरले। आँखा त माध्यम मात्र बनेका छन् यतिबेला। उसले कसलाई खोजेको हो भन्ने उसलाई मात्र होइन सबैलाई थाहा छ। किनभने ऊ त्यहाँको नियमित ग्राहक भैसकेको छ। गेस्टको उपमा पाएको छ उसले। हो ऊ मनितालाई खोज्दैछ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : क्रय-बिक्रय जीवन होइन

~श्रीपुरुष ढकाल~

सबै मान्छे बिक्री हुँदैनन्
व्यर्थै तिमी किन्न नखोज
भेटेजति, देखेजति
सबको मूल्य जान्न नखोज ।

होलान् कोही आमा बेच्ने
भाउजू, दिदी, बहिनी बेच्ने
भन्दिनँ म हुँदै हुँदैनन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बुढ्याँइहरु

~प्रवीण राई जुमेली~

दिनहरु व्यर्थै बितिसकेपछि यता
हिंड्नलागेको छु साँझहरु। अवकाशको एउटा यात्रा
केही साथीहरु भेट्छु टेकेर उभेका गोंधुलीपखहरु रिट्रिटका धूनहरु
सिह्रानी हुन्छ विश्रान्तिलाई अब केहीक्षण अनुहार नभएर कल्पनाहरु मेरा
मखुन्डाहरु फ्याँकेर सम्झनाहरु मेरा
मन सबै पुरिदिन केही भावुकता
रक्सीका बोतलहरु भएर आउँछन्। सीमान्तर और्ल्हिँदै आउँछन्
कताकति मेरै बन्धनहरु तोडेर भाग्दै हुन्छु म ओर्हालै ओर्हालो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : सपना

~क्रान्ति पराजुली~kranti-parajuli

“मैले लगातार १ हप्ता भयो तिमीलाई सपनामा देखेको, साँच्चै तिमी हर रात मेरो सपनामा आउछ्यौ । सपना म तिमीलाई अति नै माया गर्छु” ।

उसले मेरा दुबै हात च्याप्प समातेको छ । कसिलो समाईले साँच्चै कसिलो सम्बन्ध म सामू प्रमाणित गर्न खोज्दैछ प्रोफेसर राहुलजंग कार्की ।

“…”

म चुपचाप आँखासम्म झिमिक्क नपारी उसका कुरा ध्यानपूर्वक सुनिरहेकी छु । म उसका कुरालाई विश्वास गर्दैछु मनमनै ।

पानी पर्नलाई वादल मडारिदै छ आकाशमा । वरिपरि हरियाली छ । शान्ति क्याफेमा प्रोफेसर राहुलजंग कार्की रातो टिसर्ट र निलो जिन्स पाइन्टमा सधैँको औपचारिक पोशाकमा भन्दा फरक देखिएको छ । फरक त उ पोशाकमा भन्दा व्यहारमा बढी देखिएको छ आज । ऊ मलाई नै हेरिरहेको छ, एकोहोरो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : मलाई तिम्रो मुस्कान

~किरण खरेल~

मलाई तिम्रो मुस्कान हैन तिमी नै चाहिन्छ
केवल यौवन हैन जीवन नै चाहिन्छ

सुखमा मलाई रमाउने साथीले मात्रै पुग्दैन
दु:खमा हात समाउने कोही नभै हुँदैन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : अनुमति लिन्छन् र जान्छन्

~चोमु शेर्पा “खुशी”~

कोहि दिलभित्र बस्ने अनुमति लिन्छन् र जान्छन्
जब बस्छन् अनि अथाह चोट दिन्छन् र जान्छन

आत्मीयता बढाएर हिड्छन यात्रामा सहयात्री
जब दोबाटोमा पुग्छ अनि छुटिन्छन् र जान्छन् Continue reading →

