~नरनाथ लुइटेल~
विकलको परिचय र प्रतिबद्धता
आधुनिक नेपाली कथालेखनको आरम्भिक चरणमै देखापरेका रमेश विकलको जन्म वि.सं. १९८५ साल कार्तिकमा भाइटीकाको दिन काठमाडौँस्थित गोकर्ण, आरूबारीमा भएको हो । नेपाली साहित्यमा रमेश विकलको नामले सुपरिचित उनको न्वारनको नाम भने रामेश्वरप्रसाद चालिसे रहेको छ । बी.ए. बी.एड.सम्मको औपचारिक शिक्षा प्राप्त गरेका विकल भन्सारमा नौसिन्दा, प्रचार विभागको सम्पादक, शिक्षा सामग्री उत्पादन केन्दको सम्पादक, परीक्षा नियन्त्रण कार्यालयको शाखाअधिकृत, शिक्षा परियोजनाको Continue reading