Posted in गजल | Tagged | Leave a comment

काल्पनिक कथा : आम्रपाली

~जीवनकुमार शाक्य~

मेरो कोठाको उत्तरपट्टीको झ्यालको पर्दा खोल्दा स्वयम्भूको दर्शन गर्न पाईन्छ ।यहि मेरो जिन्दगिको सबै भन्दा महत्वपूर्ण दृष्य हो । काठमाण्डौ आएर यो फ्ल्याट किनेर कोठामा पसे देखि तल झरेकोपनि छैन र झर्नु पनि परेको छैन । मेरो स्यानो संसारमा मेरा सहयोगिहरु एकजना बहिनी छन् एउटा दाई छन् तर यि मेरो आमाले जन्माएका होईनन् । मैले कहिले देखि आफ्नो उपनाम आम्रपाली राखेछु भन्ने हेक्का सम्म पनि छैन । मेरो एउटा नियम छ म सित कोहि मोलतोल गर्न आउनु पर्दैन सबै दाईले मिलाउंछन् । त्यो दाईको घर कहां हो के जातको हो मैले अहिले सम्म सोधेकि पनि छैन केवल नाम थाहाछ संयोग रे । अनि बहिनीको नाम नम्रता रे उन्को पनि घर र थर केहि सोधेको छैन । नम्रताको काम केवल खाना बनाउनु र घरको सरसफाई गर्नु हो । कहिलेकाहीं मैले पनि सघाउंछु । संयोगदाईलाई एउटा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

जातक कथा : दुष्ट बाँदरको फटाहा व्यवहार

बनारसको एउटा गाउँमा एक जना सज्जन बस्थे । उनले घर नजिकको मूल बाटोमा एउटा इनार बनाइदिएका थिए । इनारको छेउमा जनावरहरुका लागि पानी खान सजिलो होस् भनी एउटा लाम्चो काठको भाँडो पनि राखिएको थियो । त्यो बाटो भएर हिँड्ने बटुवाहरु इनारको पानी खाएर तिर्खा मेट्ने गर्थे । साथै, उनीहरु जनावरको लागि राखिएको त्यो काठको भाँडोमा पनि पानी भरिदिन्थे । त्यसो गरेर उनीहरु धर्म पुण्य कमाउन चाहन्थे । बाटोको नजिकैमा एउटा घना जंगल पनि थियो । त्यो जंगलमा विभिन्न जनावरहरुका साथै धेरै बाँदरहरु पनि बस्दथे । बाँदरहरुको पानी खाने ठाउँ पनि त्यही इनार नै थियो ।

एक दिनको कुरा हो । त्यो बाटो भएर कोही पनि बटुवा हिँडेका थिएनन् । त्यसैले जनावरका लागि राखिएको Continue reading →

Posted in जातक कथा | Tagged , | Leave a comment

कथा : सिन्दुर

~जीवन खड्का~

जताततै खेतबारी हरिया थिए । धान खेतमा कतै पसाउँदै थिए त कतै पसाउने सुरमा थियो । वन र चउर पनि हरिया देखिन्थे । मकै पनि पोलेर खाने भैसकेका थिए भने कतै सुक्न लागेका थिए ।

एक दिन म बजारमा कम्प्यूटर पढ्न जानलाई तयार भएर हिड्नै लागेको थिए । करिब बा्रह बजेको हुूँदोहो । सिमसिम पानी परिरहेको थियो । यतिकैमा ढोकामा केही अनौठो आवाज सुनियो । को आयो भनी बाहिर हेर्न निस्के बुवा पो आउनुभएको रहेछ । भित्र आउनुहोस भनेरएक अम्खोला पानी ल्याएर दिए । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : निष्ठुरी तिमी

~श्याम थापा ‘अविरल’~

अञ्जान छु, टाढिन खोज्छु, खै आउ म नेर भन्छौ
नजिकिन्छौ, आफ्नै सोच्छु, अनि मुखफेर भन्छौ।

भेटिनु छुटिनु दुबै प्रेम हो भन्छौ,
लेख भन्छौ कहानि, म लेख्छु, अनि केर भन्छौ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मौनता

~ममता पन्त मिश्र~

आमाका आँखामा टलपलिएर
अडी झर्न नसकेका आँसुका दानाहरूले
बाबाका मुटुमा अल्झिएर
रोकिएका अनकही शब्दहरूले
जब मौनतामा मलाई बिदाई गर्छ,
छाती मेरो चर्केर दुख्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : धरहरा

~साधना शर्मा~

त्यहाँ तहस-नहस् हुँदा, यहाँ मनमा ग्लानि भो
तिमी गयौ, शान मेरो मेटिएर खरानी भो !!

तिमीलाई साथ दिंदै गए कैयन् घरहरु
हजारौं मरे-र भाँचिए लाखका ती भरहरु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा म जेलमा छु

~देबेन्द्र बस्याल~devendra-basyal

आमा म जेलमा छु
मेरो मुखमा चुक्कुल ठोकिएको छ
हामतमा हतकडी लगाइएको छ
म अन्धकारमय कोठामा ढलेकोछु

म बोल्न खोज्छु तर सक्दिन
हात चलाउन खोज्छु, सक्दिन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नेपालपुर

~भुपाल सापकोटा~

ए सुन त, थाहा पाईस तैंले ?

टर्कीबाट अमेरिका तिर हुर्रिएको हुरीले
ती नेपालपुरे मुखिया थिए नि,
तिनको बर्षौ देखिको
अध्ययन, अनुसन्धान, परिमार्जन
त्यो एकमुखे रुद्राक्ष्यको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : आमा

~आशांक उपाध्याय~

भुलेको छैन तिम्रो त्यों माया सांचेर बस्दैछु !
फालेको छैन तिम्रो त्यों आशा पूरा म गर्ने छु !!

म दिने छैन जानलाई खेर तिम्रो त्यों प्रतिज्ञा !
राख्ने छू तिम्रो आंशुको मान गर्दिन अवज्ञा !! Continue reading →

Posted in गीति कविता | Tagged | Leave a comment

समालोचना : भीम दाहालको उपन्यास ‘अभीष्टको खोज’- कृतिपरक अध्ययन

~नवीन पौड्याल~

1. आमुख

नेपाली साहित्यमा सिक्किमका भीम दाहालको नाम पनि सुरक्षित छ। साहित्य क्षेत्रमा उनी कवि, कथाकार र उपन्यासकारका रूपमा परिचित छन् भने राजनैतिक क्षेत्रमा पनि देखापरेका हुन्। तर उनी साहित्यिक व्यक्तित्वका रूपमा नै बढी चर्चित छन्। हालसम्म उनका उपन्यास: ‘अभीष्टको खोज’ (सन् 1992), ‘द्रोह’ (सन् 2002), ‘विद्रोह’ (सन् 2005)। कथा सङ्ग्रह: ‘मेरो मनको साइनो तिम्रो मनलाई’ (सन् 1992)। कविता सङ्ग्रह: ‘समृद्ध व्यथा: कङ्गाल अभिव्यक्ति’ (सन् 1997), ‘रगतको हस्ताक्षर’ (सन् 2000)। विविध: ‘विचार, क्रान्ति र परिवर्तन’। भीम दाहालको जन्म सन् 1954 नोभेम्बर 29 मा पश्चिम सिक्किमको टिम्बुरबुङ बस्ती भन्ने Continue reading →

Posted in समालोचना | Tagged , | Leave a comment

लघुकथा : बहुमुखी प्रतिभा

~हरिप्रसाद भण्डारी~

लौहद्वारका रूपमा रहेको एसएलसी परीक्षा उत्तीर्ण गरेर क्याम्पस भर्ना भएका विद्यार्थीहरूमा नयाँ उत्साह र उमङ्ग एकातिर पलाएको थियो भने अर्कोतिर केही विद्यार्थीहरूमा अहङ्कारका कारण केही उच्छृङ्खलपनको विकास भइरहेको थियो । विद्यालयमा जस्तो अनुशासनको चौघेरामा बस्नु नपर्ने हुँदा पनि कतिपय विद्यार्थीहरूमा छाडापनको विकास भएको हुँदोहो शायद । क्याम्पसको अशान्त वातावरणले गर्दा अनुशासित रूपमा बसेर पढ्न चाहने विद्यार्थीहरूलाई निकै असुविधा भइरहेको थियो । विषय शिक्षकहरूले अध्यापन गर्ने क्रममा नि Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment